होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । यसैगरी पश्चिम बंगालमा न्यून चापिय क्षेत्रमा अबस्थित छ। जारी मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा २५ भदौ । नेपाली काँग्रेस जिल्ला संगठन साखा बाजुराले आयोजना गरेको नेपाली काँग्रेस बाजुराको साँगठनिक दायित्व र जिम्बेवारी बिषयक अन्त्रक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुले के काम गरीरहेका छन् कति सक्रिए रहेका छन् र संगठन चलायमान बनाउन अबका दिनमा कस्ता काम गर्नु पर्ला भन्ने बिषयको छलफलका […]
नागरिक रैबार/बाजुरा २५ भदौ। बडीमालिका नगरपालिकाको ८ नंम्बर वडा भित्रका विभिन्न होटल तथा पसलबाट म्याद नाघेका अवैध मदिरा प्रहरीले नष्ट गरेको छ । विहिबार जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीको टोलीले बडीमालिका नगरपालिका ८ स्थित राप्क बजार बाट ५ पेटी वियर, पाँच लिटर घरेलु मदिरा बरामद गरेको थियो । बरामद गरेको मदिरा जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं, २५ भदौ । मन्त्रालयले विदेशबाट आउने, एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्दा आफ्नै घर र खर्चमा १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने नियम बनाएको छ । १४ दिनमा कुनै लक्षण नदेखिएमा परीक्षणको आवश्यकता नपर्ने उहाँले बताउनुभयो । यस्तै विदेशबाट आउँदा ७१ घण्टा अघि पीसीआर परीक्षण गरेको रिपोर्टलाई आधार मान्ने निर्णय पनि मन्त्रालयले गरेको छ । मन्त्रालयले […]
कलाकारहरु सामाजिक संजालमा तस्वीर शेयर गर्दै फ्यानसँग जोडिन्छन् । जसले, कलाकारको हरेक दिनको गतिविधीको बारेमा फ्यानले पनि जानकारी पाइरहेका हुन्छन् । नेपाली चलचित्रका कलाकारहरु सोसल मिडियासँग निकै क्रेजी छन् । उनीहरु, आफ्ना नयाँ नयाँ अपडेट सार्वजनिक गर्न पछि पर्दैनन् । तर, कहिलेकाही कलाकारले लेख्ने स्टाटस भने रोचक हुन्छन् । नायिका उपासना सिंह ठकुरी इन्स्टाग्राममा सक्रिय […]
२५ भदौ, काठमाडौं । ट्युसन सेन्टरमा बसिरहेकी संगीता मगर र सीमा बस्नेतमाथि २०७१ फागुनको एक विहानै एसिड आक्रमण भयो । जेनी खड्कालाई २०७६ जेठमा श्रीमानले एसिड खन्याए, भदौमा स्कुल हिँडेकी मुस्कान खातुनमाथि एसिड प्रहार भयो । ६ वर्षदेखि एसिड आक्रमणमा परेकाहरुको उपचारमा जुटेका उज्ज्वल विक्रम थापाले एउटा टेलिभिजन कार्यक्रममा भने, ‘ट्रकको ठक्करबाट मृत्यु भएको व्यक्तिलाई […]
२५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५० अजार ४६५ पुगेको छ । उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या […]
२५ भदौ, काठमाडौं । सरकारले दैनिक ८ सय जना मात्रै विदेशबाट यात्रु ल्याउन पाउने गरी तय गरेको कोटा हटाएको छ । यो कोटा हटाएर नियमित उडान सुरु भएका मुलुकबाट एयरलाइन्सले चाहे अनुसार नै यात्रु ल्याउन दिइने भएको छ । नयाँ नियम अनुसार दैनिक २ देखि ३ हजारसम्म यात्रु नेपाल आउने अनुमान गरिएको संस्कृति, पर्यटन तथा […]
२५ भदौ, काठमाडौं । बाढी, पहिरो र चट्याङका घटनामा परी वैशाख १ गतेयता ३४६ जनाले ज्यान गुमाएका छन् भने ८५ जना बेपत्ता भएका छन् । विपद्को घटनामा परी ३९७ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७७ वैशाख १ गतेदेखि भदौ २४ गतेसम्म पहिरोका घटनामा परी २५० जनाले ज्यान […]
२५ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ मा एक महिला र गर्भमा रहेको शिशुको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ । साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घटनास्थलमा र गर्भमा रहेको आठ महिनाको शिशु भने जीवितै भेटिए पनि उपचारका क्रममा काठमाडौँ लैजाने क्रममा मृत्यु भएको छ । स्थानीयवासीका अनुसार भिरबाट लडेर तामाङको पेट […]
