होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सर्वोच्च अदालत प्रशासनले कजलिष्टमा केही परिवर्तन गरेको छ । सुरुमा बन्दी प्रत्यक्षीकरणको रिटलाई पनि अन्तिममा राखेर पेसी तोकेकामा समाचार आएलगत्तै कजलिष्टमा परिवर्तन गरिएको हो । बन्दीको मुद्दा अन्तिममा ! सामान्य अवस्थामा बन्दी प्रत्यक्षीकरण, तामेली, मिलापत्र आदि मुद्दा पेसीको अग्रभागमा राखिन्छ । तर आइतबारका लागि तोकिएको पेसीमध्ये न्यायाधीश दीपककुमार कार्कीलाई एक नम्बरमा बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका […]
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको हितविपरीत भएका जुनसुकै निर्णय फिर्ता हुनुपर्ने बताएका छन् । उनले जनजीविकाका सवालमा सरकार गम्भीर बन्नुपर्ने समेत बताएका छन् । नेता नेपालले आइतबार बिहान ६ विद्यार्थी संगठनका तर्फबाट पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा दिएको ज्ञापनपत्र बुझ्दै पेट्रोलियम पदार्थजस्तो जनतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुमा गरेको मूल्यवृद्धि अत्याचार नै […]
काठमाडौं । कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ । हिजोसम्म यो खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका […]
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणकोसमेत राजीनामा मागेका छन् । सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा कानून व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा मागेका हुन् । आइतबारको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएपछि सहभागी अरुले […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी गरेका छन् । रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा राखे । ‘अब यहाँबाट म चितवन जाँदैछु, चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, अहंकारले चरमचुलीमा पुगेका […]
मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली काँग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन भएकी छिन् । १८ वर्षकी रक्षा यादव सर्व सहमतिमा प्रदेश प्रतिनिधिमा चुनिएकी हुन् । प्रतिनिधि चयन भएपछि रक्षाले सक्रिय राजनीतिमा लाग्ने प्रतिकृया दिएकी छिन् । अहिलेको नेतृत्वबाट देशको विकास असम्भव रहेकाले खबरदारी गर्न युवा पुस्ता राजनीतिमा आउनुपर्ने उनले बताइन् । यस […]
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपालको राजधानी काठमाडौँलाई नमुनायोग्य बनाउन विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्नेमा जोड दिएकी हुन् । उनले पेट्रोलियम पदार्थले मुलुकमा थोपरेको भारलाई कम गर्न, वायु प्रदूषण कम गरी स्वच्छ र सफा काठमाडौँ बनाउन पनि विद्युतीय सवारी साधनको प्रयोग अति आवश्यक […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रौतहटमा ५१ किलोको माला लगाएर स्वागत गरिएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रौतहटद्वारा स्थानीय कटहरिया बजारमा आयोजित जनसभा सम्बोधन तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री प्रचण्डलाई कार्यकर्ताले ५१ किलोको फुलको माला लगाएर स्वागत गरेको हो । बिहान ११ बजेको समय कार्यक्रम निर्धारण भए पनि प्रचण्ड करिब २ […]
धनगढी: प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसका क्षेत्रीय सभापतिको अनुपस्थितिमा पार्टीको प्रदेश सभा क्षेत्रीय अधिवेशन भएको छ। डडेल्धुराका दुईवटै प्रदेशसभा क्षेत्रका सभापतिहरू करुणाकर भट्ट र मानबहादुर बुढा पार्टीको केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा बसेका छन्। तर डडेल्धुरामा शुक्रबार पार्टीको प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ। डडेल्धुरामा प्रदेश २ को सभापतिमा जिल्ला समन्वय समिति […]
बझाङ, ४ मंसिर/ बाढी पहिरो आई सडक अवरुद्ध भएको झण्डै एक महिनापछि जपयृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसंगै आजदेखी राजमार्ग सञ्चालनमा आएको हो । बाढी पहिरोका कारण अवरुद्ध भएको बझाङको चैनपुर जोड्ने राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थालेपछि […]
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न शनिबार बिहान विप्लव खुमलटार पुगेका हुन्। भेटमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा पनि सहभागी थिए। प्रचण्ड र विप्लवको भेटमा पूर्व माओवादी घटक एकताको विषयमा छलफल भएको खुमलटार स्रोतको दाबी छ। दुई नेताबीच कम्युनिस्ट […]
