होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक शुक्रबार तुलसीलाल प्रतिष्ठानमा बसिरहेको छ । बैठकमा माधव नेपाल पक्ष अनुपस्थित रहेको छ । त्यस्तै, केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् । बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुको भने उपस्थिति रहेको छ ।
नेकपा एमालेले आज एकैदिन दुईवटा बैठक बोलाएको छ । बिहान ११ बजेपछि पार्टी स्थायी समिति बैठक र अपराह्न ३ बजे संसदीय दलको बैठक बोलाएको हो । एमालेभित्रको तिक्तता कायमै रहेका बेला अध्यक्ष केपी शर्मा ओलीले लगातार एकै दिन स्थायी समिति र संसदीय दलको बैठक बोलाएर माधव नेपाल समूहलाई कारबाही गर्न लागेको हो कि भन्ने आशङ्का […]
नेकपा एमालेको स्थायी कमिटी बैठक रोक्न वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यदल सदस्यहरु तुलसीलाल प्रतिष्ठानमा पुगेका छन् । बैठक सुरु भएको करिब आधा घण्टापछि पार्टीभित्रको विवाद समाधान गर्न गठन गरिएको कार्यदलका नेपाल पक्षीय सम्पूर्ण सदस्यहरु बैठक स्थल पुगेका हुन् । ‘तपाईंहरु बैठकमा सहभागी हुन आउनुभएको हो ?’ भन्ने प्रश्नमा माधव पक्षका कार्यदलका संयोजक भीम […]
काठमाडौं, १ साउन । नेत्रविक्रम चन्द विप्लवले राजनीतिक भेटघाट तिव्र पारेका छन् । उनले आज विहान जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । भूमिगत जीवनबाट खुल्ला भएपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पहिलोटक बाबुरामलाई भेटेका हुन् । भेटमा उनले संसदीय व्यवस्थाको विकल्पमा जानुपर्नेमा जोड दिएको बुझिएको छ । जनमतसंग्रहबाट व्यवस्थाको टुंगो […]
प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उनको सचिवालयले जनाएको छ । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि निजी निवास बूढानीलकण्ठमै बस्दै आएका थिए । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेका थिए ।
जसपा महन्थ ठाकुर पक्षको बैठक शुक्रबार बस्दैछ । सर्वोच्च अदालतको आदेश र वर्तमान सरकारबारे आफ्नो धारणा बनाउन ठाकुर पक्षले शुक्रबार संसदीय दलको बैठक बोलाएको हो । यस्तै शनिबार कार्यकारिणी समितिको बैठक बोलाएको छ। उपेन्द्र यादव पक्ष प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भएको प्रति उत्साहित भएपनि ठाकुर पक्षको कुनै आधिकारिक प्रतिक्रिया आएको छैन […]
नागरिक रैबार/बाजुरा ३१ असार। जिल्लाको बुढीनन्दा नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा नगरपालिकामा भए गरेका कामहरुको एक कार्यक्रमका विच सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा सम्पन्न नगरपालिकाले गरेका कार्यक्रम तथा वजेट खर्चको सम्पूर्ण लेखाजोखा सार्वजनिक गरेको हो । नगरबासीलाई नगरले गरेका कामहरुको प्रगतिबारे जानकारी गराउने उद्देश्यले बुढीनन्दा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना […]
काठमाडौ : सरकारले आगामी साउन ३ गते संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गते आइतबार ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा […]
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अखिर फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववीयूले अखिल फोर्स गठन गरेको हो । अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमका अनुसार बिहीबार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो । ‘शैक्षिक माफिया र […]
काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले एमाले एकताको विकल्प नभएको बताउनुभएको छ । विशेष कुराकानीमा उहाँले देशलाई विदेशी शक्तिको नियन्त्रणमा जान नदिन एमाले एकताको विपल्प नभएको बताउनुभएको हो । एमाले विभाजन हुँदा देशमा डरलाग्दो परिस्थिति आउँन सक्ने भन्दै उहाँले पार्टी एकताको विपल्प नभएको बताउनुभयो । तर त्यसको लागि शीर्ष नेताले अहंकार त्याग्नुपर्ने उहाँको जोड छ […]
