होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् । यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् । योसँगै देशभर […]
१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । उनीहरुमध्ये २२१ जनाको मृत्यु भएको छ भने २० हजार […]
काठमाडौं । बीमा समितिले हालसम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको बताएको छ बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमलेख जारी भएको चार महिनामा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बीमा भएको बताए । त्यसबापत अहिले सम्म ४७ करोड रुपैयाँ बीमा प्रिमियम संकलन भएको पनि अध्यक्ष चापागाईंले बताए । बीमा समितिले वैशाख ४ […]
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले गत असारमा गरेको निर्णयअनुसार पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुनेछ । १४ औँ महाधिवेशनको मिति तोकेर कार्यतालिका नै निर्धारण भइसकेको अवस्थामा पनि घोषित मितिमा महाधिवेशन हुनेमा आशंका देखिएको छ । किनकि १४ औँ महाधिवेशनको संशोधित कार्यतालिका समेत कोरोना महामारीका कारण विभिन्न […]
काठमाडौं । अहिले संसारमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण करोडौँ मानिसहरुले आफ्नो जागिर तथा व्यवसाय गुमाएर बेरोजगार बनिरहेका छन् । तर मानिसहरुले रोजगारी गुमाइरहेको यो मौकामा अष्ट्रेलियामा चाहिँ एउटा बिरालोले गज्जबको जागिर पाएको छ । कसैकोमा पनि नपालिएको अर्थात् भुस्याहा वा छाडा अवस्थामा रहेको एक बिरालोलाई अष्ट्रेलियाको एपवर्थ अस्पतालले सुरक्षा गार्डको जागिर दिएको हो । […]
१४ भदौ, काठमाडौं । पछिल्लो समय कारागारमा रहेका कैदी बन्दीहरुमा कोरोना संक्रमण बढ्न थालेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलले चिन्ता व्यक्त गरेका छन् । साथै सुरक्षाकर्मीहरुमा पनि संक्रमण बढेकोमा गृहमन्त्री चिन्तित देखिएका छन् । आइतबार राज्य व्यवस्था समितिको भर्चुअल बैठक बैठकमा सहभागिता जनाउँदै मन्त्री थापाले कारागार र ब्यारेकहरुमा संक्रमण बढेकोमा चिन्ता प्रकट गरेको बैठकमा सहभागी […]
नायक अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । लकडाउन अगाडि करिब ३५ प्रतिशत छायांकन भएको चलचित्रको बाँकी काम सुरु हुन सकेको छैन । चलचित्रलाई यो बर्षको दशैंमा रिलिज गर्ने निर्माणपक्षको योजना पुरा हुन सकेन । चलचित्रको छायांकनको काम नै कहिलेबाट सुरु हुन्छ पक्का छैन । चलचित्रका मुख्य नायक अनमोल केसी […]
काठमाडौं १४ भदाै । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनिएको बहुचर्चित अडियोमा नेपाल सरकारले किन्न चाहेको सेक्युरिटी प्रेसको मूल्य २८ अर्ब पुर्याउन भनिएको छ। अडियो सार्वजनिक गर्ने स्विस कम्पनी केबीए–नोटासिस, एसएका नेपाल प्रतिनिधि विजय मिश्रले त्यसमा ७० करोड रुपैयाँ कमिसन आउने बताएका छन्। अडियोमा २६ अर्बको मूल्य (धेरै कमिसनका लागि) बढाएर २८ अर्ब पुर्याउन भनिएको छ। […]
काठमाडौं १४ भदाै। मुलुकका सबै क्षेत्रमा कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमित थपिने क्रम जारी छ । कोरोनाविरुद्धको लडाईँमा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, एम्बुलेन्स चालक पनि संक्रमणको सिकार भइरहेका छन् । पछिल्लो समय ‘फ्रन्टलाइन’ का सुरक्षाकर्मी अर्थात् नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कोरोना संक्रमणको दर उकालो लागेको छ । बुधबारसम्म नेपाल […]
काठमाडौं १२ भदौ । नेपाल पत्रकार महासंघका अनुसार शुक्रबारसम्म नेपालमा ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् । प्रदेश १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएकामा मोरङका १२ र उदयपुरका १ जना रहेका छन् ।प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएकामा […]
