होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
तारेको कतला माछाको साथी घिउ भात होस् वा खिचडी । आफ्ना विभिन्न बंगाली व्यञ्जनहरुमा घिउको तडका लगाउने खाना सम्बन्धी लेखक कल्याण कर्मकारका अनुसार उनका यी खानेकुराहरु घिउ बिना अधुरा हुन्छन् । तर सधैं यस्तो हुँदैनथ्यो । उनी भन्छन् : म ती मानिसहरुमध्ये एक हुँ जसले घिउ स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने धारणा राख्दथे । अहिले […]
नागरिक रैबार/बाजुरा २८ साउन। प्रेस चौतारी नेपाल बाजुराले धार्मीक आस्थाको धरोहर बडीमालिका क्षेत्रको त्रिवेणी पाटनमा एतिहासिक बैठक सम्पन्न गरेको छ । बडीमालिका तिर्थ यात्राको अवसर पारेर प्रकृतिको अनुपम उपहार २२ पाटन क्षेत्र त्रिवेणी धाममा प्रेस चौतारीले एतिहासिक बैठक सम्पन्न गरेको हो । बैठक बसेको स्थल करिब ४ हजार १ सय बढीको उचाइमा पर्छ । बडीमालिका […]
वर्षातको पानीमा भिज्न तथा खेल्न धेरैलाई रमाइलो लाग्दछ । पानीको अभावग्रस्त ग्रामीण तथा सहरी क्षेत्रमा वर्षातको पानी भाँडोमा भरेर सिधै पिउने पनि गरिन्छ र अन्य धेरै काममा उपयोग हुन्छ । वर्षात्को पानीलाई संकलन गरेर पछि सुख्खायाममा महिनौंसम्म पिउने गरिन्छ । तर वैज्ञानिकहरुले गरेको एक नयाँ अध्ययनले संसारभर कहीँ पनि वर्षातको पानी शुद्ध नरहेको निष्कर्ष निकालेको […]
धनगढीः महालेखाले सुदूरपश्चिम प्रदेशसभा सचिवालयले ०७७/७८ मा पदाधिकारी र कर्मचारीको बैठकबापतको ३८ लाख ६ हजार खर्च नियमविपरीत गरेको जनाएको छ। महालेखा परीक्षकको प्रतिवेदन ०७९ को प्रदेशसभा सचिवालयअन्तर्गत बैठक खर्च शीर्षकमा भनिएको छ, ‘सचिवालयको मुख्य काम नै कानुन निर्माण गर्ने हो। सचिवालयका पदाधिकारी र कर्मचारीको बैठक भत्तामा ३८ लाख ६ हजार खर्च भएको छ। कार्यालय समयमा […]
बाजुरा । बाजुराका किसानले उत्पादन गरेको स्याउ भदौ दोस्रो हप्ता बजारमा आउने भएको छ। बाजुरामा उत्पादित स्याउ सुदूरपश्चिमको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको नेपालगञ्ज बजारमा भदौ दोस्रो साता आउने भएको हो। हिमाली जिल्ला बाजुराको ५ हेक्टर क्षेत्रफलमा गरिएको स्याउ खेतीबाट यो वर्ष २ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ। जिल्लाको दुई […]
काठमाडौं । रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी चढेको गाडी विहान ११ बजे दुर्घटना हुँदा उक्त गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुन मगरको मृत्यु भएको हो । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-११ तल्लो सेरा भन्ने ठाउँमा लु […]
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्सको नयाँ भेरियन्टको नामाकरण गरेको छ । पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मङ्कीपक्सको स्वरुप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नु परेको अधिकारीहरुको भनाइ छ । सांस्कृतिक तथा सामाजिक कारणले मङ्कीपक्सलाई वेवास्ता गरिएको र यसको असर विश्वभरी बढ्दै गइरहेको पनि डब्लुएचओले जनाएको छ । विज्ञहरुको एउटा समूहले अध्ययन […]
काठमाडौँ- आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ । आयोगले गत वैशाख […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले लोकतन्त्रलाई गलत दिशातर्फ लगेको बताएका छन् । शनिवार काठमाडौँमा भएको लोकतान्त्रिक शेर्पा संघको दोस्रो महाधिवेशन कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले लोकतन्त्रको गलत अभ्यास गर्दै मुलुकलाई द्वन्द्वतर्फ लैजान खोजेको आरोप लगाए । उनले चुनावमा प्रतिस्पर्धा भन्दा पनि शत्रुताको अभ्यास गर्न खोजेको उल्लेख गरे । अध्यक्ष ओलीले भने उनले […]
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपरान्हसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् । राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली […]
