होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि व्यापारीले भने पुरानै मूल्यमा बिक्री गरेको पाइएको छ । उपभोक्ताको गुनासो आएपछि निगमले बजार अनुगमनका क्रममा पुरानै मूल्यमा बिक्री भएको पाइएको नेपाल आयल निगमले जनाएको छ । खुद्रा पसलले ग्यासको मूल्य नघटाए निगमले कारबाही गर्ने चेतावनीसहितको विज्ञप्ति सार्वजनिक गरेको छ । निगमले असोज ३ […]
काठमाडौं : मुलुकको अर्थतन्त्र महँगिको मारतर्फ धकेलिँदै गएको छ। गत साउनमा औसत मूल्य वृद्धि दर २०७४ भदौपछि पहिलोपटक ७ प्रतिशत हाराहारी पुगेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। ‘वैशाखदेखि लगातार मूल्य वृद्धि बढ्दोक्रममा छ’, राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख डा.गुणाकर भट्ट भन्छन्। उनका अनुसार तरकारी, माछामासुको आपूर्तिमा केही असहजता देखिएको र स्वदेशी उत्पादन घटेका कारण महँगी […]
काठमाडौं – गृह मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान सुरु गरेको छ। मन्त्रालयले एक हप्ताअघि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृत, शिक्षण अस्पतालका चिकित्सकसहितको अनुसन्धान टोली गठन गरेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्णल […]
नागरिक रैबार/बाजुरा ६ असोज। बाजुरा जिल्ला प्रहरी कार्यालय बार्जुगाडको टोलीले बुढीगंगा नगरपालिकाको बाह्रवीसतिर सर्चिङ्गमा गएका बेला सिगाडा मावि कक्षा ९ मा अध्ययनरत एक जना छात्रलाई विप्लव समुहको जिल्ला कमिटी सदस्य भनेर पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका वडा नं. ९ बाह्रवीस बासुरेका लाल बहादुर शाही रहेका छन् । बार्जुगाडबाट सर्चिङ्गमा गएको प्रहरीको टोलीले […]
काठमाडौं : नेपाल आइडल सिजन– ३ का विजेताहरूको विश्व भ्रमण तय भएको छ। सिजन ३ को अडिसन सुरु भएसँगै उत्कृष्ट तीनको विश्व भ्रमण तय भएको हो। उनीहरूको विश्व भ्रमणका लागि एपी वान टेलिभिजन र इभेन्ट अर्गनाइजर गृष्मा ब्रोडकास्टिङबीच आइतबार सम्झौता भएको छ। सम्झौतापत्रमा एपी वान टेलिभिजनका एमडी लक्ष्मीप्रसाद पौडेल, गृष्मा ब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरे र एपी […]
काठमाडौं : दसैंका लागि आइतबारदेखि खोलिएको टिकट बुकिङ भद्रगोल देखिएको छ। टिकट बुकिङमा उचित प्रबन्ध मिलाउन नसक्दा मध्यरातदेखि लाइनमा बसेका यात्रुले आइतबार अबेरसम्म टिकट पाउन सकेनन्। बुकिङका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागले समन्वय गरेका थिए। कर्णाली तथा अन्य दुर्गम भेगका बस सुनिश्चितता नहुँदा आइतबार टिकट बुकिङ हुन सकेन। गोंगबु, कोटेश्वर, गौशाला, बल्खुलगायत […]
५ भदौं, काठमाडौं । दशैेंमा नयाँ नाेट वितरण बन्द गर्ने याेजना राष्ट्र बैंकले बनाएको छ । वार्षिक करोडौं रकम खर्चिएर छापिएको नाेट दशैंमा प्रयोग गर्दा आयु छाेटाे भएको भन्दै राष्ट्र बैंकले यस्ताे तयारी गरेको हाे । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निराैलाले दशैमा नयाँ नाेट वितरण गर्दा नाेटकाे हिफाजत नहुने र नाेट बिग्रिंदा देशलाई नै […]
४ असोज, काठमाडौं । महोत्तरी, सर्लाही, सिराहा, रुपन्देही, दाङ, बाँके र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित सडकमा ज १ च १८०६ नम्बरको पिकअप गाडीले ज १० प २०६५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–३ कालापानी बस्ने २० वर्षीय बिनोद कुमार भण्डारीको […]
खबर संवाददाता/बाजुरा ४ असोज। ‘विप्लव’ समुहका बाजुरा जिल्लाका सह–सचीव दानबहादर सड्का (किशोर) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन् । विश्वभरी सुरुभएको कम्युनिष्ट आन्दोलनका एक हिंसाका रुपमा नेपालमा पनि समान्ती, दलाल, पुजीवादी, अधियानयकत्वका विरुद्ध संर्घष गरी गरिव, निमुखा […]
काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको हो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम गरिएको छ । मूल्य घटेपछि ग्यासको मूल्य […]
