होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, बैशाख २७ । सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि शिक्षण संस्थामा यो व्यवस्था कार्यान्वयन गर्न अन्योल देखिएको छ । यो व्यवस्थाअनुसार सामुदायिक विद्यालय सातामा स्वतः दुई दिन बिदा हुने भए पनि निजी शैक्षिक संस्थाहरूले भने व्यावहारिक नहुने भन्दै कार्यान्वयन असमर्थ हुने जनाएका छन् । विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पर्ने […]
एजेन्सी, २७ वैशाख । श्रीलंकामा सरकार विरोधी प्रदर्शन हिंसात्मक हुन थालेको छ । चरम आर्थिक संकटका कारण विरोध बढेसँगै प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपनि स्थिति नियन्त्रण बाहिर गएको छ । त्यहाँ हिंसा भड्कदा एकजना सांसदको मृत्यु भएको छ । सत्तारुढ दलका सांसद अमराकेर्ती अथुकोरालाको हत्या भएको छ । उनीसहित २ जनाको झडपका क्रममा हत्या भएको […]
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बजारमा दैनिक अति आवश्यकीय उपभोग्य वस्तुको भाउ आकासिएको छ । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ । खाने तेल, दाल, चामल, गेडागुडीलगायत अन्य खाद्यान्नको मूल्य वृद्धिले भान्सा महँगिएको छ । सरकार निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले विभिन्न बहानामा खाद्यवस्तुको मूल्य बढाउन र कृत्रिम अभाव सिर्जना गर्न […]
स्थानीय तहकाे मतदानकाे पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि माैन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयाेगले जनाएकाे छ ।आयाेगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार-प्रसारका सामग्री हटाउन निर्देशन दिएकाे छ । निर्वाचनको […]
स्थानीय तहको निर्वाचनको मतदानको दिन अर्थात ३० वैशाखमा वर्षाको आँकलन गरिएपछि निर्वाचन आयोगले हरेक निर्वाचन केन्द्रमा पालरत्रिपालको व्यवस्था गर्न निर्देशन दिएको छ । वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्रीसमेतको सुरक्षा गर्न आयोगले सरकारी निकायलाई निर्देशन दिएको हो । शुक्रबार बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान […]
नागरिक रैबार/ बाजुरा २६ बैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन बाजुरामा शान्ति पूर्ण तरिकाले सम्पन्न गर्ने सर्वदलीय बैठकले निणर्य गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकमा सहभागि भएका राजनीतिक दलका प्रमुख नेताहरुले निर्वाचन आचार संहिताको,पूर्ण परिपालना गर्ने निणर्य गरेका हुन् । त्यसै गरी भोली २७ गते राति १२ […]
काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । त्यस दिन नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा विदा दिइएको पोखरेलले बताए ।
स्थानीय तह निर्वाचनमा सरकारले एक लाख म्यादी प्रहरी खटाएको छ । नेपाल प्रहरीको कमाण्डमा एक लाख म्यादी प्रहरी निर्वाचनका लागि खटिएका हुन् । निर्वाचन सुरक्षा खटिएका चार जना म्यादी प्रहरीको अहिलेसम्म ज्यान गइसकेको छ । नेपाल प्रहरीले उपलब्ध गराएको ११ वैशाखदेखि २६ वैशाखसम्मको तथ्यांकअनुसार विभिन्न जिल्लामा गरेर चार जना म्यादी प्रहरीको मृत्यु भएको हो । […]
आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका एक जनाको मृत्यु भएको छ । नेकपा एमालेबाट सिरहा नगरपालिका-५ का वडा सदस्यका उम्मेदवार ६५ वर्षीय मुना सेखको मृत्यु भएको हो । उनको कालगतिले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जनाए । उनको मृत्युपछि उनकै श्रीमती रहमान खातुनले उम्मेदवारी दिएकी छिन्। सेखको मृत्यु भएको खबर […]
धनगढीः नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै हालतमा माफी नदिने चेतावनी दिएका छन्। सोमबार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले बागीलाई कारवाही गर्ने चेतावनी दिएका हुन्। ‘स्थानीय सरकार पनि जित्न जरुरी छ। बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ’ देउवाले भने, ‘अहिले भन्न चाहन्छु। बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन। बागी […]
