होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
असोज, गुल्मी । गुल्मीमा मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ ।रेसुङ्गा नगरपालिका वडानम्बर-८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । माथिबाट आएको […]
एजेन्सी: भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनमका अप्पाला राजु र भाग्यलक्ष्मीका २ छोरीको १५ सेप्टेम्बरमा निधन भएको थियो। उक्त दिन गोदावरी नदीमा भएको डुंगा दुर्घटनामा उनीहरुकी दुई छोरीसहित १० आफन्तको निधन भएको थियो। दुर्घटनामा छोरीको निधन भएको शोकमा राजु दम्पती लामो समयसम्म रहेकै बेला दुर्घटना भएकै दिन अर्थात् १५ सेप्टेम्बर २०२१ मा लक्ष्मीले जुम्ल्याहा छोरी जन्माएकी छन्। सुत्केरी […]
दार्चुला: दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका –१ बलाँचका ६० वर्षीया राधिका खडायतको भिरबाट लडेर मृत्यु भएको हो। मंगलबार घर नजिकै रहेको जंगलमा खर काट्न गएको बेला बजे उनी लडेर घाइते भएकी थिइन्। घाइते खडायतलाई थप उपचारको लागि गोकुलेश्वर अस्पताल लग्दा उनको बाटोमै मृत्यु भएको आफन्तले जनाएका छन्।
काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा गर्न प्रमुख प्रतिपक्ष एमालेले माग गरेको छ । राष्ट्रिय सभाको बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका हुन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद श्रेष्ठले बैठक अवरुद्ध गर्ने क्रममा भने, ‘कुर्सीको गरिमा जोगाउनुपर्छ । तत्काल उहाँले एउटा निकास दिनुपर्छ भनेका छौं, त्यो […]
काठमाडौं । राष्ट्रियसभामा विनियोजन विधेयक (बजेट) पेश भएको छ । सोमबार प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयक मंगलबार राष्ट्रियसभामा पेश भएको हो । एमालेको अवरोधका बीच राष्ट्रियसभाले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अब राष्ट्रियसभा सदस्यले ७२ घण्टाभित्र विनियोजन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्नेछन् । र, सांसदहरुको संशोधनसहित मन्त्रालयत रुपमा छलफल […]
काठमाडौँ – संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक पनि एमालले अवरोध गरेको छ ।नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक शुरू भएलगत्तै एमाले सांसदहरुले सभामुख अग्नि सापकोटाको भूमिका तटस्थ नभएको भन्दै अवरोध जनाएका हुन् । एमाले सांसदको अवरोधपछि अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो भनाइ राख्न दिएको समयमा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सरकारले ‘गुरिल्ला’ शैली […]
काठमाडौं, असोज ५ । श्रीमानको हत्याको योजना पूरा गर्न प्रेमीलाई सुपारी दिएको खुलासा भएको छ । सिरहाको गोललबजार नगरपालिका– ४ निपनियाकि ३८ वर्षीया हरिहरदेवी महरालले आफ्नै श्रीमानको हत्या गर्न प्रेमीलाई सुपारी दिएकी हुन् । उपचार गराउन भन्दै भारतको बिहार पु¥याएर ती महिला र उनका प्रेमी मिलेर निपनियाका ३९ वर्षीय दुखरन मोचीको हत्या गरेका छन् । […]
क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रूडो तेस्रो पटक निर्वाचित भएका छन् । गत सोमबार भएको संसदीय निर्वाचनमा उनी निर्वाचित भएका हुन् । मतगणना जारी रहेकाले अहिले उनको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उनी र उनको पार्टीको जितसँगै उनी तेस्रो पटक प्रधानमन्त्री बन्नु हुने देखिएको छ । निर्वाचनमा उनको दल र उनी फेरि […]
धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् ।नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय प्रशासनले जनाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको जानकारी प्राप्त भएको बताए […]
