होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ स्टारर फिल्म ‘टाइगर ३’को रिलिज मिति तय भएको छ । यो फिल्म आगामी वर्षको इद अर्थात् अप्रिल २१ मा रिलिज हुनेछ । सलमानले शुक्रबार ‘टाइगर ३’को टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । यो फिल्मलाई लिएर प्रशंसकहरु निकै उत्साहित देखिएका छन् भने […]
एजेन्सीः रूसी व्यापारी एलेक्स कोन्याखिनले भ्लादिमिर पुटिनको टाउको ल्याउनेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन्। कोन्याखिनले आफ्नो फेसबुक र लिंक्डइनमा पुटिनको तस्बिरसहितको पोष्टर साझा गरेका छन्। एलेक्सले पोष्टमा पुटिनलाई अन्तरराष्ट्रिय कानुनअन्तर्गत युद्ध अपराधीका रूपमा पक्राउ गर्न १० लाख डलर तिर्न तयार रहेको बताए। कोन्याखिनको यो पोष्टलाई आफ्नो नियम उल्लङ्घन भएको भन्दै फेसबुकले […]
धनगढी : कैलालीको धनगढीमा बिहीबारदेखि सुरू भएको ‘नेपाली साहित्य महोत्सव’ विवादित बनेको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा भइरहेको नेपाली साहित्य महोत्सव २०७८ विवादमा तानिएको हो। ७४ लेखकले सामूहिक रुपमा विज्ञप्ती जारी गर्दै महोत्सव बहिष्कार गरेका छन्। उनीहरुले साहित्य महोत्सव नाटक मन्चन मात्रै भएको बताउँदै महोत्सव नै बहिष्कार गरेको घोषणा गरेका हुन्। ‘साहित्यको यस्तो कार्यक्रम भइरहदा […]
काठमाडौं । अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर व्यूरोमा जाहेरी परेको छ । थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध जाहेरी दर्ता गराएकी हुन् । पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगालैज गरिएको उजुरीमा उल्लेख छ । व्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक नवीन्द अर्यालका अनुसार […]
नेकपा माओवादी केन्द्रको बैठक पर्सी आइतबारसम्म स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । दुई नेताको सम्बोधन सकिएसँगै बैठक आइतबार बिहान ११ बजेसम्म स्थगित भएको घोषणा गरियो ।
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटकलगायतका सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्दै उक्त कार्य गरे कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार साइबर ब्यूरोले सूचना जारी गर्दै विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटकलगायतका सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको […]
काठमाडौं । युक्रेनले विश्वकप छनोटको स्कटल्याण्डविरुद्ध हुने प्ले अफ सेमिफाइनल खेल स्थगित गर्न आग्रह गरेको छ । युक्रेन र स्कटल्याण्डबीचको खेल मार्च २४ मा ह्याम्पडेनमा हुने तय छ । तर, रुसले युक्रेनमा आक्रमण जारी राखेपछि युक्रेनमा हाल फुटबल गतिविधि बन्द गरिएको छ । स्कटल्याण्ड र युक्रेनबीच हुने खेलको विजेताले वेल्स र अष्ट्रियासँग खेल्ने तालिका छ […]
कास्की। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘विदेशी राष्ट्रसँग अनुदान मागेर देश चल्छ’ भन्नेहरुका लागि जवाफ दिएका छन् । शुक्रबार कास्कीमा कांग्रेसद्वारा आयोजित कार्यक्रममा महामन्त्री थापाले ‘मागेर देश चल्छ भन्नेका छोराछोरी अमेरिका गइसकेको’ जवाफ दिए । गत फागुन गते बसेको संघीय संसद्को रोष्टममा उभिएर थापाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) व्याख्यात्मक घोषणसहित पारित […]
काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित भएपछि आन्दोलित ८ वटा साना वामपन्थी दलको संयुक्त विरोध सभा खुलामञ्चमा सुरु भएको छ । आज (शुक्रबार) विरोध सभा सुरु हुनुअघि उनीहरुले विभिन्न स्थानबाट र्याली समेत निकालेका थिए । एमसीसी सम्झौताको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, […]
नागरिक रैबार/बाजुरा २० फागुन। बाजुरामा प्रधानमन्त्री रोजगार कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूले राजनीतिक आस्थाका आधारमा छनोट गर्ने गरेका पाइएको छ। जनप्रतिनिधिले आफन्त र पार्टीप्रति आस्था राख्नेलाई मात्र छनोट गर्दा वास्तविक गरिबहरू भने बञ्चित हुँदै आएका छन्। बाजुराको खप्तड छेडेदह गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूची तयार पार्दा यथार्थ गरिबलाई छनोट नगरी शिक्षक कर्मचारी र ठेकेदारका परिवारलाई वडाका […]
सत्तारुढ गठबन्धनमा आगामी स्थानीय तह निर्वाचनमा मिलेरै जाने भन्नेबारे छलफल भइरहेको छ । बिहीबार भएको सत्ता गठबन्धनको बैठकमा मिलेरै आगामी स्थानीय तहको चुनावमा जानेबारे छलफल भएको नेताहरुले बताएका छन् । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले अघिल्लो चुनावमा गठबन्धनभित्रका जुन दलको स्थानीय तहमा बलियो उपस्थिति रहेको छ उही दललाई उम्मेदवार दिएर बाँकी दललाई सघाउन […]
सिरहामा आफ्नै १४ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका-१२ कुशमाहा बस्ने ३२ वर्षीय पुरुषलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । घरमा कोही नभएको अवस्थामा ती पुरुषले आफ्नै छोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]
जिल्ला अस्पताल उदयपुर गाईघाट तनावग्रस्त बन्न पुगेको छ । अस्पतालमा शुक्रबार बिहान गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । अस्पतालमा केही दिन अघि सुत्केरी गराउन ल्याएकी उदयपुरगढी गाउँपालिका– ६ नेपालटारकी ३२ वर्षिय गर्भवती महिला सीता राउत कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । तर, मृतकका आफन्तले भने स्वास्थ्यकर्मीको लापरबाहीले सीताको […]
एजेन्सी । चीनभित्रै कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै पनि यहाँका नागरिकमा सङ्क्रमणका थप व्यक्ति भेटिएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार बिहीबार मात्र चीनमा कोरोना भाइरसका ६१ जना नयाँ सङ्क्रमित देखिएका हुन् । तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु १५ वटा […]
काठमाडौँ — अमेरिकाको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयमा पार्टीभित्र विवाद भइरहेको समयमा नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने विषयमा नेता नारायणकाजी श्रेष्ठ र उनी पक्षधर नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् । एमसीसी सम्झौता अनुमोदनप्रति असन्तुष्टि व्यक्त गर्दै आएका नेता नारायणकाजी श्रेष्ठलाई अध्यक्ष पुष्पकमल दाहालले ‘आफ्नो […]
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ । अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ । त्यसैले संयमित भई […]
बाजुरा–बाजुराको बडीमालिका नगरपालिकाले चार सय बढी किशोरीलाई स्यानिटरी प्याडसहित स्वास्थ्य सुरक्षा र सरसफाइ सामग्री वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर २ भौनेराका चार सय किशोरीलाई स्यानिटरी प्याडसहितका स्वास्थ्य सामग्री वितरण गरिएको बडीमालिकाकी उपप्रमुख कविता विष्टले बताइन् । महिनावारी हुँदा कशोरीलाई नियमित विद्यालय जान सहज होस् भनेर स्यानिटरी र स्वास्थ्य सरसफाइका सामग्री वितरण गरिएको नगर […]
धनगढीः कञ्चनपुरमा सुटुक्क एमसीसीको स्वागत गर्न लागिएको छ। (एमसीसी) संसदबाट अनुमोदन भएपछि कञ्चनपुरमा त्यसको स्वागतको तयारी थालिएको हो। विरोध मत्थर हुँदै गएपछि कञ्चनपुर काँग्रेसका विद्यार्थी नेताहरूले यस्तो तयारी थालेका हुन्। एमसीसी परियोजना राष्ट्रघाती र जनताको हित विपरीत नरहेको उनीहरुको दाबी छ। कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ कञ्चनपुरले एमसीसी परियोजनाले मुलुकको विकासका लागी आवश्यक फड्को मार्ने […]
बैतडीः रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका यहाँका कामदारको निःशुल्क बीमा गरिने भएको छ। सदरमुकामस्थित दशरथचन्द नगरपालिका घर भइ भारतमा काम गर्ने आप्रवासी कामदारको दुर्घटना बीमा गरिने भएको हो। दशरथचन्द नगरपालिका र रुडेस बैतडीको संयुक्त सहकार्यमा आप्रवासी कामदारको दुर्घटना बीमा गरिन लागिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए। उनले भने, “भारतमा काम गर्ने नेपाली जोखिममा छन्। […]
नागरिक रैबार/बाजुरा २० फागुन। बडीमालिका नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा स्थानीयले तालावन्दी गरेका छन् ।प्रधानमन्त्री रोजगार छनोटमा वास्तविक गरिवहरुलाई छनोट नगरेको भन्दै बडीमालिका ९ का स्थानीयहरुले वडा कार्यालयमा तालावन्दी गरेका हुन् । यस वर्ष बडीमालिका नगरपालिका वडा नं. ९ मा १ सय ३३ जना रोजगार कार्यक्रमका लागि छनोट गरिएका छन् । तिमध्ये जनप्रतिनिधिहरुका […]