होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कर्णाली प्रदेशसभाका चार सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि सत्तारुढ दल नेकपा एमाले उक्त आदेशविरुद्ध पुनरावलोकन (भ्याकेट) मा जाने भएको छ । नेकपा एमाले एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त आदेशविरुद्ध पार्टी पुनरावलोकनमा जाने निश्चित रहेको बताए । उनले यसका लागि छलफल जारी रहेको भन्दै केही दिनभित्रै टुंगोमा पुग्ने जानकारी दिए । ‘हो […]
गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा एमाले नेता पृथ्वी सुब्बा गुरुङले प्रदेशमा काँग्रेस नेतृत्वमा बनेको वर्तमान गठबन्धनको आयु लामो नभएको टिप्पणी गरेका छन् । आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै गुरुङले गठबन्धनलाई अप्राकृतिक भन्दै यसको गठबन्धनकै कारण गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेको भन्दै तर गठबन्धनको आयु लामो नहुने टिप्पणी गरेका हुन् । उनले सबै दलमा विभाजनका रेखा […]
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने भएको छ । शनिबार एक विज्ञप्ति जारी केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने जानकारी दिइएको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक […]
३० जेठ, पोखरा । आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूलाई धोका दिएको निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । आइतबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका नेता गुरुङले मनाङेले आफूलाई ‘धोका’ दिएको दिएको बताएका हुन् । गुरुङलाई आफूले चुनाव जिताएको, प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेको भन्दै उनले […]
नेकपा (एमाले) का नेता महेश बस्नेतले नेपाली काँग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । सञ्चारकर्मीसँग आज भर्चुअल माध्यमबाट कुरा गर्दै उनले प्रदेशसभाको शुक्रबारको बैठकमा वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको भन्दै कारवाही गर्न माग गरेका हुन् । उनले नेपाली कांग्रेसकैमिलीभगतमामहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कतै […]
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से बन्ने बताएका बाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले आफ्नो भनाइ फिर्ता लिएका छन् । आज बसेको बाग्मती प्रदेशसभा बैठकमा विषेश समय लिएर बोल्दै सा.सद वैद्यले आफुले गलत मनसाय नराखेको आवेगमा आएर गलत शब्द बोलेको भन्दै आत्मालोचना गर्दै आफ्नो भनाइ फिर्ता लिएका हुन् । प्रदेशसभा बैठकमा उनले भने,‘वास्तवमा सम्माननीय […]
काठमाडौँ- नेपाली कांग्रेसले वाग्मती विवादास्पद अभिव्यक्ति दिएका प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई आत्मालोचना गर्न निर्देशन दिएको छ ।पार्टीले वैद्यलाई सचेत गराउँदै अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिइसकेको प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । वाग्मती प्रदेशमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँमार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम […]
भन्दा र सुन्दा राम्रो लाग्दैन । तर, वास्तविक हो । अब नेकपा एमाले एक छैन । एमाले विभाजनको सिकार भयो । भलै अर्को पार्टी घोषणा भएको छैन । त्यो प्राविधिक कुरा रह्यो । एमाले विभाजनको फेहरिस्त लामो छ । तर, जति नै लामो भएपनि केपी शर्मा ओलीको पेरिफेरि नै घुम्छ । किनकि, एमाले विभाजनको कारक […]
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्दैछ । आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । आजको बैठकमा पार्टीको १४औँ महाधिवेशनका बारेमा छलफल हुने छ । कोरोना महामारी तथा राजनीतिक प्रतिकुलताका बीच महाधिवेशन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल हुने बताइएको छ । कांग्रेसले भदौ ७ देखि १० […]
काठमाडौं । नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको भत्र्सना गरेको छ । शनिबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएको छन् । ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको […]
