होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पशुपंक्षीको दुनियाँमा आमाले आफ्नो सन्तानलाई आफ्नै दूध चुसाउने गर्छन् । तर, मान्छेको संसारमा आमाले आफ्नो सन्तानलाई कृत्रिम धुलो दूध खुवाउँछन् । उनीहरू शिशुको शारीरिक, मानसिक, बौद्धिक, मनोवैज्ञानिक तथा भावनात्मक स्वास्थ्यमाथि खेलवाड गर्छन् । ‘मोर्डन आमाहरू’ शरीर बिग्रिन्छ भनेर बच्चालाई दूध खुवाउँदैनन् । उनीहरू पश्चिमा संस्कृतिको पछि लागेर मोर्डन भइटोपल्छन् । अनि दोष अस्पताल र डाक्टरलाई […]
बझाङको बित्थडचिर गाउँपालिका–१ स्थित श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । आइतबार २५ जना छात्राहरू बेहोस भएकोमा सोमबार ६ जना छात्राहरू बेहोस भएका थिए । उनीहरूको २ घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक बिष्णुसिंह बोहराले बताए । उनले भने, ‘विद्यार्थीहरू एक पछि अर्को हुँदै बेहोस भए । […]
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल आगामी असोज १ सम्म मात्रै कायम रहने भएको छ । निर्वाचन आयोगले आन्तरिक तयारीका लागि आइतबार स्वीकृत गरेको निर्वाचन तालिकामा समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची असोज २ र ३ मा पेस गर्ने उल्लेख छ । कार्यतालिका संशोधन नभए अघिल्लो दिन असोज १ मै प्रतिनिधिसभा र प्रदेशसभाको ५ वर्षे कार्यकाल अन्त्य हुनेछ । आयोगले […]
काठमाडौँ — बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू सोमबार राति तोडफोड गरिएको छ । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका इन्जिनियर सरकारदिप श्रेष्ठका अनुसार दुई वटा डोजर, एउटा स्काभेटर र १४ वटा टिपरको सिसा राति अज्ञात […]
नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिका अन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो । यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगै नेपालमा अब छेपारो […]
काठमाडौं । आगामी मंसिर ४ गते तय भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले आज दल दर्ता गराउँदै छ ।नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आज मध्याह्न दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय जाने बताइन् । दल दर्ताका लागि उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव […]
काठमाडौं । आसन्न प्रदेश र प्रतिनिधि सभाको चुनावमा प्रत्यक्षतर्फ आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव संसदमा अगाडि बढाइँदैछ । मंगलबार प्रतिनिधि सभामा प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सिटमा आधा महिला उम्मेदवार हुनुपर्ने सम्बन्धी दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ । प्रतिनिधि सभा सदस्य अमृता थापा मगर प्रस्तावक रहेको यो प्रस्तावमा लक्ष्मी […]
परराष्ट्रमन्त्री नारायण खड्का मंगलबार चीन भ्रमणमा जाँदैछन्। मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहनेछ। उनले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम तय भएको छ। चीनका परराष्ट्र मन्त्रीको निम्तोमा मन्त्री खड्का भ्रमणमा […]
डोटी । सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या बर्सेनि बढ्दै गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार विगत तीन वर्षमा सवारी दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या ४६८ रहेको छ । दुर्घटनामा मृत्यु हुनेहरूमध्ये सवारी ज्यानमा ३८० र सवारीबाट भवितव्यमा परि ज्यान गुमाउने ८८ रहेका छन् । गत आर्थिक वर्षमा […]
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । आयोगले गर्ने आन्तरिक कामको कार्यतालिका स्वीकृत गरेको आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नु पर्ने भएकोले उक्त काम […]
काठमाडौँ — कांग्रेस नेताहरूले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशत हिस्सा लिने गरी गठबन्धनमा छलफल अघि बढाउन नेतृत्वलाई सुझाएका छन् । सत्तारूढ पाँच दलबीच सिट बाँडफाँटको ढाँचा तय गर्न गठित कार्यदलको बैठक बस्नुअघि सोमबार बिहान कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको आन्तरिक छलफलमा नेताहरूले ६० प्रतिशतको दाबी पेस गर्न आग्रह गरेका हुन् । देउवाले कार्यदलका सदस्यहरूसहित […]
वरिष्ठ लोक तथा देउडा गायक हरिश्चन्द्र कडायतको १३औं दिनको पुण्य तिथिमा परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले आज गौरीगंगा नगरपालिका-६ बनबेहडास्थित कडायतको घरमा शोकसभाको आयोजना गर्दै सहयोग प्रदान गरेको हो । प्रतिष्ठान प्रदेश अध्यक्ष पदमबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत […]
नागरिक रैबार/ २३ साउन बाजुरा । नेपाल नगरपालिका संघ सुुदूरपश्चिम प्रदेश समिति सह संयोजकमा बडिमालिका नगरपालीकाका नगर प्रमुख अमर खड्का निरबिरोध चयन भएका छन । सुदुर पश्चिम प्रदेशको धनगढीमा आयोजित समितिकाे कार्यक्रमबाट सह संयोजकमा खड्का चयन भएका हुन । संयोजकमा गोदावरी नगरपालिकाका विरेन्द्र भट्ट, सह संयोजकमा अमरबहादुर खड्का, सदस्यमा शिखर नगरपालिका दिर्ध बलायर, त्रिवेणी नगरपालिकाकी कमला […]
काठमाडौं। राष्ट्रिय परिचयपत्र नभएका विद्यार्थीले अबदेखि चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन नपाउने भएका छन् । सोमबार चिकित्सा शिक्षा आयोगले कार्यक्रम गरी नक्कली प्रमाणपत्रधारीलाई रोक्न अब हुने चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने जानकारी दिएको छ । कार्यक्रममा योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशक प्रा.डा. रमेशप्रसाद आचार्यले त्यसका लागि राष्ट्रिय […]
वरिष्ठ गीतकार राजेन्द्र थापा अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । अस्पतालले उनलाई सीसीयुमा कक्षमा राखेर उपचार गरिरहेको छ । जसको जानकारी उनले सामाजिक संजाल मार्फत गराएका छन् । ‘बायाँ काँधमा दुखाइका कारण अस्पताल आएको थिए । चेकअपका कारण एक्कासी बेहोस भएपछि डाक्टरले केही गम्भीर […]
सत्ता गठबन्धनबीच आगामी निर्वाचनमा सिट बाँडफाँटका लागि मोडालिटी बनाउन तय बनेको कार्यदलमा कृष्ण प्रसाद सिटौला संयोजक चयन भएका छन् । सोमबार बालुवाटारमा बसेको बैठकले सिटौलालाई संयोजक तोकेको हो । कार्यदलका सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सिटौलालाई संयोजक तोकिएको जनकारी दिए । उनका अनुसार अर्को बैठक साउन २६ गते पुनः बस्नेछ । कार्यदलमा नेपाली काँग्रेसबाट सिटौला […]
काठमाडौं । सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ । त्यस्तै यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्याएर सच्याउन पनि दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गरी नाम र थरमा अपमानजनक शब्द […]
धनगढीः धनगढीमा डेढ किलो चरेससहित एक सशस्त्र जवान पक्राउ परेका छन्। बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ घर भएका गणेश प्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार कैलालीको बनबेहडामा कार्यरत सशस्त्र जवान जोशीको साथबाट डेढ किलो चरेस बरामद गरिएको छ। धनगढीको सिटी होटेलबाट प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। […]
राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट संघीय निर्वाचन लड्ने घोषणा गरेका छन् । सोमबार राजधानीमा कार्यक्रम गरेर शाहीले आफूले जुम्लाबाट चुनाव लड्ने निर्णय गरेको बताएका हुन् । उनलाई आफूलाई जन्म जिल्ला जुम्ला प्यारो लाग्ने भन्दै जिते पनि हारे पनि त्यहीबाट चुनाव लड्ने निर्णय लिएको बताए । आफूलाई काठमाडौं क्षेत्र नम्बर १ र २ सहित चितवन, झापा […]
एमाले अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । सोमबार दिउँसो पार्टी कार्यक्रमका लागि रौतहटको गौर जान उडेको ओली सवार हेलिकोप्टर खराब मौसमका कारण सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको हो । वर्षाका कारण हेलिकप्टर गौर जान नसकेर सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बुझिएको छ । हेलिकप्टरमा अध्यक्ष ओलीसहित […]