होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाली कांग्रेसले ३७ जिल्लाका विभिन्न वडाहरूमा आज वडा अधिवेशन सकेको छ।पहिलो चरणमा क्रियाशील सदस्यता नामावली पार्टी वेबसाइटमा सार्वजनिक गरिएका जिल्लाहरूमा आज वडा अधिवेशन गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए। आज भरैसम्म थप तीन जिल्लाका वडामा पनि अधिवेशन सकिने यादवले जानकारी दिए। संयोजक यादवका अनुसार निर्वाचन प्रक्रिया सुरू भएका जिल्ला गणना गरिएका हुन्। […]
काठमाडौं ।एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए । राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ । […]
नागरिक रैबार/बाजुरा १८ भदौ। नेपाली काँग्रेस बाजुराले बडीमालिका नगरपालिका वडा नं. ९ मा डम्मर विक सभापति रहने गरी १५ सदस्यीय टोल कार्य समिति गठन गरेको छ । नेपाली काँग्रेस बाजुराको आसन्न १४ औं महाधिवेशन तथा सातौ जिल्ला अधिबेशनको पुर्ब सन्ध्यामा बडिमालिका ९ मा टोल कार्यसमिति गठन गरेको हो । जसमा डम्मर विक सभापति, प्रेम खड्का […]
काठमाडौं। नेकपा एमालेको प्रचार विभाग प्रमुख अर्थात् प्रवक्ताबाट योगेश भट्टराईको जिम्मेवारी खोसिएको छ । १० बुँदे सहमतिलाई भदौ ८ मा बसेको स्थायी समिति बैठकले अनुमोदन गरेर पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइएसँगै स्वतः एमाले प्रचार विभाग प्रमुख प्रचार विभाग प्रमुख बनेका भट्टराईको जिम्मेवारी खोसिएको छ । प्रवक्ताले नै पार्टीको गतिविधिबारे प्रचलन रहे पनि बिहीबार […]
नेकपा एमालेका नेता लेखराज भट्टले आफू नै सुदूपश्चिम प्रदेश इञ्चार्ज भएको दाबी गरेका छन्। उनले आफू नै एमाले सुदूरपश्च्मिको इञ्चार्ज भएको एक अन्तरवार्तामा खुलासा गरेका छन् । ‘मैले बुझे अनुसार अहिले कुनै निर्णय भएको छैन। इञ्चार्ज म नै हो। मलाई हिजो पनि अध्यक्ष केपी ओलीले भनेको कुरा त्यो हो,’ एक टेलिभिजन कार्यक्रममा भट्टले भनेका छन्। […]
काठमाडौं १८ भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ ।महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । ५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिए पनि अझै २१ जिल्लाको सदस्यता टुंगो लाग्न सकेको […]
१८ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार सर्त राखेका छन् । बिहीबार दिउँसो गौतम र अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा गौतमले आफ्नो चार सर्त रहेको बताए । आफ्नो सर्त पूरा […]
नागरिक रैबार/बाजुरा १७ भदौ । नेकपा एमालेका नेता एंव पूर्व उद्योगमन्त्री कणर्बहादुर थापाकै गृह वडाका वडा अध्यक्ष भरत थापा नेकपा एकिकृत समाजवादी पार्टीमा खुलेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भरत थापा तत्कालिन एमालेबाट पूर्वउद्योगमन्त्री थापाकै वडाबाट ५ सय मतसहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । पूर्व उद्योगमन्त्री समेत रहेका […]
काठमाडौँ– वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेकोे स्पष्ट पारेकी छिन् ।नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन् । “म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन”, मुख्यमन्त्री शाक्यले भनिन् ।आगामी दिनमा संविधानअनुसार सरकार सञ्चालन […]
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार भदौ १८ गते देशभरका सबै वडामा अधिवेशन नहुने भएको छ ।क्रियाशील सदस्यतासम्बन्धी विवाद नटुंगिदा एक दर्जन भन्दा बढी जिल्लामा कार्यतालिका अनुसार वडा अधिवेशन नहुने भएको हो । कांग्रेसमा नेताहरुबीच भदौ १८ गते नै देशभर वडा अधिवेशन गर्ने समझदारी भएको थियो । वडा अधिवेशन सुरु हुन दुई […]
१६ भदौ, जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् । बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर १० जना सांसदले सनाखत गरेका हुन् । सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश […]
१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणालाई कसैले पनि बार्गेनिङ टुलको रुपमा प्रयोग गर्न नहुने भन्दै उनले भने, ‘म आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुन्छु ।’ आफूलाई पार्टीमा […]
काठमाडौं । कर्णालीमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । मुगुका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजेका हुन् । सांसद ओलीले बुधबार आफूहरु ३ जना प्रदेश निर्वाच कार्यालय पुगेर नेकपा एकीकृत समाजवादी दल रोजेको जानकारी गराएको बताइन् । कर्णाली प्रदेशसभामा नेकपा एमालेबाट २० […]
कर्णाली प्रदेशका तीन जना सांसद नेकपा (एकीकृत समाजवादीमा) खुलेका छन् । प्रदेशसभा सदस्य देवी ओली (रुकुमपश्चिम), मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकाया नेकपा समाजवादीमा खुलेका हुन् । उनीहरुले बुधबार (आज) नै निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने बताएका छन्। समग्र प्रदेशमा एमालेको विभाजन भएपछि नेकपा एकीकृत समाजवादी कमजोर देखिएको छ […]
विराटनगर । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । उनीहरु प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् । नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोज्नेहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, […]
काठमाडौं, १६ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामेदव गौतमले पार्टी नछाड्ने मनस्थिति बनाएका छन् । उनले एमाले उपाध्यक्षकै रुपमा रहेर एकता अभियान जारी राख्ने भएका हुन् । गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग भने सम्झौता नगर्ने भएका छन् । उनले ओलीलाई पनि नटेर्ने र माधव नेपाल अध्यक्ष रहेको नयाँ दल नेकपा एसमा पनि नजाने रणनीति बनाएका […]
डोटी: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ। लामो समयदेखि जिल्ला बाहिर रहेका कांग्रेसका केन्द्रीयस्तरका नेता अहिले जिल्ला आइपुगेपछि यहाँ चहलपहल बढेको हो। केन्द्रीयस्तरका नेताले आफ्ना कार्यकर्तासँगको भेटघाट र छलफल बाक्लिन थालेको छ। पार्टीको महाधिवेशनको मिति पटकपटक सर्ने गरेकामा धेरैलाई महाधिवेशन हुँदैन […]
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् । । नेकपा (एमाले) का तर्फबाट मन्त्री बन्नुभएका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको बताइएको छ । उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र रहेका छन् । प्रदेशसभाका […]
काठमाडौं, १६ भदौ । बागमती र प्रदेश नम्बर १ मामा सरकार जोगाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रयास विफल हुने भएको छ । बागमती प्रदेशमा एमाले उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । शाक्यले प्रदेश सभा सांसदहरुलाई मन्त्रीको अफर गरेर रोक्न खोजेपनि १२ जनाले नेकपा एस रोजेका छन् । अब उनले […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसँग सम्बन्ध सुधार गर्ने प्रयास थालेका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गराएकामा आक्रोशित ओलीसँग कुरा गर्न प्रधानमन्त्री देउवाले आफ्ना विश्वासपात्र कानुनमन्त्री ज्ञानेन्द्र कार्कीलाई मंगलबार राति बालकोट पठाएका थिए । ओली र कार्कीबीच साढे दुई घण्टा कुराकानी भएको थियो । संसद्को सबैभन्दा ठूलो दल […]