होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : संघिय सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेसँगै समता फाउण्डेशनले सातै प्रदेशमा दलित समुदायको प्रतिनिधित्व बढाउन चुनाव केन्द्रित छलफल थालेको छ । आसन्न निर्वाचनमा दलित समुदायका व्यक्तिलाई उम्मेदवार बनाउन र जिताउने योजना अनुसार फाण्डेशनले छलफल थालेको हो। आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलितको प्रतिनिधित्व कसरी बढाउने भन्ने विषयमा […]
काठमाडौँ,२ भदौ । दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुङ्गा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले दिएको जानकारी अनुसार दुर्घटनामा परेकामध्ये गम्भीर घाइते तीन विद्यार्थीको लमहीमा उपचार जारी छ । क्षमताभन्दा तीन÷चार गुणा बढी विद्यार्थी बोकेका […]
डोटीः राप्रपाका पूर्व अध्यक्ष पशुपतिशम्शेर राणाले काठमाडौंको नागार्जुनस्थित बाल विकास माध्यामिक विद्यालयका ८०४ विद्यार्थीलाई झोला वितरण गरेका छन। नेता राणाले एसएस फाउण्डेसनकातर्फबाट सो विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेका हुन्। झोला पाएपछि विद्यालयका शिक्षक एवम विद्यार्थी प्रसन्न भएका थिए। नेता राणाले विद्यार्थीहरुको मनोवल र हौसला बढाउन एसएस फाउण्डेसनले अनुकरणीय काम गरिरहेकोमा धन्यवाद दिए। उनले आजका विद्यार्थी […]
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर–१८ को कार्यालयमा तालाबन्दी गरिएको छ। बिहीबार वडा कार्यालयमा ताला लगाइएको हो।ज्यालादारीमा कार्यरत कर्मचारी, स्थानीय र नेपाली कांग्रेस, माओवादी र राप्रपाका कार्यकर्ताहरुले कार्यालयमा ताला लगाएको सचिव बलदेब ओझाले जानकारी दिए। वडा कार्यालयमा कार्यरत ज्यालादारी कर्मचारीलाई निकालेको भन्दै तालाबन्दी गरिएको उनले बताए। कार्यालयमा कार्यरत ज्यालादारी कर्मचारी रामप्रसाद चौधरी र सहवीर खड्कालाई साउन […]
काठमाडौं । अभिनेता पुष्प खड्काले आफू अभिनित फिल्म ‘कृष्णलीला’ यदि बक्स अफिसमा सफल नरहे पारिश्रमिक फिर्ता गर्ने घोषणा गरेका छन् । शुक्रबारदेखि प्रदर्शन हुन गइरहेको फिल्मबारे बिहीबार अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘यदि फिल्म चलेन भने आफूले पाएको पारिश्रमिकको निश्चित प्रतिशत रकम फिर्ता गर्छु ।’ आफू दुई कारण पारिश्रमिक फिर्ता गर्न तयार भएको पुष्पले सुनाए […]
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिकतासम्बन्धी विधेयकको छलफलका क्रममा बिहीबार प्रतिनिधिसभामा कविता सुनाएका छन् । उनले रोष्ट्रममा आफ्नो धारणा राख्नुअघि सुनाएको कविता यस्तो छ : देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ नागरिकताजस्तो सस्तो छ साह्रै स्वाधीनता दाउमा छ । नेता रावलले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम उचित […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ७ वटा मापदण्ड बनाएको छ । १ भदौमा बसेको केन्द्रीय सचिवालयको बैठकले ७ वटा मापदण्ड तयार गरेको महासचिव बेदुराम भूसालले जानकारी दिए । एकीकृत समाजवादीले बनाएको मापदण्ड यस्तो छ : क. पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिवद्ध रहेको । ख. […]
बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । कैलाली घर भई पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो । गत असार […]
राष्ट्रपति विद्या भण्डारीले सन्देशसहित फिर्ता गरेको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रतिनिधिसभामा प्रस्तुत भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले सोध विधेयक प्रस्तुत गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत विधेयक निर्णयार्थ प्रस्तुत गर्दा छलफलका लागि स्वीकृत भएको छ । सो विधेयकमाथि प्रतिनिधिसभामा छलफल भइरहेको छ । राष्ट्रपतिले सन्देश सहित फिर्ता पठाएको विधेयकमाथि संसदीय समितिमा […]
