होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् ।अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो । क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष […]
महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ । मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार ओछयानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । केन्द्रमा उपचार गरी घर फर्किदै गरेका […]
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ । पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन् । चिकित्सकका अनुसार पुनको शरीरमा रहेको अत्याधिक जण्डिसको मात्रा घट्दो क्रममा छ । सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको […]
शुक्लाफाँटा नगरपालिकाका बासिन्दा जङ्गली हात्तीको बथान भगाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन । पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नोक्सान पु¥याउन थालेपछि उनीहरु चिन्तित भएका हुन् । नगरपालिकाको चुरे क्षेत्र फेदीका धान बालीमा हात्तीको बथानले बढी नोक्सानी पु¥याउन थालेको छ । ट्र्याक्टरको ठूलो आवाज निकालेर, आगो बालेर, पटाका […]
काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनको अन्तिम दिन पत्रकारहरुलाई प्रवेश दिइने भएको छ । ‘आइतबार ११ बजेदेखि पत्रकारहरुलाई महाधिवेशन हलमा प्रवेश दिने निर्णय भएको छ’,महाधिवेशन मुल व्यवस्थापन समितिका सचिव शेरबहादुर तामाङले जानकारी दिए । आइतबार पाँच समुहका टोली नेताले सुझाव पेश गरेपछि अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले उठेका प्रश्नको जवाफ […]
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आईतबार बस्दै छ । आईतबार बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम छनोट गर्ने बताइएको छ । यद्यपी बैठकको समय भने निश्चित भइनसकेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । ‘बैठक बस्ने भनेको हो, तर अहिलेसम्म समय निश्चित भएको छैन’, ढकालले […]
काठमाडौं, असोज १७ । शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ । केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित […]
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनको अवधि सकिए पनि मनसुन बाहिरिन भने अझै समय लाग्ने जानकारी दिएको छ । विभागले यस वर्षको मनसुनको समयावधि अक्टोबर २ सम्म तोकेको भएपनि मनसुनको प्रभाव अझै कायम रहने जनाएको हो । विभागले यसै वर्षदेखि मनसुन बाहिरिने मिति अद्यावधिक हुँदै सेप्टेम्बर २३ बाट बढेर अक्टोबर २ सम्म तय […]
नागरिक रैबार/बाजुरा १६ असोज।नेपाली काँग्रेस बाजुराकी नेतृ राधिका देवि सुनारले आफ्नो उम्मेदवारी महाधिवेशन प्रतिनिधिमा रहेको घोषणा गरेकी छन् । त्रिवेणी नगरपालिकाकी उपप्रखुख समेत रहेकी काँग्रेस नेतृ सुनारले नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि (दलित महिला) को तर्फबाट आफ्नो उम्मेदवारी रहेको बताएकि हुन् । बिपिको समाजवादलाई आत्मसाथ गर्दै निरन्तर नेपाली काँग्रेसको सक्रिय राजनीतिमा […]
अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले साहको उद्धार गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । नेपाल–भारत सीमा अन्तर्गत रामनगर […]
नेपाली काँग्रेसका नेता गगन थापाले नागरिकको बीचमा गएर भरोसा जगाउन सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले १४ औं महाधिवेशनमा केन्द्रदेखि वडासम्म जनतामा आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताएका हुन् । उनले भने, ‘हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा […]
