होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ ।चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए […]
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७९÷८० का लागि जिल्लाका दश स्थानीय तहलाई उक्त बजेट विनियोजन भएको हो । चार नगरपालिका र छ गाउँपालिकालाई सरकारले अन्तर सरकार वित्तीय हस्तान्तरणमार्फत् उक्त रकम विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ । चार नगरपालिकाका लागि रु […]
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण सुरु भएको छ । काठमाडौंको कुमारी हलमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थानीय विभाग प्रमुख उर्मिला अर्याल लगायतले प्रशिक्षण दिने छन् । कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा पार्टीका नेता र विज्ञहरुले प्रशिक्षण दिने […]
काठमाडौँ — स्थानीय स्वादमा मित्रता र प्रेमको कथा ‘कबड्डी’ श्रृंखला समात्दै आएको प्रमुख सूत्र हो । त्यही मित्रताका भावनामा आउने उतारचढाव अनि प्रेमको कबड्डी अर्थात सोल्टिनी पाउने उत्कट चाहना कबड्डीको तेस्रो श्रृंखलासम्म दोहोरियो । ‘कबड्डी’मा मैयालाई काजीको आँखै अगाडिबाट विवेकले सहर भगाउँछ । दोस्रोमा सोल्टिनी बमकाजीसँग भाग्छिन् । तेस्रोमा कासी सोल्टिनी आफ्नो प्रेमीसँगै भाग्छिन् । […]
बैतडी । डिलासैनी गाउँपालिका-४ नुवाकोट भन्ने स्थानबाट दुई थान भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका-८ बस्ने ४० वर्षीय हिक्मतबहादुर बिष्ट र डिलासैनी गाउँपालिका-४ नुवाकोट बस्ने २१ वर्षीय राजेन्द्रबहादुर बिष्ट रहेका छन् । प्रहरी चौकी धामीगाँउबाट खटिएको टोलीले उनीहरूलाई चौसालको जंगलबाट मंगलबार दुई वटा जंगली घोरल मारी ल्याउँदै गरेको अवस्थामा बन्दुकसहित […]
मुगु । छायाँनाथ रारा नगरपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने भएका छन् । नेपाल सरकारले जेठ १ गतेदेखि साको शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि छायाँनाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको हो । मंगलबार छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले शिक्षा […]
नागरिक रैबार/बाजुरा १८जेठ। राष्ट्रपती विद्यादेवी भण्डारी बुधबार बिहान बाजुरा आएकी छिन्।बडीमालिका मन्दिरको दर्शन र पुजापाठका लागि राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरबाट बाजुरा आईपुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सुर्य थापाले बताएका छन् । सुदूरपश्चिम प्रदेशको बाजुरामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकयि स्थलका रुपमा परिचित बडीमालिकाको दर्शनका लागि राष्ट्रपती भण्डारी बुधबार विहान ७ बजेर ३० मिनेटमा […]
१८ जेठ, काठमाडौं । काठमाडौंबाट भद्रपुर उडेको जहाज आँकासबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ । बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटियपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।
१८ जेठ, धनगढी । कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिएका छन् । कृषि सहकारीमा मल नपाएपछि उनी मलको जोहो गर्न भारतीय बजार तिकुनीया जाने तयारीमा छन् । भारतको तिकुनीयाबाट मल ल्याउन पनि किसानलाई सहज छैन । सहजै मल ल्याउन सकिने भएको भए यहाँका किसान ढुक्कले खेती गर्ने थिए । ‘मल […]
बाजुरा — नेपाल सरकारको आर्थिक वर्ष ०७९/८० को बजेट भाषणमा सार्वजनिक गरेको छ । प्रस्तुत गर्ने कार्यक्रम तय भएसँगै बाजुराका स्थानीय तहमा पनि आर्थिक बर्ष २०७९ सालको बजेट सावैजनिक गरेको छ । बाजुरा जिल्लामा संघिय सरकारको बजेटमा सबै भन्दा बढि बजेट बुढिगंगा नगरपालिकामा आएको छ भने सबै भन्दा कम जगन्नाथ गाउँपालिकामा रहेको छ । बुढिगंगा […]
काठमाडौं । चर्चित बलिउड गायक केके (कृष्णकुमार कुन्नथ)को ५३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उनको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । कन्सर्ट प्रस्तुतिपछि होटलमा पुगेका उनको स्वास्थ्य बिगि्रएपछि तत्कालै उनलाई कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो । अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भयो । अस्पतालमा पुगेका […]