जाजरकोट । रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्याङ्क उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो । विश्वमा लोपोन्मुख जनावरका रूपमा रहेको रेडपाण्डा जाजरकोटको बारेकोट, नलगाड र डोल्पाको मुड्केचुला गाउँपालिकामा पाइन्छ । संरक्षणका लागि सरोकारवालाको निगरानी कम हुँदा तस्कारले रेडपाण्डालगायत अन्य जनावार […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मर्यादा विपरीत कार्य गर्ने विद्यार्थीको सबै परीक्षा रद्द गर्न सक्ने चेतावनी दिएको छ ।बोर्डले सूचना जारी गर्दै परीक्षा हलमा मोबाइललगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस निषेध गरिएको अवस्थामा उत्तरपुस्तिका समेत सामाजिक सञ्जालमा भेटिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परीक्षार्थीले परीक्षा हलमै मोबाइल लगी उत्तरपुस्तिकाको फोटो खिचेर टिकटक बनाएर […]
मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘युरोपियन रोलर’ जातको चरा भेटिएको हो । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा नेपालमै पहिलो पटक लोमान्थाङमा भेटिएको बताए । “एक्याप लोमान्थाङका कर्मचारी रामबहादुर गुरुङले तीन हजार ७८१ मिटरको उचाइबाट गत भदौ १३ गते खिच्नुभएको […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मुलुकको बहुमतप्राप्त पहिलो शक्ति बनाउने घोषणा गरेका छन् । हालै सम्पन्न स्थायी समिति बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन मस्यौदामा पार्टीलाई बहुमतप्राप्त मुलुकको पहिलो शक्ति बनाउने र राज्य सञ्चालनको केन्द्र भागमा पुनर्स्थापित गर्ने उल्लेख गरेका हुन् । मस्यौदाको ‘आगामी कार्यभार’, उपशीर्षकमा ओलीले २०७४ […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ […]
काठमाडौँ — शिक्षक सेवा आयोगको नियमावली संशोधनका लागि केपी ओली सरकारकै पालामा मन्त्रिपरिषद्मा प्रस्ताव पुगेको थियो तर पारित भएन । असार २९ मा शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि शिक्षा सचिवले उक्त प्रस्ताव पुनः मन्त्रिपरिषद्मा पठाए । यस पटक शिक्षामन्त्री नै नभएकाले प्रस्तावमाथि पर्याप्त छलफल भएन । नियमावली संशोधन नहुँदा देशभरका तीन हजारभन्दा बढी शिक्षकको बढुवा प्रक्रिया अवरुद्ध हुन […]
जुम्ला- मकै पाक्ने याम सुरु भएसँगै जुम्लाका किसान यतिबेला भालु भगाउन रातभर जाग्राम बस्न थालेका छन् । बारीमा लगाएको मकैबाली जोगाउन रातभर जाग्राम बस्ने गरेका हुन् । यहाँको तिला गाउँपालिकाका किसान बारीमा पाक्न लागेको मकै सुरक्षित गर्न रातभर बारीमै जाग्राम बस्ने गरेको बताउँछन् । सो गाउँपालिका-६ का स्थानीयवासी नरिमान रावतले भने, ‘भालुले मकै सखाप पार्न […]
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा परेको छ । मंगलबार सर्वोच्च अदालतले तोकेको पेसी सूचीमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिट निवेदन प्रधानन्यायाधीश राणाको इजलासमा राखिएको हो । शाक्यले आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई गरिएको नियुक्ति गैरकानुनी रहेको भन्दै बदरको […]
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । गत भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि सो पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयका साथै अन्य तीनवटा महत्वपूर्ण प्रस्तावहरू पेश र छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘राजनीतिक, सांगठनिक र विधान […]
रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा १७ दिनअघि आफ्नै घरमा मृत अवस्थामा फेला परेकी २७ वर्षीय सीता भण्डारी पौड्यालको शव अझैसम्म आफन्तले बुझेका छैनन् । उनको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । पोष्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर आत्महत्या गरेको देखिए पनि माइती पक्षले भने सीताको हत्या भएको भन्दै न्याय मागिरहेको छ । ४३ वर्षीय टीका पौड्यालकी […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा आज पनि सुनुवाइ हुँदैछ । सोमबार ‘हेर्दाहेर्दै’ मा राखिएको सो रिट निवेदनका सम्बन्धमा अन्तरिम आदेश जारी गर्नु पर्ने हो या होइन भन्नेबारे आज इजलासले निर्णय सुनाउने छ । न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको उक्त […]