होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित वसन्त सामुदायिक वन क्षेत्रमा दुई महिनादेखि २८ वर्षीया उमा चौधरी झोपडी बनाएर बस्दै आएकी छन् । सालको पातको झोपडी बनाई चौधरी वन क्षेत्रमा एक्लै बस्दै आएकी हुन् । बेलौरी नगरपालिकाको कुण्डा घर भएकी चौधरीलाई श्रीमान् रामबहादुर चौधरीले कुटपिट गरी बालबालिका लगेर अलपत्र पारेपछि उनी दुई महिनादेखि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएको […]
दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण सुरु हुने भएको छ। महाकाली नगरपालिका–८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने महाकाली नदीमाथि पुल बनाउन लागिएको हो। यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार ‘कनेक्टिभिटी’लाई सुदृढ बनाउनाका साथै दुवैतर्फको सीमा समुदायबीच रहेको सम्पर्कलाई थप मजबुत बनाउने भारतीय दूतावासले जनाएको छ। पुल […]
काठमाडौँ : चितवनमा ट्र्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ। बिहीबार राति भरतपुर महानगरपालिका–६ जय नेपाल चोकमा ट्र्याक्टरको ठक्करबाट भरतपुर १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायब निरीक्षक अर्जुन पौडेलको घटनास्थलमै मृत्यु भएको हो। महेन्द्रज्ञापचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्र्याक्टरले पौडेलले चलाएको विपरित दिशाबाट आइरहेको […]
२० फागुन, काठमाडौं । पल शाह प्रकरणको प्रभाव ‘म यस्तो गीत गाउँछु २’को बक्स अफिस कलेक्सनमा देखिएको छ । निर्माण कम्पनीले पल र पूजा शर्मा स्टारर फिल्मले पहिलो साता ४ करोड ९५ लाख रुपैयाँ ग्रस कमाइ गरेको दाबी गरेको छ । मुलुकको मल्टिप्लेक्स चेन क्यूएफएक्सका १० हलबाट सुदर्शन थापा निर्देशित फिल्मले पहिलो सात दिनमा ८२ […]
२० फागुन, काठमाडौं । शुक्रबारदेखि दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ग्याङस्टर ड्रामा ‘लप्पनछप्पन २’ र हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ प्रदर्शनमा आएका हुन् । मुकुन्द भट्ट निर्देशित मल्टिस्टारर ‘लप्पनछप्पन २’मा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, शक्ति श्रेष्ठ लगायतको मुख्य भूमिका छ । पैसा, शक्ति र राजनीतिबीचको सम्बन्धलाई चित्रण […]
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केही घण्टा पछि सरेको छ । आज ११ बजे सुरु हुने भनिएको बैठक १ बजे मात्र सुरु हुने सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । बैठक राष्ट्रिय सभागृहमा बस्दैछ । व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने […]
जिल्ला अस्पतालको उपचारकक्षभित्रै भालु पसेको छ । गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो । बिरामी नभएको उपचारकक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले सोही कोठामै नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सोनिङ लामाले जानकारी दिए । उनका अनुसार अस्पतालको पछाडिको […]
धनगढी : नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २ सय ६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन्। भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी भएका हुन् भने बमले एक हजार ९६ मत पाए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत […]
मुगु — जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट मेसिन जडान गरिएको छ । यसले जटिल समस्याका बिरामीको उपचार सहज बनाउनेछ । अक्सिजन प्लान्ट नहुँदा जिल्लामा कोरोना संक्रमितको उपचारमा समेत समस्या भएको थियो । मानव अधिकार तथा वातावरण विकास केन्द्रले प्याक टु लाइफको ८० लाख रुपैयाँ सहयोगमा अक्सिजन प्लान्ट मेसिन खरिद गरी अस्पतालमा जडान गरेको हो । मेसिन जडान सकिएसँगै सोमबारदेखि सिलिन्डर […]
