होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । राजधानीको कमलादीमा प्रहरी चेकजाँचको क्रममा सुन , चाँदी र हतियारसहितको झोला फालेर अभियुक्त भागेकाे भनिएको घटनामा प्रयोग भएको स्कोर्पियो गाडी फेला परेको छ । ललितपुरको नखिपोटमा गाडी फेला परेको हो । घटनामा प्रयोग भएको बा ६च ५५१९ नम्बरको स्कोर्पियो गाडी नखीपोटस्थित निर्माणाधीन घरमा लुकाएर राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता […]
भोजपुर : लकडाउन खुकुलो भएपनि कोभिड-१९ को जोखिम झन बढेको भन्दै भोजपुरमा प्रहरीले मास्क अभियान थालेको छ । मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि जिल्ला प्रहरी कार्यालयको अगुवाईमा ‘तपाईको मास्क खै’ अभियान सुरु गरेको हो । प्रहरीले सदरमुकाम र आसपासका मूख्य बजारक्षेत्रमा सर्वसाधरण र सवारीचालकलाई मास्क वितरण गर्दै अभियान चलाएको छ । मास्क प्रयोग […]
जाजरकाेट । कृषि बिकास कार्यालय जाजरकोटका प्राविधिक सहायक (सहायक स्तर पाचौ) सुचना अधिकारि टोपेन्द्र विश्वकर्माले आफ्नाे जन्मदिनको अवसरमा ब्लड क्यान्सर पिडित बालकको उपचारका लागि १० हजार सहयोग गरेका छन् । विश्वकर्माले जन्मदिनको अवसरमा भेरीनगरपालिका १३ कुदुका यज्ञ रोकायका २० महिने ब्लड क्यान्सर पिडित बालक युनिक रोकायलाइ उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरेका हुन । […]
काठमाडौं । रुकुमपश्चिमको सोती घटनाका मृतकको परिवारलाई कलाकारहरुले पाँच लाख आर्थिक सहयोग गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले उक्त रकम जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीलाई हस्तान्तरण गरे । गत जेठ १० गते भएको घटनामा सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तर्रजातिय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरुसँग केटीको […]
विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो। ट्रकका चालक भने सामान्य घाइते भएका […]
युरोपको सर्वाधिक गोलकर्ता बन्ने क्रिस्टियानो रोनाल्डोको सपनामा ठूलो धक्का लागेको छ । रोनाल्डोले गोल गर्न नसक्दा हालै मात्र इटालियन लिग च्याम्पियन बनेको युभेन्टस काग्लियारीसँग २–० गोलअन्तरले पराजित बनेको हो । हालसम्म ३१ गोल गरेका रोनाल्डोले बुधबार राति भएको खेलमा भने कुनै पनि गोल गर्न सकेनन् । उता, लुका गान्जिलानो र जियोभानी सिमिओनीको गोलको मद्दतले काग्लियारीे […]
धनगढी : पश्चिम तराईका जिल्ला कैलाली र कञ्चनपुरमा आज पनि बर्षा भईरहेको छ। बुधवारको बर्षाले कैलालीको दक्षिणपूर्वी क्षेत्र डुवानमा परेकोमा आज धनगढीका अधिकासं क्षेत्र जलमग्न भएका छन्। जल तथा मौसम विज्ञान विभागले सामान्य बदली रही सुदूरपश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको जनाएको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको […]
१४ साउन, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । पर्सामा मात्रै कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल […]
पेरिस : महत्वपूर्ण खेलअघि आफ्ना प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पे घाइते भएपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) दबाबमा परेको छ। फ्रेन्च लिग विजेता पीएसजीले आगामी अगस्ट १२ मा च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्ने कार्यक्रम छ। च्याम्पियन्स लिग युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो। च्याम्पियन्स लिगको लिस्बनमा हुने क्वार्टरफाइनलमा पीएसजीले इटालियन क्लब एटलान्टाको सामना गर्दैछ। घाइते […]
काठमाडौं । सांसदहरुले सरकारी निकायमा करारमा कर्मचारी राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन माथिको छलफलका क्रममा सार्वजनिक निकायमा करारमा कर्मचारी राख्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताएका हुन् । सकेसम्म स्थायीलाई नराख्ने र आफु अनुकुलका व्यक्तिलाई करारमा नियुक्त गरी भ्रष्टाचारजन्य कार्य हुने गरेको सांसदहरुले बताएका […]