धनगढी: पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले एमाले पार्टी नमिल्नुमा अध्यक्ष केपी शर्मा ओलीको पनि भूमिका रहेको बताएका छन्। ओलीका कट्टर समर्थकका रुपमा उभिएका आलेले यस्तो बताएका हुन्। तपाई अहिले पनि ओलीकै पक्षमा हुनुहुन्छ त ? भन्ने दिनेशखबरको प्रश्नमा आलेले भने, ‘ओलीले पार्टी मिलाउन पर्थ्यो तर उहाँले सक्नुभएन। बाँकी केही टिप्पणी गर्दैन। म बिरामी छु।’ […]
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् । बिहीबार अपरान्ह प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भेटवार्ता भएको हो । भेटवार्तामा राजदूत बेरीले प्रधानमन्त्री देउवालाई कार्यकाल सफलताको शुभकामनासहित बधाई दिएका छन् । छलफलमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै उनको समूहका सांसदले कित्ता परिवर्तन गर्न सिलसिलाको थालनी भएको छ । यही सिलसिलामा ओली क्याबिनेटका एकजना पूर्वमन्त्री आफूलाई मन्त्री बनाउन माग गर्दै शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेको खुलासा भएको छ । देउवालाई विश्वासको मत दिने बेला ‘फ्लोर क्रस’ गरेर भए पनि भोट हाल्ने भन्दै ओलीनिकट एकजना एमाले सांसदले […]
काठमाडौं । नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्कले आज बिहान नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त राजदूत वोल्कलाई स्वागत गर्नुभयो । अध्यक्षले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्नुहुँदै नेपालका लागि पुर्याउँदै आएको सहयोग र सद्भावप्रति […]
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीका लागि केही दिन पर्खिने रणनीति बनाएका छन् । एमालेमा माधव नेपाल र जसपामा उपेन्द्र यादव समूह परिस्थिति हेरेर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने काँग्रेस नेताहरूले बताएका छन् । एमालेको कार्यदलमा पार्टी एकताका लागि १० बुँदे सहमति भए पनि अध्यक्ष केपी ओली र वरिष्ठ नेता […]
काठमाडौँ — निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले उत्तरी र दक्षिणी छिमेकी मुलुकसँग सम्बन्ध जटिल बनेको विश्लेषण कूटनीतिक मामिलाका विज्ञहरूले गरेका छन् । ‘भारतलाई चिढ्याएर चीन गुहार्ने र चीनलाई देखाएर भारतसँग साँठगाँठ गर्ने’ कार्यशैलीका कारण दुवै छिमेकीका नजरमा नेपालले साख गुमाएको उनीहरूको ठम्याइ छ । नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग […]
३१ असार, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । महासचिव विप्लव बिहीबार बिहान अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जानकारी दिएको छ । विप्लवले कोटेश्वरमा प्रचण्डसहित नेता नेपालसँग […]
बालुवाटारबाट बुधबार बाल्कोट सरेपछि एमाले अध्यक्ष केपी ओलीले घोषणा गरे, ‘माधव नेपाललाई अब पार्टीमा कुनै स्थान छैन ।’ दोस्रो तहका नेताहरु पार्टी विवाद साम्य पार्न १० बुँदे सहमति गरेको तेस्रो दिनमै ओलीले वरिष्ठ नेता नेपालसँग पार्टी एकता नहुने उद्घोष गरे । आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न नेतृत्वदायी भूमिका खेलेको भन्दै ओली नेपालप्रति क्रुद्ध छन् । […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्का नेता नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुगेका छन् । ओली सरकारका पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ । प्रचण्ड नेतृत्वमा माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप्लवले पूर्व माओवादी […]
प्रधानमन्त्री शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधव नेपालको निवास पुगेका छन् । बुधबार अपरान्ह प्रधानमन्त्री देउवा नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले एमाले विवादमा सरकारका तर्फबाट गर्न सकिने सहजीकरणका लागि नेपालसँग छलफल गरेको बुझिएको छ । आज मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सरेका एमाले अध्यक्ष […]