काठमाडौँ — जबर्जस्ती करणी र यौन दुर्व्यवहार आरोपमा कलाकार पल शाह पक्राउ परेपछि बलात्कारसम्बन्धी कानुनमाथि बहस सुरु भएको छ । केही कानुन व्यवसायीले सार्वजनिक सञ्चारमाध्यममा लेख लेखेर र अन्य कतिपयले सामाजिक सञ्जालमा ‘१८ वर्षभन्दा कम उमेरकी किशोरीसँग सहमतिमै भएको सम्बन्धलाई पनि बलात्कार मान्ने कानुनी व्यवस्था बदल्नुपर्छ’ भन्ने तर्क गरिरहेका छन् । जबर्जस्ती करणीसम्बन्धी कानुनी व्यवस्थामा सुधारको खाँचो […]
काठमाडौं । अभिनेत्री पूजा शर्माले नेपालमा कलाकारको सम्मान नै भएको बताएकी छन् । नाबालिकालाई करणी गरेको अभियोगमा अभिनेता पल शाहा (पूर्णविक्रम शाहा)बारे बोल्दै अभिनेत्री शर्माले नेपालमा कलाकारको भ्यालु नबुझेको बताएकी हुन् । दोषी नठहरी कलाकारलाई हतकडी लगानु पनि आपत्तिजन भएको उनको भनाइ छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले भनेकी छन्- ‘कलाकारको भ्यालु किन […]
नागरिक रैबार/बाजुरा १९ फागुन। बडीमालिका नगरपालिकाकाे वडा नम्बर ८ का ४ सय जनालाई सरसफाईका सामाग्री वितरण गरिएकाे छ । बडीमालिका नगरपालिकाकाे समन्वय र मानवीय सेवामा अनेकौं प्रयास नामक संस्थाकाे सहयाेगमा उक्त वडाका ४ सय जनालाई सरसफाई सामाग्री वितरण गरिएकाे हाे । बडीमालिका ८ लाई यहि महिनाभित्र छाउगाेठ मुक्त वडा घाेषणा गर्ने तयारी नगरपालिकाकाे छ । […]
धनगढी, १९ फागुन : कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताए । उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण […]
काठमाडौं, फागुन १९ । नेकपा (एमाले) का नेता भीम रावल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ। नेता रावलको निवास टोखामा आज बिहान उनीहरुबीच भेटघाट भएको हो। महासचिव विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथ रावललाई भेट्न टोखा पुगेका हुन् । भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल […]
काठमाडौँ : सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा हेली टुरमार्फत २५० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन्। उक्त हेली टुरमार्फत खप्तडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको टोलीले पनि खप्तड अवलोकन भ्रमण गरेको उनको सचिवालयले जनाएको छ। नेपाल पर्यटन बोर्ड तथा माउन्टेन हेलिकोप्टर प्रालिसँगको समन्वयमा खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएशन अफ टुर […]
स्थानीय तहको निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । प्रधान कार्यालयले केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव यसअघि नै पठाएको थियो । २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीलाई एक साताको तालिम चलाउने कार्यविधि तयार गरिएको छ । नियुक्ति गर्ने दिनको आधारमा तालिम चलाइने प्रहरी […]
काठमाडौं, फागुन १९ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइको तयारी पुरा गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन तहको सुरक्षा घेराभित्र रहेर भोलीदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा प्रश्नपत्र छापिनेछन् । यस बर्ष ५५ लाख थान प्रश्नपत्र छपाइ हुनेछन् । प्रश्नपत्र छपाइको सुरक्षाको लागी […]
काठमाडौं । सरकारी कर्मचारीलाई १० दिन पर्यटन काज बिदा दिनेसम्बन्धी चालु आर्थिक वर्ष २०७८/७९ को कार्यक्रम घोषणामै सीमित हुने देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । तर कार्यविधि अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छैन । अर्थ मन्त्रालय यतिबेला बजेट भन्दा बाहिरबाट माग हुने अतिरिक्त […]
काठमाडौं । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्हछार (नयाँ वर्ष) विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन् । शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, […]
सुरुङ्गा : झापाको अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ। केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो। उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन थाले पनि आकाशलाई साङ्लोले बाधेर राखिएको हो। […]