होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१६ असार, काठमाडौं । अबको ८ दिनपछि नेपाल प्रहरीले नयाँ कमाण्डर पाउँदैछ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले २४ असारपछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउनेछन् । ज्ञवाली घर गएसँगै २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहबाट एक जनाले २८ औं महानिरीक्षक बन्ने अवसर प्राप्त गर्नेछन् । प्रहरी नियमावलीले प्रहरी […]
कोरोनाभाइरसको महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ । गत वर्षको अन्त्यमा चीनमा पहिलोपटक देखिएको भाइरसका कारण विश्वभर संक्रमित हुने संख्या १ करोड नाघिसकेको छ । यसमध्ये आधाभन्दा बढी संक्रमित अमेरिका र युरोपमा रहेका छन् । तर, पछिल्लो समय अमेरिकी महादेशमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको […]
काठमाडौं – सरकारले विद्युतीय बस खरिद तथा सञ्चालन प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई दिइएको तीन अर्ब रुपियाँ फिर्ता लिने निर्णय गरेको करिब छ महिनापछि सरकारले विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाएको हो । साझा यातायातले उक्त रकम सरकारलाई फिर्ता गरिसकेको छ । काठमाडौँ उपत्यकासहित मुलुकका अन्य भूभागमा […]
काठमाडौं – कानुन सङ्कायको तीनवर्षे स्नातक तह (एलएलबी) कार्यक्रमलाई निजी कलेजबाट पनि पढाउने व्यवस्था गर्न सुझाइएको छ । ‘कानुनी शिक्षाको सुधार पुनरवलोकन र परिमार्जनका लागि गठित सुझाव समिति’ले आइतबार त्रिभुवन विश्वविद्यालयलाई यस्तो प्रतिवेदन बुझाएको हो । समितिका संयोजक प्रा. पूर्णमान शाक्यले विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटालाई प्रतिवेदन हस्तान्तरण गर्दै कानुनी शिक्षामा सार्वजनिक–निजी साझेदारीको आवश्यकता औँल्याए […]
धनगढी : धनगढीबाट विप्लव समूहका नगर ईन्चार्ज सहित ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नगर ईन्चार्ज प्रकाश रावल सहितका ६ जनालाई पक्राउ गरेको हो। कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ पर्नेमा विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय […]
पोखरा । दुर्घटनामा परेर पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचाररत कुश्मा पर्वतका एक युवकमा कोरोना संक्रमण देखियो । कुनै पनि ट्राभल हिस्ट्री र संक्रमितको सम्पर्कमा नआएका ३५ वर्षीय ती युवकमा २२ जेठमा कोरोना देखिएपछि उनीमात्रै होइन, समाजमै सन्त्रास फैलियो ।पर्वतबाट पोखरा आएको करिब एक हप्तापछि ती पुरुषमा कोरोना भाइरस पुष्टि भएको थियो । संक्रमणको माध्यम नै […]
१४ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आइतबार बस्दै छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । काँग्रेसले १४औं […]
काठमाडौं- तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको आज ६९ औँ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी उनी जनतामाझ लोकप्रिय हुन सफल भएका थिए । भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको […]
काठमाडौं – मुलुकका विभिन्न भू-भागमा भइरहेको भारी वर्षाका कारण विभिन्न ४४ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । मनसुन सक्रिय भएसँगै भइरहेको भीषण वर्षाले तराईका कतिपय भू-भागमा डुबान सुरू भएको छ । सडकबाटै पानी बग्न थालेपछि यातायात प्रभावित भएका छन् । स-सना खोलाखोल्सीमा पनि बाढी आएपछि तटीय क्षेत्रका बस्ती डुबानको खतरामा परेका छन् […]
भारतबाट फर्किएका नागरिकको समयमै कोरोना रिपोर्ट नआउँदा क्वारेन्टाइनको बसाइ लम्बिँदैं गएको छ । क्वारेन्टाइनमा बसेको महिना दिन पुगे पनि रिपोर्ट नआउँदा बैतडीका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका नागरिक आक्रोशित हुन थालेका छन् । स्वाब संकलन भएकाहरुको समेत समयमा रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेका नागरिक आक्रोशित हुन थालेका हुन् । क्वारेन्टाइनमा बसेको १ महिना पुग्न लाग्दा समेत […]
