होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् । राष्ट्रियसभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल एक आपसमा रिसाएको र सो रिस शान्त नभएसम्म […]
२० असार, काठमाडौं । लुम्बिनी प्रदेश सरकारको राज्यमन्त्रीबाट राजीनामा दिएकी सुमन शर्मा रायमाझीले शंकर पोखरेल नेतृत्वको सरकारलाई आफ्नो समर्थन नरहेको प्रदेशसभा सचिवालयलाई जानकारी गराएकी छन् । रायमाझीले आफूले संसदीय दल र पार्टीको निर्णय विपरीत पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको, तर हाल राज्यमन्त्री पदबाट राजीनामा दिई विपक्षमा रहने निर्णय गरिसकेको संसद सचिवालयलाई जानकारी गराएकी हुन् । […]
राष्टियसभाको बैठकमा सरकारले अघिल्लो वर्ष बाढी पीडितलाई घोषणा गरेको राहत अझै नदिएको भन्दै गुनासो गरेका छन् । गृहमन्त्री विष्णु पौडेलले बैठकमा बाढी प्रभावितहरूका लागि सरकारले गरेको कामको फेरिहस्त सुनाएपछि अघिल्लो वर्षका बाढी प्रभावितले यो वर्षसम्म किन राहत पाएनन् भनेर प्रश्न गरे । सांसद प्रकाश पन्थले बाढी पहिरो जस्ता विपत्तिका गृहमन्त्रालयको तयारी छेपारोको उखान जस्तो […]
२० असार, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतले प्रधानमन्त्री नियुक्ति गर्न मिल्छ र भनी प्रश्न उठाएका छन् । आइतबार प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस गरेका बेला प्रधानन्यायाधीश जबराले अदालतले प्रधानमन्त्री नियुक्त गरिदिने अभ्यास राम्रो हो र भनी प्रश्न उठाएका हुन् । अधिवक्ता मेघराज पोखरेलले बहसका क्रममा संविधानको धारा ७६ (५) […]
सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहमति कार्यान्वयन हुन ढिलाइ भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेको छ । गत फागुन २१ गते विप्लव समूह र ओली नेतृत्वको सरकारबीच भएको तीन बुँदे सहमतिअनुसार आफ्नो नेता कार्यकर्ताको रिहाइमा ढिलाइ भएको भन्दै विप्लव समूह असन्तुष्ट बनेको हो […]
बालुवाटार बैठकको भोलिपल्ट नेकपा एमाले वार्ता टोलीका ६ जना नेताहरु कोटेश्वरस्थित माधव कुमार नेपालको निवासमा पुगेका छन् । बरिष्ठ नेता नेपालसँग छलफल गर्नका लागि केपी ओली पक्षका शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल कोटेश्वर पुगेका छन् । साथमा माधव नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्य पनि छन् । शनिबार दुई पक्षका […]
नेपाल कम्युनिष्ट पार्टी एमाले फुट्न नदिन चन्द्रागिरिका जनप्रतिनिधिहरुले दवाव दिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा चन्द्रागिरि नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिले आज गुर्जुधारा सडकमा बसेर दवाव एवं खबरदारी गरेका हुन् । ‘समृद्धिका लागि एमालेको अपरिहार्यता, सिङ्गो नेकपा एमाले आजको आवश्कता’ लेखिएको ब्यानरसहित प्रदर्शन गरिएको नेकपा एमाले काठमाडौँ क्षेत्र नं १० का संयोजक एवं नेकपा […]
१९ असार, विराटनगर । ‘थुइक्क मेरो ४० वर्षे सेवा, मेरो देशको नीति, विधि र प्रविधि, निजामती सेवा, मेरो नेता, कर्मचारी र म ।’ ४० वर्षे निजामती सेवा अवधी पूरा गर्दैगर्दा उपसचिव प्रेमप्रसाद सञ्जेलले सामाजिक सञ्जालमा व्यक्त गरेको आक्रोश हो यो । ५८ वर्षे उमेरहदका कारण सञ्जेलले असार १५ गते अनिवार्य अवकास पाए । तर सुधारको […]
काठमाडौँ — एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका २३ जना निवर्तमान सांसदलाई आउँदो सोमबारभित्र आफ्नो हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । झलनाथ खनाल–माधव नेपाल समूहको अनुपस्थितिमा शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले आउँदो सोमबार बेलुका ५ बजेसम्मको समय किटान गरेर हस्ताक्षर फिर्ता लिन औपचारिक निर्देशन दिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमाले केन्द्रीय […]
झापा । झापाको मेचीनगर नगरपालिका १३ का वडाध्यक्ष कृष्णराज सिग्देलको आक्रमणमा परी एक स्थानीय गम्भीर घाइते भएका छन् । सडकमा ढल बनाउने विषयमा विवाद हुँदा सिग्देलले स्थानीय अर्जुन थेवेको टाउकोमा इटा प्रहार गरेका थिए । थेवेको चारआलीस्थित मनकामना अस्पतालमा प्राथमिक उपचार पश्चात बिएण्डसी हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते थेवेको अवस्था सामान्य रहेको […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले माधव नेपाललाई फोन गर्दा पनि बेवास्ता गरेको गुनासो गरेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ओलीले बिहीबार आफूले नेपाललाई फोन गरेको जानकारी दिएका हुन् । ‘हिजो मैले माधव नेपाललाई फोन गरेँ । भेटौँ, पार्टी एकताका लागि कुरा गरौँ भनेँ । तर, उहाँले भेट्न मान्नुभएन,’ उनले भने, […]
