होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं– मंगोलियन हार्टका गायक राजु लामाले ६ हजार ५ सय मिटर उचाईंमा कन्सर्ट गर्दै विश्व कीर्तिमान राख्न लागेका छन् ।विश्वमा बढ्दो जलवायु परिवर्तनले गर्दा परेको असर न्यूनीकरणका लागि सन्देश प्रवाह गर्न सगरमाथा आरोहणमा प्रस्थान गरेका लामाले कन्सर्ट गर्न लागेका हुन् । गायक लामाले सगरमाथा आरोहणसँगै ६ हजार ५ सय मिटर उचाईको क्याम्प २ मा वैशाख […]
धनगढी: सुदूरपश्चिमेलीको प्रमुख चाड मध्येको एक विशु पर्व मान्न घर फर्कनेहरु बढेका छन्। सुदूरपश्चिमबाट भारतमा रोजगारी गर्न गएकाहरु नयाँ वर्ष अर्थात विशु पर्व मनाउन फर्कने क्रम बढेको हो। अहिले भारतीय सीमा नाका कञ्चनपुरको गौरीफन्टा, गड्डाचौकी, बैतडीको झुलाघाट, दार्चुलाको पुल घाटबाट घर फर्कनेको भिड लागेको छ। ‘वर्ष दिनको चाड हो विशु, घर परिवारसँगै मनाउन पाए रमाइलो […]
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रूसी आक्रमण सामना गरिरहेको युक्रेनको राजधानी किभ पुगेका छन् । उनी शनिबार अचानक त्यहाँ पुगेको बीबीसीले जनाएको छ । रुसले युक्रेनमाथि गत फेबु्रअरी २४ देखि आक्रमण थालेको थियो । रूसी आक्रमण अहिले पूर्वी युक्रेन केन्द्रीत रहेको समाचारहरुमा बताइएको छ । बेलायतले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा युक्रेनेको समर्थन जनाउँदै आएको छ । […]
धनगढी : सुदूरपश्चिम प्रदेश सरकार राजनीतिक भागबन्डा मिलाउने थलो बन्न थालेको छ। प्रदेश गठन भएर विधिवत् कार्यान्वयन भएको चार वर्ष दुई महिनामा प्रदेश सरकार मन्त्री उत्पादन गर्ने थलोजस्तो देखिएको हो। चार वर्ष दुई महिनादेखि मुख्यमन्त्रीमा त्रिलोचन भट्ट निरन्तर भए पनि सुदूरपश्चिम सरकारमा मन्त्री फेरिएको फेरियै छन्। यसले मन्त्री हुनेको संख्या निरन्तर रुपमा बढेको छ। २०७४ […]
काठमाडौँ — एसएस राजमौली निर्देशित फिल्म ‘आरआरआर’ले प्रदर्शनको दोस्रो सातामै दश अर्ब रुपैयाँको व्यापार गर्न सफल भएको छ ।यसअघि आमिर खान अभिनित ‘दंगल’ र राजमौलीकै ‘बाहुबली: द कन्क्लुजन’ले मात्रै दश अर्बभन्दा माथिको व्यापार गरेको थियो । व्यापार विश्लेषक मनोबाला विजयवालनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘आरआरआर एक हजार करोड क्लबमा प्रवेश गरेको छ ।’ अर्का […]
‘मिलेन लेबल तेरो बाउ बोला ए’ र्याप गाएर चर्चामा आएका जी–बब नामले परिचित सुदीप भण्डारीले ‘ए मेरो हजुर ४’ का लागि गीत गाएका छन्।‘भाग भाग अब धेर न दे धाक’ बोलको गीतमा उनकै शब्द तथा संगीत रहेको छ। गीतको भिडिओमा पनि जी–बब देखिएका छन्। साथै फिल्मका अभिनेता अनमोल केसी र सुहाना थापालाई पनि देख्न सकिन्छ। […]
बागलुङ — २०७४ को स्थानीय निर्वाचनमा तमानखोला गाउँपालिका–६ मा निर्वाचन भएन । स्थानीयले भेला बसेर निर्विरोध वडाध्यक्ष र सदस्य चुने । निर्वाचनको दिन उनीहरूले वडा ६ बाट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गरे । यसपालि पनि स्थानीय सर्वसम्मत नेतृत्वका लागि छलफल गरिरहेका छन् । गएको निर्वाचनमा वडामा कांग्रेसबाट अध्यक्षमा कुलबहादुर छन्त्याल र सदस्यमा लोकबहादुर छन्त्याल, माओवादीबाट थमप्रकाश […]
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको […]
काठमाडौं । नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्दै छ ।ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार तीन जना पूर्व अर्थमन्त्रीहरुको उपस्थितिमा पत्रकार सम्मेलन गरिने छ । पत्रकार सम्मेलनमा एमालेबाट विगतमा अर्थमन्त्री […]
काठमाडौं । थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपाली महिला बक्सिङ्ग खेलाडी पुनम रावलले कास्य पदक जितेकी छन् । वाई पाएर सोझै सेमिफाइनल खेलेकी पुनमले महिला ६० केजी तौल समूहमा फिलिपिन्सकी रिजा पसुइटसँग ३– २ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा हार ब्यहोरिन् । फाइनलमा रिजाले भारतका खेलाडीलाई पराजित गरी स्वर्ण जितिन् । सन् २०१० मा दिपक महर्जनले जितेको […]
