होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १३ कार्तिक। बाजुराका एक जना युवाको करेन्ट लागेर मुम्वईमा मृत्यू भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका –९ का अन्दाजि २६ वर्षका खगेन्द्र धामी रहेका छन् । रोजगारीको सिलसिलामा श्रीमतिसहित मुम्वईमा बस्दै आएका धामीको आफ्नै काम गर्ने साहुकोमा दिपावलीका विभिन्न लाईटहरु जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको आफन्त दिलबहादुर थापा भोटेले जानकारी […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। नेकपा एमाले जिल्ला कमिटी बाजुराको कार्तिक १२ गते पार्टी कार्यालयमा बसेको सचिवालयको प्रथम बैठकले यस अघि जिल्ला कमिटीका बैठकले गरेका विभिन्न निर्णयहरु र कार्यसुचिहरु पारित गरेको छ । नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओलीको अध्यक्षता र एमाले केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापाको प्रमुख आतिथ्यतामा बसेको सचिवालयको […]
नागरिक रैबार । बाजुराको बढीगंगा नगरपालिका २ स्थित कन्सन बाजुरामा अध्ययनरत अनाथ बालवालिकाको पठनपाठनलाई लक्षित गरेर नगद १० हजार बराबरको सहयोग गरिएको छ । दशै तिहारमा हुने फर्चुल खर्च कटौती गरेर कन्सन बाजुरामा रहेका अनाथ बालवालिकाहरुको सहयोगका लागि १० हजार सहयोग गरिएको सामाजिक अभिायन्ता तथा बुढीगंगा नगरपालिका १० का युवा पारस रावलले बताएका छन् । […]
नागरिक रैबार/बाजुुरा ८ कार्तिक।खप्तड क्षेडेदह गोल्डकपको फाइनलमा बडीमालिका नगरपालिका ९ फाइनलमा भिड्ने भएको छ । खप्तड क्षेडेदह स्पोर्ट क्लवको आयोजनामा कार्तिक ३ गतेबाट संचालन भएको प्रतियोगिताको फाईनलमा आयोजक क्षेडेदह स्पोर्टस् क्लवलाई हराउँदै बडीमालिका ९ फाइनलमा प्रवेश गरेको होे । क्षेडेदह स्पोर्ट क्लवको आयोजनमा विगत ५ वर्ष देखि आयोजना हुदै आएको प्रतियोगितामा निरन्तर सहभागि हुँदे आएको […]
राजेन्द्र विक बाजुरा,५कार्तिक।बाजुरामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एकजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्बर ५ मनाका ६० बर्षिय डम्म साउँद रहेका छन् । असोज २५ गते घर बाट करिब आधा घण्टाको दुरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैंसी गोठ(छानो) नजिकै अरिङ्गालले बनाएको घर भत्काउन खोज्दा टोकेर गम्भीर घाइते भएका साउँदको भारतको […]
नागरिक रैबार। छेडेदह गोल्डकप २०८१ को भव्य उद्घाटन गरिएको छ । छेडेदह स्पोर्टस् क्लवको आयोजना र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको छेडेदह गोल्ड कपको उद्घाटन सुदूरपश्चिम प्रदेश सांसद पदम बहादुर शाहीले गरेका हुन् ।खप्तड छेडेदह गाउँपालिका ७ आटिचौरमा सुरु भएको गोल्डकपको शनिवार औपचारिक कार्यक्रमकाविच सांसद शाहीले उद्घाटन गरेको आयोजकले जानकारी दिएको छ । गोल्डकपमा […]
राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन्।राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्बर ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन्। राष्ट्रपति पौडेलले बिहीबारै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाट्यश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गरेका छन्। राष्ट्रपति पौडेल उक्त कार्यक्रममा […]
नागरिक रैबार/बाजुरा १ कार्तिक। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ मा वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ को आयोजना हुने भएको छ । वडा नम्वर ८ को आयोजना र बडीमालिका युवा परिषदको समन्वयमा कार्तिक ४ गतेबाट संचालन हुने गरी वडा अध्यक्ष कप सेभेन ए साईड खुला फुटबल प्रतियोगिता २०८१ को आयोजना हुने भएको हो । […]
नागरिक रैबार/बाजुरा १ कार्तिक।नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्लाका ६९ वटै वडामा देउसी भैलो कार्यक्रमको आयोजना गर्न मातहतका पालिका र वडा कमिटीलाई निर्देशन दिएको छ । एमाले बाजुरा जिल्ला कमिटी बाजुराले कार्तिक १ गते पार्टीका ९ वटै पालिका कमिटी र ६९ वटै वडा कमिटीलाई कार्तिक १० गतेदेखि शुभकामना आदानप्रदानसंगै देउसी भैलो कार्यक्रमको आयोजना गर्न निर्देशन […]
नागरिक रैबार/बाजुरा १ कात्तिक। राष्ट्रपति रामचन्द्र पाैडेलले बाजुराको नाटेश्वरी मन्दिरकाे समुद्घाटन गरेका छन । उनले आज जिल्लाको त्रिवेणी नगरपालिका ७ मा रहेको धार्मिक पवित्र स्थल नाटेश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गरेका हुन । राष्ट्रपति पाैडेलले सुदूरपश्चिमको धार्मिक तथा पर्यटकिय स्थल बडीमालिका माताकाे दर्शन पश्चात् नाटेश्वरी पुगेर मन्दिर उद्घाटन सँगै पूजाआजा समेत गरेका छन । त्रिवेणी […]
