होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २७ जेठ। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ६ कोर्धमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार बडीमालिका नगरपालिका महिला तथा बालवालिका शाखाको आयोजना र युनिसेफको सहयोगमा ६ नम्वर वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधि र समुदाय स्तरका नागरिकहरुसंग अभिमुखीकरण कार्यक्रम गरी सम्पन्न भएको हो । […]
३० जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार प्रदेशसभा बैठकले २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नीति तथा कार्यक्रमको विपक्षमा मत दिएको छ । प्रदेशसभाको […]
३० जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका हुन् ।अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरी उनको थप उपचार भइरहेको छ । तर, राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा अस्पताल प्रशासनले स्पष्ट जवाफ दिएन । अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले यस विषयमा […]
काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा बजेटमा गठबन्धनमै रहेका दलहरूको असन्तुष्टिबारे छलफल भएको बुझिएको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका […]
काठमाडौँ । जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएको कारण तत्कालीन नेकपा माओवादीको नेतृत्वलाई कारबाहीको माग गर्दै दायर रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । पूर्व बाल सैनिक लेनिन विष्टले दायर गरेको रिट मंगलबारको इजलासमा राखिएको थियो । तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सहितका नेतृत्वमाथि बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले […]
महानगरपालिकाले दुई वटा स्कुलमा लगाइएको ताला फुटाएर पठनपाठन सुचारु गराएको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा शिक्षा विभागले ती विद्यालयमा पुगेर ताला फुटाउँदै पठन पाठन सुचारु गराएको हो । महानगरपालिकाले सानो भर्याङस्थित संस्कृति स्कुल र बाँसबारीस्थित युलेन्स स्कुलमा अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेको खबर आएको जनाएको छ । शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले तालाबन्दी गरिएको खबर […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक साताका लागि सिंगापुर जाँदैछन् । नियमित स्वास्थ्य परीक्षणका लागि पूर्व प्रधानमन्त्री देउवा सिंगापुर जान लागेका हुन् । उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् सिंगापुरका प्रस्थान गर्ने उनका निजी सचिव केशवराज जोशीले बताए । जोशीले भने, ‘उहाँले केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आउनुभएको छ, अहिले […]
नागरिक रैबार/बाजुरा २९ जेठ।नेकपा एकिकृत समाजवादी पार्टी जिल्ला कमिटी बाजुराले जेठ २४ गते सुदूरपश्चिम प्रदेशको संगम स्थल खप्तडमा बसेको पार्टीको १४ औं बैठकले गरेका निणर्यहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । खप्तड क्षेत्रको पहिचान र प्रर्वद्धन गर्न पार्टीको १४ औं बैठक खप्तडमा बसेको नेकपा एस बाजुराका अध्यक्ष पुरबहादुर रावतले मार्तडीमा गरिएको पत्रकार सम्मेलनमा जानकारी […]
राजेन्द्र रोकाया/बाजुरा २९ जेठ। सन नेपाल लाईफ इन्स्योरेन्स बाजुरा उप-शाखाले मृत्यु दावि भुक्तानी वापत ८ लाख ८८ हजार ९ सय २७ को चेक हस्तान्तरण गरेको छ । विमित मेल्लेख गाउँपालिका वडा नं. २ निवासी केशर बहादुर बुढा, बुढीनन्दा नगरपालिका १० निवासी लालचन्द्र राेकाया र गाैमुल गाउँपालिका २ निवासी रामबहादुर बाेहराकाे निधनपछि मृत्यु दावि भुक्तानी गरिएको […]
