होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको आरोप लागेका धनगढीका पुरुषलाई दुई महिना कैद सजाय सुनाइएको छ। उच्च अदालत दीपायलले धनगढीको बोराडाडीका ओमप्रकाश पाण्डेलाई दुई महिना कैद सजाय सुनाएको हो। धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई लक्षित गर्दै २०७७ साल वैशाख २७ गते सामाजिक सञ्जाल फेसबुकमा ‘जात करे उत्पात भनेको यही हो’ भनेर […]
काठमाडौं । नेपाल टेलिकमले पहिलोपटक सेयरधनीहरुलाई बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको सोमबार साँझ बसेको बैठकले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । टेलिकमले यसअघि नगद लाभांश मात्रै दिने गरेको थियो । सञ्चालक समितिको निर्णयलाई अब अर्थ मन्त्रालयले स्वीकृति दिनुपर्ने हुन्छ । मन्त्रालयले स्वीकृति दिएपछि […]
काठमाडौँ — निर्वाचन आयोगले साना ७३ दललाई पहिलेकै निर्वाचन चिह्न प्रदान गर्न परामर्श थालेको छ । राष्ट्रिय पार्टीबाहेकले स्वतन्त्र चिह्नबाट निर्वाचनमा भाग लिनुपर्ने स्थानीय तह निर्वाचन ऐनको प्रावधान ‘अन्यायपूर्ण’ रहेको भन्दै साना दलले विरोध गरेपछि आयोगले पुरानै चिह्न दिन गृहकार्य थालेको हो । स्थानीय तह निर्वाचन ऐनको दफा २६ (६) अनुसार एमाले, कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, […]
रत्ननगर : आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन। तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन्। भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन्। गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई […]
बेनी: हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीनहजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य छन्। अदानचुली ४, ५ र ६ मा नौमहिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ। साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन। ती तीन वडावासीले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका […]
कञ्चनपुर: कञ्चनपुरमा रहेको सुदूरपश्चिम बहुउद्देश्यीय सहकारी संस्थाको भवनको उद्घाटन गरिएको छ। बेदकोट नगरपालिका–४ बैतडामा निर्मित उक्त भवनको उद्घाटन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका हुन्। दोस्रो साधारण सभाको अवसरमा प्रदेश सरकारको अनुदानमा निर्मित भवन समेत उद्घाटन गरिएको बताइएको छ। सहकारीले समुदायस्तरमा नागरिकलाई आर्थिक सहायता तथा अर्थोपार्जनको क्षेत्रमा काम गर्दै आएको अध्यक्ष नरेन्द्र चन्दले बताए।
धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदियौँदेखि नै काठमाडौंले सुदूरपश्चिमलाई हेपेको बताएका छन्। माओवादीको सुदूरपश्चिम प्रदेश प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। ‘एकदिन दुईदिन होइन, इतिहासदेखि नै सुदूरपश्चिमलाई राज्यले, काठमाडौंले जसरी विभेद र अपमानका साथ हेर्योु, उनले भने, ‘अब त्यसलाई उल्ट्याउनु छ। हामीले एक हदसम्म संघीय लोकतान्त्रिक गणतन्त्र र […]
काठमाडौं । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिंदा यसरी २९ लाख गुमाउनुपरेको हो । उक्त सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले […]
नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक बस्दैछ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९ः१५ बजे बैठक सुरु हुने जनाइएको छ। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदी अरबको नेतृत्व साउदीका विदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् । बैठकमा नेपाल र साउदी अरब सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र मन्त्रालयले […]
नागरिक रैबार/बाजुरा ३० फागुन। बढिगंगा नगरपालिका १ नम्मर वडाका स्थानिय बासीहरु बस्तीविस्तारको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेका छन् । जिल्लाको साँफे मार्तडी सडक खण्ड अन्तरगतको अम्कोटको पहिरोले गर्दा अम्कोट बासीहरुको उठिबास भएको वर्षौ वित्दा पनि जिल्ला प्रशासन कार्यालयले चासो नदेखाएपछि अम्कोट बासी प्रशासनमा आउन बाध्य भएको अम्कोटका स्थानीय लक्ष्मी पाध्यायले बताएका छन् । […]
काठमाडौं। भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली आर्मी, पुलिस र एपीएफबाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । भक्तपुरको लिवालिस्थित कभर्डहलमा हुने प्रतियोगितामा ६ […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा आफ्नै चुनाव चिह्न हलो नदिए चुनाव हुन नदिने चेतावनी दिएका छन् ।सोमबार बर्दियामा भएको कार्यक्रममा उनले हलो चुनाव चिह्न नपाउने स्थिति आएमा चुनावमा अवरोध गर्ने चेतावनी दिएका हुन् । ‘राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्न ‘हलो’ दिइएन भने चुनाव बहिष्कार गर्ने होइन, […]
निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएका छन् । आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार दल दर्ताका लागि ८० वटा दलले निवेदन दिएका बेला ७९ वटा दलको दल दर्ता […]
नागरिक रैबार/बाजुरा ३० फागुन। बाजुरामा एकल महिलालाई बलत्कार गरी फरार रहेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ५ का नेत्र भन्ने नबराज शाही रहेका छन् । शाहीले २०७४ साल पुस ९ गते राति गाउँकै एक पिडित एकल महिलालाई कोही नभएको मौका छोपी बलत्कार गरेर फरार भएका थिए […]
धनगढी : राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ मा देशभरी रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट छिटो, छरितो रुपमा सञ्चालन गर्ने उल्लेख छ। साथै विरामी वा घाइतेलाई अस्पताल पुर्याउनु अगावै आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने स्रोत साधन सम्पन्न एम्बुलेन्स हुनुपर्ने पनि निर्देशिकामा व्यवस्था गरिएको छ। प्रभावकारी संचार प्रणाली जडान गरेर प्रेषण केन्द्रमार्फत जुनसुकै स्थानमा रहेको एम्बुलेन्स सञ्चालन गर्न निर्देशन […]
बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले अलोकतान्त्रिक ढंगबाट आर्थिक वर्षको बीचमा ऐन विपरित २३ सयवटा टुक्रे योजना ल्याएको बताइन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा पार्टीका तर्फबाट आफ्नो धारणा राख्दै सरकारले स्वेच्छाचारी ढंगबाट काम गरेको उनले बताइन् । ‘रकमान्तर गरेर २३ सय वटा टुक्रे योजना ल्याएर स्वेच्छाचारी काम छ । […]
काठमाडौंः रुसले युक्रेनको मारिपोलमा रहेको बाल तथा प्रसूति अस्पतालमा गरेको बम आक्रमणका कारण गम्भीर समस्यामा आएकी गर्भवती महिला र उनले जन्माएको सन्तानको मृत्यु भएको छ। समाचार संस्था एपीका अनुसार गएको बुधबार रुसले मारिपोलको अस्पतालमा आक्रमण गर्दा घाइते भएकी गर्भवती महिलालाई तत्कालै उद्धार गरी नजिकैको अर्को अस्पतालमा लगिएको थियो। तर चिकित्सकहरुको प्रयासका बाबजुद आमा र शिशुको […]
काठमाडौंः प्रहरीलाई अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। नवलपरासी हुप्सेकोट गाउँपालिका–३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको आरोपमा सोही ठाउँ बस्ने ४५ वर्षीय देवबहादुर विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पदार्थ सेवन गरेका उनीहरूले गालीगलौज गरेपछि प्रहरीले सम्झाउने क्रममा प्रहरीलाई हातपात गरेपछि पक्राउ […]
धनगढीः कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनः निर्माण गर्न आर्थिक सहयोग गरिएको छ। शालिक निर्माणका लागि गोदावरी नगरपालिका २ तेघरीका युवा व्यवसायी भुवनेश्वर भट्टले सहयोग गरेका हुन्। उनले २० हजार आर्थिक सहयोग गरेको बताइएको छ। नागरिक समाजको तर्फबाट २०६२र०६३ को आन्दोलन लगत्तै भत्काइएको शालिक पुनः निर्माण गर्न अभियान थालिएको छ।
सुनसरीमा मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोज रहेका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौंको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा फिरोजलाई पक्राउ गरिएको हो । सीमा प्रहरीचौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई कोसी गाउँपालिका– ८ […]