होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा भीम रावलको नेतृत्वमा पार्टीको खाताबाट लिइएको ३० लाख रुपैयाँ फिर्ता नभएको बताइएको छ। रावल तत्कालीन समयमा प्रचण्ड–माधव समूहमा हुँदा प्रदेश कमिटीको खाताबाट झिकिएको रकम फिर्ता नभएको एमाले सुदूरपश्चिमले जनाएकाृ हो। रावल एमाले ब्यूँतिएपछि माधव समूह हुँदै एमालेमै फर्के पनि ३० लाख रुपैयाँको हिसाब नआएको एमाले सुदूरपश्चिम प्रदेशका इञ्चार्ज […]
एमाले महासचिव ईश्वर पोखरेल सहभागी हुने कार्यक्रममा झडप हुने स्थिति आएपछि सिन्धुली सदरमुकाममा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र बुधबार बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो । एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै सत्ता गठबन्धनले विरोध […]
काठमाडौं !निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गरेर मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ । दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । आयोगले मंसिर पहिलो सातादेखि स्थानीय तहको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली संकलन गर्न अर्थ मन्त्रालयसँग बजेटसमेत माग गरिसकेको छ । […]
काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि बिहान बेलुका जाडो बढेको महसुस भएको छ । “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, […]
के तपाईको नाम मतदाता नामावलीमा चढेको छ ? तपाई भर्खरै १८ वर्ष पुग्दै हुनुहुन्छ कि ? अथवा, कुनै कारणले मतदाताको सूचीमा तपाईको नाम छुटेको छ पो कि ? चिन्ता नगर्नोस्, अब तपाईको बसोबास काठमाडौँमा छ भने यहीँबाट निर्वाचन आयोगका कर्मचारीले नाम सङ्कलन गर्नेछन् । तर, भोट दिनेबेलामा चाहिँ तपाई आफ्नै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा जानुपर्ने […]
धनगढी । कैलालीमा चक्कु प्रहार गरेर एक युवकको हत्या गरिएको छ । मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले पूर्व रिसिबीलाई लिएर दुवै समूहबीच भएको झडपका […]
नागरिक रैबार/बाजुरा २४ कार्तिक।नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको उपसचिवमा बाजुराका युवा नेता तथा बाजुरा जिल्ला प्रदेश (क) का सांसद बल्देब रेग्मीलाई मनाेनित भएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीको मंगबार बसेकाे बैठकले सांसद रेग्मीलाई उपसचिव पदमा मनाेनित गरेकाे हाे । सांसद रेग्मी यस अघि नेकपा एमाले बाजुरा जिल्ला कमिटिकाे सचिव समेत रहेर काम गरेका थिए । […]
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन्। गृहजिल्ला अछामस्थित साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई मंगलबार सम्बोधनका क्रममा रावलले कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको बताएका हुन्।उनले अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकतावद्ध बनाउनुपर्नेमा पनि जोड दिएका छन्। ‘यो महाधिवेशनबाट एमालेलाई […]
राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हु्न् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, […]
काठमाडौं, २३ कात्तिक । लामो समयदेखि प्राविधिक समस्याको कारण खुल्न नसकेको शिक्षक सेवा आयोगको स्थायी शिक्षकको विज्ञापन मंसिरमा खुल्ने तयारी भएको छ । विज्ञापन खुलाउने बारेमा सम्बन्धित पदाधिकारीसँग छलफल भैरहेको आयोगले जनाएको छ । अहिले आयोगले वार्षिक कार्यतालिका बनाइरहेको छ । नियमावली संशोधन र अन्य प्राविधिक समस्या देखाउँदै आयोगले लामो समयदेखि विज्ञापन खुलाउन सकेको थिएन् […]
काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन् । नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्यको पनि फागुन २१ कार्यकाल समाप्त हुनेछ […]
