होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २ चैत्र। भोलि हिन्दुहरुको होली पर्व हो । होलिमा एकले अर्कालाई रंग दलेर रमाईलो गर्ने गर्छन् । तर पछिल्लो समयमा होली पर्वमा उछ्रिङ्कल गतिविधि हुने भएकाले यसलाई रोक्न प्रहरीले विशेष आग्रह गरेको छ । होली पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय बाजुराले यहाँका नागरिकलाई सचेत गराएको छ । होलीको दिन उछ्ृंखल गतिविधि नगर्न […]
काठमाडौं, २ चैत । नेपाली कांग्रेसको ७७ वटै जिल्लामा नेतृत्व चयन भएको छ । पार्टीको १४औं महाधिवेशनअघि र पछि गरी दुई चरणमा जिल्ला अधिवेशन सम्पन्न भएको हो । जिल्ला अधिवेशनबाट आएको नतिजालाई हेर्दा सभापतिमा समावेशी देखिएको छैन । जिल्ला सभापतिमा अधिकांश खस आर्य निर्वाचित भएका छन् । महिला र थारु समुदायबाट शून्य प्रतिनिधित्व छ । […]
काठमाडौँ – फिल्म ‘चिसो एष्ट्रे’ लाई सेलिब्रेटीले हलिउड फिल्म जस्तो लागेको प्रतिक्रियादिएका छन् । मंगलबार साँझ सिभिल मलको क्युएफएक्स सिनेमामा भएको प्रिमियरमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै सेलिब्रेटीले फिल्मको कथावाचन र दृश्यभाषा हलिउडस्तरको भएको प्रतिक्रिया दिएका छन् । प्रिमियरमा उपस्थिति वरिष्ठ कलाकार सन्तोष पन्तले फिल्म हेरेपछि प्रतिक्रिया दिँदै फिल्म हेरिरहँदा आफूलाई नेपाली हैन हलिउड फिल्म हेरिरहेको […]
नागरिक रैबार/बाजुरा २ चैत्र । जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग र बुढीनन्दा नगरपालिकाको व्यवस्थापनमा चैत्र ४ र ५ गते २ दिन निशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको हो । शिविरमा हाडजोर्नी, गाइनोजिष्ट, नाक, […]
काठमाडौँ — भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट बुधबार प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको छ ।बढेको यो मूल्यअनुसार पाक्षिक नोक्सानी ५ अर्ब ३० करोड पुग्ने निगमले जनाएको छ […]
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गरेको छ ।कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले रिट खारेज गर्ने फैसना सुनाएको हो । ओली सरकारले ९ जेठ २०७८ मा नागरिकता आध्यादेश ल्याएको थियो । तर सर्वोच्चले २७ जेठमा अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो […]
काठमाडौँ — चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । निर्देशन नमानेको भन्दै ती बैंकलाई कानुन बमोजिम कारबाही गरिएको राष्ट्र बैंक सुपरीवेक्षण विभागले जनाएको छ ।तीन महिना अघि मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गरेको, केही कम्पनीहरुको खाता रोक्का राख्न दिएको निर्देशन पालना नभएको, मुद्दती निक्षेप र साधारण निक्षेपको ब्याजअन्तर […]
काठमाडौंः राजनीतिक दलको सदस्यता लिएका व्यक्तिले म्यादी प्रहरीको आवेदन दिन नपाउने भएका छन्। स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले मंगलबार १ लाख म्यादी प्रहरीका लागि दरखास्त अह्वान गरेको छ।वैशाख ३० गते हुने निर्वाचनमा ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। १८ वर्षदेखि ५४ वर्ष उमेरका नेपाली नागरिकले म्यादी प्रहरीका आवेदन दिन सक्ने […]
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर ९ वैशाखमा नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर ९ वैशाखमा उनी एमाले प्रवेश गर्न लागेकी नेकपा एमाले स्रोतले जनाएको छ । एमाले स्रोतका अनुसार ९ वैशाखमा करिश्मासँगै अरु पार्टी छाडेर आएकाहरु प्रवेश गर्नेछन् । अभिनेत्री मानन्धरले स्थापना दिवसको अवसरमा पार्टी प्रवेश कार्यक्रम […]
काठमाडौं । गायक शिव परियारले समाजको चेतनास्तर उल्टो दिशामा जान थालेको महसुस हुन थालेको बताएका छन् । मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या, दलित भएकै काण एउटी नाबालिकामाथि अमानीय व्यवहारका घटना देख्दा समाजको चेतनाको तह गिरेको महसुस हुने बताएका हुन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक परियारले समाजको चेतनास्तर बढ्नुपर्नेमा टाउकोदेखि कम्मर हुँदै […]
रामेछाप: रामेछापको मन्थली नगरपालिका–६ मा दलित महिलालाई बन्धक बनाएर यातना दिइएको छ। घरभित्र पसेर दही चोरी गरेको आरोपमा मन्थली नगरपालिकाकी १२ वर्षीया बालिकालाई स्थानीय चिउरीपानीका ६३ वर्षीय शेरबहादुर श्रेष्ठको परिवारले यातना दिएका हुन्। मंगलबार दिउँसो बालिकाको उद्दार गरिएको रामेछापका डिएसपी राजकुमार थिङले बताए। बालिका बन्धक बनाउने शेरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। पीडित परिवारले श्रेष्ठविरुद्ध […]
काठमाडौं, २ चैत्र । भोलि हिन्दुहरुको होली पर्व हो । एकअर्कालाई रंग दलेर होली पर्व मनाउने गर्छन् । होली लक्षित गरी महानगरीय प्रहरी परिसरले विशेष सुरक्षा योजना बनाएको छ ।होलीको दिन उछ्ृंखल गतिविधि हुनसक्ने भन्दै सामान्य दिनमा भन्दा धेरै प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौमा होलीको दिनमा धेरै स्थानमा कार्यक्रमको आयोजना हुँदैछन् । प्रहरीले […]
विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले विरामीको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बकल निकालेका छन् ।भोजपुरको भोजपुर नगरपालिका-१२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बकल निकालिएको हो । नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार २१ वर्षीय युवकले सुरुमा फलामको सिक्री र पछि पेटीको बकल निलेका थिए । सिक्री […]
काठमाडौँ — सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ । नेपाल प्रहरीले माग गरेभन्दा १८ हजार कम गरेर एक लाख मात्रै भर्ना आवेदन खुलाइएको हो । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार २ सय ३१ म्यादी भर्ना गर्न प्रस्ताव गरेको थियो । तर, अर्थबाट स्वीकृत दरबन्दीअनुसार ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट […]
धनगढीः अछामका पञ्चायतकालीन नेता स्वः हरिप्रसाद भण्डारीले २०२४ चैत २४ गते जिल्ला सदरमुकाम मंगलसेनसम्म जीप पुर्याए। उनले चिसापानी–जंगलघाट–मंगलसेन सडक मार्गहुँदै जीप अछामसम्म पुर्याएका थिए।श्रमदानमा अछाम सदरमुकाम मंगलसेनमा जीप पुगेको ५४ वर्षपछि सडकको ट्र्याक निर्माणको काम पूरा भएको छ। २०२८ सालबाट सुरु भएको सडक निर्माणको काम चालु आर्थिक वर्षमा सकिएको हो। ५० वर्षमा एक सय १० […]
लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ । खुलामा १६५ जनाको सिट छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, […]
१८ महिने बालिकालाई बलात्कारपछि हत्या गरेको विरुद्धमा सर्वसाधारणले चक्काजाम गरेको भिडियो खिच्ने एकजना सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।सर्वसाधारणले मोरङको सुन्दरहरैंचाको गछियामा मंगलबार पूर्वपश्चिम राजमार्गमा २ घण्टा चक्काजाम गरेका थिए । चक्काजामका क्रममा सञ्चारकर्मी सम्झना राईसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाको नाम पनि प्रहरीले सार्वजनिक गरेको छैन । मोरङको सुन्दरहरैचा नगरपालिका–७ […]
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ । संसद् अधिवेशनको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । एमाले उपाध्यक्ष सुवास नेम्वाङले बैठक नयाँ बानेश्वरमा बस्ने रातोपाटीलाई जानकारी दिए । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । नेम्वाङले भने, ‘अधिवेशन अन्त्यपछि संसदीय दलको बैठक बस्ने पार्टीको […]
सुख्खा मौसम र हावाहुरी चल्ने हुनाले चैत, वैशाख र जेठमा आगलागी हुनसक्ने भन्दै प्रहरीले सचेतना अपनाउन आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ११ बुँदे सूचना जारी गर्दैै सचेतना अपनाउन र आगो लागि हालेमा प्रहरी कन्ट्रोल– १०० र दमकल सेवाको नम्बर–१०१ मा खबर गर्न आग्रह गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले […]
काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसदको यो अधिवेशनमा प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना […]