होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
भारतको सूचना एवं प्रसारण मन्त्रालयले आइटी एक्टअन्तर्गत पाकिस्तानद्वारा सञ्चालित हुने ३५ वटा युट्युब च्यानल, दुई वेबसाइटसमेत केही इन्स्टाग्राम अकाउन्ट र फेसबुक अकाउन्टलाई भारतमा प्रतिबन्ध गर्न निर्देशन जारी गरेको छ । सूचना एवं प्रसारण मन्त्रालयका सचिव अपूर्व चन्द्रले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै यी सबैले भारत विरोधी प्रोपागान्डा चलाइरहेको बताए । उनले भने, ‘जबदेखि यो प्रक्रिया […]
नागरिक रैबार बाजुरा ८ माघ। बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको वडा न ४ स्थित खडलवाडाकी एक महिला आज विहान जङ्गली भालुको आक्रमणमा परि घाईते भएकी छन । घाईते हुनेमा सोही नगरपालिका वडा न ४ खडालवाडाकी ४८ बर्षिया नन्दा रावत घाईते भएकी हुन । बिहानको समयमा घर नजिकै भालुले आक्रमण गरेको उनका छोरा राजेन्द्र रावतले जानकारी दिएका […]
नेपालगन्ज: बाँकेको नेपालगन्जमा बस्दै आएकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। उनी फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी हुन्। सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरेका थिए। मोटरसाइकलमा राखेर पहिले जंगलमा पु¥याएर बलात्कार गरेको र त्यसपछि पुनः घरमा […]
धनगढीः कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा चोरी गर्ने दुई जना प्रहरी निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बनमा परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले भने, ‘उनीहरुविरुद्ध चोरीको मुद्धा दर्ता भएर ५ दिनको म्याद थप भएको छ। म्याद थप […]
उपचारका लागि चीनमा रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त माघ १० स्वदेश फर्किने भएका छन् । नेता पुनले शनिबार सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् । कमलपित्त रोगबाट पीडित उनी केही हप्ता अघिदेखि चीनमा उपचार गराउँदै आएका थिए । चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन उपचाररत उनको स्वास्थ्य अवस्था सामान्य बनेको बताइएको […]
प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार बिहान डाकेको सर्वदलीय बैठक अनिश्चित बनेको छ । प्रधानमन्त्रीको निजी सचिवालयले बिहान ९ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने जानकारी शुक्रबार दिएको थियो । तर बिहान सवा १० बज्दा पनि बैठक बसेको छैन । एक मन्त्रीका अनुसार स्थानीय तहको निवार्चनबारे संवैधानिक र कानुनी जटिलता के कस्ता छन् भनेर […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो वा बुस्टर डोजका रुपमा पहिल्यै लगाएको खोप लगाउन आग्रह गरेको छ । अर्को खोप लगाउँदा शरीरमा फरक प्रतिक्रिया आउन सक्ने भएकाले यस्तो सिफारिस गरिएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी बताउछन् । भन्छन्, ‘पहिला जुन खोप लगाएका छौँ, त्यही लगाउन सिफारिस गरेका छौं । एउटा खोप लगाएकोमा अर्को मिसाउने सिफारिस […]
प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् । मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् । मोदीको एप्रोभल रेटिङ ७१ प्रतिशत छ । १३ जना नेताहरुको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा छन् । बाइडेनको एप्रोभल रेटिङ ४३ प्रतिशत छ । बाइडेनको पछि क्रमश क्यानडाका […]
हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको हो । आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिमपातका […]
पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना भाइरस ओमिक्रोन तेस्रो भेरियन्ट तीव्र रुपमा बढिरहेको छ । सङ्क्रमण बढ्दै जाँदा भने जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको पाइँदैन । सरकारी तथा सार्वजनिक कार्यालयमा सेवाग्राहीका भीड लाग्न रोकिएको छैन । नागरिकले स्वास्थ्य संस्था, यातायात, मालपोत, निर्वाचन कार्यालयमा सुरक्षा सावधानी बिनै सेवा लिँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड–१९ […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले माघ ८ गतेलाई बोलाएको केन्द्रीय समितिको बैठक स्थगित गरेको छ । केन्द्रीय समितिको बैठक कोरोना महामारी, स्वास्थ्य मापदण्ड पालना सम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गरी अर्को निर्णय नहुँदासम्म स्थगन गरेको जनाइएको छ । यसअघि पुस २५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड […]