१४ साउन, काठमाडौं । सत्तारुढ दलका नेता र सरकार सञ्चालक आन्तरिक झगडामा रुमलिइरहेका बेला देशभर कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ । केन्द्रीय राजधानी काठमाडौमै संकट देखिइसक्दा पनि यसमा स्वास्थ्य मन्त्रालयको पर्याप्त नजर पर्न सकेको छैन । मानिसहरुको आवत–जावतलाई व्यवस्थित बनाउनुपर्ने गृहलगायत सरोकारावाला मन्त्रालयले पनि कोरोना संक्रमणको जोखिमबारे उचित ध्यान दिएको देखिँदैन । काठमाडौंभित्रैका दुईवटा […]
१३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक गर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गरेका छन् । एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक कुनै निष्कर्षमा पुग्न नसकिरहेका बेला केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक माग गरेका हुन् । पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको भन्दै अध्यक्षद्वयलाई सम्बोधन गरिएको […]
कठमाडौं । दुईवटा विधेयक राष्ट्रपतिद्वारा प्रमाणिकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक र संघ, प्रदेश तथा स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विधेयकहरू नेपालको […]
वासिङ्टन– अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ । खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोनाभाइरसका विषाणु थप वृद्धि नभएको न्यू इङल्यान्ड मेडिसिन जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ । खोपका कारण नाकमा कोरोनाभाइरस बढ्न रोकिनुको अर्थ नाकहुँदै शरीरका भित्री भागमा कोरोनाभाइरस संक्रमित […]
नागरिक रैबार साउन १४ बाजुरा नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाले २०७४ सालबाट संचालनमा ल्याएको ब्लड बैंक नाममात्रको रहेको पाईएको छ । अझभन्दा कागची रिर्पोटिंगका हिसावले जिल्लादेखि केन्द्रसम्म तालुक निकायमा उक्त ब्लड बैंक संचालनमा आईरहेको देखाई रहेको पाईएको छ । तर उक्त ब्लड बैंक हाल संचालन छैन् । विगतमा तत्कालिन जिविस बाजुराले सांसद विकास कोष मार्फत […]
पछिल्ला केही समयदेखि प्रशंसकले केजीएफ सिरिजको दोस्रो फिलम केजीएफ टुको प्रतिक्षा गरिरहेका छन् । यो फिल्मको पहिलो लुक पहिले नै सार्वजनिक गरिएको छ । अब सञ्जय दिनको जन्मदिनमा उनको क्यारेक्टरलाई एउटा पोस्टर रिलिज गरिएको छ । सञ्जय दत्त फिल्ममा अधिरा नामको नेगेटिभ भूमिका निभाइरहेका छन् र उनको लुक खतरनाक छ । यो फिल्ममा सञ्जय दत्त […]
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यसँग छलफल गर्दैछन् । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय सदस्यहरुसँग पार्टीको आन्तरिक गतिविधि र मुलुकको समसामयिक राजनीतिबारे छलफल गरिने वरिष्ठ नेता पौडेलले रातोपाटीलाई जानकारी दिए । पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन र मनोनयनलाई तीव्रता दिएपछि आन्तरिक रणनीति बनाउन पौडेल पक्षले […]
श्रावण १४ काठमाडौँ । शीर्ष नेताहरूबीचको झगडाले चरम रूप लिएपछि सत्तारूढ नेकपामा धाँजा फाटेको छ । एकअर्काप्रति असन्तुष्टि जनाएर गुट–उपगुटको भेला गर्दै आएका नेताहरूबीच मंगलबार स्पष्ट कित्ताकाट देखिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमै बोलाइएको स्थायी कमिटीको बैठक अध्यक्ष केपी शर्मा ओलीले एकलौटी स्थगित गरिदिए । त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालनिकट स्थायी कमिटीका बहुमत […]
१४ साउन, काठमाडौं । भदौ सात गतेभित्र उद्योगहरु नवीकरण गरिसक्न उद्योग विभागले आग्रह गरेको छ । साउन ७ गतेबाट लकडाउन खुलेको र अतिरिक्त ३० दिन नवीकरणका लागि समय दिइएको अन्यथा जरिवाना लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ । ‘लकडाउन साउन ७ गते खुलेको र त्यसको ३० दिनसम्म विभागसँग सम्बन्धित कार्यहरु गराइसक्नुपर्ने अन्यथा साविककै दरमा जरिवाना […]
धनगढीः कञ्चनपुरमा सहमतीमै बनाईएको अश्लिल भिडियो बाहिरिएपछि बलात्कार आरोपमा प्रेमी पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा अश्लिल भिडियो बाहिरिएपछि बलात्कार मुद्दामा प्रेमी पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले जबरजस्तीकरणी मुद्दामा २० वर्षीय युवक मोहनराज भट्टलाई पक्राउ गरिएको बताए। उनले विगत केही महिनादेखि प्रेम सम्बन्धमा […]