होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एक दशक अगाडि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो भएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरको धौवादी डाँडामा हावाबाट बिजुली निकालेर गाउँलाई उज्यालो बनाइएको थियो । एउटा टर्वाइनमा देखिएको समस्याले गाउँवासीले नै […]
संसारभरी ओमिक्रोनको गति तीब्र रुपमा बढिरहेको छ । यो भेरियन्टको चपेटमा आइरहेका बिरामीले विभिन्न प्रकारको लक्षणबारे जानकारी दिइरहेका छन् । डाक्टरका अनुसार कोरोनाको प्रमुख लक्षणबाहेक यस्ता पनि केही लक्षण छन् जुन देखिएको खण्डमा तुरुन्त कोभिड परीक्षण गर्नुपर्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले हालै छाला, नङ र ओठको रङ फेरिनु पनि […]
जन्मसिद्ध र एकल आमाका सन्तानहरुलाई नागरिकता दिन माग गरिएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै जन्मसिद्ध र एकल आमाका सन्तानहरुले नागरिकता नपाउँदा समस्या परेको भन्दै इन्द्रजित साफीले नागरिकता दिन सरकारसँग माग गरेका हुन् । कार्यक्रममा बोल्दै इन्द्रजित साफीले पुस २५ गतेदेखि आफ्नो अधिकार र पहिचानको लागि राष्ट्रियस्तरको आन्दोलन गर्ने पनि उनले चेतावनी दिए । सरकारले […]
एजेन्सी, २१ पुस । कोरोना भाइरसको नयाँ संक्रमितको संंख्या फेरी बढ्दै गइरहेको छ । अमेरिकामा एकैदिन १० लाख संक्रमित थपिएका छन् । एजेन्सीको अनुसार सोमबार मात्र अमेरिकामा १० लाख ८० हजार भन्दा बढी संक्रमित थपिएका हुन् । संक्रमित भएका मध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट फेला परेको एजेन्सीले जनाएको छ । हालसम्म अमेरिकामा ५ करोड ८० लाख […]
काठमाडौं, २१ पुस । जिल्ला अस्पताल पाल्पाका ९ जना कर्मचारीहरु कोरोना संक्रमण देखिएपछि अस्पतालले आकस्मिकबाहकेका सम्पूर्ण सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत निमित्त मेडिकल सुपरिडेण्टसहित ६ जना मेडिकल अधिकृत, एक पारामेडिक्स, एक ल्याव टेक्निसियन र एकजना डेन्टल सर्जन गरी ९ जनामा कोरोना संक्रमण देखिएको हो । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सेवा बन्द गर्नुपरेको अस्पतालले […]
काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा चाँडै प्रकाशन गर्ने जनाएको छ । जनगणनामा गणकले भरेका मुख्य प्रश्नावली किताबको बाहिरी आवरणमा उल्लेख गरेको विवरणका आधारमा प्रारम्भिक नतिजा प्रकाशनको तयारी गरिएको हो । प्रश्नावली किताबको आवरणमा घर, परिवार, अक्सर बसोबास गर्ने महिला र पुरुष, विदेशमा रहेका महिला र पुरुषको संख्या समेटिएका छन् […]
काठमाडौँ — शाहवंशीय राजाहरूले १ सय २२ वर्षसम्म शासन गरेको नारायणहिटी दरबार संग्रहालयलाई इतिहासका लागि संरक्षण गर्नुको सट्टा सरकारले परिसरभित्रको जग्गा र भवन व्यापारिक प्रयोजनमा भाडामा दिएको छ । महिनामा जम्मा २ लाख २१ हजार रुपैयाँमा भाडा आउने निश्चित गरी संग्रहालयभित्र धमाधम संरचना बनाइँदै छ । संग्रहालयभित्र रोयल बगैंचा रेस्टुरेन्ट सञ्चालन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारकै […]
मुगु– मुगुमा हिजोआज किसानलाई स्याउका बिरुवा काँटछाँट गर्ने चटारो छ । हिउँदको समयमा स्याउका बिरुवा काँटछाँट नगरे धेरै फल्ने तर साना दाना लाग्ने र झर्ने भएकाले यसवेला किसानले स्याउका बोट काँटछाँट गर्ने गरेका छन् । हिउँदको बेला अर्थात पालुवा र कोपिला पलाउनुअगावै स्याउका बोटमा निस्किएका बाक्ला र अनावश्यक हाँगा काट्नु पर्ने भएकाले स्याउ किसान स्याउको […]
सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारबाट जिल्ला सदरमुकाम जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा भगवतीमाई गाँउपालिका-६ स्थायी घर भई वडा नं १ मा बस्ने कृष्ण रोकायको मृत्यु भएको छ । उनी जिप चालक हुन् । सदरमुकामतर्फ जाँदै गरेको लु२च ४८२९ नम्बरको जीप नारायण […]
काठमडौं । प्रतिनिधिसभाको पुस २२ गते बोलाइएको बैठक स्थगित भएको छ । संसद सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारका लागि निर्धारित बैठक स्थगित गरेको हो । पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ । संसद सचिवालयका एक अधिकारीका अनुसार नेकपा एमालेले आफ्नो जिल्ला […]
