होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सामाजिक सञ्जाल टिकटक एपमाथि प्रतिबन्ध लगाउन माग गर्दै युवाहरूको समूहले जनकपुरमा प्रदर्शन गरेका छन्। टिकटक बन्द संघर्ष समितिको ब्यानर लिएर युवा समूहले प्रदर्शनका साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापनपत्र समेत बुझाएका छन्। टिकटक एपमार्फत् देशको आर्थिक, समाजिक, शैक्षिक, सांस्कृतिक लगायतका क्षेत्रमा प्रहार भइरहेकाले सरकारले तुरून्त एप बन्द गर्नुपर्ने समितिको माग छ। यस एपमार्फत् महिलाको शारीरिक […]
काठमाडौँ — दसैंमा सार्वजनिक सवारीसाधनलाई देशभर रुट पर्मिट खुला हुने भएको छ । दसैंमा यात्रुको चाप हुने स्थानमा सवारीसाधनको व्यवस्थापन सहज होस् भन्ने उद्देश्यले यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच बुधबार बसेको बैठकले सो निर्णय […]
पोखरा । गत आर्थिक वर्षदेखि निर्माणाधीन सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पोखराको छोरेपाटन–पार्दी सडकखण्ड अहिले हिलाम्मे छ । सानो बर्षात हुँदासमेत सडकमा आउजाउ यातायातका साधनमात्रै नभई यात्रीहरुले पनि सास्ती भोग्नु परिरहेको छ । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने बाटोबाट दिक्क भएका स्थानीयबासिन्दा अचेल पोखरा महानगरले सुरु गरेको ‘हेल्लो मेयर’ कार्यक्रममा आफ्नो गुनासो टिपाउँदै सोध्छन्, […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको छ । नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो । महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखी पटक पटक ताकेता गर्दा […]
काठमाडौं / सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन’ले आफ्नो अपमान गरेको भन्दै स्रष्टाहरू आन्दोलित भएका छन्। सुदूरपश्चिमका प्रभावशाली ४३ जना स्रष्टाहरूले सामूहिक विज्ञप्ति निकालेर त्यसको चर्को विरोध जनाएका छन्। प्रतिष्ठानको कुलपतिमा मुख्यमन्त्री, सहकुलपतिमा सामाजिक विकास मन्त्री र सदस्य सचिवमा मन्त्रालयका सचिव रहने व्यवस्थासहितको ऐनले पञ्चायतकालीन प्रवृत्तिको पुनरावृत्ति गरेको भन्दै स्रष्टाहरू आन्दोलित भएका हुन्। […]
काठमाडौं । तेलुगू फिल्म ‘पुष्पा’ ब्लकबस्टर बनेपछि अल्लु अर्जुन पूरै भारतमा चर्चित बने । उनको स्टारडमदेखि पारिश्रमिकसम्म वृद्धि भयो । सुकुमार निर्देशित ‘पुष्पा’को अब दोस्रो सिक्वेल बनिरहेको छ । ‘पुष्पा : द रुल’ शीर्षक राखिएको फिल्ममा अल्लु अर्जुनले उच्च पारिश्रमिक लिएका छन् । कुल ४५० करोड भारुको फिल्ममा उनले १२५ करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले […]
बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई आजै निलम्बनको तयारी गरेको हो । क्यान स्रोतका अनुसार आजै उनलाई क्रिकेट कप्तानसहितका खेलकुद गतिविधिबाट निलम्बनको तयारी भएको छ । १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि छ । उनीविरुद्ध प्रहरी वृत्त गौशालामा मंगलबार उजुरी परेको […]
चीनको दक्षिणपश्चिमी पहाडी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि वर्षा, बाढी र पहिरोका कारण बेपत्ता भएका दर्जनौं व्यक्तिको खोजी कार्य बिहीबार पनि प्रभावित भएको छ । गत सोमबार सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको ६.६ म्याग्निच्यूडको भूकम्प जाँदा भूकम्पको केन्द्रविन्दु नजिकै रहेको गान्जी प्रान्तमा ४६ जनाको मृत्यु भएको छ भने […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ […]
