होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमालेकी सांसद नविना लामाले एउटा पार्टीमा राजनीति गरेर अर्को पार्टीमा भोट किन भन्दै प्रश्न गरेकी छिन् । सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उनले पार्टीभित्रको गुटबन्दी कोभिड जस्तै नयाँ प्रकृतिको रहेको बताउँदै बर्बाद भएको बताएकी छिन् । उनले जनताको बहुदलीय जनवाद खोइ भन्दै प्रश्न समेत गरेकी छिन् । उनले भनेकी छिन्–‘नेपालमा कम्युनिस्ट पार्टीको […]
धनगढी : ‘प्रधानमन्त्रीले अधिकारभन्दा बाहिर गएर प्रतिनिधिसभा विघटन गरे। जनतालाई जनप्रतिनिधिविहीन बनाउने अधिकार कसैलाई छैन्,’ पहिलो पटक तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा धनगढीमा आयोजित कार्यक्रममा नेता भीम रावलले भनेका थिए। संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको दाबी उनले गरेका थिए। तत्कालिन प्रधानमन्त्री ओलीले दोस्रो पटक संसद विघटन गर्दा त्यसकाविरुद्धमा […]
काठमाडौँ — प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा एमालेका तर्फबाट सांसद प्रदीप ज्ञवालीले बोले । उनले एमाले प्रतिपक्षमा बस्न अभ्यस्त रहेको उल्लेख गर्दै आफ्नो दलको पहिचान दिलाउन खोजे । तर तथ्यले एमाले सत्ताको मामिलामा कांग्रेसभन्दा कमजोर नरहेको देखाउँछ । २०४७ यता एमाले ७ वर्ष नेतृत्वसहित १६ वर्ष १ महिना सरकारमा बसेको छ । वाममोर्चाका तर्फबाट […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा विश्वासको मत दिने क्रममा एमालेका ३३ जना सांसदले पार्टीको निर्देशन अवज्ञा गरेपछि आन्तरिक संकट झन् चुलिएको छ । पार्टीले तटस्थसमेत नबस्न ह्वीप जारी गरे पनि ११ सांसद अनुपस्थित भए पनि २२ जनाले देउवाको पक्षमा मतदान गरे । प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्दै माधवकुमार नेपाललगायतका नेताहरु । देउवालाई विश्वासको मत […]
काठमाडौँ — अन्तिम संवैधानिक विकल्पबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले आइतबार विश्वासको मत पाएसँगै राजनीतिक अनिश्चय हटेको छ । देउवा नेतृत्वको सरकारले अब डेढ वर्षको कार्यकाल पूरा गर्न सक्ने अवसर पाएको छ भने सर्वोच्च अदालतले दुई पटक पुनःस्थापना गर्दा पनि जोखिममा पुगेको प्रतिनिधिसभाको पूर्ण जीवन सुनिश्चित भएको छ । आइतबार संसद् बैठकपछि निस्कँदै गरका निवर्तमान प्रधानमन्त्री केपी शर्मा […]
४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् ।देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि समकक्षी खानले बधाई दिएका छन् । पाकिस्तानी प्रधानमन्त्रीले ट्वीट गर्दै आफूले नेपालसँगको सौहाद्र्धपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताएका छन् ।उनले चासोका विषयहरुमा नेपालसँग निकट रुपमा मिलेर काम थर्न चाहेको समेत उल्लेख गरेका छन् ।
पार्टी नेतृत्वमा सरकार गठन भएसँगै कांग्रेसका धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि कांग्रेसले सरकार बनाउन अर्को आमनिर्वाचन कुर्नुपर्नेबाहेक सम्भावना देखिएको थिएन। तर, सत्ता गठबन्धन मात्र होइन, एमालेभित्रको विग्रहका कारण कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार बनाउने अवसर प्राप्त भएको हो। सरकारको नेतृत्व […]
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ। नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन्। अर्कोतिर ओली समूहकै आठ सांसदले देउवालाई विश्वासको मत दिए। नेपालसहित एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने १० […]
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको सोमबार स्थलगत निरीक्षण एवम् अनुगमन गर्दैछन् । मित्रराष्ट्र अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप सोमबार देशका विभिन्न स्थानहरूमा सञ्चालन हुने र त्यस क्रममा प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत […]
काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल हुने छ । एमालेले यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्दै […]
काठमाडौं । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षलाई खलनायक र विदूषकको संज्ञा दिएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा उनको पक्षमा उभिएका एमाले नेताहरुलाई पोखरेलले यस्तो बताएका हुन् । सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही पात्रहरूद्वारा केही समयदेखि जारी अराजनैतिक/अनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको छ […]
नेकपा एमालेका सांसद् भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा छन् । माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । सभामुख समक्ष आफ्नो राजीनामा बुझाउन नेता रावल संघीय संसद् भवनमा पुगेका […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरू एमालेमा नरहने बताएको छ।च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको नेकपा एमालेको स्थायी समिति बैठकपछि बोल्दै पार्टी सचिव प्रदीप ज्ञवालीले देउवालाई मतदान गरेर एमालेमा बस्न नमिल्ने बताएका हुन्। एमाले बैठकले देउवाको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। ‘यो निर्णयको विरुद्धमा गएर पार्टीमा बस्न सकिन्न’, […]
साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिंदैछन् ।
प्रधानमन्त्रीमा नियुक्त भएको एकसाता पनि नबित्दै शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन् । एक महिनाभित्र विश्वासको मत लिने सुविधा रहेकाले प्रधानमन्त्रीले यसबारे हतारो नगर्ने अनुमान भइरहेकै बेला सत्ता पक्षले आजै विश्वासको मत लिने प्रस्ताव प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा पेस गरेको छ । प्रधानमन्त्री देउवाले विश्वासको मत पाउलान् त ? यसबारेमा प्रतिनिधिसभाको अङ्क […]
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनीहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले अहिले पनि जे गर्दा संसद् पुरा अवधि चल्न सक्छ सोही गर्ने बताए । ‘हामीले संसद् पूर्णकालीन चल्नुपर्छ भन्दै […]
काठमाडौँ — एमाले स्थायी कमिटीको आइतबारको बैठकमा पनि माधवकुमार नेपाल पक्ष अनुपस्थित भएको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा मध्याह्न बैठक सुरु भएको हो । केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्न बैठक डाकिएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जनाएका छन् । पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको […]
धनगढी : नेकपा एमालेका सांसद एवं नेता माधवकुमार नेपाल पक्षका नेता विरोध खतिवडाले नेपाल समूहले देउवा सरकारलाई विश्वासको मत दिने बताएका छन्। आइतबार नागरिक सवाल कार्यक्रममा कुरा गर्दै देउवा सरकारलाई एमालेबाट ४० जनाभन्दा बढि सांसदले विश्वासको मत दिने दाबी गरेका हुन्। देउवा नेतृत्वको सरकारलाई भने विश्वासको मत दिएर संसदको ५ वर्षे कार्यकाल पूरा हुने अवस्था […]
काठमाडौँ– एमाले सांसद रामकुमारी झाँक्रीले एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । प्रधानमन्त्री देउवाले आज बेलुका बस्ने बैठकमा विश्वासको मत लिने निर्णय गर्दै संसदमा प्रस्ताव दर्ता गराइसकेको अबस्थामा नेता नेपाल समूहका सांसदहरुले विश्वासको मत दिने सांसद झाँक्रीले बताएकी हुन् । उनले भनिन्,‘हामो प्रयासचाँहि विपक्षमा बसेर भएपनि पार्टीले निर्णय […]
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको कार्यालयमा प्रस्ताव दर्ता भएको सचिवालय स्रोतको भनाई छ । कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताव दर्ता गराएका हुन् । यतिबेला कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । बैठकमा देउवाले सभामा विश्वासको मत लिने कार्यसूची […]