होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः अब धनगढीबाट सुदूर पहाडका तीन जिल्ला डोटी, बैतडी र बझाङमा नियमित हवाई सेवा सञ्चालन हुने भएको छ । उडान तालिकाको टुङ्गो लागेसँगै समिट एयरले डोटीको दीपायल, बैतडीको पाटन र बझाङको चैनपुर विमास्थलमा नियमित हवाई सेवा सञ्चालन गर्ने भएको हो । धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले तीन वटै जिल्लामा समिटले नियमित उडान गर्ने जानकारी दिए। थापाका […]
१ कात्तिक, काठमाडौं । यो साता कैलाली र काठमाडौंमा दुईवटा भयानक दुर्घटना भए । यी दुवै दुर्घटना खाना पकाउने ग्यासमा आगो लागेर बिस्फोटनबाट भएका हुन् । ग्यास सिलिण्डरमा आगो लागेर बिस्फोट हुँदा बुधबार कैलालीको धनगढीमा हरिलाल विष्टको घर पूरै जल्यो । घटनामा ६५ वर्षीया बर्मा विष्टले ज्यान गुमाइन् भने हरिलाल र उनकी १५ वर्षीया नातिनीको […]
भक्तपुर – कोरोना भाइरसको संक्रमणको कारणले शुक्रबारसम्ममा ४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मृत्यु हुनेमा ३३ जना पुरुष र १३ जना महिला रहेका छन् । हालसम्म भक्तपुरमा ४ हजार १ सय १ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । संक्रमण हुनेमा २ हजार ३ सय ५० पुरुष र १ हजार […]
१ कात्तिक, काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते (१२ जुन) देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिएसँगै मौसम घमाइलो हुँदै गएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते (अक्टोबर १) नै बहिर्गमन भएको थियो । शुक्रबारदेखि […]
१ कात्तिक, काठमाडौं । आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ । घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी […]
३० असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘प्रहरी मेरो साथी’ हो भन्ने कुरा जनताले अनुभूति गर्न सक्नुपर्ने बताएका छन् । ६५औं प्रहरी दिवसको अवसरमा प्रदेश २ प्रहरी कार्यालयले शुक्रबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रहरी मेरो साथी हो भन्ने कुरा प्रहरीको व्यबहार र चरित्रमा देखिनुपर्ने बताए । प्रदेशमा […]
३० असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ […]
३० असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिबन्धित विप्लव समूहलाई निस्तेज पार्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले विप्लव समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेशनमा कतै पनि सम्झौता गर्नु नहुने बताएका हुन् । ‘संविधानको उपलब्धिलाई चुनौती […]
३० असोज, काठमाडौं । नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेत छन् । उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौंतर्फ ल्याइएको प्रहरीको साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले बताए । बढ्दो बलात्कार र महिला हिंसाका घटनासँगै यसको […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीका पदाधिकारी काठमाडाैँ आएको दुई दिन बित्न लाग्यो । प्रदेशका मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीसँग विद्रोह गर्दै अविश्वास प्रस्ताव दर्ता गराएपछि उत्पन्न विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवै पक्षलाई काठमाडौँ आउन पत्र काटेका थिए । सोही पत्रको […]
३० असोज, काठमाडौं । पाँच दिनअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भयो । सरकारी रेकर्डमा कोरोना संक्रमणकै कारण मृत्यु भएको उल्लेख भए पनि उनको वास्तविकता अलि फरक छ । कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि अत्यधिक त्रासका कारण ‘स्ट्रोक’ भएर मृत्यु भएको परिवारजनले आशंका गरेका छन् । काठमाडौंको खहरेमा घर भएका विष्णु […]
बझाङ: बझाङमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। जिल्ला सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाका लागि हिडेको जीप जयपृथ्वी नगरपालिका–११ भोपुर आर्मी व्यारेक नजिक दुर्घटना हुँदा ४ जना घाइते भएका हुन। घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ। टाउको र शरीरमा चोट लागेर गम्भीर बनेका जयपृथ्वी नगरपालिका–११ का २१ वर्षीय अग्निराज जोशीलाई जहाजमार्फत उपचारका लागि धनगढी लगिएको […]
३० असोज, काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कोभिड– १९ को लक्षण देखिए वा संक्रमित भएमात्र क्वारेन्टिन वा आइसोलेसनमा राख्ने नीति लिएको छ । संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव हुन थालेपछि लक्षण देखिए वा कोरोना पोजेटिभ देखिएमात्र स्वास्थ्यकर्मी क्वारेन्टिन र आइसोलेसनमा बस्न पाउनेछन् । यसअघि सरकारी कोभिड अस्पतालमा १५ दिन उपचारमा संलग्न भएपछि […]
३० असोज, काठमाडौं । नेपाल प्रहरीका अधिकांश महानिरीक्षकहरु सर्वोच्च पदमा पुग्नुअगावै चर्चाको केन्द्रमा रहने गर्छन् । हालका आईजीपी शैलेश थापा क्षेत्री भने अपवाद हुन् । कार्यकालको तीन महिना अवधि बित्दासम्म उनले विगतमा अन्य आईजीपीले झैँ महत्वांकाक्षी कार्ययोजना अघि सारेका छैनन् । कुनै नयाँ घोषणा गरेका छैनन् । तर, लामो समयदेखि प्रहरी कार्यालयमा आईजीपीको फोटो राख्ने […]
नागरिक रैबार/बाजुरा ३० असोज। बाजुरा जिल्लामा पनि ४० औं विश्व खाद्य दिवस मनाईएको छ । हाम्रो पहल दिगो कृषि पोषिलो आहार भन्ने मुल नाराका साथ उक्त दिवस मनाइएको हो । कृषि ज्ञान केन्द्र बाजुराको आयोजना तथा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको समन्वयमा उक्त दिवस मनाईएको हो । दिवसको अवसरमा सदरमुकाम मार्तडीमा सरोकारवाला निकायहरुले कृषि तथा […]
काठमाडौं – ‘बुढी गण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने डा। बावुराम भट्टराइको अभिब्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन् । ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने–‘हामि त्यस्तो गैह्रम्मिेजार र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौ। ।’ डा. भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली र […]
३० असोज, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । बिहीबार साँझ बर्दिबास–६ मा पुरानो कपडा पेलेर कपास बनाउने ना ७ प १३८३ […]
३० असोज, काठमाडौं । चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ । भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् । इलाका प्रहरी कार्यालय गितानगरको […]
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्पर्क गर्नुप¥यो भने करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्ने स्थान खोज्दै सम्पर्क गर्नुपर्ने उनीहरुको दिनचर्या नै बनेको छ । समुद्री सतहदेखि करिब एक हजार २०० मिटर उचाइमा रहेको उक्त स्थानका मानिस टावरले […]
चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादसैं, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गरेका हुन् । जारी निषेधाज्ञाअनुसार वडादसैंका अवसरमा शक्तिपिठ तथा मन्दिरमा नित्यपूजाबाहेक दर्शनका लागि जमघट गर्न रोक लगाइएको छ । चाडपर्व मनाउँदा […]