होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सातै प्रदेशमा प्रमुखको नियुक्ति गरेकी हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुखको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख […]
‘चालकले पटकपटक गाडी बिग्रिएको बताउनुभएको थियो। दोलखाको मागा देउराली बाखोरबाट बिहान साढे ८ बजे हिँडेको बा२ख ७२४५ नम्बरको बस पहिलोपटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो। त्यहाँ बनाएर अगाडि बढेको बस अन्य थुप्रै स्थानमा बिग्रियो। बिग्रिएको बसलाई चालक र सहचालकले बनाउने प्रयास गरे। म चालकको पछाडि सिटमा बच्चालाई दूध चुसाएर बसिरहेको थिएँ। मेरो बच्चा २ महिनाको मात्रैै […]
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उप निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले उम्मेद्वार चयन गरेको हो । बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बाग्लुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश […]
महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ नम्बरको बस सह चालकले चलाउँदा दुर्घटना भएको खुलेको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर १ गेरुपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका छन्। चालक खगेन्द्र बडैलाले निन्द्रा लागेको भन्दै सह चालकलाई बस चलाउन दिएको २० मिनेटमा नै दुर्घटना भएको बाजुरा रिठाबजार […]
काठमाडौं- सांसद मोहम्मद अफताव आलमविरुद्ध लागेको सामूहिक नरसंहारको कसुर प्रमाणित भए जन्मकैदसम्मको सजाय हुने भएको छ। ज्यानसम्बन्धी मुद्दा प्रमाणित भए जन्मकैद, ज्यान मार्ने उद्योगको कसुर प्रमाणित भए १० वर्ष कैद हुनेछ। यो खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्। उनीविरुद्ध रौतहट प्रहरीले यी दुई र विस्फोटक पदार्थसम्बन्धी कसुर गरी तीन मुद्दा दायर गरेको छ।
पोखरा । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि नेकपा गण्डकी प्रदेशले ३ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ । यसअघि नेकपा जिल्ला कमिटीले स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईको मात्रै नाम सिफारिस गरेकोमा प्रदेशले थप दुई जनाको नाम सिफारिस गरेको हो । प्रदेशले भट्टराईसहित नेताहरु […]
उपनिर्वाचनमा संघ र प्रदेशतर्फका उम्मेदवार तय गर्न प्रमुख प्रतिपक्ष कांग्रेसमा सकस भइरहेको छ । उम्मेदवारी दर्ताका लागि एक साता मात्र समय बाँकी रहेका बेला कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । उपनिर्वाचन मंसिर १४ गतेका लागि तोकिएको छ । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता […]
हिन्दुहरुका महान चाड दशैँ र तिहार सकिएसंगै सुदूरपश्चिमको पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ। कार्तिक शुक्ल पक्ष सुरु भएसँगै पहाडी जिल्लाका विभिन्न शक्तिपीठमा जात्रा शुरु भएको हो। दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा झण्डै एक महिना सम्म जात्रा लाग्ने गर्दछ। शैल्यशिखर नगरपालिकाको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर […]
काठमाडौं । पहिलो पृष्ठमा तिहारको झल्काउने तस्वीर छापेका आजका अखबारहरूले फरक–फरक विषयलाई समाचारको रूप दिएका छन् । कुनैले कांग्रेस सभापतिको विभाग थप गर्ने प्रस्तावलाई मुख्य समाचार बनाएका छन् भने केहीले कूटनीति, रौतहट बम विस्फोटमाथि भइरहेको अनुसन्धानलगायत विषय उठाएका छन् । नागरिकले सत्यनिरूपण र बेपत्ता छानबिन आयोगले नेतृत्व नपाउँदा द्वन्द्वकालीन मुद्दा अलपत्र परेको लेखेको छ । […]
९ कात्तिक, काठमाडौं । संस्थागत (निजी) विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानून शैक्षिक सत्र शुरु भएको छ महिनासम्म पनि कार्यान्वयन हुन सकेको छैन । वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरु हुन्छ । शिक्षा नियमावलीमा जेठ १५ गतेसम्म संस्थागत विद्यालयका विभिन्न समूहले पाउने छात्रवृत्तिको निर्णय गरी सम्बन्धित स्थानीय तहको शिक्षा शाखामा पेश गर्नुपर्ने व्यवस्था छ । […]
काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ। महराको बयान सकिएसँगै अनुसन्धानको मिसिल शुक्रबार बुझाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए। प्रहरीले २० दिन लगाएर अनुसन्धान प्रतिवेदन तयार पारेको हो। महराले भने रोशनी शाहीमाथि बलात्कार प्रयास नगरेको बयान दिएका छन्। […]
