होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद समाधानका लागि कार्यदलले आज ‘निर्णायक’ वार्ता गर्ने भएको छ । विवाद समाधानका लागि आज पनि सिंहदरबारमा बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।कार्यदल सदस्य प्रदीप ज्ञवालीले यसअघि हिजोको छलफल निष्कर्षउन्मुख भएको र आज टुंगोमा पुग्ने बताए । बुधबार विवाद समाधान गर्न गठित उच्चस्तरीय […]
सत्तारुढ नेकपा (एमाले) अध्यक्ष एवं कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै हालतमा नभेट्ने गरी टाढिएका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि बुधबार साँझ राजधानीको पाँचतारे होटल म्यारिअटमा भेटेका छन्। सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला नआउन्जेल सकेसम्म यस्तो भेटघाट गर्नै नपरोस् भनेर बसेका नेपालका निम्ति दोस्रो पुस्ताका नेताहरूले बाध्यता सिर्जना गरेका हुन्। दोस्रो पुस्ताका भनिएका […]
आर्थिक वर्ष सकिनै लाग्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई झण्डै ४५ करोड रुपैयाँ निकासा गरेको छ । चालु आर्थिक वर्ष २०७७-७८ भित्रै सक्नुपर्ने गरी प्रशासनिक भवन निर्माण गर्न ४५ पालिकालाई मन्त्रालयले थप ४४ करोड ६३ लाख रुपैयाँ निकासा गरेको हो । तर, सो निकासा गरिएको रकम पहिलेदेखि गरिँदै आएको कामको भुक्तानी भएको […]
काठमाडौं, असार २४ । नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको संवाद शक्ति बाँडफाँडमा पुगेर अल्झिएको छ। बुधबार साँझ ७ बजेदेखि साडे ९ बजेसम्म भएको संवादमा पार्टी सञ्चालनका क्रममा कसले कति अधिकार पाउने र त्यसमा नेपाल पक्षको उपस्थितिलाई कसरी मिलाउने भन्नेबारेमा कुराकानी नमिलेको स्रोतको दाबी छ। ‘माधव नेपालले कोर्स […]
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश प्रहरी गठन प्रक्रिया थालेको छ। प्रदेश सरकार गठन भएको करिब ४० महिना बितेपछि सरकारले प्रदेश प्रहरी गठन प्रक्रिया थालेको हो। बुधबार प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले ‘प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबल गरेकी छन्। प्रदेश सभा नियमावली २०७४ को नियम १०६ को उपनियम […]
काठमाडौं, २२ असार । जनता समाजवादी पार्टी औपचारिक रुपमै फुट्ने भएको छ । अलग अलग जाने मार्ग खोलिदिन भन्दै आज दुवै पक्ष निर्वाचन आयोगमा पुगे । योसँगै जसपाको औपचारिक विभाजन आयोगबाट हुने सम्भावना बढेको छ । जसपा विभाजन भएपछि आधिकारिक पार्टी र चिन्ह कस्को हुने टुंगो लाग्न भने कठिन छ । जसपामा निर्वाचन आयोगमा भएका […]
धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको वनहरा शिविर छ । उक्त शिविरमा ४० मुक्त हलिया परिवार बस्दै आएका छन् । बैतडी, बझाङ, बाजुरा, अछाम, दार्चुला, डडेल्धुरा लगायत जिल्लाबाट बसाइँ सरेर आएका उनीहरू २०५८ सालदेखि सो शिविरमा बस्दै आएका छन् । कतिपय २०६५ देखि २०६८ सालको बीचमा त्यहाँ आएर बस्न थालेको बताउँछन् । […]
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनः स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।सोमबार जनकपुर आइपुगेका उनले संविधानको मर्म र भावना अनुसार संसद पुनःस्थापना हुने र कांग्रेस सभापनि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुने विश्वास गरेका हुन् । प्रचण्डले भने,’देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, अनि संसद पनि पुनर्स्थापना हुन्छ […]
सर्वोच्च अदालतको संवैधानिक इजलासमा डेढ महिनादेखि चलेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सोमबार सकिएको छ । बहस सकिएसँगै इजलासले सो मुद्दा हेर्दाहेर्दैका लागि २८ असारका लागि पेसी तोकिएको छ । सम्भवतः सोही दिन फैसला आउन सक्ने सम्भावना छ । ७ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि दाबी पर्न आएको […]
काठमाडौं । देशका २ सय २० वटा स्थानीय तह प्रशासकीय अधिकृतविहीन अवस्थामा छन् । प्रमुख प्रशासकीय अधिकृत नहँुदा ती स्थानीय तहले प्रशासनिकदेखि नीतिगत तहमा समेत विभिन्न समस्या भोग्न बाध्य भइरहेका छन् । महानगरपालिका, उपमहानगरपालिकादेखि नगरपालिका र गाउँपालिका गरी २ सय २० वटा स्थानीय तह लामो समयदेखि निमित्तका भरमा सञ्चालन भइरहेका छन् । गाउँको सिहदरबारका रूपमा […]
अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरूले डराउनुपर्दैन l आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई […]
नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक मंगलबार पनि बस्दैछ । दिउँसो १ बजेपछि बस्ने बैठकमा विवाद समाधानका लागि दुबै पक्षबीच गम्भीर छलफल हुने नेताले बताएका छन् । माधव नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलले आजदेखि पार्टी मिलाउन घनीभूत ढङ्गले लागिपर्ने प्रतिक्रिया दिए । सोमबारको बैठकमा अहिलेसम्म भएका अनौपचारिक छलफलबारे पुनरावलोकन भएको […]
काठमाडौं । नेकपा एमालेको एकता जोगाउन गठित कार्यदल पुनः ब्यूँतिएको छ । कार्यदलको बैठक सोमबार बेलुका ६ बजे सिंहदरबारमा बस्दैछ । कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र […]
काठमाडौँ– प्रतिनिधिसभा विघटनविरूद्ध परेका ३० वटा रिटमाथिको बहस आज सकिँदैछ । आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएपछि रिट निवेदक पक्षका अधिवक्ताहरुले जवाफी बहस शुरू गरेका छन् । उनीहरुका लागि छुट्याइएको तीन घण्टाको समयमा अब दुई घण्टा मात्रै बाँकी छ । यो दुई घण्टामा आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफी […]
जीवन कैला/काेल्टी २१ बाजुरा। बाजुराको कोल्टीमा अाईतबार साँझ केपी ओली सरकार विरुद्ध राके जुलुस सहित युवाहरू सडकमा ओर्लीएका छन । अहिले सरकारको नेतृत्व गरिरहेका केपी आलीले संविधानको उलंघन गर्दै अराजक शैलीमा देशमा शासन गरिरहेको भन्दै बाजुराकाे काेल्टीमा युवाहरुले केपीओलीको पुत्ला दहन समेत गरेका हुन । विभिन्न राजनैतिक दलका भातृसंघहरुले आईतबार साँझ कोल्टी बजारमा केपीओली सरकारको […]
बैतडी: बैतडीको सिगास गाउँपालिका ३ लगनमा आइतबार बिहान जीप दुर्घटना हुँदा फरार रहेका जिप साहु र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। दुर्घटना हुने बित्तिकै फरार रहेका जिप साहु सिगास गाउँपालिका ३ का ४४ बर्षीय हरिभान साउँद र चालक १९ बर्षीय खगेन्द्र साउँदलाई उनीहरुको घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी […]
२० असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको बताए । कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने भएकाले अनुमति माग गरेको र परीक्षाको […]
२०७५ साल जेठ २ अघिको संरचनामा फर्कन तयार रहेको बताएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्ततः २०७७ फागुनभन्दा पछाडि फर्कन सकेनन् । बुधबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले एमालेलाई २०७७ फागुन २८ सम्म फर्काएको छ । जबकि, माधव नेपाल पक्षले २०७५ जेठ २ मा फर्कनुपर्ने शर्त राख्दै आएको छ । बालुवाटारमा ओलीको अध्यक्षतामा […]
काठमाडौं, १६ असार । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम १८ असारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुने भएका छन् । उनले आफू पक्षीय नेता कार्यकर्तासँग आज छलफल गरी बैठकमा जाने टुंगो लगाएका हुन् । गौतमले एकता अभियानको बैठक डाकी सुझावसहित पार्टी बैठकमा सहभागी हुने निष्कर्ष निकालेका हुन् । बैठकमा गौतमले भने,‘हामी अहिलेलाई बैठकमा […]
काठमाडौं, १६ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु पार्टी बैठकमा नजाने भएका छन् । उनले आन्तरिक परामर्श गरी बैठकमा नजाने निर्णय लिएका हुन् । नेपालनिकट नेता विरोध खतिवडाले बैठक नै अवैध भनेका छन् । उनले भने,‘अवैध कमिटीले बोलाएको बैठकमा हामी जाँदैनौं ।’ यसअघि आजै माधव नेपालले आफू मूल्य मान्यताको राजनीतिबाट पछि […]