१८ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुख्य नेतालाई अपमान गरेर पार्टी एकता नहुने बताएका छन् । बालुवाटारमा शुक्रबा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार नगरे कार्यकर्ता पंक्ति भड्किने बताए । ‘मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किन्छ । मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन । […]
काठमाडौं, १८ असार । लुम्बिनी सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनमा दिएकी हुन् । उनले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष आज राजीनामा बुझाएकी हुन् । शर्मा जसपाकी सांसद हुन् । उनले आफ्नो पार्टीले सरकारलाई समर्थन नगरेकोले मन्त्रीको काममा निरन्तरता दिन नसक्ने जनाएकी हुन् । उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ–नेपालको संविधानको धारा १६९ […]
१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शंकाको लाभ लिएर पार्टीलाई जेठ २ मा फर्काएको दाबी गरेका छन् । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले आफूहरुको हजारौं प्रयासका बाजजुद पार्टीलाई एक हुन नदिइएको बताए । आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपति कहाँ जानु लाजमर्दो भएको उनले बताए […]
१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई बैठकमा निरन्तर आउन आग्रह गरेका छन् । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्दै केन्द्रीय कमिटीको बैठक बोलाएपछि गौतम शुक्रबार बैठकमा उपस्थित भएका छन् । बैठकमा उनलाई स्वागत गर्दै अध्यक्ष ओलीले भनेका छन्, ‘अलिक लामो समयपछि बैठकमा आउनुभएका उपाध्यक्ष कमरेडलाई हार्दिक स्वागत […]
काठमाडौँ — एकदलीय राजनीतिक प्रणाली अँगालेको चीनले सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकीका अवसरमा ‘शक्ति, प्रगति र विचार’ मा देखाएको अग्रसरताले सिंगो विश्व तरंगित बनेको छ । बेइजिङस्थित तियाननमेन स्क्वायरमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘आफू मात्रै असल भनेर अरूलाई उपदेश दिने’ लाई नसहने भन्दै नरम भाषामा अमेरिका, भारतसहितका बाहिरी शक्तिराष्ट्रलाई संकेतमा […]
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीति फेरि पनि एमालेलाई नै केन्द्रबिन्दु बनाएर अघि बढ्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले एमाले र सरकारका विरुद्ध स्याल हुईया मच्चाउनेहरु धेरै समय नटिक्ने बताए । शुक्रबार बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताका सवालमा समस्या देखिएको बताउँदै भने– ‘राजनीतिक दलले […]
१८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सिदेखि चाहिने जति कोरोना खोप आउने दाबी गरेका छन् ।नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले सो दाबी गरेका हुन् । उनले भने, ‘अब भ्याक्सिनको समस्या छैन । पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ ।’ भारतबाट दोस्रो डोज नआउँदा समस्या भए पनि अब खोपको समस्या नहुने […]
वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधिसभाले रिजल्ट नदिएपछि जनतामा निराशा पैदा भएको जिकिर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक इजलासमा शुक्रबार बहस गर्दै गुरागाईंले सभामुख एकातिर, संसद एकातिर र दलहरु एकातिर भएको अवस्था रहेको बताए । अदालतले पुनः स्थापना गरेको संसदले पनि सरकार दिन नसकेको हुनाले दोस्रो पटक विघटनको आवश्यकता परेको उनको भनाइ […]
१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको भनेर शुक्रबार बोलाएको बैठक दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता हुने भएको छ । बिहीबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने निर्णय भएको थियो । त्यसदिनको निर्णयअनुसार अहिले बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्दैछ । तर यो बैठक […]