होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २ असोज। विहिबार राति अविरल वर्षासंगै हिमाली गाउँपालिका ५ स्थित सुप खोलामा आएको बाढीले दर्जनौ घरहरु बगाएको छ । बाढीकै कारण खोला नजिकै रहेका ३ वटा आधुनिक, ४ वटा साधा घट्ट र ३ वटा काठेपुल पनि बगाएको हो । हिमाली गाउँपालिका नेकपा ईन्चार्ज छप्किलाल बुढाले दिएको जानकारी अनुसार विहिबार राति अविरल वर्षासंगै सो […]
उत्तरी छिमेकी चीनले अनुमति नदिँदा एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन नसक्दा सदरमुकाम दुनैमा चामल भए पनि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ । उपल्लो डोल्पामा चामल ढुवानी गर्न चीनको नाका प्रयोग गर्नुपर्छ तर एक वर्षदेखि चीनले नाका प्रयोगका लागि अनुमति नदिँदा ढुवानी गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पा प्रमुख कमलराज […]
धनगढी– कैलालीको गोदावरी नगरपालीका वडा नम्वर ९ खुटिया खोलाको किनारमा एक जना मृत फेला परेका छन्। अन्दाजी ५० बर्षीय पुरुष मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले मृतकको सनाखत हुन नसकेको जानकारी दिए। उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।
१ असोज, कैलाली । जिल्ला अस्पताल बैतडीमा पनि कोरोना परीक्षण सुरु भएको छ । यसअघि बैतडी र दार्चुला क्षेत्रको स्वाब परीक्षणका लागि डडेल्धुरा पुराउनु पर्ने बाध्यता रहेको थियो । बिहीबारबाट जिल्लामै स्वाब परीक्षण सुरु भएको जिल्ला अस्पतालका प्रयोगशाला इन्चार्ज श्यामराज जोशीले बताए । बैतडीमा जडान भएको पीसीआर मेसिनले दार्चुलाका नागरिकहरूलाई समेत सहजता हुने उनले बताए […]
१ असोज, चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि प्रदेश सरकारले तीन करोड रुपैयाँ अनुदान दिने भएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाइरहेको रंगशालालाई बाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा सो रकम दिने भएको हो । कोरोनाको महामारी र निषेधाज्ञाका बीच पनि निर्माण कार्य जारी रहेको छ । बागमती सरकारका प्रमुअ सचिव […]
१ असोज, काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । लगत्तै उनले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै […]
काठमाडौं । नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा राजदूत क्वात्राले बरिष्ठन नेता खनालसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका क्रममा पूर्वप्रधानमन्त्री खनाल र राजदूत क्वात्राबीच दुई देश बीचको आपसी हितको विषयमा कुराकानी भएको खनालका स्बकिय सचिब कृष्ण भट्टराईले […]
काठमाडौं । नेपाल टेलिकमले असोज ३ गतेको संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा विभन्नि अफरहरु सार्वजनिक गरेको छ । टेलिकमले बुधबार अनलिमिटेड युट्युब अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध उपलब्ध गराउने भएको हो । यही असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु. ५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको […]
१ असोज, सप्तरी । १३ बर्ष पहिले रोजगारीका लागि पञ्जाब गएका श्रीमान फर्किएन् । उनले एक छोरा र दुई छोरी एक्लै हुर्काइन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरकी रधियादेवी मण्डलले छोरा श्याम, छोरीहरु संगीता र सवितालाई बाबुको अभाव हुन दिइनन् ।घरमा गर्जो टार्न गाह्रो भएपछि दुई वर्ष पहिले रधियादेवीका २२ वर्षीय छोरा श्याम मलेसिया गए । […]
१ असोज, गुल्मी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुईवटा संकटलाई सामान गरेर जिन्दगीको गाडी गुडाउनु पर्ने बेला आएको बताएका छन् । नेपाल पत्रकार महासंघ गुल्मीले तम्घासमा गरेको पत्रकार भेटघाटमा मन्त्री ज्ञवालीले स्वास्थ्य संकट र आर्थिक संकटको सामना गर्दै जिन्दगीको गाडीलाई गुडाउनु पर्ने बेला आएको बताएका हुन् । व्यवसाय चलाउनु पर्ने भयो, बजार खोल्नु पर्ने भयो भनेर […]
१ असोज, काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारील मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहर बजारमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरु कोभिड–१९ (कोरोनाभाइरस) का कारण निकै ठूलो संकटमा परेकाले सरकारले उनीहरुका लागि ‘विशेष राहत’ प्याकेज घोषणा गर्नुपर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत कुरा गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताएका छन् […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त रहेको एक सदस्यमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गरेकी छन् । राष्ट्रपति कार्यालय स्रोतले राष्ट्रपति भण्डारीले नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यका लागि मनोनीत गरेको जानकारी दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार पठाएको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको […]
काठमाडौँ — लामो दूरीका सार्वजनिक यातायात सेवा ६ महिनापछि आज बिहीबारबाट सञ्चालनमा आएका छन् । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनको लागि सरकारी निर्णय भएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा चहलपहल बढेको छ । बिहानैबाट सवारी साधन र बसपार्क क्षेत्रलाई निःसंक्रमण गरिएको छ । आजै विश्वकर्माको पूजा समेत परेकोले बिहानैबाट यातायात व्यवसायी र मजदुरहरु सवारी साधन सरसफाई […]
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजे बस्ने बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने बताइएको छ। सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभिन्न खाले सम्मान दिने घोषणा गर्ने भएकाले त्यसको सिफारिसका लागि बैठक बस्न लागेको श्रोतले बतायो। उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वको विभुषण सिफारिस समितिको […]
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ । मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको जानकारी दिएका हुन् । […]
१ असोज, काठमाडौं । झण्डै दुई तिहाइ बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकालको आधा समय व्यतीत हुँदा पनि संविधानतः गठन हुनुपर्ने संरचनाहरुलाई चलायमान बनाउन सकेको छैन । अहिलेसम्म संवैधानिक आयोगहरुमा ४८ पदहरु रिक्त छन् । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आदिवासी जनजाति, मधेसीलगायतको पहिचानको मुद्दामा अरुचि राख्ने गरेको आरोप लाग्ने गरेको छ । यही […]
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन्। उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए। व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन्। व्यापारीले भने ४८ रुपैयाँ प्रतिकिलो खरिद गरेका थिए। उक्त प्याज मंगलबारसम्म प्रतिकिलो ६० देखि ७५ रुपैयाँसम्ममा पाइन्थ्यो। साधारण वेषभूषा र मास्क […]
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । बुधबार धनगढी उपमहानगरपालीका ५ बस्ने ५७ बर्षिया महिलाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनलाई भाद्र १७ गते कोरोना पुष्टि भएको थियो भने १९ गते अस्पताल भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए […]
१ असोज, काठमाडौं । गत चैत ११ गतेदेखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन आजबाट सन्चालनमा आएका छन् । कोरोना सक्रमणबाट जोगिने उपाय अपनाएर सरकारले ६ महिनापछि सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएको हो । आज विश्वकर्मा पूजाको दिन परेको र पूजा सकेर गाडीहरु चल्ने यातायात व्यवसायीहरु बताउँछन् । साबिक भाडामा ५० प्रतिशत बढी […]