नागरिक रैबार/बाजुरा १६ असोज । नेपाली काँग्रेस बाजुराकाे साताैँ अधिवेशन आज देखी सुरू भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै शनिबार देखी बाजुरा जिल्ला कार्य समितिकाे अधिबेशन हुन लागेको हो। वडा नगर गाउँ कार्य समिति र प्रदेशकाे कार्य समितिकाे अधिबेशन सकिए संगै बाजुरा काँग्रेसले जिल्ला […]
विकास सबैको प्रिय शब्द हो । गोरेटो बाटो जति सबै मोटरबाटो बने हुन्थ्यो भन्ने चाहना हामी सबैको हुन्छ । तर, त्यही विकासले कतिपयको पुख्र्यौली र जातीय पहिचानसँग जोडिएका कामहरु चौपट बनाइरहेको हुन्छ । यस्तै भइरहेको छ- भेँडाको उनबाट बनेको राडीपाखी बोक्ने गुरुङहरुलाई । लेकको जडीबुटी बोकेर पहाड र्झने शेर्पाहरुलाई । तराईबाट शिरकको खोल बनाउनउकालो लाग्ने […]
धनगढी: प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले पाठ्यक्रम बनाउने प्रक्रिया सुरु गरेको छ। आयोगका अध्यक्ष यज्ञराज बोहराको संयोजकत्वमा गठित पाठ्यक्रम निर्माण समितिले प्रक्रिया अगाडि बढाएको हो। ‘मेरो अध्यक्षतामा बसेको बैठकले विज्ञहरुलाई पाठ्यक्रमको मस्यौदा तयार पार्न जिम्मा दिएको छ,’ प्रदेश लोकसेवा आयोगका अध्यक्ष बोहराले भने, ‘२/३ दिनभित्र मस्यौदा बुझाएपछि छलफल गरेर टुंगो लगाउँछौँ।’ बोहराले दसैँपछि विज्ञापन खोल्ने गरि […]
नागरिक रैबार/बाजुरा १६ असोज। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाजुराको प्रथम बिस्तारित बैठक पत्रकार सम्मेलन मार्फत निणर्य सार्बजनिक गरिएको छ । बैठकमा भएका निणर्यहरु पत्रकार सम्मेलनको आयोजना गरी सार्बजनिक गरेको नेकपा माओबादी केन्द्रका कार्यालय सचिव गोरख शार्कीले बताएका छन । माओवादी केन्द्र बाजुराका सचिव रमेश बिक को अध्यक्षतामा संचालन भएको बैठकमा जिल्ला इन्चार्ज कणर्बहादुर बिक […]
काठमाडौं । कोरोनाभाइरस (कोभिड¬–१९) संक्रमणको जोखिम कायम छ । संक्रमण दर कम भए पनि जोखिम कायम रहेकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक रुपमा अपिल गर्दै आएको छ । सरकारले कोरोना संक्रमणको जोखिम कायम रहेकाले चाडपर्व, सभा सम्मेलनका नाममा भिडभाड नगर्न आह्वान गर्दै आएको छ । तर, सरकारमा रहने दल […]
डोटीः मुक्त हलियाको पुनःस्थापनका लागि पाँच वर्ष पहिले निर्माण गरिएका घरमा अहिलेसम्म पनि नबस्दा बर्सेनि ती घर भत्किन थालेका छन्। कतिपय घर बर्सातको समयमा पर्ने झरीका कारण जगदेखि नै भत्किइ सकेका छन् भने कतिपय भत्किने अवस्थामा पुगेका छन्। पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण गरिएको मुक्तहलियाको बस्ती मान्छे नबस्दा दिनहुँ खण्डहर हुनाका साथै […]
म्याग्दी- जिल्लाको धौलागिरि तथा मालिका गाउँपालिका र बेनी नगर पालिकाका किशोरी बालविवाहलगायतका सामाजिक कुरीतिविरुद्ध सक्रिय हुन थालेका छन् । उनीहरुले आफ्नो उमेर समूका साथी मिली समूह नै बनाएर बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई सुझाउने गरेका छन् । बालविवाह रोकथाममा लाग्न यहाँका अरु किशोरीलाई समेत अनुरोध गर्ने गरेको धौलागिरि–३ की किशोरी मुना विश्वकर्माले बताइन् […]
वालिङका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेष गरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क गड्यौलासहित बिन तथा आवश्यक तालिम दिएसँगै किसान थप आकर्षित हुँदै गएका हुन् । नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोग तथा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाद्वारा […]
केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले प्रक्रिया सुरु भएका जिल्लामा शनिबार मतदान हुने बताए । हुम्लामा पनि निर्वाचन प्रक्रिया सुरु भएको जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाले बताएका छन् । उनका अनुसार शुक्रबार जिल्ला अधिवेशन उद्घाटन भई शनिबार बिहान ८ बजेका लागि निर्वाचन कार्यतालिका तय भएको छ । शनिबार निर्वाचन हुने गोरखाबाहेक जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला सभापतिको […]