होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : सुदूरपश्चिम प्रदेशमा आजदेखि चिसो बढ्दै जाने भएको छ। पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेकोले चिसो बढ्दै जाने भएको हो। पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली […]
चिसोबाट बच्न पराल ओढेर सुतेका दिदीबहिनीको जलेर मृत्यु भएको छ। सर्लाहीको कबिलासी नगरपालिका– ७ निवासी जोगी महरा चमारकी ३ वर्षीया छोरी सुगन्धी महरा र ८ वर्षीया छोरी लक्ष्मी महराको जलेर मृत्यु भएको हो। चमारकी अर्की छोरी ५ वर्षीया सुधा महरा घाइते भएको प्रहरीले बताएको छ। बुधबार राति दिदीबहिनी आफ्नै फुसको घरमा जाडोबाट बच्न पराल ओढेर […]
नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले १०ः२० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको र छ घण्टाभित्र मतपरिणाम आइसक्ने राससलाई जानकारी दिए ।कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु […]
नागरिक रैबार/बाजुरा २९ मंसिर। नेकपा माओवादी केन्द्र सुदूरपश्चि प्रदेश कमिटीको सदस्यमा माओवादी केन्द्र बाजुराका नेता मानबहादुर विक मनोनित भएका छन्। मंसिर २५ गतेबाट धनगढीमा सूरु भएको माओवादी केन्द्रको प्रथम प्रदेश सम्मेलनबाट बाजुराका नेता विक प्रदेश कमिटी सदस्यमा मनोनित भएका हुन् । माओवादी केन्द्रलाई बाजुरामा बलियो बनाउन लागि परेका नेता विक माओवादी केन्द्रका सचिवालय सदस्य समेत […]
नागरिक रैबार/बाजुरा २९ मंसिर।नेकपा माओवादी केन्द्र बाजुराको पार्टी कार्यालयमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयको मुख्य गेट नजिकै कोटघरमा रहेको माओवादी केन्द्र बाजुराको पार्टी कार्यालयमा सोमवार राति चोरी भएको माओवादी केन्द्र बाजुराले जनाएको छ । पार्टी कार्यालयको ढोका फुटाएर कार्यालय भित्र रहेका कम्प्युटर १ थान,ल्यापटप १ ,फम, राउटर १ थान,थाली ३ थान र मल्टिपलक […]
नागरिक रैबार/बाजुरा २९ मंसिर। नेकपा माओवादी केन्द्र सुदूरपश्चि प्रदेश कमिटीको सदस्यमा माओवादी केन्द्र बाजुराका नेता महेश शाही मनोनित भएका छन्। मंसिर २५ गतेबाट धनगढीमा सूरु भएको माओवादी केन्द्रको प्रथम प्रदेश सम्मेलनबाट बाजुराका नेता शाही प्रदेश कमिटी सदस्यमा मनोनित भएका हुन् । माओवादी केन्द्रलाई बाजुरामा बलियो बनाउन लागि परेका नेता शाही सुदूरपश्चिमको प्रथम सम्मेलनबाट केन्द्रिय प्रतिनिधिमा […]
काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापतिको मतगण्ना सम्पन्न भइसकेको छ। अरु पदको मतगण्ना अब सुरु हुँदैछ । निर्वाचन समितिले बुधबार उपसभापति पदको मतगण्ना सुरु गरेको । पार्टी कार्यालय सानेपामा उपसभापति पदको मतगणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ। अहिले साढे ६ बजेपछि मतगण्ना सुरु […]
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गगन थापाले अब शेरबहादुर देउवा आफूहरु सबैको सभापति भएको बताएका छन् । महाधिवेशन अघि अलग विचार समूहबाट आफूहरु प्रत्यासी रहेको र प्रतिस्पर्धा गरेको भए पनि चुनावपछि भने अब देउवा सिंगो पार्टीको सभापति भइसकेका कारण आफूहरु सबैको सभापति भएको उनले बताए । उनले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन भएकोमा […]
पछिल्लो २४ घण्टामा २८० जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । कुल ११ हजार ९९४ जनामा परीक्षण परिँदा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयले पछिल्लो २४ घण्टामा ३०० संक्रमित निको भएको पनि जनाएको छ । यस्तै सोही अवधिमा ६ जना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । हाल […]
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाइने बताएका छन् ।उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने बताएका हुन् । उनका अनुसार यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि […]
काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संघीन आरोप लगाएका छन् ।बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सपथ गराउँदै ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष दाहालको साँठगाँठमा माघ-१९ को कदम चालिएको आरोप लगाएका हुन् ।‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो । कसका […]
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए । उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उनले बताए । कांग्रेसमा सभापति पदको नतिजा भने आइसकेको छ । मंगलबार राति सार्वजनिक मत […]
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको मतदानको मतगणना बुधबार साँझदेखि सुरु गर्ने तयारी भएको छ । सभापतिततर्फको मतगणनाको नतिजा आएसँगै पदाधिकारीतर्फको मतगणना सुरु गर्न लागिएको छ । राजधानीको प्रदर्शनीमार्गमा सोमबार भएको मतदानको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ भने सो मतपेटिका बेलुकादेखि खोलेर गणना गर्न सुरु गरिने काँग्रेस निर्वाचन समितिका सदस्य एगराज […]
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए […]
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना भाइरस संक्रमण भएको छ ।आफूलाई कोरोना संक्रमण भएको र सामान्य लक्षण देखिएको ज्ञवालीले ट्विटरमार्फत् बताएका छन् । उनले आफूसँग ४–५ दिनयता भेट भएकाहरुलाई सचेत रहन र केही लक्षण देखिए कोरोना संक्रमण परीक्षण गर्न आग्रह गरेका छन् ।
सभापतिका लागि दोस्रो चरणको मतदान सुरु नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा साढे ३ बजेदेखि मतदान सुरु भएको हो । पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच फेरि प्रतिस्पर्धा हुन लागेको हो । दोस्रो […]
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित गरेका छन् ।मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । मंगलबारको बैठकमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) […]
दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले मंगलबार संसद भवन घेराउ गरेको छ । एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपासहितका ६ दल र मोर्चा संगठनले संसद भवन घेराउ गरेको हो । सो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार संसद बैठक बोलाइएकै समय पारेर संसद भवन घेराउ गरिएको हो । यस्तै ती दलले मंसिर […]
काठमाडौँ — नेपाली कांग्रेसका सभापति उम्मेदवार डा. शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू निर्वाचित हुने बताएका छन् । पहिलो चरणको चुनावी परिणामपछि नागरपोखरीस्थित अरणय होटलमा पत्रकार सम्मेलनमा उनले आफू निर्वाचित हुने विश्वास व्यक्त गरे । परिणाम जे आएपनि आफूले चुनावी नतिजा स्वीकार गर्ने कोइरालाले बताए । १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा कोइराला, शेरबहादुर […]
काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न तहको शिक्षक पदमा चरणवद्ध रुपमा विज्ञापन गर्ने भएको छ ।सबै तहको एकैचोटी खोल्दा प्राविधिक समस्या आउन सक्ने भएकोले चरणवद्ध विज्ञापन खोल्ने तयारी गरिरहेको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बताए । उनले भने ‘हामी अनलाईन गर्ने भनेका छौं । सबै एकैचोटी गर्दा सिस्टममा समस्या आउन सक्ने भएकाले चरणबद्घ विज्ञापन गर्ने योजना […]