होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । विवाहको मुख्य सिजनमै बजारमा काचो सुनको मौज्दात सकिएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी (वस्तु आयातको बैंक ग्यारेण्टी) नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आयात शून्य भएको र अहिले बजारमा काँचो सुनको मौज्दात सकिएको एसोसिएसन उच्च स्रोतले बतायो । ‘सुन आयात नभएको ११ दिन भयो, गत शुक्रबारसम्म १६ […]
काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका केही […]
काठमाडौँ- नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज “ह्याक” भएको छ । बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ । पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो । तर यसपटक भने […]
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशवासीका भावना र विचारलाई अझ प्रकाशमय बनाई सकारात्मक सोचसहित प्रदेशको समृद्धि एवं विकासका लागि नयाँ वर्षले प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। आज नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सबैमा समाजिक न्याय, सद्भाव, सुमधुर सम्बन्ध बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन्। नयाँ वर्षले […]
वीरगञ्ज । बारामा आज बिहान स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसमिरा उपमहानगरपालिका-२१ आधारभार जंगलमा बा१९च ४३७७ नम्बरको जीप दुर्घटना हुँदा सोही उपमहानगरपालिका-११ का २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको हो । सेढाइ जीपका चालक हुन् । दुर्घटनामा जीपमा सवार १३ जना घाइते […]
बारामा भरूवा बन्दुक लागेर एक जनाको मृत्यु भएको छ। जितपुर-सिमरा उपमहानगरपालिका-१६ डकाह टोलका २८ वर्षीय सागर सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। उनकाअनुसार मगर दुधौरा खोलामा माछा मारेर फर्किएका थिए। त्यसक्रममा नजिकै सपरू घारीमा सिकारीले जंगली जनावर मार्न राखेको धराप (भरूवा बन्दुक) पड्किँदा उनको मृत्यु भएको हो। […]
नयाँ वर्षको अवसर पारेर आज (बिहीबार) देखि एक साउथ सहित दुई फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘केजीएफ २’ र ‘ए मेरो हजुर ४’ । दुबै फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आएको हो । दुबै फिल्म मध्य ‘केजीएफ २’ ले देशभरको चलचित्र भवनमा उच्च शो समेत पाएको छ । नेपालमा नयाँ फिल्म शुक्रबार रिलिजको परम्परा […]
काठमाडौँ — राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आसन्न स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत युवालाई उम्मेदवार बनाउन सबै राजनीतिक दलसँग आग्रह गरेका छन् । बस्नेतले युवाले मुलुकको कुल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगटेको दाबी गर्दै सोही अनुपातमा युवाहरूलाई उम्मेदवार बनाउन आग्रह गरेका हुन् । उपाध्यक्ष बस्नेतले युवाहरु भविष्यका कर्णधार मात्र नभएर वर्तमानका जबर्जस्त अंशियार […]
काठमाडौं । आज विक्रम सम्वत २०७९ सालको पहिलो दिन । नयाँ वर्ष २०७९ साल आजदेखि सुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । नयाँ […]
१ वैशाख, डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा आज विसु पर्व मनाइँदै छ । नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले विसुु पर्वका रुपमा मनाउने गरेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलीकताअनुसार विसु पर्व मनाइने गरेको ज्योतिष जयप्रसाद जोशीले बताए । सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका सबै परिवारका सदस्य र […]
काठमाडौं, ३० चैत्र । सत्ता गठबन्धनमा स्थानीय चुनावको तालमेलका लागि खाका लगभग तयार भएको छ । विगतमा जुन दलले जितेको पालिका हो उसैले प्रमुखमा उम्मेदवार अगाडि बढाएर बाँकीले समर्थन गर्ने र अन्य दलले जितेको पालिकामा प्रभाव र प्रतिशत दुवैका आधारमा उम्मेदवार तय गर्ने गरी खाका तयार भएको बुझिएको छ । काँग्रेसले ललितपुर र विराटनगर, माओवादीले […]
काठमाडौँ — कंगोमा विद्रोहीद्वारा गोली प्रहार भई उपचारको क्रममा मृत्यु भएका शान्ति सैनिक अनिल गुरुङलाई नेपाली सेनाले अन्तिम सम्मान अर्पण गरेको छ । नेपाली सेनाले बुधबार छाउनीस्थित वीरेन्द्र अस्पतालमा गुरुङलाई श्रदाञ्जली व्यक्त गर्दै अन्तिम सम्मान अर्पण गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जानकारी दिएको छ । सुर्खेतको गुर्माकोट नगरपालिका- १४ जहरेका गुरुङको कंगोमा विद्रोहीको […]
काठमाडौं । टिममा यस्ता सदस्य पनि हुन्छन्, जो टिममै रहेका स्टारका अघि सधैं छायामा पर्छन् । तर जब स्टार सदस्यले छाड्छन् । त्यसपछि छायामा परेका पात्र चम्किन्छन् । त्यसरी चम्किने पात्र बनेका छन्, स्पेनिस फुटबल क्लब रियल मड्रिडका करिम बेञ्जेमा । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रहँदासम्म सधैं छायामा परेका बेञ्जेमा रोनाल्डो युभेन्टस उडेपछि चम्किएका छन् […]
ओखलढुङ्गा । ओखलढुंगामा जीप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ ।सोलुखुम्बुबाट विराटनगरका तर्फ जाँदै गरेको बा१७च १०९४ नम्बरको जीप बिहीबार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु भएको हो । दुर्घटनामा अन्य सातजना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी निरीक्षक […]
काठमाडौँ — कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तहको चुनावमा सूर्य चिह्न लिएर उठ्ने भएको छ । बुधबार थापाथलीस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति भएको हो । आगामी चुनावमा देशभरका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरूमा […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अस्मितामा कुनै प्रभाव पर्न सक्नेप्रति नेपालीहरु सधैं चनाखो हुनुपर्ने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै उनले छिमेक नीतिका कारण मुलुकको अस्मितामा असर पर्न सक्ने भन्दै त्यसतर्फ चनाखो हुनुपर्ने बताएका हुन् । ‘छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई […]
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदूत गोवीले मंगलवार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री गहतराजसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा मन्त्री गहतराज र राजदूत गोवीले दुई देशबीचको पारस्पारिक सम्बन्ध […]
काठमाडौँ — चुनाव प्रचारका लागि तयार पारेको पोस्टरबाट नेकपा (माओवादी केन्द्र)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर हटाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार बिहान आफूसँगै अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर भएको चुनावी पोस्टर सार्वजनिक गरेको थियो । घिसिङले आफ्नो सहमतिबिनै माओवादीले तस्बिर राखेको बताएका थिए । सामाजिक सञ्जालमा व्यापक आलोचना […]
नागरिक रैबार/बाजुरा ३० चैत्र । जिल्लाको हिमाली गाउँपालिकामा काँग्रेसबाट २०७४ को स्थानीय तहको निर्वाचन जितेका गाउँपालिका अध्यक्ष गोविन्द मल्ल र उनीसंगै अध्यक्षमा पराजित भएका एमालेका अजबहादुर मल्ल पुनः अध्यक्ष पदमा भिड्ने भएका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा अजबहादुर मल्ल र नेपाली काँग्रेसबाट हालका गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल पुनः अध्यक्षमा एकल उम्मेदवारका लागि सिफारिस […]
म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टालगायतका गाउँमा केही समय अघिसम्म मोबाइल कुरा गर्न सम्भव हुँदैनथ्यो । नजिकमा टेलिकमका टावर नहुँदा नेटवर्कको खोजीमा उपभोक्ता घरका धुरी तथा रूख चढ्ने गर्दथे । यसरी धुरी र रूख चढ्नु उनीहरुको बाध्यता थियो । अब भने उपभो क्ताले मोबाइलमा कुरा गर्न धुरी र रुख चढ्नु पर्दैन । नेपाल टेलिकमले धौलागिरि गाउँपालिका–५ […]