काठमाडौं । बितेको २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ । यस्तै देशभर थप ९२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् । मृतकमा ४ महिला र ८ पुरुष रहेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा […]
पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेका हुन् । गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको छ । राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ सय २७ संक्रमित थपिएका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ५९३ पुरुष गरी देशभर थप ९२७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको उनले बताए ।
१२ भदौ, काठमाडौं । काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा कोरोना संक्रमित बिरामीको उपचार गर्न कोरोना संक्रमित स्वास्थ्यकर्मी नै खटिएका छन् । लक्षण नदेखिएका ९ जना कोरोना संक्रमित बिरामीको उपचार गर्न अस्पतालमा कार्यरत ९ जना कोरोना संक्रमित स्वास्थ्यकर्मी खटिएका हुन् । अस्पतालका मेडिकल डाइरेक्टर डा. राजु ढकालका अनुसार संक्रमित बिरामीलाई उपचार गर्न स्वास्थ्यकर्मीको अभाव हुने […]
गायक समिर आचार्य र गायिका सुरेखा क्षेत्रीको आवाजमा समावेश ‘भुर भुर पुतली’ बोलको गीत सार्वजनिक भएको छ । नवराज कलौनी र राजेन्द्र भट्टको शब्द रहेको गीतमा राजेन्द्र भट्ट र मीस्टर आरजेको संगीत छ । यो गीतले यूवा–यूवतीको प्रेमलाई व्यक्त गर्न खोजेको छ । यो गीतको म्यूजिक भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा किसन […]
धनगढीः कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बसेका छन्। अनलाईन खबरले स्रोतलाई उदृत गर्दै कार्यालय सहयोगीलाई कोरोना पुष्टि भएपछि दुवै जना आइसोलेसनमा बसेको उल्लेख गरेको छ। सोही कारण नेकपा सचिवालय बैठक समेत आउँदो भदौँ १८ गते सम्म स्थगित भएको समेत […]
काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले आज शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई इमेलबाटट २१ सुत्रीय माग सहितको ज्ञापनपत्र वुझाएको छ । ज्ञापनपत्रमा विद्यालय शिक्षासँग सम्वन्धित ११ वटा र विश्वविद्यालय शिक्षासंग सम्वन्धित १० वटा माग प्रस्तुत गरिएको छ। कोरोना संकट र निषेधाज्ञाका कारणले शिक्षा मन्त्री पोखरेलसँगको टेलिफोन संवादपछि इमेलबाट ज्ञापनपत्र पठाइएको र उक्त ज्ञापनपत्र मन्त्री पोखरेलले ग्रहण […]
काठमाडौं । शनिबार बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच शुक्रबार छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो । नेकपाका बरिष्ठ नेता झलनाथ खनालले कोरोनाका कारण बैठक स्थगित गर्नुपरेको जानकारी दिए । शनिबार बस्ने सचिवालय बैठकमा कार्यदलले […]
काठमाडौं : उद्योगीपति एवंम् सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।उनले शुक्रबार आफ्नो ट्विट गर्दै आफूलाई कोरोना पुष्टि भएको उल्लेख गरेका छन्। तर उनले आफूमा कुनै लक्षण नभएपनि आईसोलेसनमै बसिरहेको बताउँदै चिकित्सकको सल्लाहमा रहेको जनाएका छन्।उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गराउन समेत अनुरोध गरेका छन्।
वसन्तप्रताप सिंह — निषेधाज्ञा र लकडाउनका बेला बझाङमा राजनीतिक दलहरू चुनावी झल्को दिने गरी पार्टी प्रवेश गराउने अभियानमा तँछाडमछाड गर्दै लागेका छन् । दुई ठूला दल नेकपा र नेपाली कांग्रेसका अभियानले कोरोना रोकथामका सबै कामलाई भर्सेलामा पारेको त छ नै, उल्टै संक्रमणको जोखिम पनि बढाइदिएको छ । संक्रमणको जोखिम उच्च रहेको भन्दै स्थानीय प्रशासनले भेला नहुन सचेत […]