होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, ७ साउन । नेकपा एमाले फुट्ने या जुट्ने केही दिनमै टुंगो लाग्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बढी भन्दा बढी सांसद र केन्द्रीय सदस्य पक्षमा पार्ने रस्साकस्सी परिरहेको छ । एमालेको नवौं महाधिवेशनबाट गठन भएको कमिटीलाई आधार मान्ने हो भने केपी शर्मा ओली स्पष्ट बहुमतमा छन् । […]
काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई सही दिशामा लगेर क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताएका छन् । पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले त्यो बाटोमा एमाले अगाडि बढ्छ कि बढ्दैन भनेर हेरिरहेको बताएका हुन् । ‘कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनु पर्छ । कम्युनिस्ट आन्दोलनलाई सही […]
विराटनगर । मोरङको उर्लाबारीमा नेकपा एमालेको ओली समूहले आयोजना गरेको कार्यक्रम स्थलमा तोडफोड भएको छ । बिहीबार नगरस्तरीय विस्तारित बैठकका लागि तयार गरिएको हलमा तोडफोड भएको हो । उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा नगरस्तरीय विस्तारित बैठक बोलाइएको थियो । बैठक अघि कार्यक्रम स्थलमा भएको कुर्सी तोडफोड भएको ओली समूहका नगर संयोजक उमाकान्त गौतमले जानकारी दिए […]
काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले विपक्षी नेकपा एमालेले कोरोना फैलाउन लागेको आरोप लगाएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले सडक प्रदर्शनमार्फत एमालेले कोरोना फैलाउन खोजेको आरोप लगाएका हुन् । ‘अहिले पनि बाँदरे जुलुस, विभिन्न जुलुस गर्दै कोरोनाको रोपाइँ गर्दैछ, उसलाई मज्जा छ,’ उनले भने । सरकारविरुद्ध केही दिनयता नेकपा एमालेको युवा संगठनले […]
काठमाडौं । नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । आजै जवाफ पठाइने एक नेताले बताए । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । उनीहरुलाई पार्टीले स्पष्टीकरण सोधेको छ, जसमा विपक्षी गठबन्धनसँग साठगाँठ गरेको आरोप लगाइएपनि फ्लोर क्रसबारे […]
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रममा नेता नेपालले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए । त्यो क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अगाडि बढोस् भन्ने चाहेको भन्दै उनले भने, […]
७ साउन, काठमाडौं । चीनका एक प्राध्यापकले नेपालमा भारतप्रति नरम (प्रो–इन्डियन) नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएपनि नेपाल–चीन सम्बन्ध ठोस रुपमा अगाडि बढ्ने टिप्पणी गरेका छन् । फुदान विश्वविद्यालयको सेन्टर फर अमेरिकन स्टडिज का प्रोफेसर झाङ जिअदोङले चिनियाँ सरकारको मुखपत्र ग्लोवल टाइम्समा एक लेख लेख्दै नेपाली कांग्रेसले नेपालको परराष्ट्र नीतिलाई भारत अनुकुल दिशामा लैजाने पर्यवेक्षकहरुको बुझाइ […]
पूर्ववर्ती ओली सरकारले अध्यादेशमार्फत संवैधानिक आयोगहरूमा गरेका नियुक्तिको अवस्था के होला भन्ने प्रश्न अदालतमा विचाराधीन छ । यही बेला देउवा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरिदिएको छ । यो परिस्थितिमा अब बस्ने संवैधानिक परिषद् बैठकको दृश्य कस्तो होला ? यसअघि प्रधानमन्त्रीको हैसियतमा परिषद्को अध्यक्ष रहेका एमाले अध्यक्ष केपी शर्मा ओली अब विपक्षी दलको नेताको हैसियतले […]
नेकपा एमालेका नेता जगन्नाथ खतिवडाले अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी अध्यक्षबाट राजीनामा दिएमात्रै पार्टी एकता हुने बताएका छन् । ‘ओलीले अध्यक्षबाट तत्काल राजीनामा दिएर पार्टी एकताको बाटो खोल्नुपर्छ’, कुरा गर्दै माधव नेपाल समुहका नेता खतिवडाले भने, ‘पार्टीभित्रको एकतालाई समाप्त पारेको, कम्युनिस्ट एकतालाई ध्वस्त बनाएको र देशको राजनीतिलाई अस्तव्यस्त बनाउनेगरी संसद विघटन गरेकाले उनले एमाले […]
