होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुर्खेत,मुगु — मुगुको सोरु गाउँपालिका–५ की उमा मल्ल सदरमुकाम गमगढीस्थित महाकाली माविकी छात्रा हुन् । उनी पढ्नकै लागि २ वर्षदेखि डेरा लिएर गमगढी बस्दै आएकी छन् । ‘गाउँमा पढाइ हुँदैन भनेर यहाँ आएँ,’ उनले भनिन्, ‘यहाँ झन् कुनै पनि विषयका ६/७ वटाभन्दा बढी पाठ नै सकिएनन् ।’ उनका अनुसार विद्यालयमा यो वर्ष ७५ दिन मात्र पढाइ भएको छ । […]
काठमाडौँ — भारतका विभिन्न राज्यमा कोभिड संक्रमण दर उच्च गतिमा बढेसँगै नेपालमा फेरि झस्को पसेको छ । सम्भावित लहर र जोखिमबाट बच्न कोभिडविरुद्धको खोप लगाउनुपर्ने हुन्छ । तर, खोपप्रतिको सुस्तताका कारण जोखिम पुनः भित्रिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । अझैसम्म नेपालमा एक चौथाइले कोभिडविरुद्घ कुनै पनि खोप लिएका छैनन् । पूर्ण खोप लिएको धेरै समय भएका व्यक्तिले पनि […]
काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको उनले बताए । भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्लासम्म महसुस गरिएको थियो । भूकम्पका कारण क्षति भए/नभएको विवरण भने आएको […]
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ । आयोगका अनुसार स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ । त्यस्तै, वडा अध्यक्षले एक हजार रुपैयाँ र सदस्यले पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ । आयोगका अनुसार महिला र […]
काठमाडौं । सरकारले आजदेखि देशरभर देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।७५३ वटा पालिकाबाट वैशाख आज र भोलि (बुधबार) राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार […]
काठमाडौं । निलम्वित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । सोमबार दर्ता गरिएको रिट निवेदन सुनुवाइका लागि मंगलबार पेशी तोकिएको हो । गभर्नर अधिकारीले रिट निवेदनमा गैरकानूनी, बदनियतपूर्ण र पूर्वाग्रह रुपमा जाँचबुझ समिति गठन गरेर निलम्बन गरिएको दावी गरेका छन् । उनले जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन […]
सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवा आज सुर्खेत आउने भएका छन् । मध्यपश्चिम विश्वविद्यालयको दोश्रो दीक्षान्त समारोहमा सहभागी हुन उनी सुर्खेत आउन लागेका हुन् एमयूले स्नातक र स्नातकोत्तर अध्ययन गरेका पाँच सय १९ जना विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम छ । मानविकी संकायका डीन लिलाधर तिवारीका अनुसार आज कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा दोश्रो दीक्षान्त समारोहमा […]
काठमाडौं । आगामी स्थानीय तह चुनावमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटका लागि सत्तागठबन्धनको बैठक आज फेरि बस्दैछ । सोमबार दुईपटक बसेको बैठक निष्कर्षविहीन भएपछि आज फेरि बैठक बस्न लागेको हो । बैठक बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बताइएको छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रस्तावित सिट बाँडफाँटको मस्यौदामाथि छलफल भए पनि कतिपय पालिकाको विषयमा दलहरुको […]
नयाँ दिल्ली: भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि भएको छ। कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोनको सङ्क्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको छ। सोमबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २,१८३ जना सङ्क्रमित भएका छन्। उक्त अवधिमा थप २१४ जनाको कोभिड–१९का कारण मृत्यु भएको तथ्याङ्कले देखाउँछ। त्यसैगरी पछिल्लो एक दिनमा एक हजार […]
कैलाली: कैलालीमा नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि रहेका मीनबहादुर बम नेकपा एमालेमा प्रवेश गरेका छन्। सोमबार एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले उनलाई पार्टीमा प्रवेश गराएको एमालेका युवा नेता योगेश बमले बताए। उनी गत स्थानीय तहको निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ४ मा वडाअध्यक्षका उम्मेदवार रहेका थिए।
काठमाडौंः भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले देशका उत्तरपूर्वी राज्यकाले तिनका विद्यालयमा हिन्दी भाषालाई अनिवार्य बनाउने सहमति जनाएको बताएका छन्। यो सहमति सार्वजनिक भएसँगै आसाम लगायत उत्तरपूर्वी राज्यहरुमा आक्रोश उत्पन्न भएको छ। उत्तरपूर्वका आठ राज्यका १० कक्षासम्म हिन्दी भाषा अनिवार्य बन्न लागेको जानकारी दिने क्रममा शाहले हिन्दीलाई ‘भारतको भाषा’ बताए। उनले ‘देशको एकता मजबुत बनाउन हिन्दी […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेको नेपाल परिवार दलले २१ पालिकाको प्रमुखको उम्मेदवारी आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ । परिवार दलका महामन्त्री सन्तोष पौडेलले २१ पालिकामा परिवार दलको बलियो संगठन रहेको दावी गरे । ‘जहाँ परिवार दल बलियो छ, त्यहाँ हामीले उम्मेदवारी दिन्छौं’, उनले भने, ‘जहाँ एमाले बलियो छ, त्यहाँ […]
काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार नेप्से परिसूचक ४१.७७ अंकले घटेर २३ सय ४३.८७ बिन्दुमा आइपुगेको छ । कारोबार रकम र कारोबार संख्यामा केही वृद्धिभए पनि बजारको घट्दो दर भने सोमबार झनै बढ्यो । सोमबार २२९ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा १८२ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य बढेको […]
काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगले अहिलेसम्म ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य सकिएको सोमबारको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार १ करोड ९४ लाख थान मतपत्र मध्ये सोमबारसम्म ४६ जिल्लाका लागि आवश्यक […]
सुर्खेत । हुम्लामा पनि सत्तारुढ गठबन्धन भत्किएको छ । स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलहरुले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुले छुट्टाछुट्टै तर स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको माओवादी केन्द्र हुम्लाका संयोजक डा. दिपेन्द्र रोकायाले जानकारी दिए । ‘पटक–पटक सहमतिको प्रयास […]
सोलखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । सोमबार सोलुखुम्बुमा भएको कार्यक्रममा ओलीले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’ उनले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी पनि दिए । उनले भने, ‘मैले […]
पोखरा । पोखरामा गठबन्धको बैठक चलिरहँदा नेपाली कांग्रेसका जिल्ला सचिवहरुले सहमति हुन नसकेका कारण नेकपा एकीकृत समाजवादीलाई अलग गरेर गठबन्धनका लागि प्रयास गर्ने भन्दै विज्ञप्ति निकालेका छन् । नेपाली कांग्रेसका कास्की सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले विज्ञप्ति निकालेर नेकपा एकीकृत समाजवादीले अस्वभाविक दाबी गरेका कारण सहमति हुन नसकेको जनाएका हुन् । उनीहरुले विज्ञप्ति निकाल्दासम्म […]
काठमाडौँः सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ। इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघसंस्थाले बाँकी बजेटको २० प्रतिशत खर्च कटौती गर्नुपर्ने अर्थ मन्त्रालयले जनाएको छ। ३० चैतमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको थियो। अर्थ मन्त्रालयले सोही आधारमा निर्णय कार्यान्वयन गर्न […]
धनगढीः सुदूरपश्चिममा मतदाता शिक्षाको अभाव सधैँ देखिने गरेको छ। विगतमा सम्पन्न विभिन्न निर्वाचनमा मत बदर भएका थिए। मतदाता शिक्षाको कमीले नै ती मत बदर भएको पुष्टि हुन्छ। विगतमा निर्वाचन आयोगले नै गाउँगाउँमा स्वयमसेवक खटाएर मतदाता शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको थियो। तर वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आयोगले उक्त कार्यक्रम सञ्चालन […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री फेर्न कुनै सम्भावना नरहेको बताएका छन् । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा उनले अर्थमन्त्री फेर्न विषयमा कुनै छलफल र चर्चा नै नभएको बताए । हाल माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री छन् । गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न सरकारले समिति गठन […]