काठमाडौं । पछिल्लो २४ घण्टामा २२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जार ४०१ परीक्षणमा २२७ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ५१८ पीसीआर परीक्षणमा १३७ जना र दुई हजार ८८३ एन्टिजेन परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा […]
काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका फिल्म हलहरु बन्द गर्ने निर्णय गरेको छ । आज बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको महासचिव नरेन्द्र महर्जनले जानकारी दिए । सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म प्रदर्शन गर्ने निर्णय गरेपछि चलचित्र संघले यस्तो निर्णय गरेको हो […]
२३ भदौ, विराटनगर । प्रदेश १ साक्षर प्रदेश घोषणा भएको छ । ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रदेश १ सरकारले बिहीबार साक्षर प्रदेश घोषणा गरेको हो । प्रदेशका १५ देखि ६० वर्ष उमेर समुहका नागरिकको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि भएकाले साक्षर प्रदेश घोषणा गरेको प्रदेश १ सामाजिक विकास […]
काठमाडौँ — यसपटक एप्पलले अपनाएको सबैभन्दा ठूलो परिवर्तनमध्ये एक हो, आफ्नो स्मार्टफोनलाई भूउपग्र (स्याटलाइट) मा जोड्ने प्रविधि । कम्पनीले प्रयोगकर्ताको सुरक्षा र कनेक्टीभिटीलाई बढी महत्व दिएको छ । नेपाली समयअनुसार बुधबार राती एप्पलले आइफोन १४, एप्पल वाच र एयरपड्सका नयाँ मोडल सार्वजनिक गरेको थियो । कम्पनीका प्रमुख कार्यकारी टिम कुकसहित अन्य नेतृत्वदायी ओहदाका कर्मचारीले नयाँ […]
‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ भन्ने आदर्श वाक्यका साथ आज नेपालमा पनि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सन्देश दिँदै साक्षरता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । दिवसका […]
काठमाडौं । राणाशासनको अन्त्यपछि २०१५ सालमा नेपालले पहिलो पटक संसदीय चुनावको अभ्यास गर्यो । यही चुनावमार्फत दलहरूले पहिलो पटक घोषणापत्र सार्वजनिक गरे । त्यस अगाडि २००४ र २०१० सालमा स्थानीय तहको चुनाव भए पनि ती चुनावमा घोषणापत्रको प्रयोग गरिएको थिएन । चुनावी इतिहासका जानकार डिल्लीराम मिश्र भन्छन्, ‘२००४ र २०१० सालमा भएका चुनावमा पर्चा, पम्प्लेट […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गरिसक्न म्याद दिएको छ । महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समयसीमा दिइएको हो । महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भएपनि भवनको पनि नक्सा पास गर्न भनेको छ […]
काठमाडौं । गायक शिव परियार पछिल्लो समयका बलात्कारका घटनालाई लिएर आक्रामक प्रतिक्रिया दिएका छन् । नेपाल सरकारलाई सम्बोधन गर्दै उनले बलात्कारलाई ‘व्यवसाय बनाउनेहरुको भण्डाफोर’ नगरिए नेपाल बलात्कारीहरुको देश हो’ भन्ने नजिर स्थापित हुने बताएका छन् । ‘कृपया यतिबेला सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरूले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्छु,’ उनले फेसबुकमा […]
काठमाडौं । जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भन्ने कुरा […]
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। बिहीबार प्रदेश […]
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीलाई तलब खुवाउन पनि विदेशीसँग पैसा माग्नुपर्ने अवस्था आएका भन्दै चिन्ता व्यक्त गरेका छन्। निजामती सेवा दिवसमा आयोजित कार्यक्रममा कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्। देशको आम्दानी अवस्था नाजुक रहेकोतर्फ जोड दिँदै उनले भने, ‘हुँदाहुँदा कर्मचारीलाई तलब खुवाउन पनि विदेशीसँग पैसा माग्नुपर्ने अवस्था आइसक्यो।’ देशमा विकास निर्माणको अवस्था […]