होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । निर्वाचन आयोगले आइतबार अपरान्हसम्म विभिन्न दलले पेश गरेको समानुपातिक प्रणालीतर्फको बन्दसूची संशोधन गर्ने निर्णय गरेको छ । उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ पेश गरेको बन्दसूचीबाट नाम हटाउन अनुरोध गरेकाले आयोगले ती नाम हटाएको हो । समानुपातिकको बन्दसूचीमा रहेकाहरुको नाम नहटाएसम्म उनीहरु स्थानीय तह निर्वाचनमा उम्मेद्वार हुन पाउँदैनन् । समानुपातिक सूचीमा रहेका तर स्थानीय […]
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि अधिकांश ठूला पार्टीले तामझामका साथ घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । तर माओवादी केन्द्रले भने केन्द्रबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र नबनाउने भएको छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो । त्यही अपिल अनुसार स्थानीय तहले आ–आफ्नो घोषणा पत्र बनाउने […]
गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो । बढी प्रभाव परेका […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पत्रकार सम्मेलन गर्दै छन्। पेरिसडाँडामा दिउँसो १२ बजे हुने पत्रकार सम्मेलनमा उनले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे आफ्ना भनाइ राख्ने छन्। माओवादीको केन्द्रीय प्रचार विभागले आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तहको निर्वाचनबारे कुरा राख्ने माओवादी केन्द्रको केन्द्रीय […]
नागरिक रैबार/बाजुरा १२ बैशाख । नेपाली काँग्रेस खप्तड छेडेदह गाउँ कार्य समितिका सभापति हर्क बहादुर रावतले पदबाट राजीनामा दिएका छन् । पार्टी जिल्ला नेतृत्वले टिकट वितरणमा गुटगत निणर्य गरेको आरोप सहीत सभापति पदमा नबस्ने विज्ञप्ती सहीत राजीनामा दिएका हुन् । खप्तड छेडेदह गाउँपालिका ३ का वडा अध्यक्ष समेत रहेका रावतले पार्टीको कुनै जिम्मेवारीमा नबस्ने घोषणा […]
नागरिक रैबार/बाजुरा १२ बैशाख जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं. १ को वडा अध्यक्षमा काँग्रेसबाट कार्तिके विक सिफारिस भएका छन् । जिल्लाकै सवैभन्दा बढी दलित समुदाय भएको स्वामीकार्तिक खापर गाउँपालिकाको वडा नं. १ मुक्तीकोटमा नेपाली काँग्रेसले वडा अध्यक्षमा विकलाई सिफारिस गरेको हो । मुक्तिकोटका दलित समुदायको प्रतिनिधित्व गर्दै पहिलोपटक वडा अध्यक्षमा विकलाई उम्मेदवारीमा सिफारिस गरेको […]
आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयनको आज दोस्रो र अन्तिम दिन हो । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने कार्यतालिका बनाएको छ । […]
रोल्पा । सत्ता गठबन्धनबीच चुनावी तालमेल हुन नसकेपछि नेकपा माओवादी केन्द्र रोल्पाले जिल्लाका सबै स्थानीय तहको उम्मेदवारी टुंगो लगाएको छ । आइतबार बसेको पार्टी जिल्ला कमिटी बैठकले जिल्लाका १० वटै स्थानीय तह र वडाको उम्मेदवारको टुंगो लगाएको हो । माओवादी केन्द्रका अनुसार रोल्पा नगरपालिकाको नगरप्रमुखमा सुरेन्द्र थापा घर्ती र उपप्रमुखमा गीता आचार्य सिफारिस भएका छन् […]
पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरानो भारइस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २५५ जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा २५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २६९ जना संक्रिय संक्रमित रहेका छन् । […]
सुरक्षा निकायका प्रमुखहरुले भद्रकालीस्थित सैनिक मुख्यालय ‘जंगी अड्डा’मा भेला भएका छन् । स्थानीय निर्वाचनको सुरक्षाबारे छलफलका लागि उनीहरु भेला भएका हुन् । आइतबार जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी र अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले छलफल गरेका हुन् । स्थानीय तह निर्वाचनको सुरक्षा जिम्मेवारी […]
धनगढी: कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्त कमैया शिविरमा भिषण आगलागी भएको छ। आइतबार दिउँसो बिपतपुरशिविरमा आगलागी भएको वडाअध्यक्ष कमल प्रसाद चौधरीले बताए। उनका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन्। ‘हालसम्म मानविय क्षति भएको छैन। गौरीगंगाको दमकल बोलाएका थियौं तर आगो नियन्त्रणमा आएको छैन’ उनले भने। आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल […]