संघीय सरंचनाको मेरुदण्ड मानिएको प्रदेश केन्द्रको छाँयाजस्तो बन्न पुगेको छ । प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीमा केन्द्र सरकारको मनलाग्दी छ । प्रदेश प्रमुख हेरफेर गर्ने अधिकार केन्द्र सरकारसँग भए पनि अकारण प्रदेश प्रमुखको बर्खास्ती र नियुक्ति भइरहेको छ । केन्द्रमा सरकार चलाउने पार्टीसँग आबद्धता नभए प्रदेश प्रमुखले विदा हुनुपर्ने नजिर बसेको छ । यही कारण […]
काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमको प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । बालुवाटार स्रोतका अनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको छ । हाल प्रदेश १ […]
त्रिभुवन विश्वविद्यालयमा ५७ वर्षदेखि चिया पसल चलाउने नानीकाजी बिष्ट भन्छन्, ‘देउवा र पीएल सिहंले त चियाको बाँकी तिरे । अरुको नाम चुरोटको खोलमा टिपेको थिएँ, अब तिर्दैनन् भनेर फालिदिएँ ।’ काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरमा ५७ वर्षअघि खुलेको एउटा पसल छ । सुपारी चपाइरहेका चश्माधारी नानीकाजी बिष्ट पसलमा भेटिन्छन्, जसले त्रिविका विद्यार्थी, अध्यापक, कर्मचारी सबैका […]
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको मंगलबार बोलाइएको बैठक बहिष्कार गरेका छन् । उनले यो बैठकलाई ‘१० बुँदे सहमति र पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन १२ विपरीत भएकाले अवैध र गुटबन्दीको नमुना’ भनेका छन् । १० बुँदे कार्यान्वयन भैसकेको भनेर एमालेको संस्थापन पक्षले भनिरहेका बेला रावलले भने यसको कार्यान्वयनमा गम्भीर समस्या […]
नागरिक रैबार/बाजुरा २३ कार्तिक। पूर्व संविधान सभा सदस्य तथा तथा नेपाली काँग्रेस बाजुराका महाधिवेशन देवराज जोशी सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त हुनु भएका छन् । सोमबार सरकारले सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश नं १ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । जस अनुसार बाजुराका पूर्व सभाषद् जोशी सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । प्रधानमन्त्री शेरबहादुर […]
हुम्लाको दक्षिण भेगस्थित अदानचुली गाउँपालिका–३ रिठापाटामा झण्डै २४ वर्षअघि सुकेको मुहानबाट पुनः पानी आउन थालेको छ । लगातार २४ वर्षसम्म पानी नआएको सो मुहानबाट पानी आउन थालेपछि स्थानीयवासी खुसी भएका हुन् । सुकेको मुहानबाट पानी निस्कन थालेपछि सो वडावासी आ आफ्नो रीतिरिवाज र परम्परा अनुसार होमजाप गरी बन्द रहेको धारालाई मर्मत गरिएको छ । २४ […]
कात्तिक २१ अर्थात् नोभेम्बर ७ तारिख रुसमा अक्टोबर क्रान्ति सम्पन्न भएको दिन । यसलाई कम्युनिष्ट क्रान्ति, रसियन क्रान्ति र बोल्शेभिक क्रान्ति आदि नामले पुकारिन्छ । तर जसरी अक्टोबर क्रान्तिको चर्चा हुन्छ, यससँग अभिन्न रुपले जोडिएको प्राभ्दा पत्रिकाको बारेमा कमै चर्चा हुने गरेको छ । रसियाको पुरानो कम्युनिष्ट पत्रिका लिन प्रिय पाठकहरू सदा झैं बिहान उठेर […]
काठमाडौं: जनगणनाका लागि घर–घरमा पुग्ने गणकहरुलाई झुक्कायो, झुटो बोल्यो जा असहयोग गरेमा कारबाही हुने व्यवस्था रहेको छ। कानुनतः जनगणनामा असहयोग गर्नेलाई दुई महिना कैद वा दुई सय रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। जानीजानी कुनै झुट्टा खबर वा विवरण दिएमा वा दिलाएमा, विवरण तोकिएको म्यादभित्र नदिएमा वा दिन इन्कार गरेमा कानुन बमोजिम कारबाही […]
काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत प्रस्थान गरेका हुन् । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि सोमबार नै विदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको […]