होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं: उत्पादन घटेको भन्दै ब्रोइलर कुखुराको मूल्य बढाइएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले बुधबारदेखि लागु हुनेगरी प्रतिकिलो १० रुपैयाँ बढाएसँगै जिउदो ब्रोइलरको कोल्डस्टोर खरिद मूल्य २ सय ८० रुपैयाँ पुगेको छ। मंगलबारसम्म प्रतिकिलो २ सय ७० रुपैयाँ थियो। जिउँदो ब्रोइलरको भाउ बढेसँगै खुद्रा बिक्रेताहरूले पनि मासुको मूल्य बढाउन थालेका छन्। काठमाडौं उपत्यकामा खुद्रा मूल्य […]
धनगढी : सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालको उम्मेदवारी घोषणा कार्यक्रममा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य पनि आउने भएका छन्। धनगढी उपमहानगरपालिकाको मेयर पदमा हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने कार्यक्रमका लागि आचार्य पनि धनगढी आउने भएका हुन्। हमालको प्रचारप्रसार समितिले दिएको जानकारीअनुसार फागुन १९ गते बिहीबार विहान साढे ८ बजे धनगढीस्थित होटल रुवसमा घोषणा […]
धनगढी: आजदेखि कैलालीको धनगढीदेखि पोखरा उडान सुरु हुने भएको छ। बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गर्न लागेको हो। आजदेखि सुरु हुने उडान सेवाको एक कार्यक्रमकाबीच उद्धघाटन गर्ने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ। बुद्ध एयरले धनगढी–पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जनाएको छ। सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा […]
काठमाडौं : साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ। महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन। मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति […]
१८ फागुन, काठमाडौं । एमसीसीका कारण पार्टीभित्र गहिरो मतभेद राख्दै आएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपामा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तीवन पुगेका थिए । भेटमा प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रवादको पक्षमा रहेकाहरु एकजुट हुनुपर्ने विषयमा कुराकानी […]
काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले १० जना कर्मचारी माग गरेको छ। अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले मंगलबार विभिन्न १० पदमा कर्मचारी माग गरेको हो। एमसिए नेपालले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहयोगीसम्म विभिन्न पदमा विज्ञापन आह्वान गरेको हो। गत आइतबार एमसिसी सम्झौता संसदबाट अनुमोदन भएको […]
काठमाडौँ — मतदाताले उम्मेदवार अस्वीकार गर्न सक्ने प्रावधान मतपत्रमा राख्न सर्वोच्च अदालतले दुई वर्षअघि सरकारलाई दिएको आदेश आसन्न स्थानीय निर्वाचनमा कार्यान्वयन नहुने भएको छ । सरकारले सर्वोच्चको आदेशअनुसार कानुन नबनाउँदा राजनीतिक दलका उम्मेदवार अस्वीकार गर्न पाउने अधिकारबाट मतदाता वञ्चित हुने भएका हुन् । सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र सपना मल्लको संयुक्त इजलासले २०७६ असोज १ मा राजनीतिक […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । विदेशमन्त्री एन्टोनीले बताए अनुसार मंगलबार साँझ भएको टेलिफोनमा युक्रेन संकटका विषयमा प्रधानमन्त्री देउवासँग कुराकानी भएको थियो । रुसले युक्रेनमा गरेको आक्रमणको विषयमा कुरा गरेको एन्टोनीले ट्विटरमार्फत जानकारी दिएका छन् । ‘रूसले युक्रेनमाथि गरेको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र अखण्डताको […]
काठमाडौं । प्रतिनिध सभा (संसद)बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसपछि बैठक स्थगित भएको थियो । संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना आयोगको […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् । आज दिउँसो १ बजे जर्मन हाउस, गठ्ठाघर भक्तपुरमा पत्रकार सम्मेलन हुने केन्द्रीय […]
काठमाडौँ — कलाकार पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेकै दिन मोरङ लेटाङकी १२ वर्षीया किशोरीलाई सोही ठाउँका ६४ वर्षीय दीपक गिरीले बलात्कारपछि हत्या गरेको खबर सार्वजनिक भयो । प्रहरीका अनुसार ६ कक्षामा पढ्ने बालिका विद्यालयबाट फर्किंदै गर्दा जबर्जस्ती करणी गरेर घाँटी थिची हत्या गरी गिरीले शव जंगलभित्र लुकाएका थिए । एकैदिन भएका यी दुई घटनामध्ये […]
काठमाडौँ — नेकपा एमालेले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी सम्झौता मुलुकको प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एमालेले एमसीसी सम्झौताबारे आफ्नो धारणा व्यक्त गरेको हो । अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यको ११औं बुँदामा भनिएको छ, ‘एमसीसी परियोजना सम्झौता संसद्बाट अनुमोदन भइसकेको छ । अब […]
स्वास्थ्यका लागि पानी अपरिहार्य मानिन्छ तर दाङको एक स्वास्थ्य चौकीका बिरामीले पानी खान पनि पाउँदैनन् । तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीस्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि खानेपानीको व्यवस्था छैन । विसं २०३१ देखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य चौकीमा पानी नहुँदा बिरामीले पनि पानी घरबाटै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीका इञ्चार्ज ज्ञानबहादुर डाँगीले बताए । “सबैभन्दा समस्या हाम्रो […]
पर्वतको कुश्मा नगरपालिकाले नसर्ने रोगको पहिचानका लागि रक्त परीक्षण कार्यक्रम सुरु गरेको छ । नागरिकको स्वास्थ्य सुरक्षाका लागि कुश्मा नगरपालिकाको अभियान अन्तर्गत कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका नागरिकको नसर्ने रोग पहिचान शिविर सुरु भएको हो । अभियानको सुरुवात कुश्मा नगरपालिका– ९ कटुवाचौपारीबाट सुरु भएको छ । सोमवार कटुवाचौपारीमा आयोजित शिविरमा ३०० जनाको रक्त परीक्षण […]
काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले एमसीसीका कारण असन्तुष्ट नेताहरु पार्टी छाड्न स्वतन्त्र रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “एमसीसी संसद्बाट अनुमोदन नभएको भए शान्तिप्रक्रिया, लोकतन्त्र, संधिानको रक्षाका साथै जनताको समृद्धिको जनआंकाक्षामा नराकात्मक प्रभाव पर्न […]
प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत महाशिवरात्रि हिन्दूहरूको पर्व भए पनि नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताए ।उनले हरेक जातजातिका […]
अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ ।एमसीसी गत […]
नागरिक रैबार/बाजुरा १६ फागुन। बडीमालिका नगरस्तरीय दलित भुमि अधिकार युनियनले नगर प्रमुख पदम बडुवाललाई लाई ज्ञापनपत्र बुझाएको छ । सोमबार बडीमालिका नगरस्तरीय भुमि अधिकार युनियनले नगरपालिकाका नगरप्रमुख बडुवाललाई ९ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको हो । दलित भुमीहिन सुकुम्बासी अव्यवस्थित बसोबास गरिरहेका नागरिक तथा हलिया खलिया हरुको लागत सङ्कलन गरि यथाशीघ्र मागहरु सम्बोधनका लागि […]
राष्ट्रपति विद्यादेवी भण्डारीले डा महेशराज पन्तलाई इतिहास र पुरातत्त्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञमा नियुक्त गरेकी छन् । त्यसैगरी उनले डा कृष्णप्रसाद ओलीलाई वातावरणका क्षेत्रमा विज्ञ नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
काठमाडौं। जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनल स्कुलमा पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुने भएको छ । उक्त स्कुलका नेपाल संयोजक दयानन्द कपाडीका अनुसार एसईई गत वर्षदेखि सुरु भएको हो । गत वर्ष कोभिड–१९ का कारण आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो भने यो वर्ष राष्ट्रिय परीक्षा बोर्डको मापदण्ड अनुसार हुनेछ । एसईईमा १९ […]