काठमाडौँ, २६ चैत । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका आधारमा तयार गरिएको निर्वाचन आचारसंहिता हिजोदेखि लागू भइसेको छ । आचारसंहितामा निर्वाचनको प्रक्रियालाई प्रतिकूल प्रभाव पार्ने […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहमा विना काम टावर (भू टावर) बनाउन अर्बौ खर्च हुने गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले टावरमा अर्बौं र गेट बनाउन करोडौं रकम खर्च भएको भन्दै असन्तुष्टि जनाए । ‘यसबीचमा विना कामको टावरम अर्ब रुपैयाँ खर्च हने गरेको छ, गेट […]
काठमाडौँ — दलित समुदायका कानुन व्यवसायीहरूले गरिब, दलित, उत्पीडित तथा असहायहरूको न्यायमा पहुँच सुनिश्चित गर्न माग गरेका छन् । नेशनल दलित लयर्स फोरमले गरेको दलित समुदायका कानुन व्यवसायीको राष्ट्रिय सम्मेलनले गरिब, दलित, उत्पीडित, तथा असहायहरूको न्यायमा पहुँच सुनिश्चित गर्न र स्वच्छ सुनुवाइको मौका प्राप्त गर्न, सस्तो सुर्लभ न्याय प्राप्तिका लागि रणनीतिक योजना निर्माण गरी काम […]
काठमाडौँ — नेपाली कांग्रेसका नेता शशांक कोइरालाले विगतमा भन्दा चुनाव निकै खर्चिलो भएको बताएका छन् । उनले अब चुनाव लड्छु भन्नेबित्तिकै ६/७ करोड चाहिने अवस्था रहेको बताए । नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कोइरालाले आफूले तीन पटक चुनाव लड्दा करिब १० करोड खर्च गरेको सुनाए । ‘हुन त यो […]
नेपाल इन्जिनियरिङ कलेज (नेक) का शिक्षक तथा विद्यार्थीले एआईवेस डेलिभरी रोबोट तयार पारेका छन् । यो रोबोट बनाउन नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट)ले लगानी गरेको हो । रोबोट बनाउन शिक्षकबाट डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनका सहप्राध्यापक सचिन श्रेष्ठ र सहप्राध्यापक रुपेश दही श्रेष्ठ, डिपार्टमेन्ट अफ कम्युटर साइन्स एण्ड इन्जिनियरिङका सहप्राध्यापक दिनेश डंगोल तथा […]
काठमाडौँ — यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ । फेसबुकमा स्टाटस लेखेकै कारण पाण्डेलाई नेपाली दूतावास र राजदूत कृष्णप्रसाद ढकालले नै षड्यन्त्र गरेर जेल पठाएको भन्दै पाण्डेको रिहाइको लागि युथ कंग्रेसको आयोजनामा पत्रकार र युवा विद्यार्थीहरूले धर्ना दिएका हुन् । प्रदर्शनमा सहभागी नेपाल पत्रकार महासंघका अध्यक्ष […]
काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभामा मनोनीत भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दाहाललाई राष्ट्रिय सभामा मनोनयन गरेकी हुन् । दाहाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् भने यसअघि वाग्मती प्रदेश अध्यक्ष थिए ।
काठमाडौं, २६ चैत्र । चर्चित नायक भुवन केसी काठमाडौंको मेयरमा नउठ्ने भएका छन् । यसअघि केसी स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीबाट मेयर उठ्ने चर्चा चलेको थियो । केसीले आज सामाजिक सञ्जाल फेशबुकमार्फत आफू अहिले प्राविधिक कारण तथा कार्यव्यस्ततताका कारण मेयरको उम्मेद्धवार बन्नका लागि असमर्थ रहेको स्प्ष्ट पारेका छन् । उनले आफू आजको दिनसम्म […]
सुर्खेत — ७२ वर्षीया सगेनी सर्केनी आफ्नै नामको लालपुर्जा बोकेर शुक्रबार खुला चौरमा छमछमी नाचिरहेकी थिइन् । उनी नाचेको देखेर राष्ट्रिय भूमि आयोगको केन्द्रीय अध्यक्ष केशर निरौला पनि स्टेजबाट झरे र उनीसँगै नाचे । २००४ मा रुकुमको चौरजहारीबाट सुर्खेतको भेरीगंगा नगरपालिकास्थित मैनतडा झरेका सर्केनीका बाबु र पति पनि लालपुर्जाकै आशमा मरे । ‘यो लालपुर्जाभित्र धेरैका सपना छन,’ केहीबेर […]
काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय कमिटी सदस्य बनाएको महिना नबित्दै परिवारका अर्का एक सदस्यलाई राज्यको महत्त्वपूर्ण जिम्मेवारी दिलाएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यको कोटामा अध्यक्ष दाहालले भाइ नारायणप्रसाद दाहाललाई पठाएका छन् । पुसमा आयोजित पार्टी महाधिवेशनले अध्यक्षमा दाहाललाई चयन […]