कोभिड-१९ को खोप बनाउने विश्वव्यापी दौडमा एस्ट्राजेनेका-अक्सफर्डको साझेदारी अग्रपङ्क्तिमा रहेको मानिन्छ यूकेमा एक सहभागी बिरामी परेपछि अन्तिम चरणमा पुगेको कोरोनाभाइरसविरुद्ध बनाइएको खोपको क्लिनिकल परीक्षण अहिलेका लागि रोकिएको छ। झट्ट सुन्दा यो समाचारले अलकति झस्काउन सक्छ। तर खोप विकासमा अक्सफर्ड यूनिभर्सिटीसँग साझेदारीमा रहेको औषधि कम्पनी एस्ट्राजेनेकाले यसलाई “नियमित” स्थगन भनी व्याख्या गरेको छ। उसले ती व्यक्तिमा […]
जुम्ला – अहिले जुम्लाका किसानलाई स्याउ टिप्ने र निर्यात गर्ने चटारो छ । जिल्ला कृषि विकास कार्यालयले गएको भदौ १० गतेदेखि स्याउ टिप्ने अनुमति दिएपछि एक हप्तामै ७० प्रतिशत स्याउ टिपेर सकिएको छ । अहिले धेरैजसो किसानले स्याउ टिपिसकेका छन् । अहिले निर्यात तथा भण्डारणमा किसानहरु व्यस्त रहेको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधक अधिकृत […]
२५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) आक्रमणमा संलग्नलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताएका छन् । त्यसका निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उनले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे र सवद्ध निकायलाई निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा […]
काठमाण्डौ – जोर बिजोर नम्बर प्लेटको आधारमा बिहीबारदेखि काठमाण्डाै उपत्यकाका सडकमा सार्वजनिक गाडी चल्न थालेका छन् । अब जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर जोर बिजोर प्रणालीमा सार्वजनिक गाडी चलाउन पर्नेछ । काठमाण्डाै उपत्यकामा काेराेना भाइरसकाे सङ्क्रमण बढेपछि भदौको ३ गतेदेखि सुरु भएको निषेधाज्ञा दुई पटक थपेर हिजाे (बुधबार) सम्म पुर्याइएकाे थियो । निषेधाज्ञाको कारण व्यापार व्यवसाय […]
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीनवटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । आफ्नो नगर क्षेत्रमा कोरोना सङ्क्रमण रोक्न पिसीआर परीक्षणलाई तीव्र बनाएको, क्वारेन्टिनदेखि आइसोलेसन, भेन्टिलेटरसहितको आईसीयु तयारी अवस्थामा […]
काठमाडौं । आन्तरिक विवादले झण्डै फुटको नियति बेहोरेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संघीय मन्त्रिपरिषद र प्रदेश मन्त्रिपरिषदको पुनर्गठन तथा राजनीतिक नियुक्ति सम्बन्धी मापदण्ड बनाएको छ । यो मापदण्ड शुक्रबार बस्ने स्थायी समिति बैठकले अनुमोेदन गरे आगामी दिनमा सोही आधारमा मन्त्रीहरु र राजनीतिक नियुक्ति हुनेछन् । पार्टीलाई विधि र पद्धतिअनुसार अघि बढाउने र न्यायोचित […]
२५ भदौ, काठमाडौं । सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खोलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् । विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क […]
२५ भदौ, काठमाडौं । कोरोनाको जालो विश्वभर फैलिइसकेको छ । धेरै देशहरुमा यो नियन्त्रणउन्मुख र संकुचित हुने क्रममा छ भने केही देशहरुमा उत्कर्षतर्फ लागेको छ । नेपाल दोस्रो श्रेणीमा पर्छ । कुनै पनि रोगले ठूला-साना भनेर विभेद गर्दैन । तर, गरिब निमुखाहरुले रोगको राम्रो उपचार नपाउने हुनाले उनीहरु बढी जोखिममा हुन्छन् । हुनेखानेहरुले समयमै उत्कृष्ट […]
२५ भदौ, काठमाडौं । यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण कार्य सुचारु गर्ने भएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले बिहीबार एक सूचना जारी गर्दै निषेधाज्ञाका कारण तीन सातादेखि स्थगित रहेको सवारी चालक अनुमतिपत्र नवीकरण कार्य आइतबारदेखि सुरु हुने जनाएको हो । अन्य सेवाहरु भने अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित […]
काठमाडौँ — कोरोना महामारीका कारण लकडाउन अवधिमा देशभरका ४१ प्रतिशत महिलाले रोजगारी गुमाएका छन् । रोजगारी तथा व्यावसायिक क्षेत्रहरू बन्द हुँदा आयस्रोत गुमाएका महिलाहरूको यो संख्या पुरुषको तुलनामा बढी हो । यूएनडीपीको सहयोगमा इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलभमेन्ट स्टडिज (आईआईडीएस) ले तयार पारेको रिपोर्टअनुसार उक्त अवधिमा २८ प्रतिशत पुरुषले रोजगारी गुमाएका छन् । ‘महिलाहरू कोभिड महामारीले अधिक प्रभावित छन् […]