राजेन्द्र विक/बाजुरा १ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित विहिबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्वर ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको हो । प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा एवम दर्शनको लागि […]
नागरिक रैबार/बाजुरा १ कार्तिक। बाजुराकाे अतिविकट हिमाली गाउँपालिकाको बिच्छ्या स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ अधिकृत प्रेमकला मल्लको निधन भएकाे छ । मल्लकाे ५२ बर्षकाे उमेरमा बुधबार राति निधन भएको हाे । ३० बर्षदेखि दुर्गम गाउँ हिमालीमा कार्यरत नर्सिङ अधिकृत मल्लको हृदयघातका कारण मृत्यू भएको हो । बाजुरा नजिकै हुम्लामा दिदीको घरमा गएको बेला एकाएक बिरामी भएकी मल्ललाई […]
नागरिक रैबार/बाजुरा १ कार्तिक।राष्ट्रपति रामचन्द्र पौडेल बाजुरामा आईपुगेका छन् । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर मार्फत बाजुरा आईपुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । राष्ट्रपति पौडेलले आज बडीमालिकाको दर्शन र नाटेश्वरी मन्दिरको उद्धघाटन गर्ने कार्यक्रम तय गरिएको छ। राष्ट्रपति पौडेलसंगै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे पनि बाजुरा आएका छन् ।
नागरिक रैबार/बाजुरा ३० असोज। अमेरिकी नागरिक जिम्मेरी करिव ४७ वर्षपछि बडीमालिका नगरपालिका–२ स्थित जुगाडाको भौनेरामा पुगेका छन् । पर्यटन उद्यमी तथा ईन्जिीनियर समेत रहेका जिम्मेरी ओरेलली आफ्ना दुई छोरा सहित मंगलबार भौनेरामा पुगेका हुन् । २०३४ सालमा भौनेरामा पुल निर्माणका क्रममा करिव एक वर्ष बसेका जिम्मेरी करिव ४७ वर्षपछि सोही ठाउँको अवस्था बुझ्न अमेरीकाबाट छोरा […]
नागरिक रैबार/बाजुरा २७ असोज।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ५ मा अरिङ्गालको टोकाईबाट एकजनाको मृत्यु भएको छ । भने अर्का एकजना घाईते भएका छन् । शुक्रबार विहान सोही वडाको पानलोटे भन्ने ठाउँमा अरिङ्गालले टोक्दा वर्ष ६५ का अंगे बडुवालको मृत्यु भएको बडीमालिका–५ का वडा अध्यक्ष धरमपाल मिजारले जानकारी दिए । वडा अध्यक्ष मिजारका अनुसार अरिङ्गालको टोकाईबाट […]
नागरिक रैबार/बाजुरा २५ असोज। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका मन्दिरमा यस वर्ष ६४ बोकाको बलि दिइएको छ । मालिका मन्दिरमा महाष्टमीको अवसर पारेर विहान ८ बजेदेखि करिब दिउसो १ बजेसम्म ६४ वटा बोकाको बलि दिइएको मालिका मन्दिर व्यवस्थापन समितिका सचिव लालबहादुर विकले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष ४० वटा बोका र १ राँगा बलि […]
नागरिक रैबार/बाजुरा २२ असाेज।नेकपा एमाले जिल्ला कमिटी बाजुराले बडा दशै तथा शुभदिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । मंगलबार मार्तडीमा एक औपचारिक कार्यक्रमका विच जिल्ला कमिटी बाजुराले बडा दशैं, शुभ दिपावली र छठ पर्वलाई सभ्य, भव्य र मर्यादित भएर मनाउन पार्टी मार्फत जिल्ला बासीलाई सन्देश दिन शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको पार्टी सचिव […]
नागरिक रैबार। बाजुराको खप्तड छेडेदह गाउँपालिकाले पारित गरेको बजेट विरुद्ध नेपाली काँग्रेसका कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् । बजेट संसोधन र परिमार्जनको माग सहीत नेपाली काँग्रेस खप्तड छेडेदह गाउँ कार्य समितिले आन्दोलन थालेको छ । करिब ४ करोड बढी रकम अनावश्यक शिर्षकमा विनियोजन गरेको र विकासमा योजनामा बेवास्ता गरेको आरोप काँग्रेसको छ । यता कार्यपालिकामा काँग्रेसबाटै जितेका […]
नागरिक रैबार। पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जगन्नाथ गाउँपालिकामा निर्माण भएको १० शैया अस्पतालको उद्घाटन गरेका छन् । ११ करोड ७६ लाखको लागतमा निर्माण गरिएको भवनको शुक्रबार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । गएको वर्ष निर्माण कार्य सम्पन्न गरिएको भवन देशभरकै २६ औं स्थानमा उद्घाटन गरिएको पालिका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् । तत्कालिन […]
नागरिक रैबार बाजुरा १८ असोज। बाजुराकाे सदरमुकाम मार्तडीमा भोलि शनिबारको दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्र अन्तरगत साँफे-मार्तडी ३३ केभिको राष्ट्रिय प्रशारण लाईन भोलि विहान ८ बजेदेखि बेलुकी ६ बजेसम्मका लागिअवरुद्ध हुने भएको हो । बाजुरा वितरण केन्द्रले शुक्रबार साँझ एक सूचना जारी गर्दै उक्त प्रसारण लाइन […]