काठमाडौं । सर्वोच्च अदालतले पूजा बोहोरा बलात्कार प्रकरणमा घटनाको आठ वर्षपछि सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको छ। उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै बिहीबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरि फुँयालको संयुक्त इजलासले उनीहरुलाई बलात्कारी ठहर गरेको हो। जिल्ला अदालत बैतडीकोको फैसला उल्ट्याउँदै उच्च अदालत महेन्द्रनगरले यी अभियुक्तले सफाई पाउने फैसला सुनाएपछि घटना […]
काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी भनिएकी संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले मनोवैज्ञानिक र मानसिक दबाबमा आफूले प्रहरीमा उजुरी दिएको खुलासा गरेकी छन्। एपीवान टेलिभिजनसँगको कुराकानीमा शाहीले यस्तो खुलासा गरेकी हुन्। ‘असोज १७ गतेको किटानी जाहेरी निवेदन मलाई बाध्य पारेर लेख्न लगाई दर्ता गराइएको हो’, कुराकानीमा उनले भनेकी छन्, ‘असोज १७ […]
काठमाडौं जिल्ला अदालतले संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न अझै पाँच दिन म्याद थप गरेको छ। जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले सरकारी वकिल र महराका वकिलहरूको बहस सुनेपछि यस्तो अनुमति दिएको जिल्ला अदालत काठमाडौंका स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। महराको बयान लिन बाँकी रहेकाले पाँच दिन म्याद थप […]
काठमाडौं : म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार बिहान जापान जाँदै छिन्। थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । जापानी सम्राट् नारुहितोको राज्याभिषेकमा सहभागी हुन भण्डारी जापान जान लागेकी हुन् । नेपाली प्रतिनिधिमण्डलको टोली कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ । नारुहितो कस्ता छन् ? ५९ बर्से नारुहितो दोस्रो विश्व युद्धपछि जन्मेका पहिलो […]
काठमाडौं – सांसद मोहम्मद आफताब आलमलाई पक्राउ गरिनु काँग्रेसविरुद्धको षड्यन्त्र भएको प्रतिक्रिया दिएका काँग्रेस सभापति शेरबहादुर देउवाले उक्त अभिव्यक्तिमा संशोधन गरेको छन् । शुक्रबार पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटनमा देउवाले आलम पक्राउको विरोध गरेका थिए । सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि देउवाले शनिबार दिउँसो प्रेस विज्ञप्ति जारी गरी […]
काठमाडौं।सर्वोच्च अदालतको पछिल्लो फैसलाले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधाका सम्बन्धमा मौजुदा ‘संवैधानिक त्रुटि’लाई उजागर गरेको छ। संविधानमा स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक व्यवस्था नगरिएको प्रावधानलाई टेकेर सर्वोच्चले शुक्रबार स्थानीय तहका जनप्रतिनिधिले मासिक पारिश्रमिक दिने सम्बन्धमा बनेको प्रदेश कानुन खारेज गरेको थियो। सर्वोच्चले स्थानीय तहका जनप्रतिनिधिले लिइरहेको पारिश्रमिक संविधानको धारा २२० को उपधारा ८ र धारा २२७ […]
कात्तिक, काठमाडौं । यस वर्षको तिहारमा सानाठूला गरी तीन लाख माला भारतबाट आयात हुने अनुमान गरिएको छ । राजधानीमा बसोबास गर्ने नेपालीका लागि वर्षैपिच्छे भारतबाट माला आयात हुने गरेको तथ्याङ्क छ । नेपालमा लगातार गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भएको २३ वर्ष पुगेको छ । आयातमा भने कमी आएको छैन । विसं २०५३ देखि फूलको प्रतियोगितात्मक […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ठुला राष्ट्रका स्वार्थबाट नेपाललाई जोगाइराख्नुपर्ने चुनौती थपिएको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि विश्वको ध्यान नेपालतिर आकषिर्त भएको भन्दै उनले भ्रमणको सफलतासँगै खतरा पनि बढेको बताए । शनिबार राजधानीमा भएको एक कार्यक्रममा नेता नेपालले ठूला राष्ट्रहरुको स्वार्थ पुरा गर्ने माध्यम बन्नबाट नेपाललाई जोगाउनुपर्ने […]
काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमको अपराध श्रृंखलादेखि घरजग्गा कारोबार, सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लको बेइमानीसम्मका विषय आजका दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बनेको छ । कान्तिपुरले ‘न्याय खोज्दाखोज्दै मारिइन् आमा’ शीर्षक दिएर अफताब आलमका अपराधबारे लेखेको छ । समाचार अनुसार रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम विस्फोटपछि इँटाभट्टामा जलाइएका छोराको न्यायका लागि रूक्सानाले भरमग्दुर […]