पुस, दाङ । शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएपछि जिल्लाको तुल्सीपुर उपमहागरनपालिका– ८ को आश्वरा माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । एन्टिजेन परीक्षण गर्दा विद्यालयका छ शिक्षक र छ विद्यार्थी गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तुल्सीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले जानकारी दिए । कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरुके […]
काठमाडौं । नेपालमा मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यो प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर […]
काठमाडौं, पुस २० । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरूलाई सरकारले आजदेखि थप एक अतिरिक्त खोप लगाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई लगाउने तयारी रहेको जनाएको छ । बालबालिकाले लगाउने खोप केन्द्रबाहेक अहिले लगाइरहेका सबै खोप केन्द्रबाट अतिरिक्त खोपको […]
काठमाडौं । फ्रान्समा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ । फ्रान्सका वैज्ञानिकले केही समयअघि मार्सेलेस क्षेत्रमा कोभिड-१९ को नयाँ भेरियन्ट फेला पारेका हुन् । मेडिटेरानी इन्फेक्सन युनिभर्सिटी हस्पिटल इन्स्टिच्युट (आईएचयू) का अनुसन्धानकर्ताले पहिचान गरेको हुँदा नयाँ भेरियन्टको नाम समेत आईएचयू वा ‘बी.१६४०.२’ राखिएको छ । हालसम्म १२ जनामा आईएचयू भेरियन्टको संक्रमण पुष्टि भएको र […]
त्रिभुवन विश्वविद्यालयका अस्थायी तथा करार शिक्षकहरूलाई स्थायी गर्ने प्रक्रिया अघि नबढ्ने भएको छ । मंगलबार एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियू र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिबीच भएको वार्तापछि अस्थायी र करारका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने योजनामा ब्रेक लागेको हो । सो सहमतिसँगै अनेरास्ववियूले विश्वविद्यालयका विभिन्न शाखामा गरेको तालाबन्दी खोलेको छ । त्रिवि वार्ता टोलीका सदस्यसँग ५ बुँदे […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षक, कर्मचारीको सम्पूर्ण रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने प्रतिवद्धता जनाएको छ । मंगलबार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र त्रिभुवन विश्वविद्यालयले गठन गरेको वार्ता समितिबीच भएको छलफलपछि त्रिविले विश्वविद्यालयको रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने र हरेक ६/६ महिनामा शिक्षक, कर्मचारीको खुला विज्ञापन गर्ने प्रक्रिया अघि बढाउने सहमति गरेको हो । विश्वविद्यालयसँग […]
धनगढी । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सदूरपश्चिममा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । धनगढीस्थित निर्वाचन कार्यालय पुगेर एमालेले महिलातर्फ कैलालीले सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गराएका हुन् । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन आएको पदमा माघ १२ गते निर्वाचन हुन […]
काठमाडौं, पुस २० । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षा केन्द्र स्तरबाटै गर्ने गरी तयारी गरेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न निर्देशन दिएको थियो । निर्देशनलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउने तयारीमा लागेका छन् । ऐन जारी गरी कार्यान्वयन गर्न ढिलो हुने […]
काठमाडौं । बुटवलको राजमार्ग चौराहचोकदेखि गोलपार्कको चिडियाचौकीसम्म सडकको दुरावस्था वयान गरी साध्य छैन । विस्तारको ठेक्का लागेर सयममै काम नभएपछि बुटवल बजारभित्रको मुख्य सडकको बेहाल छ । यसका कारण बुटवलमा मन्त्रालयकै प्रवेशद्वारमा खाल्डोको राज छ । वर्षायाममा हिलाम्मे भएको सडकमा अहिले धलोको सम्राज्य खडा भएको छ । सडकको दुर्दशाले बुटवलबासीलाई मात्रै सताएको छैन, बुटवलका विकासे […]
२० पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको संघारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा तथा पदस्थापनको यो सूचीमा अतिरिक्त समूहमा रहेका २५ उपसचिवहरुसमेत छन् । राष्ट्रिय दलित आयोगका जयबहादुर खड्का क्षेत्री र चाँगुनारायण नगरपालिका भक्तपुरका अग्नि प्रसाद अधिकारीलाई मन्त्रालय तानेर अतिरिक्त समूहमा राखिएको छ । […]