डडेल्धुराः डडेल्धुरामा मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले जिल्लाभर आज वैशाख २६ गतेदेखि मदिराको बिक्रीवितरण, ओसार–पसार तथा सेवनामा पूर्णरूपमा रोक लगाइएको हो। प्रशासनले हिजो आइतबार एक सूचना जारी गर्दै वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका लागि सोमबारदेखि निर्वाचन परिमाण घोषणा नहुन्जेलसम्म […]
धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जितेमा फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने दाबी गरेका छन् । सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने बताए । उनले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ […]
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई को खत्तम रहेछ भन्ने ३० वैशाखको निर्वाचनपछि थाहा हुने जवाफ दिएका छन् । आइतबार पोखरामा आयोजित सत्तारुढ गठबन्धनले आयोजना गरेको आमसभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए । सोमबार पोखरामै एमालेले गरेको आमसभामा अध्यक्ष ओलीले नेता नेपाललाई […]
बैतडी । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले अध्यक्षका उम्मेदवार रानालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकेन्द्र जोशीका अनुसार अध्यक्षका उम्मेदवार राना र घाइते भएका जोशी पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको बताए । घटनाको […]
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी नेपालमा नभएको दाबी गरेका छन् । नेकपा एमालेको सोमबार पोखरामा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो गरे । ‘एमालेलाई सिध्याउन धेरै प्रयास भए, बदनाम गर्न खोजियो, बंग्याएर प्रस्तुत गर्न खोजियो,’ उनले […]
हिमाली जिल्ला मुगुमा स्थानीय तह निर्वाचन सुरक्षाका लागि १ हजार १६५ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो । निर्वाचन सुरक्षाका लागि २ सय ९८ जना नेपाल प्रहरी, २ सय ५० जना नेपाली सेना, १ सय ६० जना सशस्त्र […]
काठमाडौँ,२६ वैशाख । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको जिल्ला समन्वय समितिको हलमा मतगणना गरिने भएको छ । हललाई मतगणनास्थल तयः गरी आवश्यक पूर्वाधारसहित सिसीक्यामरा जडान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए । मतगणना गर्दा जडित सिसीक्यामराको सहायताले निर्वाचन आयोगले समेत अनुगमन गर्नसक्ने व्यवस्था मिलाइएको बताइएको छ । यस्तै […]
२६ वैशाख, जुम्ला । हिमा गाउँपालिकामा दश दिनदेखि अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालनमा आएको छ । टेलिफोन सेवा सञ्चालनमा आएको नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार हिमा रहेको टेलिफोन टावरको हर्न भन्ने सामग्री क्षति भएपछि काठमाडौंबाट सामग्री ल्याएर जोडिएको छ । प्रमुख श्रेष्ठका अनुसार अहिले त्यहाँ क्षमता बढाइएको छ । […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. ३२ मा सत्ता गठबन्धनका प्रमुख तीन दलले चुनावमा सहकार्य गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सहकार्य गर्ने निर्णय गरेका हुन् । अब वडाध्यक्षकी उम्मेदवार एकीकृत समाजवादीकी सीता कँडेल पराजुली सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार बनेकी छन् । त्यस्तै महिला सदस्यकी उम्मेदवार एकीकृत समाजवादीकी […]
टीकापुरः यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन्। स्थानीय तहको नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्न रोजगारीका सिलसिलामा भारतमा काम गर्न गएका नेपालीहरु स्वदेश फर्कन थालेका हुन्। निर्वाचनको मिति नजिकिँदै जाँदा आफ्नो पालिकाको नेतृत्व छान्न स्वदेश आउनु प¥यो भनी छिमेकीले खबर गरेपछि आफ्नो […]