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सैद्धान्तिकतर्फ न्यूूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउन नसक्ने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गर्न लागिएको छ । एसईईमा अहिले भइरहेको व्यवस्थाअनुसार सैद्धान्तिक र आन्तरिक मूल्याङ्कन दुवैतर्फको प्राप्ताङ्कलाई जोडेर नतिजा प्रकाशन गर्ने गरिएको छ । सैद्धान्तिकमा थोरै अङ्क ल्याए पनि आन्तरिक मूल्याङ्कनमा विषय शिक्षकले दिने उच्च […]
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि जनकपुर आउने भएका छन् । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रम गरेर फर्किएलगत्तै अध्यक्ष नेपाल पनि जनकपुर आउन लागेका हुन् । ७ मंसिरमा अध्यक्ष नेपाल जनकपुर आउने तय भएको नेकपा एस प्रदेश २ कमिटीले जनाएको छ । अध्यक्ष नेपालले […]
बैतडी। आजदेखि सडक मजदूरहरुले बैतडीको पाटन–पञ्चेश्वर सडकखण्ड अबरुद्ध गरेका छन्। दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै उनीहरुले सडकमै रिले अनशन बसेर यातायात सञ्चालनमा रोक लगाएका छन्। पाटन नगरपालिका ६ स्थित लोर्खामा सडक खण्ड मजदुरको अनशनका कारण अवरुद्ध भएको छ। मङ्सिर १ गतेदेखि दोस्रोपटक अनशन सुरु गरेका उनीहरुले दुई वर्षदेखिको पारिश्रमिक पाउनुपर्ने र रोजगारी सुनिश्चितताको माग गरेका […]
दार्चुला: सरकारले दार्चुलाको दुहुँ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मंसिर २ गते बसेको मन्त्रीपरिषद्को बैठकले गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। सरकारको निर्णयले बाढीपहिरोले निम्त्याएको भौतिक क्षतिलाई पुर्ननिर्माण, पुनःस्थापन गर्न र पीडितहरुलाई उचित राहतको व्यवस्था गर्न सहज हुने गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए। गृहमन्त्रालयले बाढीपहिरोबाट भएको क्षतिको पुर्ननिर्माण तथा पीडितका लागि विशेष कार्यक्रम ल्याउने […]
काठमाडौँ — एमालेको दसौं महाधिवेशन प्रतिनिधिमा अध्यक्ष केपीशर्मा ओली पक्षको एकछत्र देखिएको छ । अधिकांशठाउँमा ‘सर्वसम्मत’ प्रतिनिधि चयन गर्दा दसबुँदे सहमतिका पक्षधर र पूर्वमाओवादी समूहको झिनो उपस्थिति देखिएको हो । एकताको सन्देश प्रवाह गर्न भन्दै एमाले नेतृत्वले प्रतिनिधि चयनमा सकेसम्म सर्वसम्मत विधि अपनाउन प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रसम्मै निर्देशन दिएको थियो । कात्तिक २८ यता भएको प्रतिनिधि चयनमा […]
पर्वत — पुनाखर पराजुलीले यो वर्ष दुई मुरी धान भित्र्याए । कटुवाको फाँटमै लगातार ४ वर्षसम्म पोखरेली झिनुवा, लोकतन्त्रलगायत धान फलाएका डण्डपाणि पौडेलले अहिले भने एक्ले र जेठोबुढो लगाए । जिल्लाभरमा धान खेतीको भण्डारका रूपमा परिचित कटुवाचौपारीमा उन्नत जातको धान लगाउने होडबाजी नै चल्यो । कृषि प्राविधिकले सिफारिस नगरेका केही बीउ अनधिकृत बिक्रीवितरण हुँदा धेरै किसानले बीउसमेत उठाउन […]
विराटनगर- जिल्ला कारागार मोरङका एक कैदीबन्दीको मृत्यु भएको छ ।जबरजस्ती करणीमा सात वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो । ‘प्रेसर लो’ भएपछि उनलाई कोसी अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको कारागार निमित्त जेलर रामप्रसाद पोख्रेलले जानकारी दिए । शर्मा २०७१ यता […]
पतिको शवसँगै पत्नी जलाउने क्रूर सती प्रथा अन्त्य भएको १०० वर्ष नाघेको छ । १९७७ सालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले नेपालबाट अन्त्य गरेको सती प्रथाको विकासक्रम, उत्कर्ष र प्रतिबन्धसम्म बुझाउने प्रयत्न हो, ‘सतीः इतिहास र मीमांसा’ । सुजित मैनालीकृत ‘सती’मा पुरुष सत्ता स्थापना गर्न कुन कालखण्डमा कस्तो धार्मिक ग्रन्थ र किम्बदन्ती रचना गरियो, जसले सती जस्तो […]
काठमाडौं । पाकिस्तानको संसदले बुधबार पारित गरेको एक विधेयकबाट पटके बलात्कारीलाई आजीवन नपुंसक बनाउनेसम्बन्धी दफा हटाइएको छ । कानुन तथा न्याय मन्त्रालयकी संसदीय सचिव मलीका बोखारीले फौजदारी कानुनसम्बन्धी परिमार्जित विधेयकबाट बलात्कारीको ‘केमिलक कास्ट्रेशन’ अर्थात् रासायनिक बन्ध्याकरणसम्बन्धी दफा हटाइएको बताएकी हुन् । इस्लामिक विचारधारा परिषद्ले बलात्कारीको केमिलक कास्ट्रेशन गैर-इस्लामिक भएको भन्दै आपत्ति जनाएपछि संसदबाट उक्त विधेयक […]