होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैतडीको पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले आज र भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाले सूचना प्रकाशन जारी गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । स्थानीय बिदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि आज र भोलि बिदा […]
यतिखेर नेपाली हवाई उड्डयन क्षेत्रमा रुकुम (सल्ले) पुर्याउनुपर्ने जहाज पाइलटले ड्यूटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गराएको घटना निकै चर्चामा छ । गत मंगलबार काठमाडौंबाट रुकुमस्थित सल्ले विमानस्थलतर्फ उडाइएको नेपाल एयरलाइन्सको जहाज पाइलट पेम्बा शेर्पाले ड्युटी सकिएको भन्दै नेपालगञ्ज विमानस्थलमै अवतरण गराइदिए र भने ‘मेरो ड्युटी सकियो’ । यो हल्ला क्षणभरमै सबैतिर फैलियो । यो त […]
कर्णाली प्रदेशमा २५ घण्टाको अवधिमा तीन जनाले आत्महत्या गरेका छन् । तीनै जनाले पासो लगाएर आत्महत्या गरेका हुन् । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार डोल्पामा एक जना र सुर्खेतमा दुई जनाले आत्महत्या गरेका हुन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार मंगलबार बिहान ७ बजेतिर डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ की १४ वर्षकी […]
दुरसञ्चार प्राधिकरणले स्कुल-स्कुलमा इन्टरनेट जोड्दै थियो।पोहोर माघमा बझाङको बुंगल नगरपालिका–१ सोलास्थित भगवती माध्यमिक विद्यालयका लेखापाल राम बोहराले यो कुरा सदरमुकाम चैनपुर गएपछि थाहा पाए। एसइइ दिने विद्यार्थीको प्रयोगात्मक परीक्षाको प्राप्तांक इन्टरनेटमा राख्न उनी सदरमुकाम पुग्नुपर्थ्यो।अरू गाउँगाउँका स्कुलमासमेत इन्टरनेट पुगेको रहेछ। आफ्नो स्कुलमा इन्टरनेट नपुगेकोमा उनको चासो बढिहाल्यो। बुझ्दै जाँदा उनले प्राधिकरणको नम्बर फेला पारे। फोन […]
नेकपा (एमाले) को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्नेछन् । हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ । नारायणी […]
नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने भएको छ । पूर्व पश्चिम राजमार्ग र नारायणगढ––मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र […]
एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार चितवन आउने भएका छन् । शुक्रबारदेखि एमालेको महाधिवेशन सुरु हुँदै गर्दा त्यसको एक दिनअघि ओली चितवन आउन लागेका हुन् । आज ओली सौराहास्थित अर्थलाइट होटलमा बुद्धिजीवीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य तथा महाधिवेशन मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले जानकारी दिए । यस्तै उनले महाधिवेशनस्थल, बन्दसत्रहललगायतको […]
नेपालको राजधानी काठमाडौं उपत्यका विश्व अति वायु प्रदूषित शहर सूचीको चौथो स्थानमा उक्लिएको छ । विश्वभरको वायु प्रदूषण स्थितिबारे अद्यावधिक जानकारी दिइरहेको आइक्यूएअरडटकमका अनुसार यतिखेर काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचक १६९ आइक्यू छ । शून्यदेखि ५० सम्म एक्यूआई हुँदा मात्रै सो स्थान स्वस्थ मान्न सकिन्छ । भारतको राजधानी दिल्ली यतिखेर विश्वकै अति प्रदूषित शहर भएको […]
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संवैधानिक आवरणमा मुलुकलाई प्रतिगामी बाटोमा हिँडाउन लागेको अवस्थामा एमालेले दसौँ राष्ट्रिय महाधिवेशन गर्न गइरहेको भन्दै यो महाधिवेशनबाट देश र जनतालाई एमालेको उपस्थिति देखाएर प्रस्ट सन्देश दिनुपर्ने खाँचो औँल्याएका छन् । बुधबार राष्ट्रिय युवा संघको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई भत्काउने कसैले दुस्साहस […]
काठमाडौँ — नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले ‘साइबर सर्कल’ गठन गरेको छ । राष्ट्रिय सभागृहमा बुधबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्कल उद्घाटन गरे । पार्टी तथा युवा संघले गरेको कामको प्रचार गर्न र पार्टीविरुद्ध हुने दुस्प्रचाविरूद्ध साइबर सर्कल सक्रिय हुने नेताहरुले दाबी गरेका छन् । युवा संघ अन्तर्गत विभागको रुपमा […]
नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको दशौं महाधिवेशनमार्फत आफूले पुनः सचिवकै जिम्मेवारी सम्हाल्ने अपेक्षा गरेका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले उम्मेदवारी घोषणा नभए पनि सचिवकै जिम्मेवारी पुनः सम्हाल्ने अपेक्षा गरेका हुन् । आफू भर्खरै चितवन आइपुगेको र देशभरबाट महाधिवेशन प्रतिनिधिहरू आउने क्रम सुरु भएको भन्दै उनले सबैसँग सल्लाह लिएर अघि बढ्ने […]
धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री नभएपनि प्रधानमन्त्री भन्दा कम नभएको दावी गरेका छन्। कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि कैलाली आएका प्रचण्डले भने, ‘हुन त प्रधानमन्त्री त म होइन्। तर, प्रधानमन्त्री भन्दा कम पनि छैन। अर्थमन्त्रालय हामीसँगै छ। भूमि समस्या समाधान गर्ने मन्त्रालय हामीसँग छ। […]
८ मंसिर, काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै ६ विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। बुधबार बालुवाटार पुगेर अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह,अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल(क्रान्तिकरी) का अध्यक्ष प्रकाश शाही र मोहन वैद्य निकट अखिल (क्रान्तिकारी ) अध्यक्ष हरिकृष्ण […]
काठमाडौं । आर्थिक वर्ष २०७७-०७८ मा प्राध्यापक तथा सह-प्राध्यापकको संख्या बढेको छ । विश्वविद्यालय अनुदान आयोगले शिक्षकहरुको तहगत विवरण विश्लेषण गर्दा विगतको वर्षहरुको तुलनामा प्राध्यापक तथा सह-प्राध्यापकहरुको संख्या बढेको जनाएको छ । मंगलबार आयोगको २८औं बार्षिकोत्सव कार्यक्रमका अवसरमा आयोगका सचिव प्रा. शंकरप्रसाद भण्डारीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आंगिक क्याम्पसमा अध्यापनरत रहेका १० हजार ८१० मध्ये […]
शुक्लाफाँटा नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि घरमै जोखिम मोलेर सुत्केरीको सङ्ख्या शून्यमा झरेको छ । संस्थागत सुत्केरी हुनेको सङ्ख्या सय प्रतिशत पुगेको छ । घरमा हुने सुत्केरीलाई जनचेतनाको प्रभावका कारण निरुत्साहित गरी शून्य प्रतिशतमा झारिएको नगरपालिकाको स्वास्थ्य शाखाका वरिष्ठ अहेब अधिकृत हरि नाथले बताए। “घरमै सुत्केरी हुने कार्यलाई निरुत्साहित गर्ने कार्यमा महिला […]
काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत २४ जिल्लाको अधिवेशन सकिएको छ । कांग्रेसले पहिरो चरणमा १४ वटा हिमाली जिल्लाको अधिवेशन गरेको थियो । दोस्रो चरणमा एक मात्र निर्वाचन क्षेत्र भएका २१ जिल्लाको अधिवेशन चलिरहेको छ । तीमध्ये १० जिल्लाको परिणाम आएको हो । बुधबार विहानसम्मको अपडेट अनुसार दोस्रो चरणमा अधिवेशन भएका भोजपुर, डडेलधुरा, पाँचथर, प्यूठान, […]
जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । जसपा नेपालका केही कार्यकारिणी समिति सदस्यले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका राउतको राजीनामा माग गरेका हुन् । पार्टीमा छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो । प्रदेश २ […]
एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । चितवनमा १०–१२ मंसिरगते हुन लागेका महाधिवेशनको लागि मञ्च निर्माण, सुरक्षा व्यवस्था, प्रतिनिधिलाई खानपान तथा आवासको व्यवस्था र प्रचारप्रसारका काम धमाधम भइरहेका छन् । एमालेले महाधिवेशनको लोगोमा राखेको गैँडाको मस्कटको मूर्ति पनि तयार भएको छ । एमालेले गैँडाको मस्कटसहितको लोगो २६ कात्तिकमा सार्वजनिक गरेको हो […]
धनगढीः धनगढी–दीपायल द्रुतमार्ग अन्तर्गत धनगढी–स्याउले सडकखण्ड धुलाम्य भएपछि वरपरका स्थानीय हैरान भएका छन्। उक्त खण्ड कालोपत्रेका लागि ठेक्का सम्झौता भएकोमा निर्माण कम्पनीले बेवास्ता गर्दा सडक धुलाम्य बनेको हो। ठेक्का सम्झौता नहुँदा सडक हिलाम्य र धुलाम्य भएको भन्दै पटकपटक आन्दोलन गरेका स्थानीय ठेक्का हुँदा पनि सोही समस्याले पीडित बनेका हुन्। उनीहरुले धुलाम्य सडकको समस्या समाधान नभए […]
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको प्रदेश र धनुषा जिल्ला कार्यालयको उद्घाटन गरेका छन् । बुधबार जनकपुरधाममा एकीकृत समाजवादी प्रदेश २ को कार्यालय तथा धनुषा जिल्ला कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले केपी शर्मा ओली अहिले अत्यन्तै छट्पटाइरहेको टिप्पणी गरे । उनले ओलीले जथाभावी बोलेर आफ्नो असली चरित्र देखाइरहेको पनि उनको आरोप छ । पूर्वप्रधानमन्त्री […]