होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) छ। यसको भाग लगाउँदा हरेक नागरिकको भागमा ५६ हजार ६ सय ८३ रुपैयाँ पर्न […]
उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना फाइल तस्बिर। अन्नपूर्णसमाज ०८ कार्तिक २०७८ ०८:१९:०० काठमाडौं : जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाबाट सोमबार जारी मौसम बुलेटिनमा नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको उल्लेख छ। हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य […]
जनकपुरधाम । अदालतको आदेशमा चार बर्षपछि आइतबार महोत्तरीको एक वडामा भएको स्थानीय तह निर्वाचन २०७४ को मतगणनामा मतपरिणाम उल्टिएको छ । उच्च अदालत जनकपुरधाम र सर्वोच्च अदालतले दिएको आदेश बमोजिम महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को पुनः मतगणना हुँदा पहिले पराजित उम्मेदवार विजयी भएका हुन् । यसअघि निर्वाचन आयोगले यो वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरी विजयी […]
अरुण गाउँले/बाजुरा ७ कार्तिक। बुढीगंगा नगरपालिका साविकको बाह्रविसमा स्थापित सुर्योदय बहुउद्देश्यीय सहकारीको भवन निर्माणमा लागेका कामदारले २ वर्ष वित्न लाग्दा समेत ज्याला नपाएको बताएका छन् । २०७६ सालमा सहकारीको भवन निर्माण कार्य गरिसक्दा समेत सहकारीले अहिलेसम्म भवन निर्माणमा खटिएका २० जना कामदारको ज्याला नदिएको कामदार खड्क विष्टले गुनासो गरेका छन् । सहकारीको भवन निर्माणको जिम्मा […]
नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन् । विश्व पोलियो दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रमका वक्ताले पोलियो उन्मूलनमा सबैपक्ष लाग्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले नेपालको नजिक रहेको पाकिस्तान र अफगानिस्तानमा अझै पनि पोलियो उन्मूलन हुन नसक्दा नेपालमा जोखिम कायमै रहेको बताएका हुन् । रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का […]
सल्यानमा जीप दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । जिल्लाको वागचौरबाट दाङतर्फ जाँदै गरेको भे १ च १८९० नंको जीप कपुरकोट गाउँपालिका–३ स्थित मूलपानी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी बागचौर नगरपालिका–१ निवासी १४ वर्षीय आयुष बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परी […]
नेकपा एमालेको कार्यालय ललितपुरको च्यासलस्थित तुल्सीलाल आमात्य स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । आइतबार एमाले र प्रतिष्ठानबीच सहमति भएसँगै एमाले कार्यालय थापाथलीबाट च्यासलमा सर्न लागेको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए । ‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानका बीच आज महत्वपूर्ण समझदारी !! अब केही समय पछिदेखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण कामहरू […]
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट परिचयपत्र प्राप्त गरेका द्वन्द्व पीडितले त्यही परिचय पत्र देखाएर सिंहदरबारमा प्रवेश पाउने भएका छन् । आइतबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र आयोगका पदाधिकारीबीच भएको छलफलमा आयोगले जारी गरेको परिचय पत्र वाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति बनेको हो । आयोगका अध्यक्ष युवराज सुवेदी, सदस्यहरू विश्वप्रकाश भण्डारी, डा. गंगाधर अधिकारी, सुनिल […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक । नेपाली काङ्ग्रेस बाजुराका पुर्बपार्टी सभापति एंव पूर्व संबिधान सभा सदस्य देबराज जोशीले गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर बाजुराका बाढी पिडित परिवारलाई तत्काल राहत उपलव्ध गराउन माग गरेका छन् । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडसंग आज भेटघाट गर्दै नेता जोशीले बाजुरा जिल्लामा असोज २९ देखि परेको अबिरल बर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा […]