कालिकाेट\ असाेज २ । कालिकोटमा चुलो छोएको नाउँमा एक दलित महिला माथि कुटपिट हुनुको साथै अमानवीय व्यवहार गर्दै जुत्ताको माला लगाएको छ कथित ठुलो जातको बिल्ला भिरेका भिजिल्यान्ते शोषकहरुले जातिको नाममा गरीब र सोझा दलितमाथि थिचोमिचो र अन्याय गर्दै आएका छन्। उनीहरूलाई कहिलै ज्ञान भएन मन्दिरको मुर्ति देखि भान्साको खाना पकाउने कसौंडी ९भाडाकुडा० सम्म दलितले […]
काठमाडौँ — सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कसैको रहरले संविधान संशोधन नहुने बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् । ‘औचित्य र आवश्यकताको आधारमा मात्र संविधान संशोधन हुन्छ। कसैलाई रहर लाग्दैमा संशोधन हुँदैन,’ उनले भने,’संशोधन केका लागि हो? कसको अधिकार संविधानले रोक्यो? पुष्टि […]
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले अवतरणको तयारीमा रहेका जहाज आकाशमै होल्ड भएको बारे छानविन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन्। बिहीबार बिहान दूरी मापन गर्ने उपकरण अचानक बिग्रिएपछि कतार एयरलाइन्सलगायतका ठूला जहाजलाई करिब दुई घन्टा आकाशमै होल्ड गरिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल […]
काठमाडौँ — नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कुल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकर्तालाई ‘सी चिनफिङ पथ’ बारे प्रशिक्षण दिने भएको छ । असोज ६ र ७ गते काठमाडौंमा हुने सम्मेलनको पहिलो कक्षामै चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक दर्शन र सिद्धान्तबारे जानकारी गराउने तयारी भएको विभाग प्रमुख ईश्वर पोखरेलले बताए । सम्मेलन तयारीका लागि चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि […]
काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको विमान मौसममा आएको खराबीका कारण धनगढी विमानस्थलमा अवतरण गरिएको छ। काठमाडौंबाट ६४ जना यात्रु सहित बुधबार साँझ ६ बजेर १५ मिनेटमा काठमाडौँबाट उडेको विमानतीव्र गतीमा चलेको हावा र वर्षाका कारण नेपालगञ्जमा अवतरण हुन नसकेपछि धनगढी विमानस्थलमा अवतरण गरिएको बुद्ध एयर नेपालगञ्जका प्रमुख विनित शाहले बताए। उनले केहीबेर आकाशमै फन्को […]
वि.सं. २०७६ असोज २। बिहीबार। इ.स. २०१९ सेप्टेम्बर १९। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। पञ्चमी, १५:५० उप्रान्त षष्ठी। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यायबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाई लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको […]
जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार […]
३१ भदौ, काठमाडौं । नगरपालिकाले चोरी, दुर्घटना, अपराध नियन्त्रणलगायतका गतिविधि घटाउन सिसी क्यामेरा जडान गर्ने भएको छ । नगरपालिकाले सबै वडाका मुख्य–मुख्य चोक, त्यहाँ रहेका सामुदायिक विद्यालय र बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागेको हो । क्यामेरा जडान गर्न प्रदेश सरकार र नगरपालिका मिलेर रु एक करोड खर्च गर्ने योजना अघि बढेको नगर प्रमुख गजेन्द्र […]
काठमाडौं, भदौ ३१ । पछिल्लो ५ महीनाको अवधिमा विपद्का घटनामा परि २ सय ७१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ बैसाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परि सो सङ्ख्यामा मृत्यु भएको हो। यस्तै, ६ सय ४६ जना घाइते भएका छन् भने ७ सय ६७ व्यक्ति विस्थापित भएका छन्। घटनामा परि १ […]
भाद्र ३१ ,काठमाण्डौ — नारायणी नदीमा चल्ने भनिएको पानीजहाजका निर्माताले दशैंअघि नै सेवा शुरू गर्ने दाबी गरेका छन्। नेपालमा पहिलोपटक निर्माण र सञ्चालन हुन लागेको रिभर क्रुज सिप (पानीजहाज) चलाउन नारायणी नदी उपयुक्त रहेअनुसार विगत लामो समयअघिदेखि यसको तयारी थालिएको थियो। रिभर क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाज निर्माणको […]