काठमाडौं । नेपालमा तराई मधेस हुँदै भित्रिएको सलह कीरा पहाड चढ्न थालेको छ । सलह कीरा शनिबार बिहान भारतको बिहारबाट नेपालको तराई मधेसमा छिरेको थियो । शनिबार बारामा देखिएको सो कीरा सिन्धुलीको चियाबारी, भीमानमा देखिएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव गुरागाँइले जानकारी दिए । यो कीरा बारा, पर्सा, सर्लाही, रुपन्देही, तनहुँ लगायतको […]
धनगढी : कैलालीको त्रिनगर नाका भएर ८५ हजार बढि नेपाली भित्रिएका छन्। जेठ २ गतेदेखि भारतका विभिन्न स्थानबाट स्वदेश फर्किनेहरुको उद्दार थालेको जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार त्रिनगर नाकाबाट ८५ हजार बढि नेपाली भित्रिएका हुन्। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले उद्दार कार्य सुरु भएदेखि शनिबार सम्म ८५ हजार नौँ सय जना त्रिनगर नाका भएर […]
नागरिक रैबार/बाजुरा १३ असार। बाजुरामा थप ६३ जनामा कोरोना पुष्टि भएको छ । शनिबार शिक्षण अस्पताल काठमाडौंमा गरिएको काेराेना परिक्षणमा बाजुराका ६३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हाे शनिबार काेराेना पुष्टि भएका मध्ये १२ जना महिला र ५१ जना पुरुष रहेका छन् । यो संगै बाजुरामा कोरोना संक्रमितको संख्या १९२ पुगेको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ […]
काठमाडौं – बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै राजस्व संकलन तीव्र भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना असारका ११ दिनको अवधिमा मात्रै २४ अर्ब बढी राजस्व संकलन गरेको छ । तीन महिनाको लगातारको लकडाउनका कारण अत्यन्तै न्यून राजस्व संकलन भएको थियो । तर, सरकारले लकडाउन खुकुलो गरेलगत्तै राजस्व उठ्ने क्रममा […]
काठमाडौं – सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताएका छन् । कोरोनाको बन्दाबन्दी भएको तीन महिना पूरा भएको छ । यस अवधिमा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउँदा बैङ्कको किस्ता र ब्याज तिर्न नसकेको र यातायात मजदुरहरू भोकै पर्ने अवस्था भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । […]
जिवन कैला बाजुरा,१२ असार बाजुराको बुढीनन्दा नगरपालिकाले आगामि आर्थिक वर्षको नीति, कार्यक्रम तथा वजेट सार्वजनिक गरेको छ । कृषि, स्वास्थ्य, सडक, रोजगारी तथा पूर्वाधारलाई मुख्य प्रथामिकता दिदै बुढीनन्दा नगरपालिकाको चौथो नगर सभा बाट आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक भएको हो । यस वर्षको नीति तथा कार्यक्रममा लक्षित वर्ग कार्यक्रम अन्र्तगत नगरपालिकाका […]
संसदीय समितिले सबै सामुदायिक विद्यालय, स्थानीय तह, स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सुविधा छिटो उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकले सबै स्थानीय तह, वडा कार्यालय र सरकारी स्वास्थ्य तथा शिक्षण संस्थाहरुमा दु्रत गतिको इन्टरनेट पु¥याउन नेपाल सरकार सञ्चार ता सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । […]
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई पुरस्कार रकम दिन बैंक खाताको विवरण मागेको छ। कोरोना महामारीका कारण कार्यक्रम गर्न सम्भव नभएपछि बैंक खातामा पुरस्कार रकम पठाउनका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले विवरण मागेको हो। हाल कोरोना महामारीका कारण कार्यक्रम गरी पुरस्कार रकम दिन नसकिने भएकाले सिधैं खेलाडीको […]
धनगढी : लकडाउनका कारण सुदूरपश्चिमका यातायात व्यवसायी र मजदुरहरु मर्कामा परेका छन्। लकडाउनपछि सार्वजनिक यातायात सञ्चालन हुन नसकेको भन्दै उनीहरुले मर्कामा परेको गुनासो गरेका हुन्। यस्तै सुन्दर सुदूरपश्चिम यातायात प्रालिले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पुर्वाधार बिकास मन्त्री पठानसिंह बोहरा र आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरालाई ज्ञापन पत्र बुझाएको छ। प्रालिका अध्यक्ष पदमराज […]
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ ।बैठक बिहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठक अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा केन्द्रित हुने जनाइएको छ । पछिल्लो समय नेकपाभित्र बढ्दै गएको विवाद समाधानमा विषयमा छलफल हुने नेकपा नेताहरुले जनाएका छन् ।यसअघि बुधबारको बैठकले विभिन्न ७ […]