बाजुरा । बाजुराको बिछिया केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४.४ रेक्टरस्केलको भूकम्प गएको हो । बिछिया केन्द्रबिन्दु भएर यसअघि पनि पटकपटक भूकम्प गएको थियो । यसअघि यही जेठ १४ सिन्धुपाल्चोक जिल्लाको गोल्चे आसपास केन्द्रबिन्दु भएर […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका हुन् । शाहीले प्रधानमन्त्री प्रचण्डको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन […]
नागरिक रैबार/बाजुरा २८ जेठ। बडीमालिका नगरपालिका वडा नम्वर ७ मा शहरी स्वास्थ्य केन्द्र स्थापना गरि संचालनमा ल्याइएको छ । स्वास्थ्य क्षेत्रबाट टाढा रहेको बडिमालिका ७ ढम्कनेमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरी नगरपालिकाले स्वास्थ्य सेवा बिस्तार गरेको हो । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सेवा बिस्तार र संरचना निर्माणका कार्यलाई अगाडि बढाएको […]
विराटनगर । कोशी प्रदेश नामकरण विवाद अहिले एमाले र पहिचानवादीबीच केन्द्रित भएजस्तै बन्दै गएको छ । नेकपा एमालेका नेता, सांसद तथा मन्त्रीप्रति अनुदार बन्दै पहिचान पक्षधरहरुले विभिन्न आक्रमण र विरोधका कार्यक्रम गरिरहेका छन् । त्यसपछि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २६ गते पहिचान पक्षधरलाई आतङ्ककारीको संज्ञा दिँदै रुखो टिप्पणी गरे ।त्यसको विरुद्धमा […]
२८ जेठ, धनगढी। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक चयन गरेको छ।आइतबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउदलाई चयन गरेको हो। पाल गत मंसिर ४ मा भएको निर्वाचनमा बैतडीको प्रदेशसभा १ बाट निर्वाचित भएका थिए। उनी एमाले बैतडी जिल्ला कमिटि अध्यक्ष पनि […]
२६ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर […]
नेपाली कांग्रेसका सांसद गगन थापाले करको दर हेरफेरबारे नियमन गर्न राजस्व बोर्ड बनाउन सरकारलाई सुझाव दिएका छन्।आइतबार आर्थिक वर्ष ०८०/०८१ का लागि सरकारले ल्याएको बजेटमाथिको छलफलमा बोल्दै थापाले बजेट निर्माण र यसमाथि सल्ला सुझाव दिने जिम्मेवारी दिइने गरी राजस्व बोर्ड गठन गर्न सुझाएका हुन्। यसो गर्दा वर्षेनी आउने कर हेरफेरको विवाद पनि नआउने उनले बताए। […]
दाङ । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यता छ गाउँघरमा । स्वदेशमा रोजगारीका अवसर निकै कम भएपछि अदक्ष कामदारहरु विदेश जान तम्सिने गर्दछन् । तर बंगलाचुली गाउँपालिका वडा नं. ४, जिम्लेपानीका बिनाराम थापा भने वैदेशिक रोजगारीको अनुभव बटुलेर अचेल घरबारीमै विदेशको सरह कमाइ गर्न थालेका छन् । उनको बारीमा सिमीको हरियो झाल छ । […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले बजेटमा गुणस्तरीय शिक्षाले ठाउँ नै नपाएको बताएका छन्।प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले नीतिमा समावेश गरिएको कुरा बजेटले नसमेटेको बताएका हुन्। ‘बुँदा २१०ले बूढानीलकण्ठजस्तो विद्यालय मुख्य सहरहरूमा बनाउने भनिएको छ। हामीले बूढानीलकण्ठ विद्यालयको प्रतिविद्यार्थी खर्च हेर्र्यौं भने वर्षको साढे चारलाख जस्तो पर्छ। तर, नेपालका अन्य […]
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सांसदहरुसँग जनताको धेरै अकांक्षा हुने तर त्यो पूरा गर्नका लागि सांसदको अधिकार र हैसियत केही नहुने भन्दै गुनासो गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि आफ्नो धारणा राख्दै उनले गिरीले आफूलाई झोले सांसद भन्दै कटाक्षा गरे । सांसद गिरीले भने– ‘म आग्रह गर्न […]