होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१७ माघ, सुर्खेत । कर्णालीमा प्रमुख विपक्षी दल नेकपा एमालेको माग सम्बोधन गर्न पूर्वकानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा नेकपा एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह र नेकपा एकीकृत समाजवादीका नेता चन्द्रबहादुर शाहीछन् । संयोजक भण्डारीले प्रदेशसभाको गतिरोध अन्त्य गर्ने र बजेटमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको […]
नागरिक रैबार/बाजुरा १७ माघ । अनेरास्ववियु बाजुराले स्थानिय तहको निर्बाचन समयमै गर्न सरकारलाइ आग्रह गरेको छ । अनेरास्ववीयु बाजुराले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन समयमै गर्न आग्रह गरेकाे हो । नेकपा एमाले निकट अनेरास्वबियु बाजुराका सचिव हिक्मत बहादुर रोकायाको हस्ताक्षेरीत बिज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ । सत्ता गठबन्धनले जेठभित्र स्थानीय […]
लमजुङ — मनाङको विकट फू गाउँकी कर्साङ लामा घरमा ताल्चा मारेर काठमाडौं पुगेको दुई महिना भयो । घरको अवस्था कस्तो छ भन्ने उनलाई थाहा छैन । फू गाउँकै संगे खन्डो लामाको परिवारले पनि घर छाडेको डेढ महिना भयो । घरको अवस्था कस्तो छ भन्ने उनलाई पनि जानकारी छैन । उनले खबर पाएका छन् कि गाउँ हिउँले ढाकेको छ, चिसो […]
काँकडभिट्टा — इलामको रोङ गाउँपालिका–४ पैह्रे भन्ने ठाउँबाट गत बिहीबार प्रदेश १ –०१–००१ च ७९१६ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई दुर्घटना भयो । दुर्घटनामा मेचीनगर–४ बाहुनडाँगीका व्यवसायी दाजुभाइ रमेश थापा (५२) र सूर्य थापा (४४) को घटनास्थलमै मृत्यु भयो । चालक अर्जुन कोइराला (३५) संयोगले बाँचे । उनको उपचार जारी छ । मेची राजमार्गदेखि करिब […]
धनगढीः काठमाडौंको बौद्धस्थित एक रेष्टुरेण्टबाट अनलाइन जुवा खेलिरहेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका ६ बौद्धस्थित प्लटिङ नजिक दोलखा घर भइ हाल बानेश्वर बस्ने सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा उनीहरु अनलाइन जुवा खेलिरहेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले उनीहरुको साथबाट ६ लाख १९ हजार २५० रुपैयाँ बरामद गरेको जानकारी […]
गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् । गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका हुन् । उनले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा […]
जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ३ बजे घरको बरन्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उनी गम्भीर घाइते भएका थिए । घाइते कार्कीको बिर्तामोडस्थित विर्तासिटी […]
१७ माघ, काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले माघ ८ देखि १० गतेसम्म सञ्चालन गरेको चिकित्सा शिक्षा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो। आयोगले नतिजा सार्वजनिक गर्दै राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०५७ (संशोधन सहित) को […]
१७ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटार भएको भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको स्रोतले बतायो । सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस हुँदै आएको छ । प्रधानमन्त्री देउवाले एमसीसी संसद्बाट पारित गराउन पहल थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड […]
धनगढी: कैलालीमा ७ वर्षीया छोरीलाई बलात्कार गर्ने सौतेलो बुवालाई उच्च अदालत दिपायलले २० वर्ष कैदको सजाय सुनाएको छ। अस्मिता (नाम परिवर्तित) को जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा कैलाली जिल्ला अदालतले एक वर्ष ५ महिना कैद र १५ हजार जरिमानाको सजाय सुनाएको थियो। तर उच्च अदालतले उक्त फैसला उल्ट्याउँदै सो मुद्दामा २० वर्ष कैद […]
