होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा — बुढीगंगा नगरपालिका ९ तल्लो कप्रीतोलाका ३९ बर्षिया मदनबहादुर शाह मृत्त फेला परेका छन् । मानसिक रुपमा बिरामी भएका शाहलाई उनको परिवारले उपचारको लागि अछामको साफेबगर लिने क्रममा बुढीगंगा नगरपालिका १० रिठा बजार नजिक पिसाव गर्न जान्छु भन्दै झारी तिर गएको उनका दाजु तपेन्द्र शाहले जानकारी दिएका छन् । पारिवारीक श्रोतका अनुसार पिसाब गर्ने […]
चिनियाँ राष्ट्रपति शी जिनपिङले संसारको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था मुश्किलसहितको परिवर्तनसँग गुज्रिरहेको र यसले बाहिरी बजारमा जोखिम बढाइरहेको बताएका छन् । उनले नीति निर्माताको वृद्धि दर बढाइरहनका लागि घरेलु मागमा आफ्नो विश्वास बढाउनुपर्ने बताएका छन् । सोमबार शी जिनपिङको अध्यक्षतामा आयोजना भएको एक सेमिनारले उनले सो कुरा बताएका हुन् । यो सेमिनारमा नीति सल्लाहकार र […]
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र निकै पेचिलो बनेको एक विषय हो– मिलेनियम च्यालेन्ज कम्प्याक्ट अर्थात् एमसीसी सम्झौता । यो सम्झौता स्वीकार गर्ने या नगर्ने भन्नेमा नेकपामा लामै समय विवाद भयो । अहिलेसम्म पनि यसको पक्ष र विपक्षमा नेताहरु विभाजित नै छन् । नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच […]
धनगढी: सुदूरपश्चिम प्रदेशसभाकी सांसद कुन्ती जोशीका स्वकीय सचिवको घरबाट अवैध काठ बरामद भएको छ। प्रदेश सभाको सामाजिक विकास समितिकी सभापति समेत रहेकी उनका स्वकीय सचिव शर्मानन्द जोशीको घरबाट अवैध काठ बरामद गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जानकारी दिएको छ। डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ८ मा रहेको जोशीको घरबाट ५ गोलिया सालको काठ, चिरान गरिएका ४ […]
९ भदौ, कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका–११ को आइसोलेसनमा रहेकी ३५ बर्षीया महिलाको सोमबार मृत्यु भएको छ । उनको श्रीमान र छोरामा कोरोना सङ्क्रमण पुष्टि भएको छ, तर उनको भने स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । ‘उनको श्रीमान् र छोरामा सङ्क्रमण पुष्टि भइसकेको थियो, उनको भने स्वाब परीक्षण भएको थिएन’ नगरपालिकाका स्वास्थ्य शाखा […]
धनगढी– धनगढीबाट दुई लाख ४५ हजार नगदसहित चार जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्वर ३ बडहरामा जुवा खेलिरहेको अवस्थामा चार जना जुवाडेलाई दुइ सय ४५ हजार पाँच सय नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानवहादुर रोकायाका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर २ बस्ने […]
यस अघि विभिन्न लाभका पदमा नियुक्ति लिएका डा. उपेन्द्र कोइरालालाई अर्थमन्त्रालले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त गरेको छ। उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धीसमेत रहेका कोइराला विगतमा लाभका पदमा रहँदाको कार्यकाल सँधै विवादास्पद रहेको छ। मन्त्रीस्तरीय निर्णयमार्फत् कोइरालालाई अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार वाणिज्य बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेका हुन्। रक्षामन्त्री पोखरेलको दवावमा […]
एजेन्सी । भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार एकजना पत्रकारको हत्या भएको छ । बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको बताइएको थियो । पत्रकार रतन सिंहको उनको निवासमै सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले उनको हत्याको बारेमा अनुसनधान शुरु भएको पनि जानकारी दिएको छ । प्रहरीले […]
जिल्ला अस्पताल मुगुमा मंगलबारदेखि एक साताका लागि इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ । सोमबार जिल्ला अस्पतालमै कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि महामारी फैलिने डरले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिएको हो । ५ भदौमा अस्पतालमा कार्यरत केही चिकित्सक, अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बिरामीलगायतका ६२ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान […]
