होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं ०६ भदौ / भाद्र मासको कृष्ण पक्षको अष्टमी तिथिमा भगवान् श्रीकृष्णको जन्मोत्सव मनाउने गरिन्छ । श्रीकृष्ण भगवान् विष्णुका अवतार हुन् र घरघरमा उनको बालरूप अर्थात् बालगोपालको पूजा गरिन्छ । बालगोपालको विशेष पूजा अष्टमीको दिनमा गरिन्छ । पूजामा ध्यान दिनुपर्ने कुरा यी हुन् । सबभन्दा पहिले गणेशजीको विधिवत पूजा गर्नुस् । त्यसपछि श्रीकृष्णको पूजा शुरू […]
५ भदौ, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ को नाम जानकी राख्न प्रस्ताव गरेको छ । बिहीबार सकिएको संसदीय दलको बैठकले प्रदेशको नाम जानकी राख्ने निर्णय गरेको हो । त्यस अनुसार नेकपाका सांसदहरुले प्रदेशसभामा नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गरेका हुन् । रामकुमार यादव प्रस्तावक छन् भने ज्वालाकुमारी साह, शारदा थापा र नागेन्द्र राय […]
५ भदौ, जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानीको लागि प्रदेशका राजनीतिक दलहरु पनि जुर्मुराएका छन् । प्रदेशसभा सचिवालयले प्रदेशको नाम र राजधानी तोक्ने बिषयमा प्रस्ताव आह्वान गरेसँगै राजनीतिक दलहरु पनि जुर्मुराएका छन् । प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्नका लागि प्रदेशसभा सचिवालयले बिहीबारसम्मका लागि प्रस्ताव पेश गर्न भनेको छ । प्रदेश २ […]
डोटी। दुई वर्षदेखि समिति गठन हुन नसक्दा खप्तड क्षेत्र पर्यटन विकास समिति लथालिंग हुन थालेको छ। समिति गठन नभएकै कारण पछिल्लो दुई वर्षयता कार्यालय निस्कृय अवस्थामा रहेको छ। समिति नबनेका कारण दुई वर्षदेखि कार्यालयबाट कुनै पनि काम काज हुन नसकेको स्थानियबासी बताउँछन्। समिति नबनेका कारण कर्मचारीले गत आर्थिक वर्षयता १३ महिनाको तलबसमेत नपाएका समितिका शाखा […]
धनगढी, ३ भदौ प्रदेशसभा सचिवालयले उपलब्ध गराउने ल्यापटप लिने कि नलिने भनेर विभाजित भएका सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले अन्ततः ल्यापटप बुझेका छन् । सरकारी ढुकुटी खर्च गरेर उनीहरुको लागि ल्यापटप खरिद गरिएको हो । २७ लाख रुपैयाँभन्दा बढी खर्च गरेर प्रदेशसभा सदस्यहरुका लागि ४६ थान ल्यापटप खरिद गरिएको थियो । हालसम्म २८ जना प्रदेशसभा सदस्यहरुले ल्यापटप […]
पर्वत,३ भदौ , प्रदेश सरकारले विनियोजन गरेको बजेटले जिल्लाको बिहादी गाउँपालिकाको केन्द्र सार्ने विषय पेचिलो बन्दै गएको छ । गाउँपालिकाको केन्द्र अहिले वहाकीमा रहेको छ । तर गण्डकी प्रदेश सरकारले गाउँपालिकाको भवन निर्माणको लागि विनियोजन गरेको बजेटमा गाउँपालिकाको भवन वहाकीमा नभई ईमिचौरमा निर्माण गर्ने भनिएको छ । सङ्घीय सरकारले गाउँपालिकाको केन्द्र वाहाकी तोकेर सोही ठाउँबाट […]
काठमाडौं, ३ भदौ । देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण अर्थात् ‘सोभरेन रेटिङ’को प्रक्रिया अघि बढाएको छ । गत साता अर्थ मन्त्रालयले राजस्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा ‘रेटिङ अभरसाइट कमिटि’ गठन गरेपछि यस्तो प्रक्रिया अघि बढको हो । कमिटिका सदस्यमा नेपाल राष्ट्र बैंकका डपुटी गभर्नर चिन्तामणी सिवाकोटी, बिमा […]
बैतडी, भदौ-३ । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आज मंगलवारदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो । सुदूरपश्चिममा […]
डोटी, १ भाद्र । डोटीको सेति नदिमा नुहाउने क्रममा आईतबार एक बालिकाको ज्याएको छ । दिपायल सिलगढी नगरपालीका वडा नम्बर ४ राजपुर डोटीकी ८ बर्षिय करीस्मा नेपाली दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ बासुधारा नजिकबाट नुहाउने क्रममा बगेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीले बताए । नुहाउने क्रममा बिहान १० बजेतिर बेपत्ता […]
