होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
७ असोज, काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक असोज ८ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो । केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।अनलाइन […]
माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) को महासचिव डा.बेदुराम भुसाल बन्ने निश्चित भएको छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो । ‘सचिवालय बैठकले महासचिवमा डा. भुसाललाई चयन गर्ने सहमति जुटेको छ, अव बस्ने केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा गरिन्छ ’ एक नेताले रातोपाटीसँग भने […]
नागरिक रैबार/बाजुरा ६ असोज। नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य तथा बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावल क्षेत्रीय प्रतिनिधिमा वडाबाट निर्विरोध छनोट भएका छन् । हिजोबाट सूरु भएको नेपाली काँग्रेस बडीमालिका ८ नम्बर वडा कार्य समितिको दोस्रो अधिवेशनबाट युवा नेता समेत रहेका रावल नेपाली काँग्रेसको वडा तहको क्षेत्रीय प्रतिनिधि पदमा निर्विरोध निर्वाचित […]
सत्तारुढ गठबन्धनका ५ राजनीतिक दलको बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ गठबन्धनको बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । उनका अनुसार बैठक बस्ने तय भएपनि सिंहदरबार वा बालुवाटार कहाँ बस्ने भन्ने टुंगो लागिसकेको छैन । आजको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ । मंगलबार पनि […]
सिन्धुपाल्चोक, असोज ६ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ सिन्धुपाल्चोककी जिल्ला सभापति गीता नेपाल ढुंगाना क्षेत्रीय प्रतिनिधिमै पराजित हुनुभएको छ । बलेफी गाउँपालिकामा मंगलबार सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनमा सभापति नेपालले जम्मा ८ मत मात्रै पाएर पराजित हुनुभएको हो । क्षेत्रीय प्रतिनिधिका लागि नेपालसहित तीन जना महिला नेतृले उम्मेदवारी दिनुभएको थियो । महिला […]
क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रूडो तेस्रो पटक निर्वाचित भएका छन् । गत सोमबार भएको संसदीय निर्वाचनमा उनी निर्वाचित भएका हुन् । मतगणना जारी रहेकाले अहिले उनको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उनी र उनको पार्टीको जितसँगै उनी तेस्रो पटक प्रधानमन्त्री बन्नु हुने देखिएको छ । निर्वाचनमा उनको दल र उनी फेरि […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मुलुकको बहुमतप्राप्त पहिलो शक्ति बनाउने घोषणा गरेका छन् । हालै सम्पन्न स्थायी समिति बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन मस्यौदामा पार्टीलाई बहुमतप्राप्त मुलुकको पहिलो शक्ति बनाउने र राज्य सञ्चालनको केन्द्र भागमा पुनर्स्थापित गर्ने उल्लेख गरेका हुन् । मस्यौदाको ‘आगामी कार्यभार’, उपशीर्षकमा ओलीले २०७४ […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ […]
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । गत भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि सो पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयका साथै अन्य तीनवटा महत्वपूर्ण प्रस्तावहरू पेश र छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘राजनीतिक, सांगठनिक र विधान […]
नेकपा एमालेमा फेरि एकपटक जनताको बहुदलीय जनवाद (जबज) बारे बहस सुरु भएको छ । पार्टीको प्रथम विधान महाधिवेशनको तयारीका लागि बसेको स्थायी समितिको बैठकमा उपमहासचिव घनश्याम भुसालले जबजबारे थप छलफल गर्दै यसको व्याख्या गर्नुपर्ने माग राखेपछि यो बहस पुनः चर्किएको हो । विधान महाधिवेशनका लागि प्रस्तुत गरिएको कार्यक्रमिक तथा सङ्गठनात्मक प्रस्तावमाथि भुसालले बुँदागत टिप्पणी प्रस्तुत […]
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ ।आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा ७० वर्षे उमेर हद कायमै राख्ने उल्लेख गरिएको छ । नवौं महाधिवेशनदेखि एमालेमा उमेर हद कायम गरिएको थियो । तर अध्यक्ष केपी शर्मा ओलीले यसअघि उमेर हदको प्रबन्ध […]
धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम समितिले संघीय गणतन्त्र र संविधानको खारेजीको माग गर्दै धनगढीमा प्रदर्शन गरेको छ। आइतबार दिउँसो धनगढीको ट्राफिक चौराहाबाट पार्क मोडसम्म र्याली आयोजना गर्दै राप्रपाले वर्तमान संविधान र व्यवस्थाको खुलेर विरोध गरेको केन्द्रीय सदस्य हेमबाबु लेखकले बताए। असोज ३ गते सरकारले संविधान दिवस घोषणा गरेपनि राष्ट्रिय प्रजातन्त्र पार्टीले भने अहिलेको संविधानमा राखिएका संघीयता, […]
नागरिक रैबार/बाजुरा ३ असोज। देशकै दोस्रो ठुलो बिश्व बिद्धालय सुदुरपस्चिम बिश्वबिद्धालय राष्ट्रिय कमिटीको अध्यक्षमा बाजुराका चेतन ऐडी चयन भएका छन ।जिल्लाकै ठूलो क्याम्पस बाजुरा क्याम्पसका स्वबियु सभापति, अखिलका केन्द्रीय सदस्य समेत रहेका ऐडीलाई अनेरास्ववियुको स्थायी कमिटीको बैठकबाट बिश्वबिद्धालय अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । ऐडी प्रति बिगतमा पटक पटक अखिलको नेतृत्वबाट अन्याय गरिएको भन्दै सर्बत्र […]
तराई मधेसकेन्द्रित दलले आज संविधान दिवसका दिन विरोधका कार्यक्रम राखेका छन् । संविधानप्रति असन्तुष्टि जनाउँदै विरोध गर्नेमा सिके राउत नेतृत्वको जनमत पार्टीदेखि महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसम्म छन् । सरकारले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै गर्दा देउवा सरकारलाई समर्थन जनाएका दुई दल जसपा र लोसपा भने खुलेर […]
काठमाडौं, २ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एक अर्कालाई राजनीतिक रुपमा सिध्याउने लडाईंमा छन् । कुनैबेला एउटै गुटमा रहेर एमालेमा लामो समय शक्तिको अभ्यास गरेका यी दुई नेताहरु नदीको दुई किरानजस्ता भएका छन् । ओलीले माधव नेपालरहितको एमाले रहने भनेका थिए । नेपालले पनि […]
काठमाडौं। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेताहरुलाई भगौड जर्नेलको संज्ञा दिएकी छन्।शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा नेतृ झाक्रीले युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन नसक्ने बताएकी हुन्। विचारका हिसाबले धेरै समयमा कन्फ्युजनमा राखेका र पछि हरियो सापलेझैं डसेको उनले बताइन्।विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारालामा तामाङ नियुक्त भएका छन्। नेकपा (एकीकृत समाजवादी)को तर्फबाट तामाङ आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका हुन्। यस्तै मुख्यमन्त्री त्रिलोचन भट्टले अर्थ राज्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)कै माया तामाङ बोहरालाई नियुक्त गरेका छन्। नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै शपथ लिएका छन्। मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादव र राज्यमन्त्री […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा रहेका नेताहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन् । कतिपय नेता कार्यकर्ता अल्मलिएर एमालेमै बसेको र असल भावना भएकाहरु ढिलो चाँडो एकीकृत समाजवादीमै आउने उनको दाबी छ । शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले विगतमा एमालेभित्र […]
सीके राउत नेतृत्वको जनमत पार्टीले कर्मचारी वर्गलाई केन्द्रीय कार्यकारिणी समितिमा नराख्ने भएको छ । जागिरे नेतालाई राजीनामा दिन वा आगामी निर्वाचनसम्म बिदामा बस्न निर्देशन दिइएको छ । जनकपुरमा तीन दिनसम्म बसेको केन्द्रीय समितिको विस्तारित बैठकले जागिरदार रहेका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई असोज २६ गतेभित्र राजीनामा दिन निर्देशन दिएको हो । बैठकले गरेको निर्णयमा भनिएको छ, […]
पोखरा । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाल एमालेमै फर्किने दाबी गरेका छन् । एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी खोलेका नेपाल एमालेमै फर्किने उनको जिकिर छ । प्रेस चौतारी नेपाल कास्की शाखाले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले भने, ‘माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौं तर पार्टीभित्र पर्याप्त छलफल […]