होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेल्न जाने नेपाली टोलीलाई मंगलबार विदाई गरेको छ ।नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ । मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म छनोट प्रतियोगिता हुँदैछ । १४ जना खेलाडी र प्रशिक्षक महेश रिजालसहित चारजना अफिसियललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त […]
नागरिक रैबार/बाजुरा १७ जेठ। बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बाजुरा जिल्लाको शान्ति सुरक्षा पहिलो प्राथमिकता हुने बताएका छन् । प्रमुख जिल्ला अधिकारीको रुपमा २ दिन अघि मात्रै बाजुरा आएका अधिकारीले मंगलबार बाजुराका पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा सो कुरा बताएका हुन् । बाजुरामा रहँदा सम्म यहाँको ‘शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिनेछ प्रजिअ अधिकारीले भने ‘पत्रकारहरुको […]
काठमाडौं । ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो । सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ […]
भक्तपुर । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पाठ्यपुरस्तक अभाव भएको हो । सरकारले कक्षा १ देखि […]
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा समेत अब दुई जना पाइलट रहनु पर्ने निर्णय गरेको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार अब साना हेलिकप्टर सबैमा दुई पाइलट राखेर मात्र उडाउन पाइने छ । यस्तो नियम १७ असार (१ जुलाई)देखि लागू हुने गरी निर्णय भएको उनले जानकारी दिए । अहिले हेलिकप्टरमा एक […]
सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये २० वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख दुवै पुरुष चयन भएका छन् ।बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन आयोगले पुनः मतदान गर्ने भनेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ (४) अनुसार राजनीतिक दलले उम्मेदवारी मनोनयन दर्ता गर्दा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको […]
नागरिक रैबार/बाजुरा १७ जेठ।प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराले बडीमालिका नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । मंगलबार प्रेस चौतारी बाजुरा शाखाले एक औपचारिक कार्यक्रमको आयोजना गरेर बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का र उपप्रमुख नन्दा कुमारी थापालाई सफल कार्यकालको शुभकामनासहित बधाई तथा सम्मान गरेको हो । प्रेस चौतारीबाटै पत्रकारीता गरेर नेकपा […]
काठमाडौँ — सरकारले ल्याएको बजेटमा दलित र सीमान्तकृत समुदायलाई उपेक्षा गरिएको भन्दै अधिकारकर्मी र अगुवाहरूले गुनासो गरेका छन् । बजेटले दलित र सीमान्तकृत समुदायको सशक्तीकरणभन्दा पनि वितरणमुखी कार्यक्रमलाई जोड दिएको उनीहरूको गुनासो छ । बजेटमा दलित समुदायमाथि शताब्दीऔँदेखि हुँदै आएको जातीय विभेद र छुवाछुत अन्त्य गर्ने गरी कार्यक्रम र बजेट समावेश छैनन् । अर्थमन्त्री जनार्दन […]
काठमाडौँ — बाजुराको बुढीगंगा नगरपालिकाबाहेक ७ सय ५२ स्थानीय तहकै अन्तिम मत परिणाम आइसकेको छ । कांग्रेसले सबैभन्दा बढी ३ सय २९ पालिकाको नेतृत्व पाएको छ । एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टीले ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले १६ र अन्य पार्टी तथा स्वतन्त्रले ३१ पालिकामा प्रमुख जितेका छन् । कांग्रेसले […]
नेपाल टेलिकमले एपमा उपयोगी हुने सुविधाहरु प्रयोग गर्न सकिने गरी अपडेट गरिएको जनाएको छ । सेवाग्राहीले एपमार्फत पहिले देखि नै विभिन्न सुविधाहरु प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने छ । त्यसैगरी आफ्नो जानकारी अपडेट गर्न, […]
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । प्राधिकरणले तारा एअरको विमान दुर्घटना भएसँगै उड्ने र पुग्ने स्थानको मौसम सफा नभएसँगै उडान अनुमति नदिने निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार तारा एअरको विमान दुर्घटनालगत्तै क्यानले इनरुटको मौसम सफा नभएपनि […]
धनगढी — राष्ट्रपति विद्यादेवी भण्डारी भोलि सुदूरपश्चिम आउने भएकी छिन्। उनी बुधबार बाजुरा जाने भएकी हुन्। राष्ट्रपति भण्डारी बाजुरा जाने कार्यक्रमअनुसार आज सुर्खेत पुगेकी बताइएको छ। उनी भोलि बाजुराको बडीमालिका जाने भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।
कैलाली । निर्वाचन आयोगले छानबिन समितिले दिएको सुझावविपरीत बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने निर्णय गरेको खुलेको छ । वैशाख ३० गते मतदानको क्रममा विवाद भएपछि त्यहाँ मतगणना हुन सकेको थिएन । निर्वाचन आयोगले निर्वाचन आयुक्त सगुन शमशेर जबराको नेतृत्वमा छानबिन समिति बनाएर स्थलगत अनुगमनका लागि पठाएको थियो । समितिले प्रतिवेदन बुझाएलगत्तै निर्वाचन आयोगले पुन: […]
काठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा पदीय दायित्वभन्दा बाहिर गएर हस्तक्षेप गरेको निष्कर्ष निर्वाचन आयोगले निकालेको छ । आयुक्त सगुन शमशेर जबरा नेतृत्वको छानबिन समितिले स्थलगत अध्ययनपछि बुझाएको प्रतिवेदनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा बुढीगंगाका निर्वाचन अधिकृतलाई बारम्बार फोन गरेर अनावश्यक दबाब दिएको उल्लेख छ । […]
१७ जेठ, काठमाडौं । स्थानीय पूर्वाधार विभाग खारेज गरेर त्यहाँका प्राविधिक कर्मचारी आफ्नो मन्त्रालयमा पनि समायोजन गर्ने सरकारको घोषणामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कर्मचारीले असन्तुष्टि जनाएका छन् । सरकारले विभाग खारेज गर्दै त्यहाँ रहेका रहेका प्राविधिक कर्मचारीमध्ये बढीमा १० प्रतिशत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास सहजीकरण इकाइमा रहने तथा […]
खोटाङमा विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कारको प्रयास गरेकाे आराेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विद्यालय जाँदै गरेकी आठ वर्षकी बालिकालाई बलात्कारको प्रयास गरेकाे आराेप लागेका खोटेहाङ गाउँपालिका– ७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई ११ जेठ बिहान करिब ९.३० बजे बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएपछि फरार […]
पोखरा विमानस्थलमा इन्धन बोकेको ट्यांकर दुर्घटना भएको छ । घटनास्थलमा कास्कीका एसपी रमेश थापा उद्धारकर्मी सहित पुगेका छन् । विमानस्थलको कम्पाण्डमा ट्यांकर पल्टिएको कास्कीका एसपी रमेश थापाले बताए । प्रविधिको सहायताले सुरक्षाकर्मीहरुले ट्यांकर उठाउने प्रयास गरिरहेका छन् । दुर्घटनामा मानविय क्षती भएको छैन ।
नागरिक रैबार/बाजुरा १६ जेठ। बडीमालिका नगरपालिका वडा नं. ८ स्थित रापकमा रहेको मष्टेश्वरी आधारभुत विद्यालयको २ कोठे भवनको सिलान्या गरिएको छ । आईतबार बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्काले एक औपचारिक कार्यक्रमकाविच उक्त भवनको सिलान्यास गरेका हुन् । बडीमालिका नगरपालिकाको समन्वय र राष्ट्रपति शैक्षिक शुधार कार्यक्रम अन्तरगतको १८ लाखको लागतमा २ कोठाको सुविधासम्पन्न भवन निर्माण […]
काठमाडौं । भारतीय गायक सिद्धू मुसेवालाको पञ्जाबमा गोली हानी हत्या गरिएको छ । २८ वर्षीय सिद्धूको आइतबार साँझ पञ्जाबको मनसा जिल्लास्थित जवाहरेक गाउँमा एएन-९४ रुसी एसल्ट राइफल प्रहार गरी हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वास्तविक नाम शुभदीप सिंह सिद्धू भए पनि उनी सिद्धू मुसेवाला नामले परिचित थिए । उनको शरीरमा ३० राउन्ड गोली […]
काठमाडौं । दुःख गरेर आमाले एक्लै हुर्काएकी कृष्मीको आमालाई जिवनभर सुखसँग राख्ने सपना आईतबार विमान दुर्घटनासँगै सधैका लागि अस्ताएको छ । आईतबार दुर्घटनामा परेको तारा एयरको विमानमा एयर परिचारिकाको रुपमा रहेकी कृष्मी (मनिषा) थापा एकल आमाकी एक्ली सन्तान हुन् । कृष्मीकी आमाले कृष्मीलाई एक्लै हुर्काएकी थिईन् । कृष्मीका बुवाआमाको अन्तरजातिय बिवाह भएको थियो । कृष्मीका […]