होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । देशका विभिन्न स्थानमा रहेका विरामीलाई रगत अभाव भइरहेको छ । बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकोले केन्द्रीय रक्तसञ्चार सेवा लगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा अत्यन्तै न्यून सँख्यामा रगत स्टक रहेको छ । केन्द्रीय रक्तसञ्चार सेवाका प्राविधिक श्रवण श्रेष्ठका अनुसार शनिवारको लागि बुक गरिएका क्याम्पहरु सबै स्थगित भएका थिए । उनकाअनुसार विहिबार […]
रौतहट । रौतहटको धरमपुर घाटस्थित बागमती नदीमा नुहाउन गएका तीन जना बालिकाहरु बेपत्ता भएका छन् । ऋषि पञ्चमीको अवसरमा आज बिहान १० बजेको समयमा गढीमाई नगरपालिका–७ स्थित बागमती नदीमा नुहाउन गएकी उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया पिङ्कु कुमारी मुखिया, लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी […]
लमजुङ । बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ । बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो । थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो । भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद […]
बझाङः आज मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको एक सय ४३ औं जन्मजयन्ती मनाईदै छ। जयपृथ्वी बहादुर सिहको सम्झना गर्दै उनको एक सय ४४ औँ जन्म जयन्ती मनाईन लागिएको हो। कोरोना महामारीका कारण औपचारिक कार्यक्रम गर्न नसकिएपनि सिहको सम्झना गर्दै जन्म जयन्ती मनाईरहेको बझाङको जयपृथ्वी नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले बताईन्। दक्षिण एसियाकै तारा तथा दोस्रो गौतम बुद्धका […]
चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौँ आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । […]
धनगढीः अछाममा बाढी पहिरोको स्थलगत निरिक्षणमा आएको गृहमन्त्री रामबहादुर थापा बादल सहितको जम्बो टोली धानबाली मासेर गएको भन्दै आलोचना हुन थालेको छ। गृहमन्त्री थापा सहित उद्योग मन्त्री लेखराज भट्ट, पूर्व उपप्रधानमन्त्री भीम रावल लगायतका नेताहरुले शोकमा डुबेको गाउँमा पुगेर धान बाली मासेर औपचारिक कार्यक्रम गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ। खेतबारीमा आयोजना गरिएको फोटो […]
धनगढीः सार्वजनिक खरिद ऐन अनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले १९ लाख ८९ हजारका आइसोलेसन बेड सहितका सामाग्री खरिद गरेको छ। विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमितका लागि आवश्यक बेड सहितका उपकरण खरिदका लागि सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४५ प्रयोग गरिएको छ। केन्द्रले उपलब्ध गराएको सूचनामा १९ लाख ८९ हजार दुई सय […]
काठमाडौँ — आज रातिको पौने एक बजे, हेर्न छुटाउनै नहुने खेल छ । त्यो भनेको युरोपेली च्याम्पियन्स लिगको फाइनल । उपाधि भिडन्तमा उत्रदै छन्, फ्रान्सको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन च्याम्पियन बायर्न म्युनिक । विश्व क्लब फुटबल भनेपछि हामी इंग्ल्यान्ड, स्पेन र इटाली सम्झिहाल्छौं । तर, यसपल्टको फाइनलमा फ्रान्स र जर्मनीका टिम भिड्दै […]
नायक पल शाहले कालिकोट पुगेर बाढी पहिरो प्रभावितलाई सहयोग गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा प्रभावितहरुलाई सहयोग गरिएको हो । कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरा जाँदा ठूलो जनधनको क्षती भएको थियो । पहिरो प्रभावितलाई राहतको आवश्यकता देखेर नै समय प्रतिकुल हुँदा पनि आफ्नो टिम कालिकोट पुगेको पलले बताए । उनीहरुले बाढी […]
७ भदौ, डोटी । अछामको रामारोशन गाउँपालिका–५ कैलाशखोलामा बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये शनिबार थप एक जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार रामारोशन–५ र ६ को बीचमा पर्ने झोलुङ्गे पुल नजिक अन्दाजी १८ वर्षका रमेश साउदको शव भेटिएको हो । अन्य १० शवको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय […]
७ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट हरेक २४ घण्टामा ५ हजार ९०० जनाको मृत्यु भइरहेको पाइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबारसम्म लिइएको पछिल्लो दुई साताको आँकडाका आधारमा यो नतिजा निकालिएको हो । यसआधारमा हेर्दा एक घण्टामा २४६ र प्रति १५ सेकेण्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ । जोन्स हापकिन्स विश्वविद्यालयका अनुसार विश्वभर […]
७ भदौ, वीरगञ्ज । पर्सा र बारामा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा ३ सय २० वटा स्वाब नमूना परीक्षण गर्दा ३४ जना महिलासहित १५६ जनामा कोरोना पुष्टि भएको हो । पर्साका १४५ र बाराका ११ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर […]
गएको तीन दिनदेखि बैतडी सदरमुकाम क्षेत्र सुनसानजस्तै बनेको छ। कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै दशरथचन्द नगरपालिकाले नगरक्षेत्रमा भदौ ४ गतेदेखि लकडाउन गरेको हो भदौ १५ गतेसम्म हुने लकडाउन अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द रहने नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए। नगरक्षेत्रभित्र औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन गर्न दिइएको छ। […]
अछाम – जिल्लाको कमलबजार नगरपालिका वडा नं १ मुलिमा चट्याङ लागेर चार जना घाइते भएका छन। घाइते हुनेमा ३५ र्बषिया पुर्ण बहादुर भण्डारी, ३३ र्बषिय उनकी श्रीमती मोतिकला भण्डारी, सोहि ठाउकी १८ र्बषिया तुल्क्षा बजगाइ र १५ र्बषिया डिग्रा बज्गाइ रहेका छन्। घाइतेलाई एम्बुलेन्स मार्फत लगेर कमलबजार प्रथमीक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ। साथै चट्याङ लागेर […]
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ९ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। नेपाल र उनका परिवारका सदस्यको रिपोर्ट भने नेगेभिट आएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । स्वकीय सचिव गौतमका अनुसार कोरोना संक्रमण देखिनेमा नेपालको सुरक्षामा खटिँदै आएका पिएसओ नेपाल प्रहरीका एक जना र सशस्त्र […]
डोटी – अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् । बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा […]
नेपाल आइडल सिजन ३ अब चाडैँ नै सकिदैँछ । यस हप्ता प्रशारित एपिसोडमा उत्कृष्ट ४ बाट चितवनका केबिन ग्लान तामाङ बाहिरिएसँगै फिनालेमा बर्दिवासका किरण कुमार भुजेल, मोरङकी सज्जा चौलागाई र प्रविन बेडवाल पुगेका छन् । भोट कम भएका कारण केबिन उत्कृष्ट ४ बाट बाहिरिएका छन् । अब टप ३ मा पर्न सफल यिनै प्रतिस्पर्धीबाट नेपाल […]
नागरिक रैबार बाजुरा ६ भदौ । यतिबेला बाजुरा जिल्लाका कतिपय ठाउँमा अविरल वर्षाका कारण बाढी र पहिरो आएर स्थानीयहरु निकै सास्ती भोगिरहेका छन् । कतिपय नागरिक बेघर भएका छन् भने कतिपयले आफन्त गुमाएका छन् । झरी र बर्षायामले निम्त्याएको जन स्तरको क्षेती र उत्तरी क्षेत्रमा खाद्य संकटको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी कृष्ण गैर र […]
धनगढी : बिहिवार साँझ धनगढी उप–महानगरपालिकाले सुरुमा २७ र त्यसपछि थप तीन गरी धनगढीका ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी पायो। संक्रमण पुष्टि भएका २७ जनाको धनगढी उप–महानगरपालिकाले नै स्वाब संकलन गरेको थियो भने बाँकी तीन जनाको स्वाब संकलन सेती प्रादेशिक अस्पतालमा भएको थियो। सेती प्रादेशिक अस्पतालमा स्वाब दिने अधिकासं स्थानीय नै हुन्छन्। संक्रमण पुष्टि […]
६ भदौ, काठमाडौं । स्पानिस क्लब सेभियाले कीर्तिमानी छैटौं पटक युइएफए युरोपा लिगको उपाधि जितेको छ । लुक डे जोङको दुई गोल अनी रोमेलु लुकाकुको आत्मघाती गोल मद्दतमा सेभियाले इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै यस सिजन युरोपा लिग च्याम्पियन बनेको हो । एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेभियाले इटालियन क्लब इन्टरलाई ३-२ ले […]