रूकुम-पूर्वामा प्रहरी नायब उपरीक्षकसहित ६ जना सवार दुर्घटना ब्रेक नलागेपछि भएको खुलेको छ।जिल्लाका प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीले मोडमा गाडीको ब्रेक नलागेपछि दुर्घटनामा परेको बताएका हुन्। शनिबार पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ सेरो मोडमा प्रहरीको लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको हो। सो जिप खस्दा दुई जना डिएसपीसहित […]
नागरिक रैबार/बाजुरा २८ साउन।करेन्ट लागेर मृत्यु भएका भक्त रावलको परिवारलाइ नेपाल बिद्युत प्राधिकरणलले क्षेती पुर्ती सहित एक जनालाई करार कर्मचारी राख्ने सहमती गरेको छ । रावलकोे कमाइबाट आश्रित उनको १० जनाको परिवार बिचल्लीमा पर्ने देखीएपछि सर्बपक्षिय बैठकले राहत स्वरुप क्षेतीपुर्तीका लागि प्राधिकरणले ब्यहोर्नुपर्ने निणर्य गरेको हो । बडिमालिका नगरपालिका ८ का भक्त रावल नेपाल बिधुत […]
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुवै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयनको पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो । बैठकले आवश्यक प्रक्रिया पुर्याएर पार्टीका सम्बन्धित […]
पाल्पा — माथागढी गाउँपालिका–४, झडेवाकी खुमा गाहाले दुई महिनामा ३ लाख ६० हजार बढी कमाइन् । बारीको खुर्सानीबाट अझै ६० हजार थपिने पक्का छ । दुई महिनाअघि लगाएको खुर्सानीबाट अहिले दैनिक नगद हात पर्ने गरेको छ । गाउँमै संकलन गरेर बटुवल, पोखरा, तानसेन बिक्रीका लागि लैजाने गर्छन् । ‘हामीले दुःख गरे अनुसारको मूल्य नपाए पनि बिक्री गरेर हातमा पैसा […]
बाजुरा । सुदुरपश्चिमको दार्चुला, बैतडी, बझाङ, बाजुरा, ढडेलधुरा, डोटी, अछाम, कञ्चनपुर र कैलाली जिल्लामा पहिचान भएका २२४ मेगावाटका आयोजनाले उत्पादन अनुमति लिई निर्माणको कार्यलाइ अघि बढाएका छन् । २५ मेगावाट क्षमतादेखि १०० मेगावाटसम्मका १६३ मेगावाटका आयोजना, ५ मेगावाटदेखि २५ मेगावाट क्षमतासम्मका ४७ मेगावाटका आयोजना र ५ मेगावाट भन्दा कम क्षमताका १४ मेगावाटका आयोजनाले उत्पादन अनुमति […]
संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरुले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ । यस्ता क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उडेको छ नै साथै सामाजिक सञ्जालमा पनि ट्रोल बन्छन् यस्ता दृश्यहरु । तानातान, ठेलाठेल, धकेला-धकेल यस्ता दृश्यहरु संसदका लागि नौलो होइनन् । आरोप, प्रत्यारोपका कुरा त संसदमा सामान्य बनिसके । तर पनि […]
काठमाडौँ । नेपाल र भारतमा एकैदिन प्रदर्शन तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर ट्रेलर रिलिज भएको छ । भारतीय फिल्म समीक्षकहरुले शनिबार बिहानै सामाजिक सञ्जालमार्फत टिजर रिलिज गरेका छन् । टिजरले मुख्य पात्र प्रेम (प्रदीप खड्का)को चरित्रले गीत वा राजगद्दीमध्ये एक चुन्नुपर्ने बाध्यतालाई दर्शाइएको छ । १ मिनेट लामो टिजरमा प्रदीपलाई पर्याप्त स्थान […]
काठमाडौं । पहिलो पटक जाडो मौसममा हुन लागेको कतार विश्वकप आउन अब १०० दिन बाँकी छ । फुटबलको महाकुम्को रुपमा रहेको फिफा विश्वकप कतार २०२२, आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुनेछ । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तय भए पनि उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडरबीच गराउनका लागि एक […]
बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ काँडामा मानसिक सन्तुलन गुमाएकी महिलाको उद्धार गरिएको छ । वडा अध्यक्ष वीरबहादुर रावलको विशेष पहलमा लुगेनाकी जलु बुढाको उद्धार गरिएको हो । स्थानीय भाने बुढाकी कान्छी श्रीमती जलु मानसिक सन्तुलन बिग्रिएपछि घर नजिकै रहेको ओडार तथा जंगलमा बस्दै आएकी थिइन् । ‘भाने बुढाले जेठी श्रीमतीबाट छोरी […]
धनगढी: अछाममा बन्चरो प्रहार गरि श्रीमतीको हत्या गरेको आरोप लागेका पुरुष पक्राउ परेका छन्। यहि साउन ११ गते राती पञ्चदेवल बिनायक नगरपालिक–७ पुल्लेतोलाकी ४५ वर्षीया मन्ना कामीको हत्या गरि फरार भएका श्रीमान पदम कामी पक्राउ परेका हुन्। बुधबार उनलाई कञ्चनपुर प्रहरीको सहयोगमा भीमदत्त नगरपालिकाको वडा एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। कामीमाथि […]