काठमाडौं । संसदमा सबैभन्दा बढी समय अनुपस्थित हुने १५ जना सांसदहरुको नामावली सार्वजनिक भएको छ । सबैभन्दा लामो समय विदा बस्ने सांसद नवराज रावत छन् । उनी साउन ३ गतेदेखि भदौ २२ गतेसम्म विदामा छन् । संसद सचिवालयले सार्वजनिक गरेको विवरण अनुसार उनी निजी कामका लागि अमेरिका भ्रमणमा छन् । सभामुख अग्नि सापकोटाले आजको संसद […]
प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल जारी छ । नेपाल नागरिकता ऐन, २०६३ लाई […]
न्युयोर्क- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकिपक्स संक्रमण मानिसबाट कुकुरमा सर्ने पहिलो पटक रिपोर्ट गरेपछि मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ । गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस रिपोर्ट गरिएको थियो । फ्रान्सको राजधानी पेरिसमा सँगै बस्ने दुईजना पुरुषबाट र उनीहरूका इटालियन कुकुरमा मंकीपक्स सरेको थियो । […]
काठमाडौं । मिस वर्ल्ड तयारीका लागि अमेरिका भ्रमणमा पुगेकी मिस नेपाल प्रियंकारानी जोशी स्वदेश फर्किएकी छन् । उनको न्युयोर्क भ्रमणको मुख्य उद्देश्य मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाका लागि दाता जुटाउनु हो । यो विधासँग प्रियंकाको लगाव किन पनि छ भने नेपाल यो विधाको प्रमुख दाबेदार हो । नेपालले विगतमा चार-पाँचवटा ब्युटी विथ […]
काठमाडौं । काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरबीच चलेको जुहारीको चर्चा संसदमा पनि चलेको छ । नेकपा एमालेका सांसद कृष्णकुमार राईले दुई मेयरबीचको जुहारीको विषय संसदमा उठाएका हुन् । उनले फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिकाले प्रभावकारी काम नगरेको बताए । केबल फोहोर विसर्जनस्थलमा माटोले पुर्ने मात्र काम गरेको आरोप लगाए । साम्पाङले बुधबार साँझ फेसबुकमा आफू […]
नेकपा (एमाले) को केन्द्रीय स्कुल विभागले वार्षिक कार्ययोजनाअनुसार भदौ २ गतेबाट कार्यकर्ता (विषयगत प्रशिक्षण) सुरु गरेको छ । प्रशिक्षण पार्टी कार्यालय च्यासलमा शुरू भएको हो । पहिलो दिन एमालेको जनसंगठन अखिल नेपाल किसान महासंघका सदस्यहरू प्रशिक्षणमा सहभागी छन् । किसान महासंघका कायकर्ताहरुलाई तीन दिन (भदौ २,३ र ४ गते ) प्रशिक्षण दिने स्कुल विभाग सचिव […]
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै संघीय संसद्मा फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार नै पारित हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयकलगायतका विषयमा छलफल गर्न प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठक बोलाएका थिए । बैठकमा नागरिकता विधेयकमा कसरी अघि बढ्ने भन्नेबारे सहमति जुट्न सकेन । कार्यव्यवस्थाको बैठकमा सत्तारुढ दलका प्रतिनिधिले तत्काल पारित […]
गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद् गण्डकीले प्रतियोगिताको तयारीका काम अघि बढाएका हुन् । खेलस्थल छनोट, खेलाडी छनोट तथा प्रशिक्षणको काम अहिले भइरहेको छ । […]
रौतहटको उत्तरी भेग चन्द्रपुर नगरपालिका स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जना यात्रुको मृत्यु भएको छ । चन्द्रपुर-२ लच्का नजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो। काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश […]
काठमाडौं । ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ । प्रदीप खड्का स्टारर फिल्मको चीन रिलिजबारे बुधबार मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ । मुम्बईबाट कुरा गर्दै निर्माता सन्तोष सेनले चिनियाँ भाषामा रिलिज गर्न तयारी सुरु भएको बताए । उनका अनुसार […]
काठमाडौँ — सरकारले पूर्वपदाधिकारीलाई आर्थिक सहायता र उपचार खर्चका नाममा दिँदै आएको सुविधा खारेज गर्ने भएको छ । पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसहित पूर्वउच्च पदस्थ अधिकारीलाई राज्यको ढुकुटीबाट उपचार खर्च दिने व्यवस्था रहेको ‘नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि–२०७३’ खारेज गर्दै मन्त्रिपरिषद्ले ‘उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड–२०७९’ स्वीकृत गरेको छ । गत जेठ ३१ को निर्णयअनुसार […]