धनगढीः डोटीमा गत साताको अविरल बेमौसमी बर्सातका कारण खानेपानीका मुहान भत्किएका छन्। मुहान नै भत्किएपछि जिल्लाको पिपल्ला बजारमा खानेपानी अभाव भएको छ। स्थानीयले पिपल्लामा पानीको हाहाकार भएको बताएका छन्। खानेपानी अभाव भएपछि सिलगढी नगरपालिकाको दमकलद्वारा बजारमा पानी वितरण गरेका छ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच जलवायु परिवर्तन र यसले पारेको असरबारे छलफल भएको छ । आइतबार मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ । भेटमा सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पुर्याएको जनधन र […]
महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० मा वडा अध्यक्ष पदमा चार वर्षअघि भएको मतदानको पुनः मतगणना गरिँदैछ । सर्वोच्च अदालतको फैसला अनुसार पुनः मतगणना हुन थालेको हो । अदालतको ०७५ असार २१ गतेको आदेशमा उक्त वडाको पुनः मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो । ०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम ८ […]
काठमाडौं, ७ कात्तिक । बामदेव गौतम औपचारिक रुपमा नेकपा एमालेका उपाध्यक्ष छन् । तर, उनले आफू एमालेमा नरहेको स्पष्ट पारिसकेका छन् । एमालेको विधान महाधिवेशन अगावै बामदेवले एमाले परित्याग गरेको घोषणा गरेका थिए । तर, एमालेले अझै उनलाई उपाध्यक्षका रुपमा उल्लेख गर्दै आएको छ । अविधान महाधिवेशनमा गौतम देखिएनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई […]
काठमाडौं, ७ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावल खरो बोली बोल्ने नेताका रुपमा परिचित छन् । तथ्यसहित प्रस्तुत हुने रावलले बोलीसँगै राजनीतिक पकड पनि बनाए । राष्ट्रिय अन्तर्राष्ट्रि राजनीतिको ज्ञान राख्ने रावलले पिएचडी पनि गरे । यसले उनको बोलीमा अझ बल थप्यो । रावल एमाले एक हुँदा पकडका हिसाबले तेस्रो शक्तिशाली नेता थिए । […]
झापा– एमाले अध्यक्ष केपी ओलीलाई फेरि प्रधानमन्त्री बन्न उनका बुबा मोहन ओलीले आशिर्वाद दिएका छन् ।आइतबार तीन दिने भ्रमणका लागि गृहजिल्ला झापा आइपुगेका ओलीलाई बुबा मोहनले प्रधानमन्त्री बन्न आशिर्वाद दिएका हुन् । घर आइपुगेका छोरा केपी ओलीलाई आशिर्वाद दिँदै बुबा मोहनले भने, ‘ केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग छ । मेरो आशीर्वाद पनि छ […]
सरकारले तिहार, छठ पर्व लगत्तै १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । १२ वर्षमाथिका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । सोमबार अर्थात भोलि कोभ्याक्स सुविधा अन्र्तगत एक लाख ६ सय मात्रा फाइजर खोप अमेरिकाबाट […]
नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए । पहाडी जिल्लामा […]
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएका छन् । थुनामा रहेका एक नागरिक अगुवालाई मुक्त गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएको अलजजिराले जनाएको छ । एर्दोगनले टर्कीका लागि अमेरिका, जर्मनी, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे र […]
एकपटकको आर्मी कमान्डर सधैँभरी आर्मी कमान्डर भनेजस्तै कुनै जमानाको आर्मी कमान्डर हुन् नि त प्रचण्ड, त्यसैले ‘आर्मी नेभर रिटायर्ड’ भनेजस्तै प्रचण्डभित्रको आर्मीपन अझैसम्म पनि रिटायर्ड भएको छैन। साहसिक ‘जिपलाइन’को एउटा डोरीमा ‘विदआउट सेक्युरिटी प्रोटोकल’ आर्मीजस्तै झुण्डिएर एक्सन दिएको दृश्यबाट नै थाहा हुन्छ कि प्रचण्ड शारीरिक र मानसिक रूपमा कति जुझारू छन् भनेर । युवा अवस्थामै […]
काठमाडौं : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ मा १९ वर्षीया युवती नेकपा ऐमालेको वडा सचिव चयन भएकी छिन्। वडा नम्बर ६ एमाले वडा कमिटीको सचिव पदमा १९ वर्षीया झरना चौधरी सर्वसम्मत चयन भएकी हुन्। रुपन्देहीका धेरै वडामा युवा नेतृत्वमा आएको नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताएका छन्।