काठमाडौं । दैनिक १८ घन्टा बढी लोडसेटिङ भइरहेको हाम्रो देशलाई लोडसेटिङ मुक्त गराउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यहि २९ भदौबाट सकिँदैछ । उनको कार्यकाल सकिनै लाग्दा उनलाई फेरि जिम्मेवारी नदिन विभिन्न ब्यक्तिहरु राजनीतिकदेखि आर्थिक चलखेलमा लागिरहेका समाचार मिडियामा आइरहेका छन् । भित्रिरुपमा जति नै चलखेल भएपनि उनलाई फेरि प्राधिकरणकै जिम्मेवारी दिनुपर्ने […]
८ भदौ, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–३ फुलगाका श्याम साहलाई श्वासप्रश्वासमा समस्या भएपछि परिवारका सदस्यले ४ भदौमा प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पुर्याए । उनलाई अक्सिजन दिनुपर्ने, तर आईसीयू कक्ष खाली नभएको भन्दै चिकित्सकले अयन्त्र लैजान रिफर गरे । परिवारले काठमाडौं लैजाने निर्णय गरे, तर सिन्धुलीको खुर्काेट पुग्दा निधन भयो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना […]
९ भदौ, काठमाडौं । युइएफए नेशन्सको लागि पोर्चुगलको टोली घोषणा भएको छ । प्रशिक्षक फर्नान्डो सान्तोले पहिलो दुई खेलका लागि २५ सदस्यीय फुटबल टोली घोषणा गरेका हुन् । साविक विजेतासमेत रहेको पोर्गचलले क्रोएसियासँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ । ए ग्रुप अन्तर्गत रहेको पोर्चुगलले समूह चरणमा क्रोएसिया फ्रान्स र स्वीडेनसँग खेल्नेछ । पोर्चुगलले पहिलो […]
कैलाली – सुदूरपश्चिम प्रदेशमा पिसिआर बिधिबाट ५३ हजार ७४९ जनाको नमुना जाच गर्दा ५ हजार ३३८ मा कोरोना संक्रमण फेला परेको छ । ४८ हजार ४११ जनामा नेगेटिभ छ भने २ हजार ६६१ जनाको स्वाब नमुनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक बिकास मन्त्रालयले रातोपाटीलाई जानकारी दिएको छ । फेला परेका संक्रमितमध्ये अछाम ८३६, बैतडी ३३१, […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी भदौ १३ गते बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमंगलबार भएको छलफलपछि भदौ १३ गते ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाउने तय भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । कार्यदलको प्रतिवदन कार्यान्वयनका विषयमा छलफल गर्न ओली र प्रचण्डबीच […]
९ भदौ, काठमाडौं । जनस्वास्थ्य विज्ञहरु भन्ने गर्छन्, ‘संक्रामक रोगमा एउटा गल्ती दोहोरियो भने त्यसले महामारीको रुप लिन लामो समय लाग्दैन । घना जंगलमा डढेलो सल्किएझैं महामारी नियन्त्रण गर्न नसक्ने गरी सल्किन्छ ।’ प्रदेश २ मा त्यस्तै गल्ती दोहोरिएको छ, पटक पटक । यही कारण असार अन्तिम साता नियन्त्रणमा आइसकेको अनुमान गरिएको संक्रमण अहिले अनियन्त्रित […]
बीस वर्षअघिको कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक व्यक्ति पक्राउ परेका छन्। धवलागिरि गाउँपालिका–३ (साविक मुना गाविस–७) दरका ४४ वर्षीय चन्द्रबल घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनलाई म्याग्दी जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए। घर्तीसमेतले २०५७ कात्तिक २१ गते दरका २२ वर्षीय गर्बे […]
सुशान्त सिंह राजपूतका प्रशंसकले ‘द कपिल शर्मा शो’ लाई प्रतिबन्ध गर्न माग गरिरहेका छन् । कार्यक्रमका निर्मातामा सलमान खानको नाम पनि समावेश भएका कारण सुशान्तका प्रशंसकले यस्तो माग गरिरहेका छन् । फेसबुकमा सोमबार एक प्रयोगकर्ताले जस्टिस फर सुशान्त सिंह राजपूत ह्याशट्याग एसएसआर नामक ग्रुपमा लेखे, ‘प्रिय सदस्य, द कपिल शर्मा शोलाई पूर्ण रुपमा बहिष्कार गरौं […]
काठमाडौं । हाल उत्तरी बंगालको खाडीमा रहेको न्युन चापीय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फयुक्त हावाको प्रभाव रहेको छ। जसका कारण मंगलबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका केही […]
सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा गएको पाँच महिनामा आरडिटी—पिसिआर पद्धतिबाट कूल जनसङ्ख्याको दुई दशमलव एक प्रतिशत अर्थात् ५३ हजार ७४९ जनाको कोरोनाको नमूना जाँच गरिएको छ । जाँच गरिएका नमूनामध्ये सोमबारसम्म पाँच हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो नमूना जाँच गरिएको सङ्ख्या ५२ हजार २१३ को झण्डै १० प्रतिशत हो । प्रदेशको […]
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यदलको प्रतिवेदनबारे छलफल सुरु भएको छ । शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यन्वयनबारे दुई अध्यक्षबीच छलफल सुरु भइरहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । छलफलका लागि अध्यक्ष प्रचण्ड पौने १० बजे […]