धनगढी, १ भदौं । सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख मोहनराज मल्लले पठाएको पत्र वाचन गरी सभामुख अर्जुनबहादुर थापाले बर्खे अधिवेशन अन्त्य गरेका हुन । जेठ १ गतेबाट सुरु भएको बर्खे अधिवेशनमा ३६ बैठक बसेको थियो । बर्खे अधिवेशनमा प्रदेशको लागि महत्वपूर्ण ८ वटा कानून निर्माण भएको सभामुख […]
धनगढी, भाद्र-१ । महत्वपूर्ण ८ वटा कानून निर्माण गर्र्दै सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन आइतबार सकिएको छ । आजको प्रदेशसभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले बर्खे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन । उनले प्रदेश सभामा अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख मोहनराज मल्लले पठाएको पत्र वाचन गरेका थिए । आइतबारको प्रदेशसभा बैठकले सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपंक्षी […]
जनकपुर–प्रदेश २ को स्थायी राजधानीसँगै नामकरणका लागि प्रदेशसभा सचिवालयले प्रस्ताव आह्वान गरेसँगै यसबारे संसदीय दल, नागरिक समाजदेखि सामाजिक सञ्जालसम्म बहस सुरु भएको छ। सत्तापक्षले प्रदेशको नाम ‘मधेस’ राख्नुपर्ने अडान पेश गरिरहँदा प्रतिपक्षी दलहरूले ‘मधेस’ बाहेकका नाममा मात्र छलफल गर्नुपर्ने जिकिर गरिरहेका छन्। प्रमुख प्रतिपक्षी नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशको नाउँ ‘मिथिला, मिथिला–भोजपुरा, जनकपुर, […]
पर्वत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काममा आलटाल गर्ने कर्मचारीलाई पाता कस्ने कानुन निर्माण हुन लागेको बताएका छन् । प्रेस संगठन नेपालले पर्वतको कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पण्डितले तोकिएको जिम्मेवारी पूरा नगर्ने र कामचोर कर्मचारीका लागि पाता कस्नेगरी कानुन निर्माण हुन लागेको बताएका हुन् । मन्त्री पण्डितले स्थायी […]
काठमाडौं । चितवनमा शनिबार पनि पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।पत्रकार लामिछाने समर्थक भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको हो । लामिछानेका समर्थकले प्रहरी कार्यालयमा समेत ढुंगामुढा गरेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर बनाएको छ । यसअघि शुक्रबार साँझ पनि प्रहरी […]
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका छन् । राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले आज काठमाडौँमा गरेको अन्तरक्रियामा उनले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको बताए । नेकपाको सचिवालय […]
परासी, ३१ साउन । ६५ हजार रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् । अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा सहमति […]
काठमाडौं: प्रहरी प्रधान कार्यालयले ७९ नायब उपरिक्षक(डीएसपी)को सरुवा गरेको छ। बिहीबार साँझ सूचना जारी गर्दै कार्यालयले उक्त जानकारी दिएको हो। को कहाँ पुगे, हेर्नुस् सूची
३१ साउन, काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर […]
ललितपुर– ललितपुरको जाउलाखेलस्थित राष्ट्रिय दलित आयोग विगत करीब साढे तीन वर्षदेखि पदाधिकारीविहीन छ । लामो समयदेखि आयोग पदाधिकारीविहीन हुँदा दलित समुदाय सेवाबाट बञ्चित भएको छ । आयोगमा कर्मचारी भए पनि जातीय भेदभाव तथा छुवाछूतका घटना दर्ता गर्ने काम मात्र भएको छ । पदाधिकारी नहुँदा अहिले ती मुद्दाको बारेमा सरकारलाई निर्देशन दिनुको सट्टा व्यवस्थापन मात्र गरिएको […]
काठमाडौं, साउन ३०-कार्यालयमा काम गरिरहेका म्यादीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको छ। बिहीबार बिहान ११ बजे वडा कार्यालयमा काम गरिरहेका थापालाई मोसो र माला लगाइएको हो। मोसो लगाउने समूहको पहिचान भइनसकेको तर नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर […]