होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सार्वजनिक बिदाको दिन जुवातासको खाल हुन थालेपछि प्रहरीले विशेष सक्रियता देखाएको छ। महँगा होटलदेखि घर टहरासम्म जुवाडेहरु जुटेपछि प्रहरीले छापा मार्न थालेको हो। सोही क्रममा हिजो काठमाडौं, ललितपुर, बाँके र दाङमा जुवाडेहरु पक्राउसँगै प्रहरीले १३ लाख रुपैयाँभन्दा बढी बरामद गरेको छ। काठमाडौंको कलंकीस्थित लुम्बिनी खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्। […]
धनगढीमा समाजवादी बौद्धिक शिविर नेपालले समाजवाद निर्माणमा बौद्धिकहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिविरको मेचीकाली संगठनात्मक जागरण अभियान २०७८ अन्तर्गत फागुन १३ गते कैलालीको धनगढीमा प्रथम सुदुरपश्चिम भेला सम्पन्न भएको हो । ‘बौद्धिकहरु केवल सुचना सङ्कलन गर्ने, ज्ञान आर्जन गर्ने तर सङ्गठित भएर गलत प्रवृत्तिका विरुद्ध संघर्ष नगर्ने कारणले गर्दा समाजवाद निर्माणमा […]
२२ फागुन, काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । नयाँ बानेश्वरस्थित शंकर हलमा जारी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समिति गठनबारे छलफल भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ । जबराविरुद्ध संसदमा गठनबन्धनका सांसदहरुले फागुन १ गते दर्ता गरेका थिए ।
पोखरा । तनहुँको दमौलीस्थित हार्डवेयर पसलबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । आज बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । आगो नियन्त्रणका लागि पोखराबाट एउटा दमकल पठाइएको छ । अर्को पनि दमकल पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेश थापाले जानकारी दिए । उनका अनुसार काठमाडौंबाट सिम्रिक […]
चुनाव र एमसीसीबारे छलफल गर्न सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार पोलिटब्युरो बैठक फागुन २३ गते सोमबार र केन्द्रीय कमिटी फागुन २५ तथा २६ गते बस्नेगरी बोलाइएको छ । बैठक अपर्ण पार्टी प्यालेसमा बस्ने बताइएको छ । बैठकमा स्थानीय तह […]
काठमाडौं । ‘बाहुबली’ फिल्मको सफलतापछि अब निर्देशक एसएस राजामौलीले तेस्रो श्रृंखला निर्माण गर्ने तयारी थालेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो पिरियोडिक फिल्मलाई लिएर गृहकार्य पनि सुरु भएको छ । नेपाली बक्स अफिसमा समेत ‘बाहुबली’का अघिल्ला दुवै शृंखलाले सर्वाधिक कमाइको मानक बनाएका थिए । फिल्मको पहिलो भागले नेपालमा २५ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको वितरकको […]
ललितपुर । नेपाल प्रहरीले रु ३ लाख ८५ हजार ३३० नगदसहित २४ जुवाडेलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरी टोलीले महालक्ष्मी नगरपालिका-४ इमाडोलस्थित एकबहादुर रानाको जस्ताले बनाएको टहराभित्रभित्र जुवा खेलिरहेको अवस्थामा शनिबार रति २४ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी)ले दिनेशराज मैनाली पैसाको ठूलो हारजित […]
म्याग्दी: मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर आज १५ वटा चौरी मरेका छन्। छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेका हुन् । शनिबार बिहानको हिमपहिरोमा परेर थप १० वटा चौरी हराएका कृषक गौचनले बताए। “चौरी बास बसेको खर्कमा बिहान ३ बजे […]
काठमाडौं : तनहुँको दमौलीमा आगलागी भएको छ। दमौली बजारस्थित भोलेटार चोकमा रहेको भूपाल हार्डवेयर पसलमा भीषण आगलागी भएको हो। आगो निभाउनका लागि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ। सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ।
काठमाडौँ : धनुषामा ट्र्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। आइतबार बिहान कमला नगरपालिका-४ मा ज १ त ७१५८ नम्बरको ट्र्याक्टरले पैदल यात्री तीनजना महिलालाई एकैपटक ठक्कर दिएको प्रहरीले बताएको छ। दुर्घटनामा कमला-४ कै ४५ वर्षीया लिलादेवी अरगरियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। त्यस्तै, दुर्घटनामा स्थानीय ६५ वर्षीया सकुन्तीदेवी शाह र […]
सुर्खेतमा कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी)को शंकास्पद मृत्यु भएको बिषयलाई लिएर आइतबार यातायातका साधन बन्द गरिएको छ । मृतकका आफन्तहरुले यातायातका साधनसहित बजार बन्द गरेर सहयोग गरिदिन भन्दै माईकिङ् गरिरहेका हुन् । काँक्रेविहार यातायात प्रा.लिका अध्यक्ष रमेश सापकोटाले प्रदेश राजधानी वीरेन्द्रनगरदेखि छुट्ने सम्पुर्ण यातायातका साधन बन्द गरिएको जानकारी दिए । उनले भने,‘ बसपार्कका सबै ढोका […]
धनगढीः धनगढीमा २ महिनाअघि फलामे छडको मूल्य प्रतिकिलोग्राम ७० रुपैयाँ थियो। तर पछिल्लो समय उक्त मूल्य बढेर १२० रुपैयाँसम्म पुगेको छ। धनगढीसहित सुदूरपश्चिममा छडसँगै निर्माण सामग्रीको मूल्यमा ३० प्रतिशतसम्म वृद्धि भएको छ। हार्डवेयर व्यवसायी माया प्रकाश भट्टका अनुसार सिमेन्टबाहेक सबै निर्माण सामग्रीको मूल्यवृद्धि भएको छ। ‘सिमेन्टको ५/७ रुपैयाँ मात्र वृद्धि भएको छ। तर छड, ग्याबिन […]
नेपाल खेलकुद महासंघको प्रदेश अधिवेशन सम्पन्न नेपाल खेलकुद महासंघले पहिलो चरणका प्रदेश अधिवेशनहरु सम्पन्न गरेको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका दिन उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनबाट शुरु भएको अभियान सुखानीका शहिदहरुको सम्झनामा झापामा शनिबार प्रदेश–१ को अधिवेशन गर्दै सम्पन्न भएको हो । दोश्रो चरणमा महासंघले आगामी फागुन २८ गते खेल संघहरुको तथा चैत्र […]
अभिनेता सलमान खान र सोनाक्षी सिन्हाको विवाहको नक्कली फोटो सामाजिक सञ्जालमा विगत केही दिनदेखि भाइरल भइरहेको छ । यी फोटोमा यी दुईले गोप्य रुपमा बिहे गरेको दाबी गरिएको छ। यो फोटोशप गरिएको फोटो र मानिसहरुको दावीबारे सोनाक्षी सिन्हाले समेत प्रतिक्रिया जनाएकी छन् । सोनाक्षीले मानिसहरू यति मूर्ख छन् कि फोटोशप गरिएका र वास्तविक फोटोहरूबीचको भिन्नता […]
आइतबार ११ बजेका लागि तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजेलाई सरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले आइतबार ११ बजेको लागि तय गरिएको बैठक २ बजे बस्नेगरी तय भएको जानकारी गराएका हुन् । माओवादीको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट सुरु भएको हो । आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेस […]
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य आकासिदो छ । जेठ २०७७ मा ९६ रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको मूल्य अहिले १५० पुगिसकेको छ । पेट्रोलको मूल्य बढिरहँदा पनि विद्युतीय मोटरसाइल तथा स्कुटरको प्रयोग गने न्युन छ । विद्युतीय गाडीको प्रयोग विस्तार बढ्दो छ । त्यसको तुलनामा विद्युतीय स्कूटर, मोटरसाइकलप्रतिको आकर्षण कम छ । एक पटकको चार्जबाट लामो […]
जनकपुरधाम । धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका-१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका- ८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले संचालन गरेको किराना पसलमा ५/६ जनाको समूह बसेर कुराकानी […]
काठमाडौँ — फेब्रुअरी २४ को बिहान पौने ६ बजे युक्रेनको लुहाक्समाथि रुसले प्रहार गरेका बम झर्न थाले । त्यो बिहान दाङका ईश्वर पोखरेलसहित ६ नेपाली विद्यार्थी लुहाक्सको तारसस्थित सेप्चेन्को विश्वविद्यालयको होस्टलमा सुतिरहेका थिए । बमको आवाजले उनीहरूलाई झस्कायो । ‘होस्टलको वार्डेनले कोठाबाट निस्केर बंकरमा जान भने, हामी अगाडि जे–जति कपडा भेट्यौं, त्यो ब्यागमा हालेर निस्कियौं, तीन मिनेटको दूरीमा […]
राजेन्द्र बिक बाजुरा २१ फागुन।बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ५ र त्रिवेणि नगरपालिका वडा नम्बर ९ पैमामा संचालित मनागाड लघु जलविद्युत परियोजनाको तेस्रो साधारण सभा शुरु भएको छ।परियोजनाका अध्यक्ष दयाराम थापाको अध्यक्षतामा बडिमालिका नगरपालिका -५मनामा संचालन भएको साधारण सभाको प्रमुख अतिथि बडिमालिका नगरपालिकाकि उपप्रमुख कबिता बिष्ट रहनु भएको थियो भने बिशिस्ट अतिथि बडिमालिका -५का वडा […]
दैलेखमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चामुनण्डाबिन्दाशैनी नगरपालिका-४ नाओ बस्ने २४ वर्षीय नबिन शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । नबिनले आफ्नै घरमा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जम्बुकाधबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यता ललितपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी […]