होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — स्थानीय चुनावको मिति नजिकिँदै गर्दा सत्तारूढ दल नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्तालाई मतदातासँग सम्पर्क बढाउन निर्देशन गरेको छ । केन्द्रीय कार्यालयले ७७ वटै जिल्ला कार्यसमितिमार्फत् ६७४३ वडालाई पत्राचार गर्दै टोल कार्यसमितिको एक सदस्यले कम्तीमा १० घर या ५० मतदातासँग नियमित सम्पर्कमा बस्न परिपत्र गरेको हो । कांग्रेसले वडा कार्यसमितिमा १५ प्रतिशत युवा प्रतिनिधित्व […]
धनगढीः यो वर्ष धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघले चैत १० देखि महोत्सव लगाउने तयारी थालेको छ। हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव गएका २ वर्ष कोभिड १९ का कारण हुन सकेको थिएन। तर यो वर्ष कोरोना संक्रमण घटेको भन्दै चैत १० देखि २० गतेसम्म महोत्सव आयोजना गर्ने कैलाली […]
काठमाडौं । सिरो इम्मोबाइलले लाजियोका लागि सिरी ए मा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । सोमबार राति रेलिगेसन जोनमा संघर्षरत भेनेजियामाथि १–० को जितमा निर्णायक गोल गरेपछि लाजियो पाँचौं स्थानमा पुगेको छ ।टिमको कप्तानसमेत रहेका इम्मोबाइलले दोस्रो हाफको सुरुमै गरेको गोल अफसाइड भएको थियो । तर, ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी सिरी ए मा […]
डोटीः डोटीको पूर्वीचौकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्कामाथि हातपात भएको छ। मंगलबार बिहान वडा नम्बर ५ निवासी भुवन कठायतले कार्यकक्षमै गालीगलौच गर्दै उनीमाथि हातपात गरेको जनाइएको छ। उनले प्रशासकीय अधिकृतको कार्यालयको ल्यापटप समेत तोडफोड गरेको पूर्वीचौकी गाउँपालिकाले जनाएको छ। हातपातबाट अधिकृत खड्काको शरीरमा चोटपटक समेत लागेको छ। हातपातपछि कठायत फरार रहेका छन्। दोषिमाथि कडा […]
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनामा (साउन–फागुन) पूँजीगत खर्च २० प्रतिशत मात्रै भएको छ । फागुन मसान्तसम्म पूँजीगत खर्च मात्र ७७ अर्ब १४ करोड रुपैयाँ भएको छ । यो कुल लक्ष्यको २०.४ प्रतिशत मात्र हो । चालु आर्थिक वर्षमा सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको […]
काठमाडौं । दुई दिने औपचारिक भ्रमणका लागि साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबीच भेटवार्ता भउको हो । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयका […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरेका छन् । मंगलबार अखिल नेपाल महिला संघको कार्यक्रममा उनले चुनाव जित्न गाह्रो नभएको बताए ।‘चुनाव जितिन्न है गाह्रो छ भन्नुपर्दैन, केही गाह्रो छैन’, ओलीले भने, ‘यिनीहरु ससाना समूहहरु हुन् । आजको स्थिति भनेको सबै एकातिर हुँदा पनि हाम्रो […]
संखुवासभा : मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ। यस्तै‚ घाइतेलाई जनही ५० हजार रूपैयाँ उपचार खर्च दिने उपलब्ध गराउने भएको छ।सोमबार बसेको नगरपालिका कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले जानकारी दिए। गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना भएको थियो। दुर्घटनाका मृतकको मृतक […]
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक अभियन्ता भूमिका श्रेष्ठले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकोमा बधाई ज्ञापन गरेका छन्। समलिङ्गी, उभयलिङ्गी, मध्यलिङ्गी, विपरीत लिङ्गीलगायत समुदायको हकअधिकारका निम्ति अथक प्रयास गरेवापत अमेरिकी विदेश मन्त्रालयले अधिकारकर्मी श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेको हो। सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन्, ‘एलजिबिटिक्युआई प्लस समुदायको अधिकारका लागि तपाईँले गर्नुभएको अथक वकालतका निम्ति […]
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकी निर्देशक विनिता भट्टराईले स्थानीय तहमा जन्म दर्तासम्बन्धी समस्या आएमा अदालत नगई विभागलाई पत्र लेखेमा सहजीकरण गरिने बताएकी छिन् । मंगलबार काठमाडौंमा आयोजित साथ साथ र महिला कानुन विकास मञ्चले गरेको ‘जन्मदर्ता सम्बन्धी कानुनी प्रावधान र अभ्यासमा चुनौती’ विषयक कार्यक्रममा बोल्दै निर्देशक भट्टराईले घटना घटेपछि त्यसको दर्ता गर्नुपर्नेबारे सम्बन्धित व्यक्तिलाई जानकारी […]
काठमाडौं । करिम बेन्जेमाले उत्कृष्ट प्रदर्शन कायम राख्दै दुई गोल गरेपछि शीर्ष स्थानको रियल मड्रिडले स्पानिस ला लिगामा मालोर्कालाई ३-० ले पराजित गरेको छ ।सोमबार राति भएको खेलमा रियललाई सहज जित दिलाउन बेन्जेमाले दुई गोल गर्नुका साथै एक गोलका लागि असिस्ट गरे । पहिलो हाफको खेल बराबरीमा सकिए पनि बेन्जेमाको पासमा भिनिसियस जुनियरले ५५औं मिनेटमा […]
काठमाडौं । नेपालमा पछिल्लो दिनहरुमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरुले सुझाएका छन् ।सोमबारसम्म मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको उल्लेख गर्दै उनले केही दिन तापक्रम वृद्धि निरन्तर बढ्नसक्ने बताए । जलवायु विज्ञ डा. उप्रेतीले तराईमा […]
विवेकशील साझा पार्टीले २६ जना केन्द्रीय सदस्यलाई पद मुक्त गरेको छ । कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको भन्दै विवेकशील साझाको कार्यसम्पादन समितिले २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त गरेको हो । बागमती प्रदेश सभा सांसदसमेत रहेका पार्टीका नेता रमेश पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई पार्टीले जिम्मेवारी भएका छन् । फागुन २९ बसेको पार्टीको […]
काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट मंगलबार आफ्नो जन्मदिन मनाउँदैछिन् । उनी मंगलबारदेखि २८ वर्ष लागेकी छन् । अभिनय करिअरमा आलियाले १५ फिल्ममा लिड रोल गरिन्, जसमा १० फिल्म हिट र दुईवटा फ्लप रहे । यसैमहिना रिलिज भएको उनी अभिनित ‘गंगुबाई काठियावाडी’ करोड क्लबमा प्रवेश मात्र गरेन, उनको अभिनयले धेरैको मन जित्यो । यस वर्ष […]
बाजुरा: बाजुराको गौमुल गाउँपालिका-२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुंगे पुल निर्माण गरिएकाे छ। कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिश गोर्खाज,नेपालद्वारा निर्माण भएको झोलुंगे पुलको उद्घाटन रक्षा सचिव किरणराज शर्माले गरे। बाजुराको मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन्। ८६ लाख २२ हजार लागतमा निर्माण भएको पुलको लम्बाई ८२ मिटर लामो […]
नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको छ । मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा। नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गरेका छन् । दुई […]
जीवन कैला/ बाजुरा, १ चैत : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । कर्णाली पारि रहेको गाँउपालिकामा सोमबार फेरि सञ्चालन भएसँगै सडक सञ्जालमा जोडिएको हो । स्वामीकार्तिक खापर गाउँपालिकाको एक करोड ७१ लाख र सुदूरपश्चिम प्रदेश सरकारको १५ लाख लागतमा फेरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका नायव सुब्बा कुमेरबहादुर शाहीले जानकारी दिए । सडक सञ्जालमा […]
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले वसन्तपुरमा बनाइएका कंक्रिटका संरचना भत्काउनुपर्ने बताएकी छन् । वसन्तपुर डबलीमा बनाइएका संरचनाको आज अवलोकन गर्दै उपमेयर खड्गीले विश्व सम्पदा सूचीमा सूचिकृत क्षेत्रमा कंक्रिटको संरचना बनाउनु गलत भएको बताइन् । मेयर विद्यासुन्दर शाक्यले मनपरी गरेको भन्दै उपमेयर खड्गीले कंक्रिटका संरचना भत्काउनुपर्ने बताइन् । उनले भनिन्, ‘यो गर्नै हुँदैन । किनभने विश्व […]
नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला निर्वाचित भएका छन्।काठमाडौंमा भएको ११ औं अधिवेशनबाट कोइराला अध्यक्ष भएका हुन्।नेकपा एमालेनिकट कर्मचारीहरूको संस्था, नेपाल निजामती कर्मचारी संगठनमा कोइराला यसअघि वरिष्ठ उपाध्यक्ष थिए। सर्वसम्मत रूपमा संगठनको अध्यक्षमा कोइरालालाई चयन गरिएको हो।उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह चयन भएका छन्।साथै महासचिवमा जीवन काफ्ले चयन भए भने उपमहासचिवमा […]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्न र वैशाखभित्र नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।मंगलबार जारी गरिएको सूचनाका अनुसार शैक्षिक सत्र २०७८ मा ओमिक्रोन (कोभिड १९) संक्रमणका कारण विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर परेकोले शैक्षिक सत्र २०७८ […]