धनगढी: कैलालीको धनगढीमा भोलिदेखि प्रत्येक दिन ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ। उपमहानगरपालिकाको सहिदगेट–क्याम्पस गेटसम्म सडक विस्तार भइरहेकाले सो क्षेत्रको पोल स्थानान्तरण गर्ने नेपाल विद्युत प्राधिकरण केन्द्र, धनगढीले जनाएको छ। पोल स्थानान्तरण कार्यका लागि भोलि(वैशाख १२ गते) देखि वैशाख मसान्तसम्म हरेक दिन विद्युत सेवा अवरुद्ध हुने धनगढी वितरण केन्द्रले जनाएको छ। केन्द्रका अनुसार […]
नागरिक रैबार बैशाख ११ बाजुरा । दलाल पुँजीवादी संसदीय व्यवस्थाको भण्डाफोर गरौँ, स्थानीय तहको निर्वाचन बहिस्कार गरौँ भन्दै वैज्ञानिक समाजवादी कम्युुनिस्ट पार्टी नेपालले सात बुँदे प्रस्ताव सहित आह्वान जारी गरेको छ । पार्टी प्रवक्ता जागृत रायमाझीले आफ्नो समामजिक सञ्जाल मार्फत सात बुँदे प्रस्ताव सहित आह्वान पत्र जारी गर्दै सम्पूणर् नेपाली जनतालाई दलाल पुँजीवादी व्यवस्थाको स्थानीय […]
स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाका लागि जनमत पार्टीबाट अनितादेवी साहले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् । आइतबार जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयमा जनमत पार्टीकी केन्द्रीय सचिवसमेत रहेकी साहले मेयर पदमा उम्मेदवारी दिएकी हुन् । अहिलेसम्म उपमहानगरको मेयर पदमा अनिताले मात्रै उम्मेदवारी दिएकी छिन् भने उपमेयर पदमा उमेश चौधरीले उम्मेदवारी दिएका छन् […]
रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ स्थित शिवनगर जंगलमा श्रीमान् श्रीमती मृताअवस्थामा फेला परेका छन् । बुटवल ११ स्थित देविनगर बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकै श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ मृतावस्थामा फेला परेका प्रहरीले जनाएका छ । जंगलमा शव सुकिसकेको अवस्थामा स्थानीयहरुले फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवल प्रमुख ठगबहादुर केसीले […]
सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्षमा लोक्पाल केसीले उम्मेद्वारी दिएका छन् । केसीले आज निर्वाचन अधिकृतको कार्यालय छत्रेश्वरीमा उम्मेदवारी स्वतन्त्रबाट पहिलो उम्मेद्वारी दर्ता गराएका हुन् । उनको समुहबाट उपाध्यक्षमा हिरा बुढाले पनि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएकी छन् । यहि टिमबाट वडा नम्बर १, २, ३, ४ […]
धनगढी । नेकपा एमालेले कैलालीका ११ वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको छ । केन्द्रीय सचिवालय बैठकले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार छनोट गरेको भोलिपल्ट आइतबार एमालेको प्रदेश कमिटिले बाँकी रहेका १२ मध्ये १० वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको हो छ भने चुुरे र मोहन्याल गाउँपालिकामा उम्मेदवार चयन गर्न बाँकी छ । एमाले […]
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मेयर पदमा उम्मेदवारी दिन प्रदेश १ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेश सांसद काजिमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् । कागते इलाम क्षेत्र नम्बर १ ख र बुढाथोकी झापा १ को ख बाट निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको […]
धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीमा शनिबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कार चालक भारतिय नागरिक नविन कुमार राय रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी जनकपुर स्थित प्रादेशिक अस्पताल पु–याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा […]
, बागलुङ । बागलुङका १० वटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतका कार्यालय आइतबार सुनसान रहेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन भए पनि दिउँसो १ बजेसम्म मनोनयन दर्ताका लागि कुनैपनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु नआएको निर्वाचन अधिकृतहरु बताउँछन् । राजनीतिक दल र उम्मेदवारलाई सहज होस् भनेर […]