सुर्खेत । शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामाजिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । राति झण्डै साढे ११ बजेतिर शाहीको समूहमाथि आक्रमण भएको प्रहरीले बताएको छ । सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती […]
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशमा रहेका एमालेका सरकार ढल्दै जाने बताएका छन् । शुक्रबार सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यादवले ओलीले नेतृत्व गरेका सरकारहरु ढल्दै जाने उल्लेख गरेका हुन् । सभामुख सापकोटासँगको छलफलको निचोड लोकतन्त्रलाई बचाउने रहेको उनको भनाई छ । यादवले नागरिकता विधेयक संसदबाट पास गराएर नागरिकताबाट बञ्चित […]
२८ जेठ, सुर्खेत । नेकपा एमालेले शुक्रबार पनि कर्णाली प्रदेश सभा बैठक अवरुद्व गरेको छ । आर्थिक वर्ष २०७८/०८९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको भन्दै एमालेले पुनः बैठक अवरुद्ध गरेको हो । प्रदेश सभाको शुक्रबारको बैठक शुरु भएलगत्तै एमाले संसदीय दलका नेता यामलाल कँडेलले समय मागेर […]
काठमाडौं, २८ जेठ । बामदेव गौतम नेकपा हुँदै नेकपा एमाले बन्दा पनि पछिल्लो समय कुनै खेमामा खुलेर लागेनन् । उनले निरन्तर एकता अभियान चलाए । विगतमा नेकपा एमाले फुटाएर नेकपा माले बनाएका गौतमलाई विभाजनको सबैभन्दा ठूलो पीडा छ । विभाजनले उनलाई राजनीतिक जीवनमा ठूलो धक्का दिएको थियो । त्यो पीडा उनको आत्मामा अझै गडिएको रहेछ […]
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) खारेज भई एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि उत्पन्न राजनीतिक उथल–पुथलको पराकम्प जारी छ । यसक्रममा केन्द्रीय राजनीतिबाट निराश बन्न पुगेको माओवादीलाई प्रदेशले भने राहत दिन थालेको छ ।गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपाको एकता खारेजीको फैसला सुनाएपछि सिंहदरबारदेखि प्रदेशसम्म नेकपाभित्र विभाजन आएको थियो । यसको प्रभावस्वरुप […]
कर्णाली सरकारमा अब एमालेबाट तीन जना मन्त्रीकाे सहभागिता छ । ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासका मत दिँदा कारबाहीमा परेका ४ जना सांसदकाे पुनर्बहालीसँगै एमाले अब सत्ता साझेदारका रूपमा देखिएकाे हाे । मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका एमाले कर्णाली प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वाेच्च अदालतले पुनर्बहाली गर्न […]
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बेलुकासम्म माधव नेपाल पक्षका नेताहरु योगेश भट्टराई र गोकर्ण विष्टलाई महत्वपूर्ण मन्त्रालय दिएर आफूतिर तान्ने प्रयत्नमा थिए । सोहीअनुसार प्रधानमन्त्री ओलीले भट्टराई र विष्टसँग कुराकानीसमेत गरेका थिए । योगेश मन्त्रिपरिषदमा आए गृहमन्त्रालय नै दिने ओलीको भित्री तयारी थियो । यसरी भट्टराईलाई ल्याउँदा माधव–झलनाथ समूह कमजोर बन्ने र अरु नेताहरु पनि […]
धनगढी । मंगलबार सुदूरपश्चिम प्रदेशसभामा १७ सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि नेकपा एमालेभित्र विवाद बढेको छ । सुदूरपश्चिम प्रदेशसभामा नेता माधवकुमार नेपाल पक्षको बहुमत भएकाले संसदीय दलले निर्णय गरेरै पार्टीको स्थायी कमिटी बैठकको निर्णयविपरीत माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो । सभामुखसहित २४ प्रदेश सदस्य रहेको एमालेमा १७ जना नेपालतिर र सात जना […]
काठमाडौं, २६ जेठ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अब नेकपा एमालेमा नफर्कने भएका छन् । उनले विश्वासपात्रहरुसँग एमालेमा फर्कन नसकिने स्पष्ट पारिसकेको बुझिएको छ । नेपालले नयाँ दल खोल्ने या नेकपा माओवादी केन्द्रसँग मिलेर वृहत कम्युनिस्ट पार्टी एकतामा लाग्नेबारे टुंगो लगाएर बढ्ने भएका छन् । विश्वस्त स्रोतका अनुसार नेपालले प्रचण्डसँग पनि छलफल बढाइसकेका छन् । ऋषि […]
काठमाडौं, जेठ २६ । नेकपा एमाले विभाजनको तयारी भइरहेका बेला दोस्रो तहका नेताहरू एकताको उपाय खोज्न पुनः सक्रिय भएका छन् । यसअघि विभिन्न चरणमा भएका छलफलले सकारात्मक नतिजा नदिए पनि दोस्रो तहका नेताहरुबीच पुनः छलफल भएको हो । ललितपुरको समिट होटलमा आज दिउँसो देखि एमालेको दुवै समूहमा रहेका दोस्रो तहका नेताहरुबीच छलफल भएको हो । […]