काठमाडौं । आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा पश्चिमी वायुको प्रभावका कारण देशभर नै मौसममा बदली भएको छ । केही स्थानहरुमा वर्षा र हिमपात पनि भइरहेको छ । मौसमविद् शान्ति कँडेलले आगामी सोमबारसम्म बदलीकै अवस्था रहने बताइन् । ‘केहीबेर घाम लागेजस्तो गरे पनि […]
काठमाडौं । आजदेखि सार्वजनिक स्थान जाँदा कोरोना विरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने भएको छ ।यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्नेछ । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि […]
धनगढी । मोबाइल चोरी गर्ने कैलालीका दुई जना प्रहरीहरु पक्राउ परेका छन् । मोबाइल चोरीको घटनामा हवल्दार हेमबहादुर माल र प्रहरी जवान भरत बुडाललाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रविन विष्टले बताए । उनीहरु दुवै जना जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत छन् । विष्टकाअनुसार बिहीबार धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चोकमा […]
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जानकारी दिने बुझिएको छ । गत २९ असारमा देउवा प्रधानमन्त्री भएका थिए । […]
नागरिक रैबार बाजुरा ६ माघ। विद्युत आपूर्तिकाे माग गर्दै सदरमुकाम मार्तडीमा ३ दिन देखि नागरिक समाजले गरेको आन्दोलन पश्चात बसेकाे सर्वपक्षीय बैठकले राष्ट्रिय प्रसारण लाईन तत्काल विस्तार गर्ने निर्णय गरेकाे छ । नागरिक समाजले गरेकाे ३ दिनदेखिकाे आन्दोलन पश्चात सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा बिद्युत आपुर्ती गर्न बिद्युत प्राधिकण तयार भएपछि आज बसेकाे सर्वपक्षीय बैठकले साे […]
काठमाण्डाै – काठमाण्डौबाट नेपालगञ्जका लागी उडेको बुद्ध एअरको जहाज आकाशमा होल्ड हुँदा एक यात्रु बेहोस भएका छन् । मौसम खराब हुँदा बिहान झण्डै आधा घण्टा जहाज नेपालगञ्जको आकाशमा होल्ड भएको थियो । काठमाण्डौ महानगरपालिका वडा नम्वर–२३ की ५३ वर्षीया जानुका थापा आत्तिएर बहोस भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आत्तिएर बेहोस हुनुभएकी उहाँलाई […]
काठमाण्डाै – देशको पश्चिमी भूभागको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा पहाडी क्षेत्रमा सामान्य वर्षा भैरहेको छ । पश्चिमी वायुको प्रभावको कारण काठमाण्डौ उपत्यकासहित पश्चिमी क्षेत्रमा मौसम बदली भएर वर्षा र हिमपात भैरहेको मौसम पूर्वानुमान् महाशाखाकी मौसमविद् शान्ती कँडेलले बताउनुभयो । काठमाण्डौको चन्द्रागिरी लगायतका डाँडाहरुमा सामान्य हिउँ परिरहेको छ । अहिले देशका सबैजसो ठाउँमा […]
काठमाण्डाै – लोकसेवा आयोगले माघ महिनामा हुने भनिएका आफ्ना सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले माघ मसान्तसम्मका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एकनारायण शर्माले निकालेको विज्ञप्तिमा उल्लेख छ । आयाेगमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र माघ ११ गतेदेखि मसान्तसम्म सञ्चालन हुने पूर्वनिर्धारित सबै लिखित परीक्षा अहिलेका लागि […]
काठमाडौं । नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले समातेको छ ।नेपालबाट मोबाइल एप्लिकेशन चलाएर अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरिएको महाशाखाका प्रमुख वसन्तबहादुर कुँवरले बताए । उनका अनुसार पक्राउ पर्नेमा नेपालका मुख्य नाइके सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत, बुद्ध महर्जनसहित मनिष थापा, समिर थापा, कविता थापा, रविन खड्का, रोजा […]