होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
विचार । त्यो समय, पहुँचमा भएका मुर्खहरुले जातको रंग भरिदिए। जन्मदै गरेको एउटा भगवान (बालक)लाई उसका पुर्खाको जातसँग जोडेर उच्च–निच्च विभाजन गरे। तल्लो जातका व्यक्तिसँग आफ्नो स्वार्थ अनुसारको शारीरिक शोषण चल्ने भयो। उनीहरुले बनाएका औजार र हातहतियार चल्ने भए। उनीहरुले सिलाएको लुगा लगाइयो। उनीहरुले कला भरेका गहनाहरु झन् विशेष भए। अर्थात्, प्रत्यक्ष रुपमा श्रम, सीप […]
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ। सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। कोभिड–१९ सङ्क्रमणका बिरामी राख्न श्ययाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य […]
२४ भदौ, पोखरा । ५० वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाएकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाएकी हुन् । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाखाले उनलाई सशस्त्र प्रहरी गुल्म पोखराको गुल्मपतिमा काज खटाएको हो अञ्चल सशस्त्र प्रहरी गुल्म, गण्डकी […]
नागरिक रैबार बाजुरा २४ भदौ । बाजुरा जिल्ला त्रिविणी नगरपालिका ४ तोलिमा मदिरा सेवन गरेका जड्याहालाई प्रक्राउ गर्दा उल्टै प्रहरी माथि आक्रमण भएको छ । उनीहरुको आक्रमणबाट तिन जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यलय बाजुराका निमित्त प्रमुख तथा प्रहरी निरिक्षक लोकेन्द्र सिं ठगुन्नाले बताएका छन् । मापसे चेक गरेर प्रहरी चौकी ल्याउने क्रममा प्रहरी […]
पानीलिन घरभित्र पसेको भन्दै मोरङको उर्लाबारी–४ थापाडाँगीकी दलित १२ वर्षीया बालिका फुलसरी मंग्रान्ती (सार्की)लाई निर्घात कुटपिट गरिएको छ । कुटपिटबाट बालिका घाइते भएकी छिन् भने प्रहरीले उजुरी लिन मानेको छैन । फुलसरीलाई छिमेकी नन्दलाल श्रेष्ठ, उनकी पत्नी निर्मला र छोरा अम्बिरले कुटपिट गरेको उनका आफन्त दुर्गाकुमारी रोकाले बताइन् । आमाबुबा बेपत्ता भएकी फुलसरीलाई दुर्गाले नै […]
दार्चुलामा सुरक्षित गर्भपतन गर्ने बढेका छन्। अस्थायी साधनको प्रयोग नगरी पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन गराउने बढेका हुन्। विगतमा भारतीय बजारका मेडिकलमा गएर गर्भपतन गराउँदै आएकाहरु अहिले भने जिल्ला अस्पतालमा सुरक्षितरूपमा गर्भपतन गराउन थालेका छन्। गत चैत ११ गतेदेखि बन्दाबन्दी शुरु भएपछि सीमा पुल बन्द छ। “जिल्लामा गत आर्थिक वर्षमा २५५ जनाले सुरक्षित गर्भपतन गराएका […]
कोरोनाको सङ्क्रमण बढ्दै गर्दा सङ्क्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन् । कोरोना सङ्क्रमणका कारण मन आत्तिने, डिप्रेसन (अवसाद) जस्ता समस्या देखिने गरेको चिकित्सकले जनाएका छन् । चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाइँका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएपछि मुटु ढुकढुक […]
२४ भदौ, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री गगन थापाले महामारीमा सरकारको उपस्थिति विषेधाज्ञा घोषणा गर्ने सीडीओ र कोरोनासम्बन्धी आँकडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता रुपमा मात्र देखिएको छ । कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा बसेको तथा रोग र भोगबाट आहत नागरिकलाई सीडीओ र प्रवक्ताको भरमा छाडेको उनले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा […]
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक विवाद समाधान गर्ने सहमतिको प्रस्ताव तयार पार्ने गृहकार्यमा जुुटेका छन् । साउन १३ यता रोकिएको स्थायी कमिटी बैठक भदौै २६ गते पुनः बस्ने तय भएसँगै ओली–प्रचण्ड विवाद समाधान गर्ने उपायसहितको संयुक्त प्रस्तावकोे गृहकार्यमा लागेका हुन् । […]
जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजार अन्धकारमा रहेको छ । विसं २०४० मा निर्माण भएको यहाँको घुघुत्ती साना जलविद्युत् आयोजनाको अहिलेसम्म मर्मतसम्भार हुननसक्दा यहाँका उपभोक्ताले दशकौँदेखि दैनिक १८ घण्टा लोडसेडिङको मार खेप्दै आएका छन् । गत वर्ष विद्युत्को क्षमता विस्तारका लागि करिब रु तीन करोडको ठेक्का आह्वान गरेर भारतीय ठेकेदार सुरेन्द्र पासीले दुईवटा नयाँ मेसिन […]
चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । उनको गएराती २ बजे निधन भएको हो । उपचारका क्रममा उनको निधन भएको वुझिएको छ । कलेजोमा समस्या आएपछि गुरुङलाई उपचारका लागि २ दिन अगाडि अस्पताल भर्ना गरिएको थियो । उनको काठमाण्डौको मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लेखक गुरुङले चलचित्र ‘नोभेम्बर रेन, […]
नागरिक रैबार/बाजुरा २४ भदौ। भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएका बुढीनन्दा नगरपालिका ३ का अन्दाजि २८ वर्षिया जगत रोकायाको परिवारलाई बुढीनन्दा नगरपालिकाले राहत स्वरुप क्रिया खर्चवाफत १ लाख सहयोग गरेको छ । मृतक रोकायाको आश्रित परिवारको आर्थिक अवस्था नाजक भएकाले मृतकका परिवारका लागि बुढीनन्दा नगरपालिकाले एकलाख सहयोग गरेको हो । कोल्टीमा खानेपानीको हाहाकार भएपछि खानेपानी […]
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको बुधबार १०७ औँ जन्मजयन्ती । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला […]
भदाै २४ काठमाण्डाैँ । ‘देशमा प्रजातन्त्र आएपछि मोटाघाटा, सुकिला, चिल्ला गाडी चढ्नेहरूको पार्टीभित्र हावी हुनेछ। त्यसविरुद्ध आमकार्यकर्ताले फेरि एकचोटि संघर्ष गर्नुपर्ने हुन्छ।’ नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको यो भनाइ अहिले सान्दर्भिक बनेको छ। अहिले उनैले हुर्काएको कांग्रेसमा ठेकेदार, बिचौलिया र पैसावालाको हालीमुहाली भएको आवाज उठ्न थालेको छ। निष्ठावान् नेता तथा कार्यकर्ता पछाडि परेका छन्। […]
भदौ २४, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र नेताहरूको गुट जति छन्, राज्यकोष र दातृसहायता दोहन गर्न त्यो भन्दा धेरै प्रतिष्ठानहरू खोलिएका छन्। तर यी प्रतिष्ठानहरू जनजीवनका लागि असल काम गरी प्रतिष्ठा कमाउने भन्दा राज्यकोष दोहन गर्ने उद्देश्यले खोलिएका छन्। अझ, पार्टीभित्र विवाद चलिरहँदा यस्ता प्रतिष्ठानहरू सौदावाजीको औजार बनिरहेका छन्। प्रतिष्ठानभित्रै गुट-उपगुट मौलाउन थालेको […]
कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको हो । कोभिड–१९ ले श्रम बजार (स्वदेश वा विदेश)मा पार्ने असर विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा गठित कार्यदलको अध्ययन प्रतिवेदनमा […]
धनगढी– रोजगारीका लागि भारत गएकाहरू कोरोना संक्रमणको डरले घर फर्किए पनि अहिले भोकसँग हारेर फेरी भारत जाने क्रम बढेको छ। केही महिना घर–गाउँमै बसेका उनीहरु गुजारा चलाउनै मुस्किल भएपछि फेरी भारत जान थालेका हुन्। अहिले पुनः कामकै खोजीमा भारततिर फर्किनेको सीमा नाकामा लर्को छ। त्रिनगर–गौरीफन्टा नाकाबाट मंगलवार पनि चार सय ४८ जना भारत पसेका छन्। […]
हेटौंडा २३ भदौ । मकवानपुरको मनहरी गाउँपालिका– १ का वडाध्यक्ष शिवप्रसाद खनालकी आमाले तीनवटा वडाबाट अलग अलग सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको पाइएको छ । ७२ बर्षकी बेदमाया खनालले वडा नम्बर १, ३ र ७ बाट अलग अलग ज्येष्ठ नागरिक र एकल महिला भत्ता लिँदै आएको खुलेको हो । वडा नम्बर ३ बाट एकल महिला […]
जब कोरोना संक्रमितको मृत्यु हुन्छ, शव व्यवस्थापन झमेला बन्छ । सुरक्षित ढंगले शव विसर्जन गर्न अनेकन अड्चन छ । न परिवारजन-आफन्तले शवलाई विधीपूर्वक सद्गद गर्न पाउँछन्, न गाड्ने-जलाउने ठाउँ नै । संक्रमितको शव विसर्जन गर्न खोज्दा कहीँ छिःछि गर्ने त कहीँ ढुंगामुढा गर्ने प्रवृत्ति देखिन्छ । अर्कोतिर के पनि देखिन्छ भने, कोरोना संक्रमितको शवलाई व्यवस्थापन […]
२३ भदौ, वीरगञ्ज । कोरोना महामारी शुरु भएयताका ५ महिनामा देशभर महिला हिंसा तथा मानव अधिकार उलंघनका २ हजार ४६ वटा घटना भएका छन् । शान्तिका लागि साझा अभियान (कोक्याप) ले प्रदेश २ का प्रदेश सभा सदस्य महिला तथा महिला अधिकारकर्मीसँगको भर्चुअल छलफलमा यो तथ्यांक सार्वजनिक गरेको हो । कोक्यापको तथ्याङ्क अनुसार प्रदेश नं २ […]