नागरिक रैबार/बाजुरा १७ माघ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं ३ पुडाबाउला मा रहेको मालझुली बजारमा गए राती अगलागी भएको छ । गए राती बिद्युतको तार सट भएर ब्यापारी भरत रावतको किराना पसल, सेर रावत र महन नेपालीको कपडा पसल गरि तीन वटा पसलमा एकै पटक आगलागी भएको हो । स्थानीयका अनुसार आगलागी आइतबार राती […]
देशभरिका ७५३ स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगलाई मात्रै घटीमा ११ अर्ब र बढीमा १२ अर्ब रुपैयाँ आवश्यक पर्ने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् । यति रकम खर्च भएमा आउँदो स्थानीय चुनाव नेपालको निर्वाचन इतिहासकै महँगो चुनाव हुनेछ । अनुमान गरिएको यो खर्च निर्वाचन आयोगले गर्ने कामका लागि मात्र हो । सुरक्षा प्रयोजनमा आयोगको भन्दा […]
धनगढी: कञ्चनपुरमा बन्चरो प्रहार गरी बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। आइतबार राति लालझाडी गाउँपालिका– २ कंज गाउँका २२ वर्षीय राम विलास रानाले आफ्नै ४० वर्षीय बुवा ठग्गु रानालाई बन्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। राति करिब १० बजेतिर सुतीरहेको अवस्थामा राम विलासले बुवालाई बन्चरो प्रहार गरेको बैलौरीका प्रहरी निरीक्षक […]
काठमाडौं । ट्रक चालकहरुलाई पनि कोरोना खोप अनिवार्य गरिएपछि क्यानडामा विरोध प्रदर्शन जारी छ । प्रदर्शनका कारण असुरक्षित महसुस गर्दै प्रधानमन्त्रीले जस्टिन ट्रुडोले परिवारका सदस्यसहित राजधानी ओटावास्थित आफ्नो घर छाडेर अन्यत्र गएको बीबीसीले जनाएको छ । तरू उनी कहाँ गएर बसेका छन् भन्ने खुलाइएको छैन । अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरुलाई पनि कोरोनाविरुद्धको खोप […]
बुटवल । संविधान सभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ । केही समय अघि मिर्गौला प्रत्यारोपण गरेका डा. थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो । अर्घाखाँची घर भएका डा. थापा एमालेका तर्फबाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय […]
नागरिक रैबार/बाजुरा १६ माघ। बाजुरामा आज एकैदिन २२ जनामा काेराेना पुष्टि भएकाे छ । आइतबार एन्टिजेन बिधिबाट ४७ जनाको परिक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आजको थप २२ जना गरी बाजुरामा २ सय २६ जना कोरोना संक्रमितको सख्या पुगेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङकमा रहेको छ । आज गरिएकाे […]
राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबारका लागि बैठक बोलाइएकामा विशेष कारण देखाउँदै अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो । संघीय संसदका महासचिव डा भरतराज गौतमले आइबार जारी गरेको सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताएका छन् । यसअघि प्रतिनिधिसभा बैठक […]
आज माघ १६ गते अर्थात् शहीद दिवस । देश र जनताको हित अनि अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति श्रद्धा र सम्मान गर्दै देशभर शहीद दिवस मनाइँदैछ । यो दिन देश र जनताका लागि आफ्नो जीवनकै बलिदानी दिने ती महान् शहीदलाई सम्झिने र उनीहरूले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्ने दिन । देश र जनताको सुन्दर […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन् । आइतबार शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्तम्भमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताएका हुन् । उनले शहीदसम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको भन्दै […]
बैतडीका ७५ हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइँदैछ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका अनुसार यहाँका नौ स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको हो । शिवनाथ गाउँपालिकाबाहेक अन्य पालिकामा भेडा बाख्रालाई पिपिआर विरुद्धको खोप लगाउने काम भइहरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए । प्रदेश सरकारको कार्यक्रमअन्तर्गत खोप अभियान सञ्चालन […]