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै जिल्लाहरुमा पनि नेतृत्वको होडबाजी सुरु भएको छ । सोही क्रममा प्रदेश १ का सबैजसो जिल्लामा सभापति पदका आकांक्षीहरु नेताहरुको विश्वास आर्जन गर्न र कार्यकर्ताहरुको मन जित्ने अभियानमा जुट्न थालेका छन् । काँग्रेसको जिल्ला सभापति पदका लागि पनि गुटगत प्रतिस्पर्धा हुने देखिन्छ । १३ औं महाधिवेशनको परिणाम […]
७ साउन, काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि कानुन विपरीत ३० लाख रुपैयाँ निकासा भएको छ । दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचाररत छन् । एमाले नेताहरुका अनुसार उनको मिर्गौला प्रत्यारोपण गरिनेछ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय […]
काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका एक दर्जन केन्द्रीय सदस्य गुट परिवर्तनका लागि ठिक्क परेका छन् । उनीहरु नेकपा एमालेको औपचारिक विभाजनको अवस्थामा माधवकुमार नेपाल पक्षमा लाग्न ठिक्क परेका हुन् । विश्वस्त स्रोतका अनुसार गुट परिवर्तनका लागि ठिक्क परेकामा पूर्वमालेका केन्द्रीय सदस्यहरु बढी छन् । उनीहरुले माधव नेपाल पक्षका नेताहरुलाई […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी सम्हालेको दस दिन बित्दा पनि मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि युद्धस्तरमा काम गर्नुपर्ने बेला स्वास्थ्यमन्त्री नै छैनन् । अर्कातर्फ पाइलैपिच्छे सहयोग लिनुपर्ने निजी सचिवालयसमेत रित्तै छ । देउवालाई गठबन्धन दलहरूबीच समझदारी जुटाएर मन्त्रालय भागबन्डा गर्न सकस परिरहेको छ तर निजी सचिवालय बनाउन उनलाई केले छेकिरहेको छ […]
७ साउन, काठमाडौं । सरकार परिवर्तन भएसँगै निजी क्षेत्रको सक्रियता बढेको छ । हरेक दिनजसो निजी क्षेत्रका प्रतिनिधिले प्रधानमन्त्री, अर्थमन्त्रीसँग भेट्दै आफ्ना माग राखिरहेका छन् । निजी क्षेत्रले नयाँ सरकारसँग अनिवार्य खोपको माग गरिरहेको छ । प्रधानमन्त्री नियुक्त भएलगत्तै ३१ असारमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई भेट्यो । […]
७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीबार एक कार्यक्रम आयोजना गरेको छ । दिउँसो एक बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर […]
साउन ६ खोटाङ- खोटाङका स्थानीय किसान सिन्कौली (तेजपात) को खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँघरमा सुगन्धित मसलाका रूपमा प्रयोग हुने सिन्कौली (तेजपात) को पात तथा बोक्रा राम्रो मूल्यामा बिक्री हुने हुँदा किसान यो खेतीमा आकर्षित भएका हुन् । सिन्कौलीको बजारभाउबारे जाने-बुझेका किसानले हाल डिभिजन वन कार्यालय, सामुदायीक वन उपभोक्ता महासंघ एवं विभिन्न कृषि फार्मसँगको सहकार्यमा […]
६ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने चर्चाले डर बढाएको बताएका छन् । कोरोनाका पुराना असरबाट उठ्ने प्रयत्न गरिरहेको बेला नयाँ भेरियन्टसहितको तेस्रो लहर आउने सक्ने विषयले सर्वसाधारणमा डर बढेको उनको भनाइ छ । नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘हामी अहिले […]
६ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले सोमबार वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरे पनि अहिलेसम्म यसको प्रक्रिया अगाडि बढाएको छैन । पार्टीको ह्विप उल्लंघन गरी साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको आरोपमा उनीहरुलाई स्पष्टीकरण सोधिए पनि पत्र व्यहोरा भने अर्कै रहेको एमाले […]
६ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट युवा संघ नेपालले पिपुल्स भोलिन्टियर ‘पीभी’ ब्युताउने भएको छ । एमालेको आठौं महाधिवेशनबाट पीभी विघटन गरेको थियो । तर अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले युथ फोर्स ब्युताएपछि माधव समूहले पीभी ब्युताउने भएको छ । युवा संघका उपमहासचिव सञ्जीप राईले सामाजिक क्षेत्रमा काम […]
६ साउन, धनगढी । नेकपा एमाले सुदूरपश्चिम (माधव समूह)का प्रदेशसभा सदस्यले नेता भीम रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । संघीय राजधानी काठमाडौं पुगेर प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् । रावलकै निवासमा पुगेर भेटेका उनीहरुले निर्णयमा […]