होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पार्टी नेतृत्वमा सरकार गठन भएसँगै कांग्रेसका धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि कांग्रेसले सरकार बनाउन अर्को आमनिर्वाचन कुर्नुपर्नेबाहेक सम्भावना देखिएको थिएन। तर, सत्ता गठबन्धन मात्र होइन, एमालेभित्रको विग्रहका कारण कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार बनाउने अवसर प्राप्त भएको हो। सरकारको नेतृत्व […]
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ। नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन्। अर्कोतिर ओली समूहकै आठ सांसदले देउवालाई विश्वासको मत दिए। नेपालसहित एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने १० […]
काठमाडौँ — सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन सुरु भएको छ । केहीबेरअघि संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका छन् ।विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको हो । अदालतको परमादेशअनुसार असार २९ […]
काठमाडौँ– एमाले सांसद रामकुमारी झाँक्रीले एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । प्रधानमन्त्री देउवाले आज बेलुका बस्ने बैठकमा विश्वासको मत लिने निर्णय गर्दै संसदमा प्रस्ताव दर्ता गराइसकेको अबस्थामा नेता नेपाल समूहका सांसदहरुले विश्वासको मत दिने सांसद झाँक्रीले बताएकी हुन् । उनले भनिन्,‘हामो प्रयासचाँहि विपक्षमा बसेर भएपनि पार्टीले निर्णय […]
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसद अनुपस्थित भएका छन्। ठाकुरसँग २० सांसद छन् तर ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने सांसदको संख्या घट्दै गएको छ। बैठकमा ठाकुरसँग निकट मानिएका राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकाल अनुपस्थित […]
नेपाली काँग्रेसको १४औँ महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै हुने भएको छ । क्रियाशील सदस्यको विवाद ७७ जिल्लामध्ये ७५ जिल्लामा समाधान भएको छ भने बारा र सप्तरीमा केही दिनभित्रै टुङ्ग्याइने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले अब सिङ्गो पार्टीलाई महाधिवेशनमा लगाउने निष्कर्ष […]
नागरिक रैबार/बाजुरा ३१ असार। जिल्लाको बुढीनन्दा नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा नगरपालिकामा भए गरेका कामहरुको एक कार्यक्रमका विच सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा सम्पन्न नगरपालिकाले गरेका कार्यक्रम तथा वजेट खर्चको सम्पूर्ण लेखाजोखा सार्वजनिक गरेको हो । नगरबासीलाई नगरले गरेका कामहरुको प्रगतिबारे जानकारी गराउने उद्देश्यले बुढीनन्दा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना […]
काठमाडौ : सरकारले आगामी साउन ३ गते संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गते आइतबार ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा […]
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा चालू र पुँजीगत गरी ३४ अर्ब ५२ करोड बजेट खर्च गर्ने योजना बनाएको थियो। प्रदेशमा १८ अर्ब १७ करोड बजेट पुँजीगत तर्फ खर्च गर्ने उद्देश्य राखिएको भएपनि १२ अर्ब ७१ करोड मात्रै खर्च भएको छ। चालूतर्फ भने १६ अर्ब ५ करोड खर्च गर्ने योजना प्रदेश सरकारको थियो। […]
बालुवाटारबाट बुधबार बाल्कोट सरेपछि एमाले अध्यक्ष केपी ओलीले घोषणा गरे, ‘माधव नेपाललाई अब पार्टीमा कुनै स्थान छैन ।’ दोस्रो तहका नेताहरु पार्टी विवाद साम्य पार्न १० बुँदे सहमति गरेको तेस्रो दिनमै ओलीले वरिष्ठ नेता नेपालसँग पार्टी एकता नहुने उद्घोष गरे । आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न नेतृत्वदायी भूमिका खेलेको भन्दै ओली नेपालप्रति क्रुद्ध छन् । […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको बताएका छन् । उनले अरुले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने तर, माधव नेपालको हकमा त्यो सम्भव नभएको बताए । बालुवाटारबाट बालकोट पुगेका उनले समर्थकहरुलाई सम्बोधन गर्दै भने, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना […]
सोमबार सर्वोच्च अदालतबाट आएको बहुचर्चित १६७ पेजको फैसला लेख्ने न्यायाधीश थिए, ईश्वर खतिवडा । प्रश्न उठ्छ, स्वयं प्रधानन्यायाधीशको अध्यक्षतामा गठन हुने संवैधानिक इजलाशको फैसला किन उनीभन्दा मुनिका न्यायाधीशलाई लेख्न दिइयो ? यसको जवाफ हो, खतिवडाको निडरपन । उनी कोही, कसैको डर र प्रलोभनमा नपरी राम्रो फैसला लेख्ने, आफैँ टाइप गर्ने र छिटो फैसला तयार पार्ने […]
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र माओवादीका दुई/दुई नेतालाई सरकारमा सहभागी गराएका छन्। प्रधानमन्त्रीमा सपथग्रहणलगत्तै मन्त्रिपरिषद् गठन गर्दै देउवाले बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा सहभागी गराएका हुन्। देउवाले आफ्ना विश्वासपात्रद्वय खाँण र कार्कीलाई क्रमशः गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन्। त्यस्तै माओवादी केन्द्रका नेता शर्मालाई अर्थ र भुसाललाई […]
काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा मंगलबार साँझ साढे ६ बजे शपथ ग्रहणका लागि बूढानीलकण्ठबाट बाहिरिए । देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए । तर, राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्न देउवालाई पठाएको पत्रमा भने संविधानको कुन व्यवस्था र धाराअनुसार नियुक्त हुने भन्ने स्पष्ट उल्लेख नभएकाले देउवालाई चित्त बुझेन ।उनले पहिले मुख्यसचिव शंकरदास बैरागीमार्फत नियुक्तीको बेहोरामा […]
वरिष्ठ नेता माधव नेपालले १० बुँदे सहमतिभित्र बढी जित हासिल गर्नुभएको उनी पक्षीय सदस्यहरुको दावी छ । त्यसो त सोमबारको सर्वोच्चको फैसलाले माधवका सम्पूर्ण एजेण्डा जस्ताको तस्तै अनुमोदन गरेकै छ । तर, त्यसअघि हस्ताक्षर फिर्ताको भ्रम फिँजाइएपछि माधवले फेसबुकबाटै त्यसको प्रतिवाद गरे । उनको शर्त थियो ०७५ जेठ २ मा पुग्ने । १० बुँदेले त्यहाँ […]
नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन । राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भनिन्, “विद्यालय जाँदा जहिले खुसी भएर जान्थी । अनलाइन कक्षामा बस्नै मान्दिनन् ।” अनलाइन कक्षामा धेरै सिक्न नसकेको गुनासो आम अभिभावकको छ । बालमनोविज्ञ गङ्गा पाठकले सुरुमा अनलाइन कक्षाले बालबालिकालाई […]
काठमाडौँ: नेपालको संसदीय इतिहासमा हालसम्म छ पटक प्रतिनिधिसभा विघटन भएका छन् । तीमध्ये चार पटकका विघटन बदर र दुई पटकका सदर भएका छन् ।विघटित प्रतिनिधिसभा तीनपटक सर्वाेच्च अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। पहिलोपटक विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए। विसं २०५१ असार २७ […]
काठमाडौं, २८ असार । सर्वोच्च अदालतको ऐतिहासिक फैसला आएपछि केपी शर्मा ओलीविरोधी गठबन्धनको बैठक बसिरहेको छ । बैठकले अदालतको फैसलापछि कसरी बढ्ने भन्नेबारे छलफल गरिररहेको छ । कोटेश्वरस्थित एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा बसेको बैठकमा नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड […]
काठमाडौं, २८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनविद्हरुसँग परामर्श लिएर मात्र सर्वोच्चको आदेशबारे निर्णय लिने भएकी छिन् । उनले राष्ट्रपति कार्यालयमा सर्वोच्च अदालतको आदेशको पत्र दर्ता भएपछि चासो राखिसकेको बुझिएको छ । राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले कानुनविद्हरुसँग परामर्श लिएर अगाडि बढ्ने तय भएको बताए । संविधानमा प्रधानमन्त्री कुनै व्यक्ति विशेषलाई नियुक्त गर्न राष्ट्रपतिलाई […]
काठमाडौं, २८ असार । सर्वोच्च अदालतको आदेशले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ । सम्भवतः देउवालाई भण्डारीले भोलि नै प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना छ । अदालतको आदेश अनुसार देउवा दुई वा दुई भन्दा बढी दलको बहुमतप्राप्त प्रधानमन्त्री बन्दैछन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवा बहुमत सांसदको समर्थनबाट […]