काठमाडौं । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ ।डिजेल र पेट्रोलमा लिटरमा १० /१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले बतायो । ‘हामीले १०-१० रुपैयाले घटाएर उद्योग मन्त्रालयलाई मंगलबार पठाएका छौं ‘ मन्त्रालय स्रोतले भन्यो, ‘ अब मूल्य घटाउने वा निगमको घाटा घटाउने निर्णय उद्योग वाणिज्य मन्त्रालयले गर्छ […]
नागरिक रैबार/बाजुरा १८जेठ। राष्ट्रपति विद्यादेवि भण्डारी भ्रमणको सिलसिलामा बाजुरा आइपुग्नु भएको छ । सुदूरपश्चिमकै प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रम अनुसार उहाँ बाजुरा आईपुग्नु भएको हो । बुधबार ७ः३४ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत बाजुरा आइपुगेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले जानकारी दिएका छन् । प्रजिअ अधिकारीका अुनशार उहाँ नेपाली सेनाको बाजुरास्थित दुर्गा भञ्जन गुल्ममा […]
काठमाडौँ — स्थानीय तह निर्वाचन ०७४ मा ३० भन्दा बढी जिल्लामा एकल बहुमतका साथ जिल्ला समन्वय समिति गठन गरेको एमालेले यस पटक ११ जिल्लामा मात्रै बहुमत ल्याएको छ । कांग्रेसको १६ र माओवादी केन्द्रको ४ जिल्लामा एकल बहुमत छ । बाँकी ४६ जिल्लामध्ये स्याङ्जा, रसुवा, इलाम, सुर्खेत, पर्वत र चितवनमा सत्ता गठबन्धनसँग एमालेको मत बराबर रहेको छ । […]
काठमाडौँ — स्थानीय चुनावबाट उत्साहित सत्ता गठबन्धन संसदीय चुनावको छलफलमा लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक अन्तिममै चुनाव गर्ने मनस्थितिमा छन् यद्यपि कांग्रेसभित्रकै कतिपय नेताहरूले संसद्को कार्यकाल फागुनसम्म भएको तर्क गर्दै हतार नगर्न सुझाव दिएका छन् । संसद्को चुनाव पाँच वर्षअघि १० र २१ मंसिरमा भएको थियो भने आयोगले समानुपातिकसहितको अन्तिम परिणाम फागुनमा मात्र दिएको थियो । […]
धनगढीः प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रम तय गर्दा बजेट खर्च हुने खालका कार्यक्रम तथा आयोजना छनोट हुनुपर्ने मान्यता छ। नीति तथा कार्यक्रममा नयाँ विषय ल्याउन संरचनात्मक परिवर्तन अनिवार्य शर्त हो। सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्षमा पुँजीगत खर्चको अवस्था निकै नाजुक रहेकाले अब आयोजनाहरूको पुनः वर्गीकरण गर्नुपर्ने अवस्था देखिएको छ। एकातर्फ स्रोत व्यवस्थापनको चाप छ […]
काठमाडौं । यस वर्षको मनसुन छिट्टै सुरु हुने मौसमविदले बताएका छन् । भारतको केरलामा मनसुन सुरु भइसकेको र अब त्यो छिट्टै नेपाल भित्रिने अनुमान मौसमविदको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गले भने, ‘भारतको केरलामा मनसुन सुरु भइसकेको छ । अबको केही दिनभित्रै नेपाल भित्रिने सम्भावना छ ।’ नेपालमा […]
धनगढीः बैतडीमा ३ महिना अगाडि बलात्कृत भएकी भनिएकी किशोरीको पेटमा ८ महिनाको बच्चा रहेको पाइएको छ। जिल्लाको मेलौली नगरपालिकी १६ वर्षीया ती किशोरीको स्वास्थ्य जाँच गर्दा उक्त कुरा खुलेको हो। किशोरीले आफूमाथि गत फागुनमा जबरजस्ती करणी भएको भन्दै जेठ १४ गते जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी दिएकी थिइन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गाउँकै भदु […]
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको तस्बिर सार्वजनिक भएको छ । मंगलबार एमालेका नेताहरुमार्फत ओली र साहबीच भेटवार्ताको तस्बिर सार्वजनिक गरिएको छ । ओली सचिवालयले बालेन केही दिनअघि नै ओलीलाई भेट्न बालकोट पुगेपनि मिडियामा यो विषय बाहिर ल्याइएको थिएन । सार्वजनिक तस्बिरमा सेतो कुर्ता पहिरिएका ओलीले सुट प्यान्टमा […]
काठमाडौं, १७ जेठ । नाम चलेकी एक नायिकाको सेक्स भिडियो लिक हुनबाट जोगिएको छ । मोडलिङबाट कलाकारितामा लागेकी ती नायिकाको ८ वर्ष अघिको सेक्स भिडियो लिक हुनबाट जोगिएको हो । नायिकाको भिडियो ल्यापटपमा थियो । ल्यापटप बिग्रिएपछि पसलमा बनाउन लगिन् । बनाउने व्यक्तिले नायिकाको ल्यापटपमा के के छ भनेर हेरे । खोज्दै जाँदा गोप्य भिडियो […]